२०८२ कार्तिक ३० गते आईतवार
२०८२ कार्तिक ३० गते आईतवार

काठमाडौंको टोखामा प्रहरीले गोली चलाएको छ । अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएर एक जना फरार अपराधीलाई पक्राउ गरेको हो ।

प्रहरीले फरार अपराधी भारत बिहारका नागरिक गुड्डु पटेललाई नियन्त्रणमा लिन गोली चलाएको हो । उनी नेपालमा रहेको सूचनापछि अपराध अनुसन्धानका अधिकारीहरूले उनलाई  पछ्याइरहेका थिए । टोखा क्षेत्रमा देखिएका पटेललाई सुरूमा आत्मसम्पर्ण गर्न भनेपनि उनी भाग्न थालेपछि प्रहरीले दुइ राउण्ड हवाइ फायर गरेर चेतावनी दिएको थियो ।

पटेलले अटेर गरेपछि उनको घुँडामा गोली हानेर नियन्त्रणमा लिइएको थियो । घाइते पटेललाई  तत्काल स्थानिय अस्पताल र अहिले शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा गुड्डु पटेल रहेको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले पर्दाफाससँग पुष्टि गरेका छन् । उनले पटेल २०७९ मा गोठाटारमा भएको लाल मोहम्मद दर्जी, लाल मोहम्मद र लालसिंह नाम भएका विवादास्पद ब्यक्तीको हत्याका मुख्य सुटर हुन् ।

कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा कपडा प्याक गर्ने प्लाष्टिक लिएर जोरपाटीबाट फर्केका मोहम्मदलाई बा.६ च ५१५२ नम्बरको गाडीबाट ओर्लनासाथ २ जनाले गोली हानेर भागेका थिए ।

अपराध अनुसन्धान कार्यालयले केहीसमयमै विवरण सार्वजनिक गर्ने जनाएको छ ।

काठमाडौं- कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) एकैदिन ७५.२४ अंकको वृद्धि भएको छ । यससँगै सूचक २८९०.२८ बिन्दुमा पुगेको छ ।

आज ३०२ कम्पनीका १४ अर्ब २५ करोड ४ लाख ७५ हजार ७३६ रुपैयाँ बराबरका दुई करोड ९१ लाख ६६ हजार ६५६ कित्ता शेयर एक लाख ३९ हजार ५९६ पटकमा खरिद बिक्री भएका हुन् ।

कारोबारमा आएका १३ समूहमध्ये म्युचुअल फन्ड समूहको परिसूचक घटेको छ । आज १९६ कम्पनीको सेयरमूल्य बढेको र ४४ कम्पनीको सेयरमूल्य घटेको छ । चार कम्पनीको सेयर मूल्य स्थिर छ ।

हिमालयन डिस्टिलरी, गार्डेन माइक्रो इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्सको सेयरमूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

फाइनान्स, माइक्रो फाइनान्स, होटल तथा पर्यटन समूहको परिसूचक चार प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । 

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका–९ स्थित सालघारी सामुदायिक वनमा दुई युवा मृत्त भेटिएका छन्।

मृत भेटिनेहरुमा धनगढी उपमहानरपालिका–१० का अन्दाजी ३० वर्षका देवल चौधरी र सोही ठाउँका अन्दाजी ३२ वर्षका कैदा राना छन् । चौधरीको शव झुडिएको अवस्थामा र रानाको शव भुईमा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी तथा प्रवक्ता कविन्द्र सिंह बोहोराले जानकारी दिए ।

उनका अनुसार चौधरीको शव साइकलमा सामान बाँध्ने ट्युबको डोरीले घाँटीमा पासो लगाएर जमानुको रुखमा झुण्डिएको अवस्थामा फेला परेको छ । उक्त शवको करिब १५ मिटर पर रानाको शव भुईमा फेला परेको छ । डीएसपी बोहोराको टोली घटनास्थल गएर मुचुल्का गरेर शव उठाएको छ ।

काठमाडौं । गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबलकारको विरोधमा उत्रिएकाहरूलाई वार्तामा आउन आह्वान गरेका छन् । आज (आइतबार) राष्ट्रिय सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लेखकले नो केबलकार समूहले उठाएका विषयप्रति सरकार गम्भीर भएको भन्दै वार्तामा आउन आह्वान गरेका हुन् ।

उनले केबलकार निर्माणमा देखिएका समस्या वार्ता र छलफलमार्फत समाधान गर्न सरकार तयार रहेको जानकारी दिए। गृहमन्त्री लेखकले जनतालाई अनुभूति हुने गरी देशमा शान्ति सुव्यवस्था कायम गर्न गम्भीर रहेको उल्लेख गरे ।गृहमन्त्री लेखकले ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण गर्ने निर्णय २०७५ सालमै भएको बताएका छन्। ‘केबलकार निर्माणका लागि वन क्षेत्रको जग्गा प्रयोग गर्न दिने र सोमा रहेका रुख बिरुवा हटाउन स्वीकृति दिने गरी मिति २०७५ पुस १६ गते निर्णय भएको हो,’ उनले भने । अर्थात् पहिलेदेखि नै यसको निर्माण कार्य अगाडि बढेको उनले बताए ।

निर्माणधीन केबलकारको सुरक्षार्थ तत्कालको लागि बटम स्टेशनमा सशस्त्र प्रहरी बलको बेस क्याम्प स्थापना गर्ने सन्दर्भमा नेपाल प्रहरीसँगको सहकार्यमा परिचालन हुने गरी सुरक्षा व्यवस्थापन मिलाउने निर्णय २०८० साल माघ २ गते भएको उनले बताएका छन् । यो निर्णय तत्कालीन गृहमन्त्रीस्तरको निर्णय रहेको उनले जानकारी दिए ।

सिराहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदायको मृत्यु भएको घटनामा प्रहरीले गम्भीर भएर अनुसन्धान गरिरहेको र दोषीलाई कारबाही गर्ने उनले उल्लेख गरे । गृहमन्त्री लेखकले प्रेम विवाह गरेका सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र रामको सुरक्षा सरकारले गर्ने प्रतिबद्धता व्यक्त गरे । भेदभावविरुद्धको हक कार्यान्वयन गराउन सरकार क्रियाशील रहेको उनले बताए ।

त्यस्तै, उनले विभिन्न विधेयक सदनमा पुगेको भन्दै अन्य नीतिगत र कानुनी सुधार गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए । भूकम्पपछिको पुनस्र्थापना र पुनर्निर्माणको कामले लय समातेको उनको भनाइ छ । उनले सीमित स्रोत र साधनकाबीच अपेक्षित रूपमा काम हुन नसके पनि सबैको साथ र सहयोगबाट उपलब्ध स्रोत र साधनको परिचालन गर्दै संवेदनशील ढंगले काम गरिरहेको अवगत गराए ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य मोहन थापा अमेरिकामा पक्राउ परेका छन् ।

रास्वपा सभापति रवि लामिछानेसँग अत्यन्त निकट भनेर चर्चामा आइरहने र ढाका कुमार श्रेष्ठले पैसाको लेनदेन गरेको आरोप लागेका थापा अघिल्लो साता नेपालबाट फर्किने क्रममा पेन्सिल्भेनिया एयरपोर्टबाटै पक्राउ परेका हुन् ।

अमेरिकास्थित गैरआवासीय नेपाली संघका एक पदाधिकारीका अनुसार उनलाई फिलाडेल्फियास्थित हिरासत केन्द्रमा राखिएको छ । थापालाई के अपराधमा पक्राउ गरिएको भन्ने खुलेको छैन ।

बाल्टिमोरस्थित नेपालीहरुको छाता संगठन बानाका पूर्व अध्यक्ष समेत रहेका थापाको पक्राउबारे संस्थाका अगुवाहरुलाई एक साताअघि नै जानकारी आए पनि गोप्य राखिएको थियो ।

पछिल्लो समय धेरैजसो नेपालमै बस्दै आएका रास्वपा नेता थापा केही वर्षअघि सवारी चालक अनुमतिपत्र दुरुपयोग घरेको घटनामा मुद्दा चलेर जेल समेत बसेका थिए । त्यसछि उनको अमेरिकी नागरिकता रद्द भएर ग्रीन कार्डमा थिए ।

बानाका संस्थापक अध्यक्ष समेत रहेका थापा यसअघि दुई तीनपटक जेलमा परिसकेको एक व्यवसायीले बताए । थापामाथि नेपालमा सम्पत्ति सुद्धिकरणमा पनि अनुसन्धान थालिएपछि गत सातो अमेरिका फर्किएका थिए ।

ग्रीनकार्ड भएको व्यक्ति अस्वभाविकरुपमा ओहोरादोहोर गरिरहदा पनि त्यहाँको अध्यागमन विभागले पक्राउ गरेर सोधपुछ गर्ने गरेको छ ।

विभिन्न व्यक्तिलाई फ्रड लाइसेन्स बनाएको अभियोग उनीमाथि थियो ।

राष्ट्रपति ट्रम्प निर्वाचित भएपछि विभिन्न अपराधमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरेर सम्बन्धित देशमा पठाउने प्रक्रिया चलिहरहेको बेला थापालाई नेपाल फर्काउने आशंका समेत गरिएको छ ।

थापाले राष्ट्रसंघ महासभामा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री डा।आरजु राणा देउवा न्युयोर्क गएका बेला कालो झण्डा र जुत्ताको माला देखाउने भन्दै फेसबुकबाट आह्वान समेत गरेका थिए ।

प्रधानमन्त्री सहभागी हुने एक कार्यक्रममा उनको नेतृत्वमा सो घटना हुने हल्लापछि त्यहाँको प्रशासनले सुरक्षा कारण देखाउँदै प्रधानमन्त्रीको कार्यक्रम रद्द गर्न लगाएको थियो ।

काठमाडौँ । नेपाली बजारमा आज सुन-चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला १ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार पनि सोही मूल्यमा कायम भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि स्थिर रहेको छ।  आइतबार चाँदीको मूल्य १ हजार ९१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।शुक्रबार पनि चाँदी सोही मूल्यमा कायम भएको थियो ।

काठमाडौं । इजरायलले युद्धविरामको अवधि ४२ दिन (६ हप्ता) थपेको छ । युद्धविरामको पहिलो चरण समाप्त भएको दिनदेखि नै इजरायलले युद्धविरामको अवधि थप गरेको हो ।

हमास र इजरायलबीच सन् २०२५ को जनवरी १९ देखि युद्धविराम कार्यान्वयन भएको थियो । यसको पहिलो चरण मार्च १ शनिबारको मध्यरातिबाट समाप्त भएको थियो । तर लगत्तै युद्धविरामको लम्बाउने घोषणा इजरायलले गरेको बीबीसीले जनाएको छ ।

युद्धविराम लम्ब्याउने प्रस्ताव अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व दूत स्टिभ विटकोफले राखेका थिए । त्यसमा इजरायलका प्रधानमन्त्री नेता न्याहु सहमत भएका हुन् । बीबीसीले रमजान लगायतका चाडपर्वलाई समेत मध्यनजर गरी इजरायलले युद्धविरामको अवधि थपेको जनाएको छ । यसबीचमा दोस्रो चरणको युद्धविरामबारे छलफल हुनेछ । यदि त्यो छलफल विफल भएमा इजरायलले ४२ दिनपछि पुनः हमासमाथि आक्रमण सुरु गर्नेछ ।

पर्सा । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा रु आठ अर्ब ६८ करोड मूल्य पर्ने २२ करोड ६४ लाख आठ हजार दुई सय २९ किलोग्राम धान आयात भएको छ । गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा धानको आयात ७२ प्रतिशतले वृद्धि भएको हो ।

गत आवको सोही अवधिमा यो नाका हुँदै रु चार अर्ब ९१ करोड मूल्य पर्ने १३ करोड १८ लाख ५९ हजार चार सय १६ किलोग्राम धान आयात भएको थियो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले चालु आवको सात महिनामा धान र चामलको आयातमा वृद्धि भएको बताए । ‘गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा धान–चामलको आयात बढेको देखिन्छ ।’

कृषिप्रधान मुलुक नेपालमा धान मात्र नभएर चामल पनि विदेशी मुलुकबाट आयात हुँदै आइरहेको छ । चालु आवको सात महिनामा यो नाका हुँदै रु एक अर्ब ३५ करोड मूल्यको एक करोड ३३ लाख ७४ हजार आठ सय २६ किलोग्राम चामल आयात भएको छ । जबकि गत आवको सोही अवधिमा भने रु एक अर्ब छ करोडको ८१ लाख १७ हजार एक सय ३० किलोग्राम चामल आयात भएको थियो ।

चालु आवको सात महिनामा रु दुई अर्ब ९६ करोड मूल्यको पाँच करोड ७७ लाख १४ हजार पाँच सय ८३ किलोग्राम मकै आयात भएको छ । जबकि गत आवको सोही अवधिमा भने रु दुई अर्ब ९७ करोड मूल्य पर्ने छ करोड ६० लाख ४९ हजार नौ सय ७२ किलोग्राम मकै आयात भएको थियो । गत आवको तुलनामा चालु आवको सोही अवधिमा मकैको आयातमा भने सामान्य गिरावट देखिएको छ ।

 
 
 
 
 
 
 

दक्षिण कोरिया मानव संसाधन विभाग (एचआरडी) ले यस वर्षका लागि इपिएसमार्फत कोरियाली भाषा परीक्षाको नयाँ आवेदन खुलाउन ढिला गरेको छ ।

अघिल्लो वर्ष उत्पादनमूलक क्षेत्रमा पुसमै भाषा परीक्षाको आवेदन खुला गरेको एचआरडी कोरियाले अहिलेसम्म आवेदन माग गरेको छैन ।  

परीक्षाको मिति तय नहुँदा भाषा परीक्षाको तयारीमा रहेका युवाले ग्वार्कोस्थित रोजगार अनुमति प्रणाली (इपिएस) कोरिया शाखामा बारम्बार सम्पर्क गर्दै आएका छन् ।
 
यता एचआरडी कोरियाको वेबसाइटमा पनि नेपालसहित केही देशमा इपिएस भाषा परीक्षाको आवेदन मिति तय हुन बाँकी रहेको उल्लेख छ । सन् २०२५ का लागि एक लाख ६३ हजार जना परीक्षामा सहभागी भएकोमा १७ हजार ३० जना भाषा परीक्षामा उत्तीर्ण भएका थिए । तीमध्ये केहीको करार सम्झौतासमेत भई जान सुरु गरेको इपिएस कोरिया शाखाले जनाएको छ । 
 
इपिएस कोरिया शाखाका निर्देशक राजकुमार राईले हालसम्म इपिएस कोरिया शाखामा एचआरडी कोरियाबाट भाषा परीक्षाको कार्यतालिका प्राप्त नभएको र कुनै जानकारी पनि प्राप्त नभएको बताए । यसले अन्योलको अवस्था देखिएको उनको भनाइ छ । 

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
धेरै लगानी गर्दा कममात्र फाइदा हुनेछ। अर्थअभाव खट्किनाले चिताएको काम पूर्ण नहुन सक्छ। बनिसकेको काम दोहोर्याउनुपर्ला। समय दिन नसक्दा काम अधुरो रहनेछ। लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। शुभचिन्तकहरू समेत टाढा हुनेछन्। साथीभाइको सहयोगले यात्रा हुनेछ।

 

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आँटले काम सम्पादन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ। मनग्य आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ। थोरै लगानीबाट धेरै नाफा उठाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
चिताएको काम बन्नेछ र अवसरले राम्रै लाभ दिलाउनेछ। भौतिक साधन जुट्नाले व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। समाजमा तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। नोकरी तथा व्यवसायमा विशेष फाइदा होला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अवसर आए पनि नयाँ काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। श्रम परे पनि उचित मूल्य प्राप्त नहुन सक्छ। तापनि, काम देखाएर केही फाइदा उठाउन सकिनेछ। शुभचिन्तकहरू जुट्नाले पहिलेको चुनौती समाप्त होला। दाम र प्रतिष्ठा कमाउने बेला छ। प्रयत्न गर्दा पदीय जिम्मेवारी पाइनेछ। गरी आएको कामलाई पनि निरन्तरता दिन सकिनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
समस्याप्रति गम्भीर नबन्दा दु:ख पाइनेछ। कामको चाप बढ्नेछ भने वादविवादले मन खिन्न तुल्याउनेछ। सामान्य काममा धन र श्रम खर्चनुपर्ला। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। आफ्नो वस्तुमा अरूले दाबी गर्लान्। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम सम्पादन हुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। साथीभाइको सहयोगले काममा उत्साह मिल्नेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। खर्च लागे पनि घुमफिर तथा मनोरञ्जनको समय छ। आम्दानी बढाउने काम सुरु हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय छ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउन सक्छ। रोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। ईर्ष्या गर्नेहरूले हार खानेछन्।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
कामको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। स्वास्थ्य कमजाेर हुनेछ भने काममा विलम्ब हुन सक्छ। अध्ययनमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। पेसा–व्यवसायमा मनग्य फाइदा हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। तत्काल फाइदा नभए पनि पछिका लागि काम गर्ने समय छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
बेसुरमा बोल्ने बानीले बित्थैमा दुःख पाइनेछ। आफन्तसँग असमझदारी बढ्नेछ भने घरेलु समस्याले निराश तुल्याउन सक्छ। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। व्यावहारिक समस्याले सताए पनि सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। समस्या दर्साएर सहयोगीहरू फेला पार्न सकिनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
छोटो समयमा राम्रै उपलब्धि हातलागी हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ। अग्रजहरूको सहयोगले प्रतिष्ठित काम सम्पादन हुनेछ। स्रोत-साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। काम बन्नाले मनग्य धन आर्जन हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
बोलीको प्रभाव बढ्नेछ भने चिताएको काम सजिलै सम्पादन हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सुखद समाचारले उत्साह जगाउनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
कामना पूर्ण हुनेछ भने रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। काममा विशेष अवसर प्राप्त हुनेछ। पहिलेको सफलताले पनि हौसला जगाउनेछ। व्यापारमा फाइदा हुनेछ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।