
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा लाभका अवसरहरू प्राप्त हुनेछन्। पुराना विचारहरू छोडेर नयाँ विचारहरूलाई समय दिनुहोस्। माननीय जनहरूबाट सहयोग मिल्नेछ। पौष्टिक आहारको सेवन गर्नुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा लाभका अवसरहरू प्राप्त हुनेछन्। पुराना विचारहरू छोडेर नयाँ विचारहरूलाई समय दिनुहोस्। माननीय जनहरूबाट सहयोग मिल्नेछ। पौष्टिक आहारको सेवन गर्नुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) एकाग्रताको साथमा मेहनत गर्नुहोस् सफलता मिल्नेछ। व्यापार व्यवसायमा मनग्य लाभ मिल्नेछ। कार्यक्षेत्रमा कार्यलाई टाल्नुभन्दा बनाउनुमा विश्वास राख्नुहोला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) पूरा गर्न नसक्ने वाचा नगरौँ। समाजमा मान सम्मान बढ्नेछ। प्रेम सम्बन्धमा विचारहरूको टकराव हुन सक्छ। पारिवारिक विषयवस्तुमा सुधार हुनेछ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ७ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज ऊर्जावान महसुस गर्नुहुनेछ। अधिकारी वर्गहरूबाट सहयोग पाइएला। नयाँ कार्य गर्ने अवसर मिल्नेछ। विद्यार्थीहरुलाई उच्च शिक्षाका नयाँ अवसर मिल्नेछन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अर्थभावले चिताएको कार्य सम्पादन गर्न गाह्रो हुनेछ। आर्थिक वा व्यावसायिक क्षेत्रमा सुधार हुनेछ। सेवा गर्ने भाव जागृत हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धार्मिक र आध्यात्मिक क्षेत्रमा प्रगति हुनेछ। कानुन विपरीत कार्य नगर्नुहोला। प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्यक्षेत्रमा विरोधी तत्त्वहरू सक्रिय रहनेछन्। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राख्नुहोला। व्यापार व्यवसायमा सफलता मिल्नेछ। आजको शुभ रंग गाढा निलो हो भने शुभ अंक ४ रहेको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) व्यापार व्यवसायमा सन्तानबाट सहयोग मिल्नेछ। पारिवारिक सम्बन्ध सबल हुनेछन्। प्रेम सम्बन्ध छ भने विवाहका कुरा अगाडि बढाउन सक्नुहुनेछ। आर्थिक पक्ष राम्रो रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कार्यक्षेत्रमा वरिष्ठजनहरुको सहयोग मिल्नेछ। राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। कृषि वा पशुपालनबाट लाभ आर्जन गर्न सकिएला। आजको शुभ रंग गाढा पहेलो हो भने शुभ अंक ९ रहेको छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्यक्षेत्रमा आसमर्दो कार्य सम्पादन हुनाले नयाँ कार्यतर्फ अग्रसर हुन सक्नुहुनेछ। घरपरिवारमा भाइबहिनीहरूको साथ र सहयोग मिल्नेछ। पायक स्थानमा यात्राका योग छन्। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आफन्तहरूको साथमा मनोरञ्जनात्मक समय बित्नेछ। घरको साज सजावटमा धन खर्च होला। आध्यात्म र विज्ञानमा दुवैमा रूचि उत्पन्न हुनेछ। आटेको कार्य सम्पादन गर्न सकिएला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) रोकिएका कार्य बन्नेछन्। रुचिको कार्यमा मन जानेछ। घरपरिवारमा मांगलिक कार्यको रूपरेखा बन्नेछ। व्यापार व्यवसायमा नयाँ सम्पर्कले भविष्यमा लाभ मिल्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक २ रहेको छ।
फौजदारी मुद्दामा दोषी ठहर भई किशोरावस्थामै कारागार पुगेका झापा मेचीनगरका सार्के तामाङ कानुनले तोकेभन्दा छ वर्ष बढी सजाय भुक्तान गरी रिहा भएका हुन् ।
न्यायाधीशद्वय डा. नहकुल सुवेदी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासको आदेशानुसार तामाङ फागुन ६ गते रिहा भएका हुन् । तत्कालीन मुलुकी ऐनको दण्डसजाय महल अनुसार अधिकतमभन्दा बढीको कैदलाई सर्वोच्चले गैरकानुनी भनेको छ । गोरखापत्र दैनिकमा समाचार छ ।
नेपालका राजनीतिक दलहरूको आर्थिक वर्ष २०८०/८१ को खर्च व्यवस्थापन शङ्कास्पद देखिएको छ। उनीहरूको विवरणमा खर्चको अर्थपूर्ण हिस्सा कार्यालय सञ्चालन, भ्रमण, यातायात र इन्धन शीर्षकमा उल्लेख छ।
निर्वाचन आयोगमा प्रमुख राजनीतिक दलले बुझाएको आयव्ययको विवरण अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र एकीकृत समाजवादी ले कार्यालय सञ्चालन, इन्धन र यातायात तथा भ्रमण एवं कर्मचारीको तलब भत्ता शीर्षकमा अत्यधिक खर्च भएको देखिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले आव २०८०/८१ मा तीन करोड ५३ लाख ४२ हजार ४१४ रुपैयाँ कार्यालय सञ्चालन शीर्षकमा खर्च भएको उल्लेख गरेको छ।
रास्वपाले यातायात र इन्धन शीर्षकमा मात्रै करिब ८५ लाख ८५ हजार ९४५ रुपैयाँ खर्च गरेको छ। रास्वपाको इन्धन र यातायात खर्च संसद्को सबैभन्दा ठूलो दल कांग्रेसभन्दा तीन गुणा बढी छ। कर्मचारीको तलबमा रास्वपाले करिब एक करोड खर्चेको छ। सफ्टवेयर खरिदमा ५१ लाख ६४ हजार ४५२ रुपैयाँ खर्च गरेको रास्वपाको व्ययको विवरणमा उल्लेख छ ।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४२ ले निर्वाचन आयोगले दलको लेखा परीक्षण जाँच गराउन सक्ने व्यवस्था गरेको छ । सो व्यवस्थाबमोजिम आयोगले लेखा परीक्षण प्रतिवेदन परीक्षण गर्न अधिकारी तोक्ने र सम्बन्धित अधिकारीले दलसँग कागजात माग्न सक्ने र त्यस्तो विवरण वा कागजात तोकिएको समयभित्र सम्बन्धित दलले बुझाउनुपर्ने छ।
नेकपा ९एमाले० ले आव २०८०/८१ मा करिब सात करोड ८६ लाख खर्च जनाएको छ । उसले गैरसञ्चालन खर्च शीर्षकमा एक करोड ५९ लाख रुपैयाँ खर्च गरेको छ । इन्धन, यातायात र भ्रमण खर्चमा सो दलले करिब ३४ लाख ३६ हजार ६९६ रुपैयाँ खर्च गरेको हो। एमालेले अतिथि सत्कार तथा बैठकमा करिब ७५ लाख र सेवा खर्चमा ७९ लाख ६८ हजार रुपैयाँ खर्चेको हो ।
सेवा खर्च शीर्षक अनुसूची १५ अन्तर्गत सो दलले विवरणमा उल्लेख गरेको छ तर अनुसूची १५ कर्जासम्बन्धी विवरणसँग सम्बन्धित छ। एमालेले उल्लेख गरेको अनुसूची र खर्चको विवरण नमिलेको पाइएको छ। कर्मचारी पारिश्रमिक तथा कार्यकर्ता शीर्षकमा एमालेले ७१ लाख ८२ हजार खर्च भएको जनाएको छ ।
नेपाली कांग्रेसले आव २०८०/८१ मा तीन करोड १० लाख रुपैयाँ खर्च गरेको छ । कांग्रेसले प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको ५० लाख रुपैयाँ खर्च अन्तर्गत राखेको छ। कांग्रेसले अन्य विविध प्रशासनिक खर्चमा २६ लाख २० हजार खर्च गरेको छ । कर्मचारी तलब तथा ज्याला शीर्षकमा कांग्रेसले एक करोड दुई लाख २८ हजार १११ रुपैयाँ खर्च भएको जनाएको छ।
सहयोग तथा चन्दा शीर्षकमा अन्य व्यक्ति तथा संस्थाबाट एक करोड ७३ लाख ९४ हजार ४३९ रुपैयाँ प्राप्त गरेको कांग्रेसले ३४ लाख ९० हजार आर्थिक सहयोग गरेको छ ।
नेकपा माओवादी केन्द्रले आव २०८०/८१ मा एक करोड ८६ लाख ५५ हजार ५९० रुपैयाँ खर्च गरेको छ । माओवादी केन्द्रले करिब एकतिहाइ खर्च कार्यालय सञ्चालन शीर्षकमा देखाएको छ । कार्यालय सञ्चालनमा ४९ लाख ६३ हजार र कर्मचारी तलब भत्तामा ३५ लाख २२ हजार रुपैयाँ माओवादी केन्द्रले खर्च भएको उल्लेख गरेको छ। गोरखापत्र दैनिकमा समाचार छ
काठमाडौँ- जल तथा मौसम विज्ञान विभागले तीन दिनको मौसम पूर्वानुमानबारे जानकारी दिँदै आज देशका केही भू-भागमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ। यद्यपि, अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने बताइएको छ।
बिहान देशभर मौसम मुख्यतया सफा रहनेछ भने दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बदली रहनेछ। बाँकी भू-भागमा मौसम सफा रहनेछ।
राति सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भू-भागमा मौसम सफा रहनेछ। विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा एकदुई स्थानमा हल्का वर्षाको सम्भावना र उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ। राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ। बाँकी भू-भागमा मौसम सफा रहनेछ।
बुधबार दिउँसो कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ। बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। राति कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ। बाँकी भू-भागमा मौसम सफा रहने विभागले पूर्वानुमान गरेको छ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भू-भागमा यात्रा गर्ने व्यक्तिहरूलाई सावधानी अपनाउन आग्रह गरिएको छ किनकि त्यहाँ हल्का हिमपातको सम्भावना रहेको छ।
विभागकाअनुसार हाल नेपालमा कुनै पनि महत्वपूर्ण मौसम प्रणालीको प्रभाव छैन।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी एक डलर खरिददर १३९ रुपैयाँ ७० पैसामा खरिद तथा १४० रुपैयाँ ३० पैसामा बिक्री हुनेछ।
यसैगरी, युरो एकको खरिददर १४४ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५८ पैसा, स्टर्लिङ पाउण्ड एकको खरिददर १७५ रुपैयाँ ७२ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५४ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५५ रुपैयाँ २९ पैसा निर्धारण भएको छ।
अस्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ८७ रुपैयाँ ११ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ४० पैसा र बिक्रीदर १०३ रुपैयाँ ८४ पैसा निर्धारण भएको छ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ २७ पैसा र बिक्रीदर नौ रुपैयाँ ३१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १८ पैसा र बिक्रीदर १९ रुपैयाँ २६ पैसा, साउदी रियाल एकको खरिददर ३७ रुपैयाँ २५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५० पैसा कायम भएको बैंकले जनाएको छ।
थाई भाट एकको खरिददर चार रुपैयाँ ०८ पैसा र बिक्रीदर चार रुपैयाँ १० पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३८ रुपैयाँ २० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४४ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ५६ पैसा र बिक्रीदर नौ रुपैयाँ ६० पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३ रुपैयाँ ०५ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १९ रुपैयाँ ५२ पैसा तोकिएको छ।
केन्द्रीय बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १८ रुपैयाँ ०४ पैसा, कुवेती दिनार एकको खरिददर ४५२ रुपैयाँ १३ पैसा र बिक्रीदर ४५४ रुपैयाँ ०७ पैसा, बहराइन दिनार एकको खरिददर ३७० रुपैयाँ ६६ पैसा र बिक्रीदर ३७२ रुपैयाँ २५ पैसा, ओमनी रियाल एकको खरिददर ३६२ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ४२ पैसा निर्धारण गरेको छ।
राष्ट्र बैंकका अनुुसार प्रस्तुत विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने छ भने वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्नेछ।





