२०८२ बैशाख ७ गते आईतवार
२०८२ बैशाख ७ गते आईतवार

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारका लागि मनोनयन पत्र वितरण गरिएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसले आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि आज प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको मनोनयन पत्र वितरण तथा विद्यार्थी संगठन दर्ता गराएको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए ।

उनले आज मनोनयन पत्र वितरण गरिएका उम्मेदवारले भोलि फागुन २७ गते बिहान ११ देखि २ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको बताए । उनले सबै संगठनका उम्मेदवारले मनोनयन पत्र लगेको बताए। अनेरास्ववियुका अध्यक्ष समिक बडालले निर्वाचनका लागि आफ्नो संगठनले सबै क्याम्पसमा मनोनयन पत्र लगेको जानकारी दिए ।

नेपाल विद्यार्थी संघका प्रवक्ता सुरज सेजुवालले सबै क्याम्पसबाट उम्मेदवारीका लागि मनोनयनपत्र लगेको बताए। अनेरास्ववियु (क्रान्तिकारी) का महासचिव रोशन मगरले सबै क्याम्पसमा आफ्नो संगठनको उम्मेदवारी दर्ता गराउने बताए । स्ववियु निर्वाचन एकै दिन चैत ५ गते देशभरका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुने छ । निर्वाचनमा २८ वर्षे उमेर हद र मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरिएको छ ।

 राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले काठमाडौं महानगरलाई एक लाख जरिवाना बुझाएको छ ।

आइतबार महानगरले सडकमा फोहोर र विरूवामा क्षति गरेको भन्‍दै राप्रपालाई एक लाख रुपैयाँ जरिवाना गरेको थियो।अन्तिम राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्ने क्रममा महानगर क्षेत्र फोहोर बनाएको र भौतिक क्षति भएको भन्दै महानगरले पार्टीलाई एक लाख जरिवाना गरेको हो।

राप्रपाले महानगरलाई जरिवाना नतिर्ने भनेर अभिव्यक्ती दिएपनि यसको चौतर्फी विरोध हुन थाले पछि जरिवाना तिरेको हो । 

IMG-20250310-WA0001-1741594366.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले सिन्धुपाल्चोकको इन्द्रवतीमा निःशुल्क स्वास्थ्य उपचार गरेको छ । 

काठमाडौं । गुणस्तर र सर्वसुलभ उपचार सेवा उपलब्ध गराउँदै आएको काठमाडौं मेडिकल कलेज (केएमसी) ले अत्याधुनिक प्रविधिको प्रयोगबाट छालाका विभिन्न रोगको उपचार गर्न सुरू गरेको छ । नेपाली कांग्रेसका युवा नेता तथा सांसद डा.सुनिल कुमार शर्माले अस्पतालमा छाल रोग सम्बन्धी उपचार गर्ने नयाँ प्रविधिको थप गरेसँगै यो सेवाको सुरुवात भएको हो ।

केएमसीमा अहिले छालासँग सम्बन्धी उपचार गर्ने उच्च क्षमताका ५ वटा उपकरण जडान भएका छन् । जसबाट रौं हटाउनेदेखि अनुहार चाउरी हुनबाट रोक्नेसम्मको उपचार गर्न सकिने केएमसीले जानकारी दिएको छ । केएमसीमा हेयर रिडक्सन लेजर मेसिन, पिकोसेकेन्ड लेजर सिस्टम, माइक्रोनेडलिङ रेडियो फ्रिक्वेन्सी डिभाइस, सिओ२ लेजर स्मोक इभ्याकुएटर र स्किन एनालाइजर बिट्मोजी जडान भएका हुन् ।

उक्त उपकरणको साहयताबाट दक्ष चिकित्सकको साथ सहित उपचार गर्ने व्यवस्था केएमसीले मिलाएको हो । नेपालको प्रभावकारी अस्पतालका रूपमा परिचित केएमसीले यो सुविधा औसत शुल्कमै उपलब्ध गराउने उद्देश्यका साथ छालाको रोग निवारण गर्ने एआईमा आधारित मेसिन ल्याएको बताइएको छ ।

केएमसीका अनुसार उक्त मेसिनबाट दर्जनौं छालासँग सम्बन्धित समस्याको सहज उपचारको सम्भव रहेको छ । नेपालमा सीमित संख्यामा यस्ता किसिमको उपकरण राखेर उपचार गराएका ता पनि अब भने एकै ठाउँमा सबै किसिमका छालाका समस्याको निवारण गर्ने व्यवस्था केएमसीले मिलाएको हो ।

१६ वर्ष माथिका उमेर समूहका व्यक्तिहरूले यो लाभ केएमसीबाट प्राप्त गर्नसक्ने छन् । उपचारको सिलसिलामा अग्र स्थानमा रहेको केएमसीले छाला सम्बन्धी अन्य रोगको पनि उच्च प्राथमिकता दिँदै उपचार गर्दै आएको छ ।

कुन उपकरणबाट के हुन्छ उपचार ?

हेयर रिडक्सन लेजर मेसिन

यो मेसिनबाट भविष्यको कपाल वृद्धिलाई रोक्न, कपाल नष्ट गर्न प्रयोग गरिन्छ । जसलाई रौं मन पर्दैन उसको रौं यो मेसिनबाट स्थानीय रूपमा हटाउन सकिने केएमसीले बताएको छ । केएमसीमा यो मेसिन भएकाले अनुहार, छाती, काखी, यौन, खुट्टा वा कुनै पनि ठाउँमा आएको रौं यसबाट हटाउन सकिने छ ।

केएमसीका अनुसार रौं हटाउँदा निश्चित समय भने उपचारलाई निरन्तरता दिनु पर्ने हुन्छ । लेजरले कपालमा रहेको पिग्मेन्टलाई मात्र लक्षित गर्छ । त्यसैले यसले वरपरको छालालाई हानी नगर्ने केएमसीले बताएको छ ।

पिकोसेकेन्ड लेजर सिस्टम

पिकोसेकेन्ड लेजर सिस्टम एक प्रकारको उन्नत लेजर टेक्नोलोजी हो । यसबाट छाला सम्बन्धित थुप्रै समस्या समाधान गर्ने विकल्प दिइएको हुन्छ । उमेर अनुसारको दाग, घामको दाग, मेलास्मा र फ्रिकल्स जस्ता अनावश्यक छालाको पिग्मेन्टेसन कम गर्न यो मेसिनबाट गर्न सकिन्छ । केएमसीका अनुसार यसबाट कोलाजेन उत्पादनलाई उत्तेजित गर्न, छालाको बनावट सुधार गर्न, फाइन लाइनहरू साथै चाउरी पन कम गर्न र समग्र छाला कायाकल्पलाई बढावा दिन्छ ।

पिकोसेकेन्ड लेजरहरूले छाला निको पार्ने र कोलाजेन रिमोडेलिंगलाई बढावा दिएर, दाग भएको छालाको बनावट र टोन सुधार गरेर एक्ने दागको उपस्थिति कम गर्न मद्दत गर्छ । यो मेसिनको अनुहारको उपचार भइसकेपछि जुनसुकै उमेर समूहका व्यक्तिलाई योङ फेसको लुक्स दिने केएमसीले बताएको छ ।

माइक्रोनेडलिङ रेडियो फ्रिक्वेन्सी डिभाइस

यो एक कस्मेटिक उपचार उपकरण हो । यो यन्त्र सामान्यतया छाला कडा बनाउन र छालाको बनावट सुधार गर्न प्रयोग गरिन्छ । यो प्रक्रियाले दाग कम गर्नुका साथै छालाको टोनलाई पनि कम गर्न मद्दत गर्दछ । न्यूनतम डाउनटाइमको साथ छालाका चिन्ताहरूलाई नयाँ विकल्प प्रदान गर्ने केएमसीले बताएको छ । यसको साहयताबाट चायापोतोको उपचार गराउन सकिने केएमसीले बताएको छ ।

सिओ२ लेजर स्मोक इभ्याकुएटर

केएमसीका अनुसार यस मेसिनको साहायताबाट मुसा तथा कोठी लाई हटाइन्छ । कुनै पनि किसिमका एन्टिबायोटिक सेवन नगरिकन यसका उपचार गर्न सकिने बताइएको छ । छालामा आएका मासुका डल्लाहरू यस मेसिनको साहायताबाट निकाल्न सकिन्छ ।

स्किन एनालाइजर बिट्मोजी

स्किन एनालाइजरले छालाको स्वास्थ्य र अवस्थाको मूल्याङ्कन गर्न डिजाइन गरिएको हो । हाइड्रेसन, बनावट, छिद्रा, चाउरी जस्ता कारकहरू विश्लेषण गर्ने यो यन्त्रको प्रयोग गरी उपचार गरिने केएमसीले बताएको छ । छाला हेरचाहको लागि व्यक्तिगत सिफारिसहरू प्रदान गर्न क्यामेरा वा सेन्सर सहयताले यस उपकरणबाट अनुहारको अवस्था हेरि आवश्यक उपचारको सुझाव दिइन्छ । यो एआईमा आधारित प्रविधि भएकाले यसले छिटो छरितो तरिकाले उपचार गर्न सकिने केएमसीको भनाई छ ।

लाखौंलाई निःशूल्क उपचार गरिदिएका शर्मा

सांसद शर्माले नेपालको सुदूरपूर्वदेखि सुदूरपश्चिमका विभिन्न स्थानहरूमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै लाखौं गरिब तथा विपन्न नागरिकहरूलाई सेवा प्रदान गर्दै आएका छन् । स्वास्थ्य शिविरमा सम्भव नभएका बिरामीहरूको लागि उनले काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजमा निःशुल्क उपचारको व्यवस्था मिलाउँदै आएका छन् ।

उनले नोबेल मेडिकल कलेजमा आफ्नो निर्वाचन क्षेत्रका जनताका लागि जुनसुकै पार्टीका भए पनि निःशुल्क क्याबिनको व्यवस्था मिलाएका छन् । साथै केएमसीमा पनि आर्थिक अवस्था कमजोर भएका बिरामीहरूको निःशुल्क उपचार गर्दै आएका छन् ।

सांसद शर्मा प्रतिनिधिसभाको एक मात्र तलब भत्ता नलिने सांसद हुन् । डा.शर्माको यो महान कार्यले स्वास्थ्य सेवाबाट वञ्चित नागरिकहरूलाई जीवनदान दिएको छ । यस्तो समाजसेवी पहलले धेरै नेपालीहरूलाई स्वास्थ्य सेवामा पहुँच पु¥याउन ठूलो योगदान पु¥याउने विश्वास गरिएको  छ ।

काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने उच्च अदालत बुटवल पुगेका छन् ।सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले मागेको १ करोड धरौटी खारेज गर्न माग गर्दै उच्च अदालत पुगेका हुन् ।

लामिछाने सोमबार बिहानै उच्च अदालत तुलसीपुर बुटवल इजलास पुगेका थिए । जिल्ला अदालतको धरौटीको आदेश बदर गर्न माग गरेका थिए ।

फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम धरौटी माग गरिएकोमा चित्त नबुझी सो बेरितको आदेश बदर गरी दफा ६९ बमोजिम साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाऊँ भनी लामिछानेले निवेदन दर्ता गराएका छन् ।

लामिछानेलाई धरौटी नभई थुनामा राख्नुपर्ने भन्दै सरकारी वकिल कार्यालय यसअघि नै उच्च अदालतमा पुगिसकेको छ ।

दुवै पक्ष उच्च पुगेपछि यसलाई ‘७३’ नम्बरअन्तर्गत अगाडि बढाइने उच्च अदालत तुलसीपुर बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए ।

एमाले नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले राजावादीको कार्यक्रममा उत्तर प्रदेशका मुख्यमन्त्रीको तस्बिर राख्न निर्देशन दिएको भनेर लगाइएको आरोपको खण्डन गरेका छन् ।

राप्रपाका प्रवक्ता तथा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीको यस्तो आरोप लगत्तै रिमालले त्यसको कडा शब्दमा खण्डन गरेका हुन् ।

उनले राजावादीले काँक्रो चोरेर त्यसको पोल खुल्ने डरमा त्यसको बियाँ आफ्नो गालामा टाँसिदिएको आरोप लगाए । ‘काँक्रा चोरहरू काँक्रा चोर्छन्, खान्छन् । पोल खुल्ने डरमा हत्तपत्त अर्काको गालामा बियॉ टॉसी कुलेलम ठोक्छन्,’ रिमालले शाहीलाई जवाफ दिँदै फेसबुकमा लेखेका छन्, ‘दलालहरू- पहिले दलाली गर्छन् दलालीको पोल खुलेपछि खाल’ जोगाउन त्यस्तै हर्कत गर्छन् ।’

‘डिसइन्फरमेसन’को सहारामा अयोग्य हुँदाहुँदै पनि दुर्घटनावश शाही मर्यादित स्थानमा पुगेको आरोप पनि रिमालले लगाएका छन् । ‘डिसइन्फरमेसन’को सहारामा ‘एक्सिडेन्टल्ली’ मर्यादित स्थानमा पुगेका अयोग्यहरूबाट फैलाइने भ्रम यस्तै हो,’ उनको आरोप छ ।

राजावादी दल र संघ-संस्थाले आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा आयोजना गरेको -यालीमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्य नाथको तस्बिर प्रयोग गरिएको थियो । उक्त तस्बिर राजाको समर्थनमा निकालिएको -यालीमा प्रयोग गरिएपछि चर्चासँगै आलोचना भइरहेको छ ।

राप्रपा प्रवक्ता एवं प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रबहादुर शाहीले राजावादीको प्रर्दशनमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर प्रधानमन्त्री केपी शर्मा ओलीले राख्न लगाएको दाबी गरेका छन्।

उनले सामाजिक सन्जालमार्फत ओलीको निर्देशनमा सोही फोटो राखिएको पाइएको बताएका छन्। उनले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा असर पार्न त्यस्तो गरिएको बताएका छन्।

आइतबार पूर्वराजा पोखराबाट काठमाडौँ फर्किँदा विमानस्थल अगाडि भारतीय मुख्यमन्त्रीको तस्बिरले स्वागत गरिएको थियो। सोही तस्बिरका कारण राजावादीको आन्दोलनमा भारतले साथ दिएको भन्दै आलोचना भइरहेको बेला शाहीले यस्तो आरोप लगाएका हुन्।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ। बेसुरमा बोल्ने बानीले गोपनीयता भंग हुन सक्छ। विशेष योजना सार्वजनिक नगर्नुहोला। काम बिग्रने डरले सताउनेछ। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ। प्रगतिमा ईर्ष्या गर्नेहरूले पनि अवरोध पुर्याउन सक्छन्। नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला।

 

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अग्रज तथा सहयोगीहरू जुट्नाले चिताएका काम सम्पादन हुनेछन्। कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम सम्पादन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मबाट छोटो समयमै उचित प्रतिफल पाइनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरूले सम्झौता गर्न सक्छन्।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
कर्मयोगबाट मनग्य आम्दानी भित्र्याउने अवसर प्राप्त हुनेछ। बुद्धिको उपयोगले नाम, दाम र इनाम प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। कला, गला र अभिव्यक्तिले धेरैको मन जित्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम पनि सम्पादन हुनेछन्। सानो प्रयत्नले जीवनशैलीमा परिवर्तन आउनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। पहिलेको सफलताले हौसला प्रदान गर्नेछ। बिछोडिएका आफन्तसँग पनि भेटघाट हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउने हुँदा होसियारीसाथ काममा जुट्नुहोला। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। बेहोसीले नोक्सान पुर्याउन सक्छ। नाम र दामका लागि आज गरिएको खर्च व्यर्थ हुने हुँदा सजग रहनुहोला। खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया भने अघि बढ्न सक्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आज लक्ष्मीको कृपा प्राप्त हुनाले मनग्य धन लाभ हुनेछ। व्यापारमा लाभांश बढ्नाले मन उत्साहित हुनेछ। आवश्यक भौतिक साधन जुट्नेछन्। लगानीका रूपमा सञ्चित धन उपयोग गर्दा लाभ हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। अध्ययनमा राम्रै प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने समय छ। श्रमको उच्च मूल्यांकन हुनाले आम्दानी बढ्नेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
कर्मका प्रेरक र सहयाेगी बढ्नाले कर्मसाधना सिद्ध हुनेछ। मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
सम्भावना देखिए पनि ठूलो उपलब्धि प्राप्त नहुन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। चिताएको काम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ने हुन सक्छ। आफ्नो वस्तुमा अरूले दाबी गर्न सक्छन्। केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्नेछ। आजको मिहिनेतले भविष्यमा भने नाम र प्रतिष्ठा दिलाउनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। अस्वस्थताले काममा जुट्न नसकिएला। सामान्य काममा धन र श्रम खर्च हुनेछ। गोपनीयता बाहिरिनाले अप्ठ्यारो पर्न सक्छ। सहयोगीहरू पछि हट्नेछन् भने आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
नियमित काम सम्पादन भए पनि पारिवारिक मतभेदले व्यवधान निम्त्याउला। बेसुरमा वचन दिने बानीले पनि अप्ठ्यारो पर्न सक्छ। निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले सुझबुझका साथ काम लिनुहोला। योजनाबिनै यात्रा गर्नुपर्ने आवश्यकता पर्न सक्छ। आम्दानी राम्रो भए पनि सुविधाका लागि खर्च बढ्न सक्छ। वादविवादमा अघि नसर्नुहोला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
व्यावहारिक चुनौती अँगाल्नुपरे पनि प्रतिस्पर्धाले भविष्यको बाटो देखाउनेछ। आँट र पराक्रमले काममा सफलता प्राप्त हुनेछ। व्यवधान पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। रोग तथा शत्रुमाथि विजय प्राप्त गर्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउनेछ भने ईर्ष्या गर्नेहरूले हार खानेछन्।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
स्वास्थ्यगत कमजोरीले काममा विलम्ब हुन सक्छ। अवसरले पछ्याए पनि फाइदा उठाउन केही चुनौतीहरूसँग जुध्नुपर्नेछ। प्रगतिमा ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन्। तापनि, बुद्धिको उपयोगले लक्ष्यनजिक पुग्न सकिनेछ। समस्या दर्साउँदा अभिभावक तथा शुभचिन्तकहरूले साथ दिनेछन्। अध्ययनमा गुरुजनको मार्गदर्शन अवलम्बन गर्दा फाइदा हुनेछ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।