
काठमाडौं । समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । आगामी चेत्र १५ गते काठमाडौंमा गणतन्त्रत्रको पक्षमा प्रदर्शन गरिने भएको हो ।
काठमाडौँ । नेकपा एमालेका सांसद सूर्य थापाले संसदभित्र ‘राजा’ सम्बोधन नगर्न सभामुखबाट रुलिङको माग गरेका छन् । आज संसद बैठकमा बोल्दै उनले राजसंस्था पुनर्स्थापनाको माग गर्नेहरूलाई पटमूर्खको संज्ञा दिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीको उम्मेद्वारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेको छ । सर्वोच्चको यो फैसलापछि उनको सांसद पद जोगिएको छ ।
न्यायाधीशहरू डा. मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासले कार्कीको उम्मेद्वारी खारेज गर्ने आयोगको साढे दुई वर्षअघिको निर्णय खारेज गरेको हो । त्यतिबेला सर्वोच्च अदालतकै अन्तरिम आदेशका कारण कार्कीको उम्मेद्वारी यथावत भएको थियो र प्रतिस्पर्धामा ललितपुर–३ बाट उनी निर्वाचित भएकी थिइन् ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत आज उम्मेदवारी दर्ता हुँदैछ ।
प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय फागुन २७ गते बिहान ११ देखि दिउँसो २ बजेसम्म तोकिएको छ । दुवै तर्फका उम्मेदवारको नामावली पनि आजै प्रकाशित हुने कार्यतालिकामा उल्लेख छ ।
यसैगरी दुवै तर्फको उम्मेदवारको नामावली उपर दाबीविरोध गर्नका लागि फागुन २८ गते तोकिएको छ । सोही दिन नै दुवै तर्फको दाबीविरोध उपर छानबिन गरी उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ । फागुन २९ गते उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली सार्वजनिक गरिने छ भने चैत ५ गते बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ ।
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–५ जैमाकसलाका पूर्व वडाध्यक्ष तीर्खबहादुर बुढाथोकी रसिया र युक्रेनको लडाईंमा मारिएका छन् । बुढाथोकीको मृत्युको खबरले अहिले परिवार शोकमा डुबेको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा बुढाथोकी नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
२०७९ को स्थानीय तह निर्वाचनमा पुनः वडाध्यक्षको उम्मेदवार थिए । पराजित बनेपछि उनी रसिया गएका थिए । २०८० असोजमा बुढाथोकी रसिया सेनामा सामेल भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । रसिया र युक्रेनको बेलाबेला भइरहने लडाईंले ज्यान जोखिम रहेको आफन्तसँग फोन र फेसबुक म्यासेन्जरबाट कुरा गर्ने गरेको बुझिएको छ ।
परिवारले फागुन २४ गते मात्र उनको मृत्युको जानकारी पाएका थिए । उनको मृत्यु भएको यकिन मिति समेत थाहा छैन। उनले रसियाको सेना छाडेर घर आउने पनि बताउँदै आएको आफन्त बताउँछन् । अन्ततः उनको दुःखद घटनामा ज्यान गएको छ । सोमबार बेलुका आफन्त र इष्टमित्रमार्फत उनको मृत्युको खबर सामाजिक सञ्जालमा फैलिएको हो । वडाको पूर्व अध्यक्ष समेत भइसकेका र पूर्वी रोल्पाको नेकपा एमालेको नेता समेत रहेका बुढाथोकीको रसियामा भएको मृत्युले यहाँका राजनीतिज्ञ, जनप्रतिनिधि र नागरिक समाज स्तब्ध बनेका छन् ।
सुनछहरी गाउँपालिका पूर्वअध्यक्ष आशबहादुर पुनले घटना निकै दुःखद भएको बताए । ‘म गाउँपालिकामा अध्यक्ष निर्वाचित हुँदा उहाँ वडाध्यक्ष निर्वाचित हुनुभएको थियो । पाँच वर्ष सहकार्य गरियो,’ गाउँपालिकाका पूर्वअध्यक्ष पुनले भने, ‘उहाँको मृत्युको खबरले स्तब्ध भएको छु ।’ बुढाथोकीको परिवारमा बुबा–आमा, पत्नी, एक छोरा र एक छोरी छन् । तीर्खको मृत्युको खबर पाएपछि परिवारले कुशको शव बनाएर अन्तिम संस्कार पूरा गरेका छन् । दाजु खगेन्द्रले अगाडि भने, ‘अवैध तरिकाले गएको मान्छे उतै हरायो । अब लाश आउने बाटो पनि छैन भने आश गरेर बस्ने कुरा पनि भएन । हिजैबाट हामीले काजकिरिया थालिसक्यौं ।’
तिलक द्वन्द्वकालमा नेपाली सेनामा कार्यरत थिए । माओवादीको आधारभूमि त्यसमाथि नेपाली सेनामा कार्यरत रहेकाले असुरक्षा महसुस गरेर उनलाई अभिभावकले राजीनामा दिन लगाएका थिए । छोरोको चिन्ताले उनका बुवाआमाले नै जागिर छोड्न लगाएका थिए । जागिर छोडेर केही समय गाउँमै खाली बसे । पछि घर परिवारलाई थाहै नदिई उनी रुस गएका थिए । तिलक २०६३/०६४ को समयमा अवैध तरिकाले इराक जान खोजेका थिए । तर पक्राउ परेर बीच बाटोबाटै फर्किएका थिए ।
कास्की । कास्कीमा आज (मंगलबार) विहानै भूकम्पको धक्का महसुस भएको छ ।
मंगलबार बिहान ४ बजेर ११ मिनेट जाँदा मादी गाउँपालिकाको साइमराङ आसपास केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले जानकारी दिए ।
कास्कीसँगै गोरखा, लमजुङ, पर्वत, स्याङ्जासहितका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । यो गोरखा भूकम्पको परकम्प नभएको भूकम्पविद अधिकारीले जनाएका छन् ।
काठमाडौं । काठमाडौं जिल्लाका केही क्षेत्रमा दुई महिनासम्मका लागि निषेधाज्ञा जारी भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले केही स्थानमा दुई महिनाका लागि निषेधाज्ञा जारी गरेको हो ।
कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालय, अति विशिष्ट व्यक्तिहरूको निवास तथा मुख्य प्रशासनिक केन्द्र र त्यस आसपासका ठाउँमा पाँच जनाभन्दा बढी भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा लगायतका विरोधका कार्यक्रम गर्न नपाइने गरी जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासनले आइतबार (फागुन २५) गतेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको बताएको छ ।
‘यी स्थानमा अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा लगायतका विरोधका कार्यक्रम आयोजना गर्दा उत्तेजित भीडबाट तोडफोड, आगजनी जस्ता उश्रृंखल तथा अवाञ्छित गतिविधि हुन सक्ने र आपसी मुठभेड, भिडन्त एवम् हुलदङ्गा वा अशान्ति भई अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह, सार्वजनिक यातायात, सार्वजनिक सम्पत्ति र समग्र शान्ति सुरक्षामा गम्भीर असर पर्न जाने अवस्था तथा अन्तर्राष्ट्रिय अभ्यास र यसअघि सम्मानित अदालतबाट भएको आदेश एवम् फैसला समेतलाई मध्यनजर गरी जिल्ला सुरक्षा समिति काठमाडौंको सिफारिस समेतका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम विगतदेखिकै निरन्तरताको रुपमा निषेधाज्ञा आदेश जारी गरिएको छ,’ जिल्ला प्रशासन कार्यालयको सूचनामा भनिएको छ ।
निषेधाज्ञा जारी गरिएका स्थानहरु
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
परिस्थितिवश चिताएको काम रोकिन सक्छ। प्रक्रिया नमिल्नाले कुनै काम दोहोर्याउनुपर्ला। आफ्ना कमजाेरीबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। नयाँ काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। हिस्सेदारसँग असमझदारी बढ्नाले सम्झौता भंग हुन सक्छ। फाइदाका लागि साइनो गाँसी नजिकिनेहरूबाट सावधान रहनुहोला।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। उद्योग र व्यापारमा फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। विशेष उपहार हातलागी हुनेछ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
मिहिनेतले मानसम्मान दिलाउनेछ। बोली र विचारका प्रशंसकहरू बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। सहयोगीहरूले साथ दिने हुँदा रोकिएका काम पनि सम्पादन हुनेछन्। लगनशीलताले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
साथीभाइको आगमनले दिन मनोरञ्जनपूर्ण हुनेछ। रमाइलो जमघट एवं भोजभतेरको अवसर प्राप्त हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
दिगो योजनाका लागि धेरै रकम जुटाउनुपर्ला। अवसरका लागि केही दौडधुप गर्नुपर्नेछ। किनमेल र यात्रामा अधिक खर्च हुनेछ। परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ। समय अनुकूल नरहेकाले महत्त्वाकांक्षी योजनामा अघि नबढ्नुहोला। अरूका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्ने समय छ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम सम्पादन गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ। दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। थोरै लगानीबाट मनग्गे नाफा उठाउन सकिनेछ। भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
मिहिनेतले नयाँ जिम्मेवारी दिलाउनेछ। तारिफयोग्य कामको चर्चा हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। प्रयत्न गर्दा महत्त्वपूर्ण वस्तु लाभ होला। सहयोगीहरूले हिम्मत दिलाउनेछन्।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। परिस्थितिवश आँटेकाे काम राेकिन सक्छ। अवसरवादीहरूबाट सजग रहँदै गोपनीयतामा ध्यान पुर्याउनुहोला। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ। तर परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ। परिस्थिति विचार गरेर मात्र नयाँ काम थालनी गर्नुपर्ला। पूर्वाधार भने तयार पार्न सकिनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
चुनौतीभित्र अवसर खोज्ने समय छ। नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। अस्वस्थताका बाबजुद कामको जिम्मेवारी बढ्नेछ। तापनि प्रयत्न गर्दा फाइदाका स्रोत पहिचान गर्न सकिनेछ। अरूका लागि बुद्धि खर्चनुपर्ला। आफ्ना विषयमा अरूले दाबी गर्न सक्छन्। लगनशीलताले मात्र संकल्प पूरा हुनेछ। सेवामूलक काम सम्पादन गर्न सकिनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
दिन रमाइलो र उत्साहजनक रहनेछ। प्रियजनसँग भेटघाट वा सम्पर्क हुनेछ। अतिथिको रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। आफन्तबाट सहयोग मिल्नेछ। तर आतिथ्य केही खर्चिलाे हुनेछ। भौतिक साधन जोड्ने समय छ। सोख पूरा गर्न केही रकम खर्च गर्नुपर्ला। आफ्नाे मेहनतबाट अरूले लाभ उठाउन सक्छन्।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। मिहिनेतले प्रतिद्वन्द्वी परास्त हुनेछन्। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। महत्त्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। अवसर आए पनि खर्चिलाे काम थाल्न राम्ररी विचार पुर्याउनुहोला। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि कामले आशा भने जगाउनेछ। समयको मागअनुसार चल्ने प्रयास गर्नुहोला। बौद्धिक व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। अध्ययनमा प्रगति हुनेछ।