
नेपाली सेनाले संगठनलाई जोडेर आएका विभिन्न टिकाटिप्पणी हुन थालेको भन्दै आफ्नो धारणा सार्वजनिक गरेको छ ।
सेनाबारे बोल्नुअघि आधिकारिक जानकारी लिएर मात्रै धारणा राख्न जंगी अड्डाको अनुरोध छ ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज वक्तव्य जारी गरेको छ । पछिल्लो समय राजावादीहरुको आन्दोलन चर्किएसँगै नेपाली सेनालाई जोडेर सामाजिक सञ्जालमा विभिन्न प्रचार भएको थियो । यसैलाई ध्यानमा राखेर सेनाले आज विज्ञप्ती जारी गरेको हो ।

नेपालमा सामाजिक सञ्जाल फेसबुक तथा इन्स्टाग्राममा ओशो सम्बन्धित सामग्री सम्प्रेषण गर्ने विभिन्न पेज, अकाउन्ट तथा समूहहरूलाई बिना कारण हटाइएको भन्दै ओशो तपोवनले सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेको छ। सयौं ओशो शिष्यहरूका व्यक्तिगत तथा संस्थागत पेजहरू ट्रेडमार्क तथा कपिराइट उल्लङ्घनको गलत आरोप लगाउँदै गैरकानुनी रूपमा हटाइएको आरोप लगाइएको छ।
ओशो तपोवनका पेजहरू हटाइयो
ओशो तपोवन अन्तर्राष्ट्रिय कम्युनिटीका संस्थापक बोधिसत्व स्वामी आनन्द अरुणको फेसबुक पेज मेटाले दुई पटकसम्म बन्द गरिसकेको छ। उनका अनुयायीहरूका व्यक्तिगत अकाउन्ट तथा पेजहरू पनि हटाइएका छन्। मेटालाई पटक–पटक निवेदन दिँदा समेत कुनै सुनवाई नभएको भन्दै, ओशो तपोवनले धार्मिक स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार भएको आरोप लगाएको छ।
ओशो ट्रेडमार्क विवाद
OIF ले आफूलाई ओशो सम्बन्धित सामग्रीको आधिकारिक मालिक दाबी गर्दै ओशोसँग सम्बन्धित सामाजिक सञ्जालमा प्रकाशित हुने सामग्रीहरू हटाउने प्रयास गरेको देखिन्छ। तर, अमेरिका, युरोप, भारत तथा नेपालमा कुनै पनि आधिकारिक ट्रेडमार्क OIF लाई प्रदान गरिएको छैन।
त्यही OIF ले युरोपमा कथित रूपमा ओशोको इच्छापत्र (विल) भनी दर्ता गराएको कागज सन् २०२४ जनवरी २ मा OIF ले फिर्ता लिएको छ।
सन् १९८९ अक्टोबर १५ मा बनेको भनिएको विल (Will) लाई डिसेम्बर ८, २०१३ मा भारतको पुणे पुलिस स्टेशनमा झूटा कागजात भन्दै OIF विरुद्ध एफआईआर दर्ता गरिएको थियो। अमेरिकी कपिराइट कोर्टले OIF सँग ओशोको ट्रेडमार्क हुन नसक्ने निर्णय गरिसकेको छ।
नेपालमा ‘ओशो’ शब्दमा कसैको ट्रेडमार्कको दर्ता छैन। भारतमा OIF ले ओशो ट्रेडमार्क दर्ता गर्न खोज्दा, इन्डियन ट्रेडमार्क अफिसले निवेदन अस्वीकार गरेको छ।
फेसबुक प्रयोगकर्तामाथि असर
तर बारम्बार, OIF ले प्रतिलिपि अधिकार र ट्रेडमार्कलाई झूटो दाबी गर्ने प्रयास गरिरहेको छ । ओशोले ध्यान वा भित्री अनुभवहरू प्रतिलिपि अधिकार वा ट्रेडमार्किङ हुन नसक्ने आफ्ना प्रवचनहरूमा बताउनु भएको छ। यसमा कसैको स्वामित्व वा नियन्त्रण हुन नसक्ने कुरा गर्नु भएको छ।
नेपालमा फेसबुक प्रयोगकर्ताको संख्या १ करोड ४३ लाख पुगेको छ, जुन देशको कुल जनसंख्याको ४८.१ प्रतिशत हो। फेसबुकको विज्ञापन प्रणालीबाट मात्रै नेपालबाट मेटाले वार्षिक ६० अर्बभन्दा बढी आम्दानी गर्ने गरेको तथ्यांक सार्वजनिक भएको छ। मेटाले नेपालमा दर्तै नभई आर्थिक कारोबार गरिरहेको छ। फेसबुक प्रयोगकर्तामध्ये ९३ प्रतिशतले इन्टरनेटमार्फत फेसबुक प्रयोग गर्ने हुँदा, अकाउन्ट तथा पेजहरू गलत दाबीका कारण हटाइनु प्रयोगकर्ताका लागि अन्यायपूर्ण रहेको बताइएको छ। ओशो तपोवनका अनुसार, यो कार्य व्यक्तिको धार्मिक तथा अभिव्यक्ति स्वतन्त्रताको ठाडो उल्लङ्घन हो ।
नेपाल सरकार र सूचना प्रविधि सम्बन्धी निकायहरूसँग पटक–पटक अनुरोध गर्दा पनि कुनै समाधान नआएको भन्दै, ओशो तपोवनले सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेको छ। उनीहरूले अदालतमार्फत मेटालाई आवश्यक निर्देशन दिन आग्रह गरेका छन्।
ओशो तपोवनले नेपाल सरकारलाई मेटासँग वार्ता गरी, यदि उनीहरूले कपिराइट तथा ट्रेडमार्कको गलत प्रयोग गर्दै नेपाली प्रयोगकर्तालाई अन्याय गरिरहे भने नेपालबाट फेसबुक तथा इन्स्टाग्राम प्रतिबन्धित गर्ने चेतावनी दिन आग्रह गरेको छ।
काठमाडौँ । राजा फर्काउने अभियानको नेतृत्व गरेर सडकमा आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईँले सोमबार बेलुकी टोखाबाट बरामद भएको २५ करोडभन्दा बढीको विदेशी मुद्रा तस्करीमा माओवादीको संलग्नता रहेको दाबी गरेका छन् ।
बुधवार पत्रकार सम्मेलन गर्दै प्रसाईँले यस्तो रकम दिनहुँ तस्करी भइरहेको र यसमा ठूला नेताको संलग्नता रहेको दाबी गरेका हुन् । उनले पछिल्लो पटक समातिएको रकम माओवादीको भएको र माओवादीनिकट तिब्बतीले लगिरहेको बताए ।
काठमाडौँ । राजा फर्काउने अभियानको नेतृत्व गरेर सडकमा आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईँले सोमबार बेलुकी टोखाबाट बरामद भएको २५ करोडभन्दा बढीको विदेशी मुद्रा तस्करीमा माओवादीको संलग्नता रहेको दाबी गरेका छन् ।
बुधवार पत्रकार सम्मेलन गर्दै प्रसाईँले यस्तो रकम दिनहुँ तस्करी भइरहेको र यसमा ठूला नेताको संलग्नता रहेको दाबी गरेका हुन् । उनले पछिल्लो पटक समातिएको रकम माओवादीको भएको र माओवादीनिकट तिब्बतीले लगिरहेको बताए ।
काठमाडौं । नौं महिनाभन्दा धेरै समयदेखि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा फसेका अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर पृथ्वीमा फर्किएका छन् । उनीहरु नेपाली समयअनुसार आज बिहान सबेरै पौने ४ बजेतिर स्पेसएक्स रकेटमार्फत अमेरिकाको फ्लोरिडाको तटमा अवतरण गरेका हुन् । विना योजना नौं महिना अन्तरिक्षमा बिताएका अन्तरिक्षयात्री सुनिता र बुचले फ्लोरिडाको तटबाट खसेको स्पेसएक्सबाट निस्कँदा मुस्कुराउँदै हात हल्लाएका थिए ।
क्यामरा जडित डल्फिनको एउटा समूहले उनीहरुको रकेट समुद्रमा डुब्दै गर्दा निरीक्षण गरेको छ । उनीहरु आठ दिनका लागि भनेर अघिल्लो वर्षको जुन ५ मा बोइङ र नासाको संयुक्त ‘क्रू फ्लाइट टेस्ट मिसन’ मा स्पेस स्टेशन गएका थिए । बीबीसीका अनुसार अन्तरिक्ष यानबाट बाहिर निस्किंदा उनीहरूको अनुहारमा मुस्कान थियो । पृथ्वीमा पुग्न उनीहरूलाई १७ घण्टा लाग्यो । सुनिता विलियम्स र बुच विलमोरले ५ जुन २०२४ मा परीक्षण यान स्टारलाइनरमार्फत अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) को यात्रा गरेका थिए ।
त्यहाँ आठ दिन बिताएपछि उनीहरू फर्किनु पर्ने थियो, तर यानमा खराबी आएपछि उनीहरूको यात्रा ९ महिनासम्म रोकिएको थियो । चार अन्तरिक्ष यात्रीलाई लिएर आएको क्याप्सुल फ्लोरिडाको तट नजिक समुद्रमा अवतरण गर्दैको दृश्य । पृथ्वीको वायुमण्डलमा प्रवेश गर्ने क्रममा क्याप्सुलको गति १७,००० माइल प्रतिघण्टा थियो, जसलाई केही मिनेटभित्रै नियन्त्रण गरेर सुस्त पारियो । जब उनीहरू अन्तरिक्ष यानबाट बाहिर निस्किए, उनीहरूको अनुहारमा मुस्कान थियो । सुनिता विलियम्स र बुच विलमोरले ५ जुन २०२४ मा परीक्षण यान स्टारलाइनरमार्फत अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) को यात्रा गरेका थिए ।




