२०८३ मंसिर १० गते बुधबार
२०८३ मंसिर १० गते बुधबार

लप्सीफेदी–रातमाटे–न्यू हेटौँडा प्रसारण लाइन निर्माण सुरु

 एमसीए–नेपालले लप्सीफेदी–रातमाटे–न्यू हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माण सुरु गरेको छ । सिन्धुपाल्चोकबाट मंसिर ८ गतेदेखि निर्माण थालिएको उक्त प्रसारण लाइन पाँच जिल्लामा विस्तार हुनेछ ।

एमसीए–नेपालका अनुसार ११७ किलोमिटर लामो यो प्रसारण लाइनअन्तर्गत ३०३ वटा टावर निर्माण गरिनेछ । प्रसारण लाइन काठमाडौं, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ र मकवानपुर जिल्लामा फैलिनेछ ।

एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण भइरहेको विद्युत् प्रसारण आयोजनाको कुल लम्बाइ ३१५ किलोमिटर छ । लप्सीफेदी–रातमाटे–न्यू हेटौँडा खण्ड त्यसैको एक हिस्सा हो । यो खण्ड ४०० केभी क्षमताको दोहोरो सर्किटयुक्त प्रसारण लाइन हुनेछ । प्रसारण लाइन निर्माण सम्पन्न भएपछि मुलुकको विद्युत् प्रसारण सञ्जाल थप सुदृढ हुने अपेक्षा गरिएको छ । यसले देशभित्र उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण ग्रिडमा जोड्न सहयोग पुग्नेछ । साथै, नेपालको ऊर्जा सुरक्षालाई थप बलियो बनाउने एमसीए–नेपालको विश्वास छ ।

नेपालको विद्युत् उत्पादन क्षमता विस्तार हुँदै गएको अवस्थामा उत्पादित विद्युत् प्रसारण तथा वितरणका लागि उच्च क्षमताका पूर्वाधार आवश्यक छन् । प्रस्तावित प्रसारण लाइनले विद्युत् प्रवाहको क्षमता विस्तार र राष्ट्रिय ग्रिडको सुदृढीकरणमा योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

ट्रेन्डिङ

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।