
वासिङ्टन । संयुक्त राज्य अमेरिकाले शुक्रबार लाखौँ आप्रवासीको कानुनी हैसियत समाप्त गर्ने घोषणा गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी इतिहासकै सबैभन्दा ठूलो निर्वासन अभियान सञ्चालन गर्ने र मुख्यतः ल्याटिन अमेरिकी मुलुकबाट आउने आप्रवासीलाई नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
आगामी वर्षको जनवरीसम्म लागु हुने यो आदेशले ट्रम्पका पूर्ववर्ती जो बाइडेनले अक्टोबर २०२२ मा सुरु गरेको एक योजना अन्तर्गत संयुक्त राज्य अमेरिका आएका लगभग पाँच लाख ३२ हजार क्युबा, हाइटी, निकारागुआ र भेनेजुएलाका नागरिकहरूलाई प्रभावित गर्नेछ ।
अमेरिकी गृह मन्त्रालयको आदेश संघीय रजिस्टरमा प्रकाशित भएको ३० दिनपछि उनीहरूले आफ्नो कानुनी सुरक्षा गुमाउनेछन्। यसको अर्थ यो कार्यक्रमद्वारा प्रायोजित आप्रवासीहरूले अप्रिल २४ सम्ममा ‘संयुक्त राज्य अमेरिका छोड्नुपर्छ’ जबसम्म उनीहरूले देशमा रहन अनुमति दिने अर्को आप्रवासन स्थिति प्राप्त गर्दैनन्, आदेशमा भनिएको छ।
संयुक्त राज्य अमेरिकामा शरण लिन चाहनेहरूलाई समर्थन गर्ने गैरनाफामुलक संस्था वेलकम डट युएसले कदमबाट प्रभावित भएकाहरूलाई ‘तुरुन्तै’ अध्यागमन वकिलको सल्लाह लिन आग्रह गरेको छ।
सन् २०२३ को जनवरीमा घोषणा गरिएको क्युवा, हाइटी, निकारागुआ र भेनेजुएलाका नागरिकका लागि (सीएचएनभी) कार्यक्रमले मानव अधिकारको गम्भीर अभिलेख भएका यी चार मुलुकबाट प्रतिमहिना ३० हजार आप्रवासीलाई दुई वर्षका लागि अमेरिका प्रवेशको अनुमति दिएको थियो ।
बाइडेनले यो योजनालाई अमेरिका र मेक्सिकोको भिडभाड हुने सीमामा दबाब कम गर्ने ‘सुरक्षित र मानवीय’ तरिकाको रूपमा व्याख्या गरेका थिए । गृह मन्त्रालयले शुक्रबार यो योजना ’अस्थायी’ भएको बताएको छ ।
आदेशमा भनिएको छ, “प्यारोल स्वाभाविक रूपमा अस्थायी हो, र प्यारोल मात्र कुनै पनि अध्यागमन स्थिति प्राप्त गर्नका लागि अन्तर्निहित आधार होइन, न त यो संयुक्त राज्य अमेरिकामा प्रवेश हो।”
क्यालिफोर्नियाका अध्यागमन वकिल निकोलेट ग्लेजरका अनुसार यो आदेशले सीएचएनभी योजनाअन्तर्गत अमेरिका प्रवेश गरेका ५० लाख आप्रवासीमध्ये अधिकांशलाई असर गर्नेछ ।
“यसका लागि ‘केवल ७५ हजार शरण आवेदनहरू कानुनी रूपमा दायर गरिएको थियो, त्यसैले सीएचएनभी प्यारोलहरूको विशाल बहुमतले आफूलाई स्थिति, वर्क परमिट र निष्कासनको लागि योग्य ठहर गर्नेछ,” उनले एक्समा पोस्ट गरेका छन्।
ट्रम्पले गत साता भेनेजुएलाको एक गिरोहका २०० भन्दा बढी कथित सदस्यलाई एल साल्भाडोरमा उडाउने दुर्लभ युद्धकालीन कानुन लागू गरेका थिए ।
वासिङ्टनका नेता निकोलस मदुरोको नेतृत्वमा तेलको धनी भेनेजुएलाको अर्थतन्त्र धरासायी भएपछि पछिल्लो एक दशकमा ७० लाखभन्दा बढी भेनेजुएलावासीले आफ्नो देश छाडेका छन् ।
चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले ‘प्रचण्ड’ले आगामी आम निर्वाचनसम्ममा सबै माओवादीलाई पार्टीको झण्डामुनि एकताबद्ध गरिने बताएका छन् ।
काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले देशमा शान्ति चाहिएको बताएका छन् । गोरखा दरबारस्थित गोरखकाली मन्दिरमा पूजा अर्चनापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले कसैले कसैको पनि कुभलो चिताउन नहुने बताएका छन् ।
‘अहिले देशमा शान्ति चाहिएको छ । कसैले कसैको पनि कुभलो नचिताओस् । भलो चिताओस् । केही खराब नचिताओस् भन्ने मेरो कामना छ । कोही पनि केही गर्न डराउन पर्दैन । देशको शान्ति कायमै होस्, देशमा विकास होस् । सबैलाई सुख र समृद्धि होस् भन्ने मेरो कामना छ,’ उनले भने ।
धेरै वर्षपछि आफ्नो पुर्खाको थलो गोरखा आउँदा खुशी लागेको उनले बताएका छन् । शाहले भने, ‘गोरखा आएर मलाई खुशी लाग्यो आफ्नो जन्म थलो त होइन तर पुर्खाको थलो हो । सबैलाई भेट्दा पनि खुशी लागेको छ ।’
गोरखकाली र गोरखनाथमा पूर्वराजाको दुई घण्टा पूजा
पूर्वराजा ज्ञानेन्द्र शाहले शनिबार गोरखास्थित गोरखकाली र गोरखनाथको पूजाआजा गरेका छन् । शनिबार बिहान १० बजे गोरखा पुगेका उनले राजदरबारका कुलदेवता भनेर चिनिने गोरखकाली र गोरखनाथको पूजाआजा गरेका हुन् । बिहान १० बजेदेखि १२ बजे दुई घण्टासम्म पूजाआजा गरी दिउँसो १ बजे गोरखाबाट फर्किसकेका छन् ।
शुक्रबार साँझ चितवन, कुरिनटारको रिभरसाइड रिसोर्टमा बसेर शनिबार बिहान ९ बजे आँबुखैरेनी आइपुगेका उनलाई राजावादी व्यक्ति, संस्था तथा पार्टीहरूले स्वागत र मोटरसाइकल ¥याली गरी १० बजे गोरखा लगेका थिए । पूजाआजा सकेपछि दिउसो १ बजे उनले गोरखाको ठूलोआँगन र सङ्ग्रहालयमा स्थानीयबासीको भेटघाट तथा स्वागत ग्रहण गरेका थिए ।
शाह बा २१ च ७३१८ नम्बरको गाडीमा पृथ्वी राजमार्ग हुँदै गोरखा आएका हुन् । शनिबार चैत्रकृष्ण अष्टमी तथा गोरखकाली पूजा पर्व रहेको थियो । सोही अवसर पारेर पूर्वराजा शनिबार जिल्ला आएका हुन्। उनी शनिबार अपराह्न चितवन, कुरिनटारस्थित सोही रिसोर्टमा फर्किएका छन् ।
आइतबार बिहान गोरखास्थित अर्को प्रसिद्ध मनकामना मन्दिर दर्शन गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ । पूर्वराजाको भ्रमणको आन्तरिक व्यवस्थापन गर्न गोरखामा १५१ सदस्यीय नागरिक समाज गठन गरिएको थियो । राजावादीको सञ्जालबाट भगवानदास मल्लको नेतृत्वमा स्वागत समिति गठन गरिएको थियो ।
काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरूको राष्ट्रिय मान्यता पाउने मापदण्डलाई कडाइ गर्ने प्रस्ताव गरेको छ । यसअन्तर्गत दलहरूले राष्ट्रिय मान्यता प्राप्त गर्न समानुपातिक निर्वाचनमा कम्तीमा तीन प्रतिशत मत ल्याउनु पर्ने पुरानै व्यवस्था कायम राखिएको छ । तर, थप नयाँ सर्तहरू राख्दै प्रतिनिधि सभाको ७० प्रतिशत सिटमा उम्मेदवारी दिनुपर्ने, राष्ट्रव्यापी संगठन आवश्यक पर्ने र कम्तीमा तीन फरक प्रदेशमा एक/एक सिट जित्नुपर्ने प्रस्ताव गरिएको छ ।
काठमाडौं र ललितपुरका विभिन्न स्थानमा आज (शनिबार) दिनभर विद्युत अवरूद्ध हुने भएको छ।
नेपाल विद्युत प्राधिकरणका अनुसार काठमाडौंको जोरपाटी वितरण केन्द्र, बानेश्वर वितरण केन्द्र र ललितपुरको पुल्चोक वितरण केन्द्रका विभिन्न फिडर अन्तर्गत पर्ने स्थानहरूमा विद्युत अवरूद्ध हुने भएको हो।
जोरपाटी वितरण केन्द्रको मुलपानी फिडर अन्तर्गत पर्ने मुलपानी–साझाबारी आसपासका स्थानमा बिहान १० देखि दिउँसो ३ बजेसम्म विद्युत अवरूद्ध हुनेछ । त्यहाँ एचटी लाइन स्थानान्तरण कार्यका लागि फिडर सटडाउनमा राखिने प्राधिकरणले जनाएको छ ।
त्यस्तै बानेश्वर वितरण केन्द्रको इमाडोल फिडर अन्तर्गत पर्ने कोटेश्वर–सहयोगीनगर क्षेत्रमा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म विद्युत अवरूद्ध हुनेछ । ती क्षेत्रमा एसिएसआर अपग्रेडिङका लागि फिडर सटडाउनमा राखिने प्राधिकरणले जनाएको छ । त्यस्तै ललितपुरमा पुल्चोक वितरण केन्द्रको कुपनडोल फिडर मध्याह्न १२ बजेदेखि दिउँसो साढे २ बजेसम्म सटडाउनमा राखिने प्राधिकरणले जनाएको छ ।
ती फिडर अन्तर्गत पर्ने इटी, महापाल, पाटन दरबार, बंलामुखी, शंखमुल, पाटनढोका, मंगलबजार, छबाल एरियामा विद्युत अवरूद्ध हुनेछ । काम निर्धारित समय अगावै सम्पन्न भएमा सो समयभन्दा अगावै लाइन सुरु हुन सक्ने प्राधिकरणले जानकारी दिएको छ ।
जलवायु संकटले हिमाली जिल्लाको धार्मिक, सांस्कृतिक र विभिन्न क्रियाकलापमा प्रत्यक्ष/परोक्ष प्रभाव पर्दै गएको छ । जलवायु परिवर्तनकै कारण हिमाली जिल्ला मुस्ताङको जनजीवनसमेत निकै प्रभावित भइरहेको छ । असमान मौसम परिवर्तन, प्राकृतिक प्रकोप, अनियमित हिमपात हुने र कुनै वर्ष हिउँ नै पर्न नसक्नेजस्ता प्राकृतिक प्रकोपको समस्या झेल्नुपर्ने अवस्था विद्यमान छ ।
जलवायुकै कारण पछिल्लो समय हिमालहरू कालापत्थरमा रूपान्तरण हुँदै थाले भने हिमनदीको स्रोत पनि सुक्दै जान थालेका छन् । यसरी जलवायु संकटकै कारण हिमाली जिल्ला क्षेत्रको कृषि र पशुपालनलगायत क्षेत्रमा यसको नकारात्मक असरहरू देखिन थालेको छ ।
जलवायु संकटकै यस्तै एउटा पीडा थेगिरहेको छ मुस्ताङको सम्जुङ गाउँ । लोमान्थाङ गाउँपालिका–२ मा अवस्थित उपल्लो मुस्ताङको सम्जुङ गाउँ विगत डेढ दशकअघिदेखि मानवविहीन अवस्थामा छ । त्यहाँ १८ घरधुरी थिए । अहिले त्यहाँ पुरानो शैलीका परम्परागत घरहरू जिवितै छन् । सम्जुङमा पूर्ववत् अवस्थामा घरहरू यथास्थितिमा रहे पनि त्यहाँका मानिसहरू त्यहाँबाट विस्थापित भइसकेको पनि करिब डेढ दशक भइसकेको छ । त्यहाँ बर्खायाममा भेडाच्याङ्ग्रा र याकचौँरी चौँरी रेखदेख गर्ने केही घरधुरीका कुरुवा बस्ने गरेको पाइएको छ । त्यसबाहेक लोमान्थाङ–२ को सम्जुङ बस्ती मानवविहीन रित्तो अवस्थामा छ ।
९जोमसोम–कोरला० मुख्य राजमार्ग सडकबाट झण्डै पाँच घण्टा पैदल हिँडेर पुग्न सकिने मुस्ताङको समजुङ गाउँ भौगोलिक रूपमा निकै नै पिछडिएको र विकट स्थानमा अवस्थित छ । त्यहाँ डेढ दशकअघि स्थानीय घरधुरीले कृषि र पशुपालन व्यवसाय गरी बस्ने गर्थे । त्यहाँ कृषि र पशुपालनमा समस्या देखिन थालेपछि त्यहाँका स्थानीय घरधुरीले बस्ती स्थान्तरणको मार्ग रोजे । जलवायु परिवर्तनकै कारण हिमनदीको स्रोत सुक्दै जान थालेपछि त्यहाँको सिँचाइ, खानेपानी र चरन क्षेत्रलगायतमा समस्या पर्न थाल्यो । यसैका कारण जलवायु अनुकूलका लागि त्यहाँका स्थानीय नागरिकहरू त्यहाँबाट बसाइँसराइ बाटो रोजे ।
निकै अग्लो पठार नाङ्गो डाँडाकाँडाको फेंदमा अवस्थित उपल्लो मुस्ताङको सम्जुङ बस्तीले जलवायुको सङ्कट थेगिरहँदा त्यहाँका स्थानीय नागरिकलाई दैनिक जीविकोपार्जमा निकै नै ठूलो चुनौतीहरूको सामना गर्न बाध्य भए । यिनै जलवायु संकटले गर्दा सिँचाइ, खानेपानी र चरनक्षेत्र असहज हुँदा बस्ती रित्तिन पुगेको हो ।
जलवायुपीडित सम्जुङ गाउँ कहाँ सर्यो ?
उपल्लो मुस्ताङस्थित लोमान्थाङ–२ को सम्जुङ गाउँ डेढ दशकअघिदेखि सोही वडाको नामासुङ भन्ने स्थानमा स्थान्तरित भएको छ । त्यहाँका कूल १८ घरधुरीका पूरै नागरिक नामासुङमा सरेर नयाँ बस्ती निर्माण भइसकेको छ । राष्ट्रिय गौरवको जोमसोम–कोरला मुख्य सडकमार्गदेखि नजिकै छोसर खोलाको पूर्वतर्फको स्थानमा सम्जुङ बस्ती नामासुङमा स्थान्तरित भएको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले जानकारी दिए ।
मुस्ताङी सांस्कृतिक राजा जिग्मे पलवर विष्टका नाममा रहेको करिब एक सय रोपनी लालपुर्जावाला बाँझो जग्गा जलवायुले विस्थापित बस्ती सम्जुङ गाउँलाई नि:शुल्क दान गरेपछि त्यहाँ नयाँ बस्ती बसेको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष विष्टको भनाइ छ । त्यहाँ जलवायुले विस्थापित बस्ती समजुङको प्रत्येक घरधुरीलाई चार चार आना क्षेत्रफलमा टहरा निर्माण गर्ने र बाँकी क्षेत्रफलमा खेती गर्ने सुविधा उपलब्ध भएको अध्यक्ष विष्टले उल्लेख गरे ।
मुस्ताङी राजाले आफ्नो स्वामित्वमा रहेको खाली जग्गा सम्जुङ गाउँलाई उपलब्ध गराइएपछि त्यहाँ १८ वटै घरधुरीले समान आकारको उस्ती प्रकृतिका घर टहराहरू निर्माण गरेका थिए । लोमान्थाङ गाउँपालिका–५ लोमान्थाङका पूर्ववडाध्यक्ष नवाङकुङ्गा लामा विष्टको समन्वय र सहकार्यमा त्यहाँ नयाँ बस्ती संरचना निर्माण भएको हो । पूर्ववडाध्यक्ष विष्टका अनुसार सम्जुङबाट विस्थापित बस्तीलाई पुर्नवासको व्यवस्थापन गर्न स्थानीय घरधुरीसँग लागत साझेदारी गरी त्यहाँ घरटहरा निर्माण भई नयाँ बस्ती बसेको हो । त्यहाँ एक स्वीजरल्याण्डको एक संस्थाको ५० प्रतिशत र स्थानीय घरधुरीको ५० प्रतिशत लागत साझेदारी रहने गरी डेढ दशकअघि त्यहाँ बस्ती स्थान्तरण भएको लोमान्थाङ–५ का पूर्ववडाध्यक्ष विष्टको भनाइ छ ।
बस्ती स्थान्तरणका लागि आफूले व्यक्तिगत रूपमा पहल गरेको वडाध्यक्ष विष्टले खुलाए ।
लोमान्थाङ गाउँपालिकाका निमित्त कार्यालय प्रमुख विकास केसीले जलवायुकै संकटले त्यहाँका कृषि र पशुपालन प्रणालीमा प्रत्यक्ष/परोक्ष असर देखिएकाले नामासुङमा बस्ती स्थानान्तरण हुन पुगेको बताए। प्राकृतिक स्रोतहरूको अभाव हुँदै जानु र त्यहाँबाट केही सहज स्थानमा बसोबास गर्ने मनसायका कारण त्यहाँका घरधुरी नामासुङमा बस्ती सरेको आफूले बुझेको बताए ।
नामासुङमा स्थानान्तरण भएका घरधुरी कहिलेकाहीँ सम्जुङ गाउँमा पशुचौपाय लिएर जाने र त्यहाँको गोठमा गएर बस्ने गरेको लोमान्थाङका निमित्त प्रशासकीय अधिकृत केसीले उल्लेख गरे । नयाँ स्थानान्तरण भएको बस्ती नामासुङ पुग्न जोमसो–कोरला सडकमार्गबाट १५ मिनेटको पैदल हिँडेर पुग्न सकिने उनले बताए ।




