
चीनले आफ्नो स्पेश स्टेसनको लागि सौर्य उर्जा प्लान्टको परीक्षण प्रक्षेपण गर्ने घोषणा गरेको छ । उक्त महत्वाकांक्षी परियोजनाको पहिलो चरण तय मितिभन्दा दुई वर्ष अगाडि अर्थात् सन् २०२८ मै सुरु गरिनेछ । यो घोषणासँगै चीनले उक्त क्षेत्रमा अमेरिका र बेलायतलाई पछि पछि पार्ने योजना बनाएको हो ।
उक्त चिनियाँ परियोजना चार चरणमा पूरा हुनेछ । परियोजना पूरा भएसँगै अन्तरीक्षबाट पृथ्वीमा बिजुली पठाउन सकिनेछ । यसमा पृथ्वीभन्दा ४ सय किलोमिटरको उचाइबाट वायरलेस पावर ट्रान्समिसनको प्रयोग गरिनेछ ।
दुई दशकअघि नै नासाले पहिलो यस्तै प्रकारको उर्जा परियोजनाको प्रस्ताव राखेको थियो, तर त्यस विषयमा काम सुरु गरेको थिएन । जुन अहिले आएर चीनले उक्त अवधारणालाई मूर्त रुप दिने भएको छ ।
बेलायतले पनि सन् २०३५ सम्ममा अन्तरीक्षमा १६अर्ब पाउण्ड खर्च गरी सोलार पावर प्लान्ट निर्माण गर्ने योजना बनाएको छ । त्यस विषयमा बेलायतले अध्ययन सुरु गरिसकेको छ।
शोधकर्ताहरुका अनुसार स्याटेलाइट तथा सौर्य उर्जालाई माइक्रोवेभ तथा लेजरमा परिणत गरिनेछ र ऊर्जा तरंगलाई पृथ्वीमा अलग अलग ठाउँ तथा गतिमान स्याटेलाइट सम्म पठाइनेछ ।
माइक्रोवेभको उपयोग गरी वायुमण्डलबाट गुुज्रने ऊर्जाको मात्रालाई क मगर्न सक्षम हुने बताइएको छ । सोलार ऊर्जायुक्त उक्त स्पेस स्टेशनको मुख्य लक्ष्य अन्तरीक्षमा सौर्य ऊर्जालाई विद्युत ऊर्जामा परिवर्तन गर्नु हो जसलाई पृथ्वीमा कुनै संकलकको माध्यमबाट ऊर्जा प्रवाहित गर्नका लागि माइक्रोवेभ ट्रान्समिटर वा लेजर इमिटरको प्रयोग गरिनेछ ।
चीनका अनुसार सन् २०५० सम्ममा उक्त परियोजना सम्पन्न हुनेछ । पूर्ण रुपमा चालू भएसँगै अन्तरीक्षमा उक्त सोलार स्टेशनले परमाणु ऊर्जा स्टेशनको रुपमा का मगर्नेछ । जसबाट इलेक्ट्रिकल ग्रिडको रुपमा पृथ्वीमा बिजुली पठाउन सकिनेछ ।
चीनले आफ्नो उक्त सोलार पावर स्टेशन चार चरणमा निर्माण गर्ने योजना बनाएको छ । पहिलो परीक्षण प्रक्षेपण पश्चात् सन् २०३० मा चीनले ३६ हजार किलोमिटरको भू समकालिक कक्षमा एक अधिक शक्तिशाली प्लान्टको निर्माण गर्नेछ ।
यद्यपि एक टेस्ट स्टेशनमा केवल १० किलोवाट मात्र बिजुली उत्पादन हुनेछ । ठूलो बिजुली संयन्त्रले सन् २०३५ सम्म १० मेगावाट बिजुली उत्पादन गर्नेछ । सन् २०५० सम्मचाहिं उक्त स्टेशनबाट दुई गिगावाट बिजुली उत्पादन हुने चीनको विश्वास छ, जुन बेलायतको हालको विद्युत उत्पादन क्षमता समान हो ।
हामीमध्ये धेरैजसोले पक्कै पनि मोबाइल फोनलाई सिरानीमा राखेरै सुत्छौं। मोबाइललाई सिरानीमा राखेर सुत्दा के हुन्छ ? भन्ने हामी धेरैलाई थाहा नहुन सक्छ। एक हप्तासम्म मोबाइललाई सिरानीबाट टाढा राखेर सुत्नुहोस् अनि आफैं हेर्नुहोस्, तपाईंमा कति परिवर्तन आउँछ।
तपाईंले विचार गर्नुभएकै होला, धेरै समय मोबाइलबाट कुरा गरिसकेपछि अलिअलि चक्कर लाग्ने, आलस्य हुने जस्तो भएको। त्यो मोबाइलको रेडिएसनले गर्दा हो। त्यत्ति नै समय हेडफोन प्रयोग गरेर या लाउड स्पिकरमा बोल्नुहोस् र विचार गर्नुहोस्, तपाईंलाई पहिलेको जस्तो हुँदैन।
हामी निदाएको बेला पनि दिमाग सक्रिय नै रहन्छ। दिमागमा अत्यन्तै नाजुक सेल्सहरू हुन्छन्। अन भएको मोबाइल फोन हाम्रो टाउको नजिक धेरै समय रह्यो भने त्यसको रेडिएसनले दिमागमा खलबली मच्चाइदिन्छ। त्यसले दिमागका सेल्सहरू निष्क्रिय पारिदिन्छ। जसले गर्दा साना–साना कुरा पनि याद नहुने, भर्खरै भनेको कुरा पनि बिर्सने, झनक्क रिस उठ्ने आदि जस्ता कुराहरू हामीमा विकसित हुन थाल्छन्। यी कुराहरू बढ्दै गएर अन्तिममा मानसिक सन्तुलन बिग्रने, ब्रेन ह्याब्रेज हुने जस्ता खतरनाक रोग पनि निम्तिन सक्छन्।
त्यस्तै, हामीले चलाउने मोबाइल फोनको ब्याट्री धेरै नटिक्ने झण्झट सबैले बेहोरेकै कुरा हो। मोबाइल चार्ज गर्दा यस्ता कुरामा ध्यान दिनुपर्ने हुन्छ। कुनै पनि मोबाइललाई सधैं फुल चार्ज गर्नु हुँदैन र, कम्तीमा २० प्रतिशतभन्दा कम पनि हुन दिनुहुँदैन। महिनामा एकपटक ब्याट्री जिरो बनाएर फुल चार्ज गरेमा ब्याट्रीको लाइफ पनि बढ्छ र फोनको काम गर्ने क्षमतामा वृद्धि हुन्छ। राति मोबाइल चार्जरमा जोडेर छोड्ने बानी छ भने पनि त्यो गर्न बन्द गर्नुपर्छ। त्यसो गर्दा बिजुलीको गडबडीले मोबाइल पड्किन सक्छ। मोबाइल चार्जमा जोडेर कहिल्यै चलाउनु हुँदैन। यसो हुँदा कहिलेकाहीँ मोबाइलमा धेरै प्रेसर पर्छ र हातैमा ब्लास्ट हुन सक्छ। पावर बैंक, डुप्लिकेट चार्जर वा अन्य फोनका चार्जर जोड्नु हुँदैन।
त्यसैले आजैदेखि मोबाइल फोन प्रयोग गर्दा यस्ता कुराहरूमा ध्यान दिऔं। आफ्नो परिवार, साथीभाइ सबैलाई जानकारी दिनुहोस्। ताकि हाम्रो समाजमा मोबाइलको रेडिएसनबाट बच्न केही योगदान पुगोस्। अब जानौं मोबाइलका बारेमा केही रोचक तथ्य, – विश्वभर सय जनामा ८० जनाले मोबाइल फोन प्रयोग गर्छन्। – सन् १९७३ मा सबैभन्दा पहिलो मोबाइल फोन बनाइएको थियो। जुन मोटोरोला कम्पनीको थियो। – नोकिया ११०० फोन अहिलेसम्मको सबैभन्दा २५० मिलियन प्रतिभन्दा बढी बिक्री भएको फोन हो। – मलेसियामा मोबाइलबाट टेक्स्ट म्यासेज गरेर डिभोर्स दिन सकिन्छ। जुन कानुनी रूपमा मान्य छ। – फिनल्यान्डमा मोबाइल फोन फ्याँक्ने खेल आधिकारिक रूपमा खेलिन्छ। – ट्वाइलेटको ह्यान्डलभन्दा मोबाइल फोनमा १८ गुणा ज्यादा ब्याक्टेरिया हुन्छन्। – मोबाइल फोन प्रयोग गर्ने व्यक्तिले औसतमा प्रतिदिन सय पटकभन्दा बढी मोबाइल लक–अनलक गर्छन्। – ब्रिटेनमा प्रतिवर्ष १ लाखभन्दा बढी मोबाइल फोन ट्वाइलेटमा झर्छन्। – मोटोरोला कम्पनीका एक कर्मचारी मार्टिन कपुरले ३ अप्रिल १९७३ मा पहिलोपल्ट मोबाइलमा फोन गरेका थिए। – मोबाइलबाट पहिलो म्यासेज नील पोप्वार्थले पठाएका थिए। जसमा लेखिएको थियो ‘म्यारी क्रिसमस’। (एजेन्सीको सहयोगमा)
एलन मस्कको अन्तरिक्ष अन्वेषण कम्पनी ‘स्पेसएक्स’ले प्रक्षेपण गरेको रकेट चन्द्रमामा ठोक्किएपछि विस्फोट हुन लागेको छ।
फाल्कन ९ बुस्टर नामको यो रकेट सन् २०१५ मा प्रक्षेपण गरिएको थियो। मिसन पूरा नगरेपछि पृथ्वीमा फर्कन पर्याप्त इन्धन बाँकी थिएन र यो अन्तरिक्षमा नै रह्यो।
खगोलविद् जोनाथन म्याकडोवेलले चन्द्रमासँग पहिलोपटक अनियन्त्रित रकेट टक्कर हुने बताए। तर यसको असर भने निकै कम हुने उनको भनाइ छ।
एक लाख माइलको यात्रामा अन्तरिक्ष मौसम उपग्रह पठाउने मिसन पूरा भएपछि सात वर्षअघि रकेटलाई उच्च कक्षमा खसालिएको थियो।
यो एलन मस्कको अन्तरिक्ष अन्वेषण कार्यक्रम ‘स्पेसएक्स’ को एक हिस्सा थियो। ‘स्पेसएक्स’एक निजी कम्पनी हो जसले अन्य ग्रहमा मानिस बस्ने सम्भावनाको अध्ययन गर्ने काम गर्छ।
अमेरिकाको हार्वर्ड-स्मिथसोनियन सेन्टरका एस्ट्रोफिजिक्सका प्रोफेसर म्याकडोवेल भन्छन्, ‘सन् २०१५ पछि पृथ्वी, चन्द्रमा र सूर्यको गुरुत्वाकर्षणले यो रकेटलाई तान्न थाल्यो, जसले गर्दा यसले आफ्नो बाटो गुमाएको थियो। यो बन्द थियो। यो केवल गुरुत्वाकर्षणको दिशामा तानिरहेको थियो।’
प्रोफेसर म्याकडोवेलले भने, ‘विगत दशकहरूमा हामीले अन्तरिक्षमा लगभग ५० वटा ठूला वस्तुहरू गुमायौं। यस्तो भिडन्त पहिले पनि भएको हुनुपर्छ, तर हामीलाई थाहा थिएन। पुष्टि हुने घटना भने यो पहिलो हो।’
फाल्कन ९ बुस्टर चार टनको मेटल ट्याङ्की हो जसको पछाडि रकेट इन्जिन छ। यदि यो ५०० माइल प्रति घण्टाको गतिमा चट्टानसँग ठोक्कियो भने, त्यहाँ केही क्षति हुनेछ। बीबीसी हिन्दीबाट
काठमाडाैं । बेल्जियमले विश्वमै पहिलो पटक ल्याएको यस्तो नयाँ कानुनले यौनकर्मीहरुलाई पनि अन्य पेशाकर्मी तथा रोजगार झैं समान व्यवहार गर्नेछ ।
एजेन्सी । बेल्जियमले हालै यौनकर्मीहरुलाई मातृत्वको अधिकार दिने गरी कानुन ल्याएपछि यौनकर्मीहरु उत्साही बनेका छन् । उक्त कानुन अनुसार अब त्यहाँ यौनकर्मीहरुले सेक्स वर्करहरुले मेटर्निटी लिभ अर्थात् मातृत्व बिदा पाउनेछन् ।
यससँगै उक्त कानुनले उनीहरुलाई पेन्सन, बिरामी बिदा, स्वास्थ्य बिदा लगायतका सुविधाहरुको पनि हक दिएको छ । यसले यौनकर्मीहरुलाई पनि अन्य पेशा वा जागिरको झैं हक र सुविधा प्रदान गरेकोमा अधिकारकर्मीहरुले खुसियाली मनाएका छन् ।
बेल्जियमले यौनकर्मीलाई दिएको यसरी दिएको अधिकार विश्वमै पहिलो पटक हो । इन्टरनेसनल युनियन अफ सेक्स वर्करका अनुसार विश्वभर करिब ५ करोड २० लाख यौनकर्मी छन् । तर उनीहरुलाई मातृत्व तथा स्वास्थ्य बिमाको अधिकार पहिलो पटक बेल्जियमले दिएको हो । बेल्जियमले यो पेशालाई २०२२ मा नै अपराधको स्तरबाट हटाएको थियो । टर्की र पेरुमा पनि यो पेशा कानुनी रुपमा वैध मानिन्छ ।
ह्युमन राट्स वाचकी अनुसन्धानकर्मी एरिन किलब्राइड बेल्जियमले ल्याएको यो कदमलाई यस क्षेत्रमा अहिलेसम्मकै उत्तम मान्छिन् । साथै हरेक देशहरुले यसबाट सिक्नुपर्ने उनको धारणा छ । यद्यपि यौनकर्मीहरुमाझ तस्करी, दुर्व्यवहार र शोषण लगायतका कुराहरु यस कानुनले रोक्न नसक्ने भन्दै कतिपयले आलोचना पनि गरेका छन् ।
तर बेल्जियमको यस कदमपछि धेरैजसो यौनकर्मीहरुले खुसियाली व्यक्त गरेका छन् । यौनकर्म पनि एक पेशा भएको भन्दै यसलाई सरकारले सुरक्षित बनान खोजेकोमा उनीहरुले खुसी व्यक्त गरे । कतिपयका लागि यौनकर्म एक रोजगारीको रुपमा रहेको भन्दै यसमा आवद्ध व्यक्तिहरुलाई कानुनी रुपमा दिइएको अधिकारले उनीहरुलाई सुरक्षित बनाएको यौनकर्मीहरुको धारणा छ ।
बीबीसीमा प्रकाशित समाचारमा यौनकर्मीहरुले यस पेशामा पहिले आफूले कस्ता चुनौती र जोखिम झेल्नुपर्यो भनेर अनुभव बाँडेका छन् । जसमध्ये कतिपयले त गर्भवति भएर सन्तान जन्माउन एक हप्ता बाँकी हुँदा पनि यौनकर्ममा लाग्नुपरेको बताएका छन् । मातृत्व बिदा लिने अधिकार नहुँदा यस्तो जोखिम मोल्नुपरेको उनीहरुको भनाइ छ ।
साथै कतिपयले असुरक्षित यौन सम्पर्क राख्न बाध्य भएको र आफूले चाहे अनुसार बिदा नपाएको उनीहरुले बताएका छन् । विशेषगरी यौनकर्ममा लाग्ने क्रममा असुरक्षित सम्बन्ध राख्दा हुनसक्ने स्वास्थ्य चुनौतीलाई बेल्जियमको नयाँ कानुनले सुरक्षित बनाउने उनीहरुले बताए ।
यस्तो अवस्थामा बिरामी बिदा तथा स्वास्थ्य बिमा जस्ता अधिकार नहुँदा आफूहरुले अनेक चुनौतीको सामना गर्नुपरेको र बाध्य भएर जोखिम मोल्नुपरेको उनीहरुको भनाइ छ । अब बेल्जियम सरकारले ल्याएको कानुन अन्तर्गत आफूहरु सुरक्षित महसुस गर्न सक्ने उनीहरुले बताए ।
तीमध्ये बेलजियमकी सोफी नामकी एक यौनकर्मीले बीबीसीको समाचारमा भनेकी छन्, ‘म ९ महिनाको गर्भवती हुँदा पनि काम गर्न बाध्य थिएँ । म बच्चा जन्माउन भन्दा एक साताअघि पनि ग्राहकसँग यौन सम्बन्ध राख्न बाध्य भएँ ।’
पाँच सन्तानकी आमा सोफीले यस्तो जखिमका बीच यौन पेशासँग सम्झौता गर्न बाध्य भएको बताएकी छन् । जुन निकै कठिन रहेको उनले स्मरण गरिन् । जब सोफीले पाँचौं सन्तान जन्माउँदै थिइन् । त्यसबेला उनलाई ६ हप्तासम्म आराम गर्न भनिएको थियो । तर पनि आफूसँग कुनै विकल्प नरहेर यौन सम्बन्ध राख्न बाध्य भएको सोफीले बताएकी छन् ।
‘मैले त्यसरी आराम गर्नसक्ने अवस्था थिएन । किनकि मलाई पैसा चाहिएको थियो,’सोफीले भनेकी छन् । अब बेल्जियमले ल्याउँदै गरेको नयाँ कानुन अनुसार सोफी जस्ता थुप्रै यौनकर्मीले गर्भवती हुँदा वा बिरामी हुँदा बिदा बस्न सक्नेछन् । साथै बिरामी बिदाको हक अनुसार उनीहरुले बिदा लिन सक्नेछन् । र स्वास्थ्य बिमाको हकअनुसार रोजगारदाताले नै उनीहरुको उपचार गर्नुपर्ने छ ।
बेल्जियमको नयाँ कानुन विश्वमै पहिलो पटक आएको हो । यस कानुन अनुसार यौनकर्मीहरु पनि अब अन्य रोजगारी झैं रोजगारदातासँग सम्झौता गरेर सुविधा लिन सक्नेछन् ।
काठमाडौँ — चिन्डो लौकाजस्तै लहरामा फल्ने प्रजातिको एक वनस्पति फल हो । चिन्डोलाई किरात राई जातिले मुन्दुम धार्मिक कार्यमा नाक्सो (कुलपुजारी), ज्वाम्चो (धामी)ले प्रयोग गर्दछन् । प्रकृति र पितृलाई पूजा गर्दा मुन्दुम फलाक्दै यही चिन्डोमा भरिएका जाँड, रक्सीले छर्किने गर्दछन् ।
प्रदेश–१ का विभिन्न बस्तीमा सांस्कृतिक प्रतीकका रूपमा चिन्डोको प्रतीमा बनाउने गरिएको छ । पक्की घरको छानोमा गजुरका रूपमा चिन्डोको आकार दिने गरिएको छ ।
संस्कृतिविद्ले मुन्दुमको प्रतीक चिन्डोलाई पहिरनमा प्रयोग गर्दा ध्यानपुग्नु पर्ने र जथाभावी प्रयोग गर्न नहुने बताएका छन् । किरात राई सुम्निमा संघले उधौली चाड साकेलाको अवसरमा आयोजना गरेको ‘किरात राई महिलाहरूको मौलिक पहिरन’ विषयक अन्तरक्रियामा उक्त विचार व्यक्त गरेका हुन् ।
विज्ञका अनुसार किरातीले आफूलाई प्रकृति तथा पितृपूजक जातिका रूपमा चिनाउने गरेका छन् । कृषि युग सुरु भएपछि कपासको खेती गर्ने, कपासलाई रुवा बनाउने, त्यसलाई कातेर तानमा खाडी कपडा बुन्ने र त्यसलाई छिटको गुन्यु, चोला, पटुकी पहिरिने परम्परा रहेको छ । विभिन्न चराचुरुङ्गी, वनस्पति, माटो आदि रंग प्रयोग गर्ने गरेका छन् । तिनै रंगलाई पहिरनमा प्रयोग गर्ने गरेका छन् । यसैगरी ढुंगा, काठ, माटो, धातुको विभिन्न गरगहना प्रयोग गर्दै आएका उल्लेख गरेका छन् । मौलिक भेषभूषाका रूपमा प्रतिपादित वस्तुलाई एकरूपमा हुनुपर्नेमा जोड दिएका छन् ।
किरात राई प्रज्ञा परिषदका कुलपति जयकुमार राईले कृषि युगपछि पहिरनका विकास भएको र वर्तमान अवस्थामा मुन्दुम कार्यमा प्रयोग हुने चिन्डोलाई लुगाफाटामा प्रयोग गर्ने चलन बढेको बताए । ‘मुन्दुम किरात जातिको अलिखित धर्मशास्त्र हो, यसको परिपालन गर्ने पुर्खाले त्यसैअनुकुल पहिरनको विकास गरे,’ कुलपति राईले भने, ‘अब पहिरनलाई भूगोल, परिवेश, परिस्थितिअनुसार परिमार्जन हुँदै आएको छ । चिन्डो घरको गजुरका रूपमा लिइन्छ । त्यसैले पहिरनमा छातीभन्दा मास्तिरको भागमा मात्र प्रयोग गर्नु उचित हुनेछ ।’
यसैगरी संस्कृतिविद् तीर्थराज मुकारुङ राईले मुन्दुम सांस्कृतिक वस्तुलाई पहिरनको आकर्षण बढाउने तर त्यसको प्रयोगमा होसियारी अपनाउन जरुरी रहेको बताए । ‘माङ (देवता)को पूजा गर्दा चलाइने चिन्डोलाई बुट्टाका रूपमा प्रयोग गर्नु राम्रो हो,’ पहिरन कुनै पनि जातिको पहिचानको पहिलो आधार भएको उल्लेख गर्दै उनले भने, ‘चिन्डो आस्थाको वस्तु हो । यसलाई घरको शिरमा राखिन्छ । तसर्थ यसलाई छातीभन्दा तलको भागमा प्रयोग नगरौं ।’
किरात राई यायोक्खाकी पूर्वउपाध्यक्ष दुर्गा राईले २०६१ सालदेखि किरात राई महिलाको पहिरन एकरूपता दिने काम सुरु भएको बताइन् । ‘पुर्खा आमाहरूले सभ्यताको विरासत धानेका हुन्,’ मुन्दुममा किराती समाज मातृप्रधान रहेको उल्लेख गर्दै उनले भनिन्, ‘तर समयको परिवर्तन हुँदै जाँदा आज तिनै परम्परागत पहिरनलाई परिमार्जन गर्दै सारीको पारीमा चिन्डो प्रयोग गरेको पाइयो । यो गलत हो, रोकिनुपर्छ ।’
त्यसैगरी किरात राई महिलाको पहिरनबारे सगरमाथा आरोही देउराली चाम्लिङ, भाषाशास्त्री डा. तारामणि राई, अध्यता मन्जु राई, तेजमाया दुमी राई, पुनम राई, सुशीला राई, किरात बायुङ राई सुम्निखिमका अध्यक्ष ज्ञान बायुङ राई, यायोक्खाका उपमहासचिव भीम राईलगायतले चर्चा गरेका थिए ।
काठमाडौँ — बजिरहेको डम्फुको धुन । तामाङ भाषामा चलिरहेको सेलो भाका, भित्तामा सजिसजाउ सोली, ठेकी, लाल्टिन, पेरुङ्गा । अनि भान्छामा पाकिरहेको खानाको बास्ना । दूरदराजका बस्ती छाडेर राजधानीमा जीविकोपार्जनका क्रममा आइपुगेका तामाङ समुदाय हुन् वा उनीहरूका भान्साका परिकार चिनेका छिमेकी । सबैलाई गाउँको झल्को दिन्छ ।
स्वयम्भू विजेश्वरीमा तीन वर्षदेखि सञ्चालनमा रहेको तामाङ कुदाप धिम रेस्टुरेन्टमा तामाङका प्रचलित परिकार मात्र छैन, समुदायका परम्परागत प्रयोगका सामग्रीहरूलाई जगेर्नाको जमर्को गरिएको छ । तामाङ भाषाअनुसार कुदापको अर्थ चुलो र धिमले घर भन्ने बुझाउँछ । ‘यो रेस्टुरेन्ट गाउँ छाडेर सहरवासी बनेकालाई हाम्रा मौलिक खाना, संस्कार संस्कृतिसँग साक्षात्कार गराउने उद्देश्य पनि हो,’ सञ्चालक फूलकुमार बोम्जन तामाङले भने ।
बोम्जन आफैं सेलो गीत–संगीत र साहित्यमा क्रियाशील छन् । उनले सेलो गीतमार्फत प्रस्तुत गरेका छन् । डेढ दशकभन्दा बढी नेपाली सेनामा जागिरे जीवनपछि व्यवसायको बाटो मौलिकतालाई बोकेर लागेका हुन् । ‘जागिरे र कलाकारिताको जीवनमा देशविदेश घुम्दै जाँदा मैले सबैको आफ्नो भनेर देखाउने थुप्रै चिजहरू देखेँ तर तामाङको खासै बाहिर आएको देखिनँ,’ उनी भन्छन् । अध्ययन अनुसन्धानका क्रममा समुदायलाई चिनाउने चिजहरू आफ्नै वरपर छरपस्ट रहेको उनले देखे । त्यसैलाई संकलन तथा प्रदर्शन गर्न व्यवसायलाई माध्यम बनाए । कुदाप धिममा समुदायका गतिविधि झल्काउने गोष्ठी, छलफल तथा विभिन्न साहित्यिक, सांगीतिक कार्यक्रमहरू पनि भइरहन्छन् । उनी थप्छन्, ‘रेस्टुरेन्टका रूपमा अघि सारिएको यो खासमा एउटा चौतारी जस्तो होस् भन्ने हाम्रो अवधारणा हो । खानाको बहानामा आउने ग्राहकले यहाँ आएर कमसेकम एउटा चिज मात्र भए पनि आफ्नोबारे थाहा पाओस् भन्ने हामी चाहन्छौं ।’
रेस्टुरेन्टमा आउनेलाई बोम्जन डम्फुको धनु सुनाउने मात्र होइन बजाउनसमेत सिकाउँछन् र संग्रहालयकै पाराले संकलन गरेर राखेका सामग्रीहरूबारे बेलिविस्तार लगाउँछन् । रेस्टुरेन्टमा तामाङ भनी सर्वप्रथम पहिचान दिलाउने सरदार बहादुर सुबेदार मेजर जंगवीर तामाङदेखि लेखक बुद्धिमान तामाङ, विद्रोही योद्धा सेक्के तामाङ, तामाङ स्रष्टाहरू पारिजात, गोपाल योञ्जन, अरुणा लामालगायत व्यक्तिहरूको तस्बिरहरू संग्रहित छन् ।
यसले समुदायको अग्रज व्यक्तित्व र इतिहास प्रस्ट्याउने बोम्जनको ठहर छ । समुदायको मौलिक संस्कृति र संस्कारका पक्षहरू जगेर्ना गर्न कतिपय कुराहरू प्रचलित कानुनले बर्जित गरेकाले आफ्नो समूहले प्रस्तुत गर्न नसकेको उनको गुनासो छ । डीबी लामा, मंगल थोकरलगायत चार जना सञ्चालक रहेको रेस्टुरेन्टमा दर्जनको हाराहारीमा तामाङ परिकारहरू पाक्छ । गेङ (फापर र कोदोको रोटी), आलुम (कोदो वा फापरको पीठोलाई मुछेर स–साना डल्ला बनाएर पानीमा उमालेर बनाइने खाना), बुजु (चामलको भात मुछी विभिन्न आकृतिमा बनाइने खाना), भुटेको मकैभटमास, तिस्या (जंगली कन्दमूल), उसिनेको पिँडालु, तरुल, आइराक, निङ्गु (पम्परागत विधिबाट बनाइएको रक्सी, छ्याङ) रेस्टुरेन्टमा पाक्ने विशेष परिकारहरू हुन् । सहरीकरणसँगै मानिसहरूको बसाइँसराइ सहरतिर स्थानान्तरण भएपछि मौलिक पक्षहरू ओझेल पर्दै गए । सहरमै रहेकाहरूले समेत आफ्नो मौलिकतालाई बिर्सन थालेपछि केही व्यक्तिहरू खानासँगै मौलिक पक्षलाई जगेर्ना गर्न लागिपरेका छन् । कुदाप धिम जस्तै काठमाडौं उपत्यकाभित्र थुप्रै नेवारी र राई/लिम्बूलगायतका संस्कृति झल्काउने रेस्टुरेन्ट सञ्चालनमा छन् ।
कीर्तिपुरस्थित ‘नेवा लहना,’ ‘ससः ध्वाखा,’ ताल्चीखेलको ‘सुम्निमा तापोखिम’, सातदोबाटोस्थित ‘चासुवा’ लगायतका रेस्टुरेन्टहरूले मौलिक खानाको स्वादसँगै मौलिकता बोकेको संस्कृतिसमेत सिकाइरहेका छन् । लहना र ससः ध्वाखाले नेवारी मौलिक खानालाई विशेष प्राथमिकताका साथ अगाडि बढाइरहेका छन् । दुवै रेस्टुरेन्टहरूमा नेवारी समुदायको खानासँगै मौलिक पहिरन, भौतिक संरचना, बसेर खाने संस्कारलाई देख्न सकिन्छ । कीर्तिपुरलाई नेवारी समाजको संस्कृति, सभ्यता र ऐतिहासिक रूपमा महत्त्वपूर्ण माने पनि हाल ती सबै पक्षहरू नयाँ पुस्तामा ओझेल पर्दै गएको लहनाका निर्देशक राजमान मानवले सुनाए । ओझेल पर्दै गएका पक्षलाई ब्युँताउने उद्देश्यले खाना संस्कार तथा व्यवसायसँग जोड्ने प्रयास गरिएको उनको भनाइ छ । डेढ दशकदेखि सञ्चालनमा रहेको लहनामा स्थानीय समुदायकै ७७ परिवार सञ्चालकका रूपमा छन् । यसले मौलिक पक्षको जगेर्नासँगै स्थानीय व्यक्तिहरूलाई रोजगारीको बाटोसमेत खुलेको उनले सुनाए । लहनामा नेवारी समुदायमा प्रचलित सबै प्रकारका खानाहरू परम्परागत विधिबाट नै तयार पारिन्छ । आवश्यक चामल, मसलाका प्रकार ओखल, ढिकीहरूमा कुटेर नै तयार गरिन्छ ।
लहना र ससः ध्वाखा दुवैमा यमरी, बारा, सन्याखुना, सेकुवा, छ्वय्ला, कचिला, चतामरी, अयला (रक्सी), थ्वोँ (छ्याङ) जस्ता नेवारी खानाका स्वादहरू लिन सकिन्छ । परिकारसँगै नेवारी संगीत, कर्मचारीहरूको नेवारी भेषभूषा, खानामा प्रयोग गरिने सामग्री तथा बस्ने ठाउँ दुवै रेस्टुरेन्टका विशेषता हुन् । कीर्तिपुरलाई नेवारी खानाको मुख्य केन्द्रबिन्दु बनाउन सकेमा पर्यटन प्रवर्द्धन गर्न सकिने निर्देशक मानवको ठहर छ । ‘सुम्निमा’ र ‘चासुवा’ मा भने राई समुदायको मौलिक खाना र संस्कारलाई प्रवर्द्धन गरिएको छ । विशेषगरी कुखुरा र बंगुरका मासुबाट बनाइने परिकारहरू दुवैमा रेस्टुरेन्टमा पाइन्छन् । ‘चासुवा’ मा प्रत्येक हप्ता शुक्रबार किराँती संस्कार झल्कने पूर्वेली लोकभाकाहरूसमेत प्रत्यक्ष प्रस्तुति हुने सञ्चालक विकास राईले बताए । सहरमा आधुनिकतासँगै विस्थापित भएको खानालाई देखाउन जोखिम मोलेर भए पनि झन्डै दुई वर्षदेखि ‘चासुवा’ सञ्चालन गरिरहेको राईले सुनाए ।
पाश्चात्य संस्कृतिसँगै उतैको संस्कार अँगालेका अहिलेका पुस्तालाई मौलिक पक्षलाई बुझाउन कठिन रहेको सञ्चालकहरूको अनुभव छ । मौलिक खाना, त्यसको गुणस्तर, मौलिक सामग्री जुटाउन र त्यसको ऐतिहासिक पृष्ठभूमिसमेत बुझाउनुपर्ने अर्को झन्झटिलो काम रहेको उनीहरू सुनाउँछन् । चुनौतीपूर्ण काम भए पनि मौलिक पक्ष जोडिएकाले अवसरसँगै आफ्नोपनाको आभास आउने राईको मत छ ।
काठमाडौं । कलंकी बस्ने टामिरा जोशीको दाँत राम्रोसँग उम्रियो तर त्यो धेरै समय टिक्न नपाई कालो हुन थाल्यो। सुरूआती चरणमा थोरै देखिएको दाँतको कालो दिन दुईगुणा, रात चौगुणाका दरले बढ्न थाल्यो। उनका अभिभावकले अगाडिको दाँत पूरै कालो भएपछि गुलियो खानेकुरा खुवाउन बन्द गराए। विस्तारै उनको दाँतले चपाउन बन्द गर्यो, दुख्न पनि थाल्यो। समस्या निकै बढेपछि मात्रै उनलाई उपचारका लागि लगियो।
कबmथबप ष्लकष्मभ कmबिि
अहिले उनको माथिल्लो दाँत सबै झरेको छ, नयाँ पलाउने क्रम जारी छ। केही ठाउँमा नयाँ दाँत उम्रने ठाउँमा मासु पलाएपछि दन्त चिकित्सकले उपचार गरिरहेका छन्।
टामिराको भाइ टिष्टानको दाँत पनि विस्तारै दिदीको जस्तै बन्दै गइरहेको छ। उनको परिवारले यसलाई वंशाणुगत समस्या पो हो कि भन्ने शंका गरेका छन्। निषेधाज्ञाका कारण चिकित्सकलाई देखाउन नपाएको ती अभिभावकको भनाइ छ।
कालिमाटीका सात वर्षीय कृपेश श्रेष्ठको पनि दाँत बिग्रिएको छ। उनको परिवार दूधे दाँत बिग्रिएर केही नहुने भन्दै ढुक्कसँग बसेको छ। आमा कमला श्रेष्ठले भनिन्, ‘पहिलो दाँत बिग्रिए पनि दोस्रो दाँत आउला, राम्रो आइहाल्छ भनेर उपचार गराएका छैनौं।’
कृपेशकी आमा कमलाले भनेजस्तो नयाँ दाँत आउँदा समस्या हल नहुने, झनै बल्झने बताउँछिन् दन्त चिकित्सक सूर्या थापा। ‘बालबालिकाले कस्तो खाना खाइरहेका छन्, उनीहरूको स्वास्थ्य अवस्था कस्तो छ भनेर बुझ्न उनीहरूको दाँत हेरे पुग्छ,’ मोडलसमेत रहेकी थापाले भनिन्।
उनका अनुसार, नराम्रा खाना बालबालिकाले खाएका छन् भने उनीहरूको दाँतमा किरा लाग्न सुरू गरिहाल्छ। खराब दाँतकै कारण बालबालिकामा पेटको समस्यादेखि अन्य विभिन्न समस्या देखिन सुरू गर्छ।
उनले भनिन्, ‘मानिसको मुख सफा र स्वस्थ नहुँदा नै विभिन्न रोगको सुरूआत हुन्छ। स्वस्थ खाना खाएको छ तर किरा लागेको दाँतले उक्त खाना चपाएको छ भने त्यो रोगरहित छ भन्न सकिँदैन।’
अन्य रोगका चिकित्सककहाँ पुग्दा आधा रोग निको भएको अनुभूति गर्ने बिरामी दाँतको डाक्टरसँग भने डराउँछन्। किनभने, दाँतको समस्या निकै पीडादायी रोग हो। यसलाई अन्य रोगको तुलनामा महँगो रोगका रूपमा पनि लिइन्छ।
१. शारीरिक तनाव
शल्यक्रिया गरेको अवस्था, दुर्घटना, गम्भीर बिरामी अथवा सामान्य रुघा नै किन नहोस्, कपाल झर्छ। तर, यस्तो अवस्थाको कपाल झराई अस्थायी किसिमको हुन्छ। कपाल झर्ने यस्तो अवस्थालाई ‘टेलागेन इफ्लुभियम’ भनिन्छ। कपालको एउटा निश्चित चक्र हुन्छ स् बढ्ने चरण, स्थिर भएर बस्ने चरण र झर्ने चरण। न्युयोर्कका छालारोग विशेषज्ञ डा। मार्क ग्लासोफर भन्छन्, ‘जब तपाईं साँच्चिकै तनावमा हुनुहुन्छ भने यसले कपालको चक्रलाई असर गर्छ र झर्ने अवस्थामा पुग्छ।’ गम्भीर अवस्थाको तीन देखि ६ महिनासम्म कपाल झर्छ।
२.गर्भधारणका बेला
गर्भधारणको अवस्थामा पनि एक किसिमको शारीरिक तनावको अवस्था हो। यस्तो अवस्थामा पनि कपाल झर्छ। डाक्टरहरुका अनुसार यो सामान्य हो र यसरी झरेको कपाल केही महिनामै पलाउँछ।
३. बढी भिटामिन सेवनका कारण
अत्यधिक मात्रामा भिटामिन सेवन र बढी औषधि सेवनले पनि कपाल झर्छ। वयस्क व्यक्तिका लागि दैनिक भिटामिनको डोज ५ हजार इन्टरनेशनल युनिट र ४ वर्षभन्दा माथिका बालबालिकाका लागि दैनिक २५ सय देखि १० हजार इन्टरनेशनल युनिट दिनसकिन्छ। तर, भिटामिन एको सेवन कम गर्यो भने कपाल झर्न रोकिन्छ।
४. प्रोटिनको अभाव
अमेरिकन एकेडेमी अफ डर्माटोलोजीका अनुसार यदि आवश्यक भएजति पनि प्रोटिन शरीरले नपाउने हो भने कपाल झर्न थाल्छ। प्रोटिनको कमी भएको दुई देखि तीन महिनाबाट कपाल झर्ने समस्या देखिन थाल्छ। त्यसैले माछा, मासु, अण्डाजस्ता बढी प्रोटिन पाइने खाद्यपदार्थ खानुपर्छ।
५. पुरुषको तालुखुईलेपन
तीनमध्ये दुई जना मानिसको ६० वर्षसम्ममा तालु खुईलन्छ। यसमा जिन र पुरुष हर्मोनले मुख्य भूमिका खेलेका हुन्छन्। कपाल झर्ने यस्तो अवस्था रोक्न केही मल्हम पाइन्छन् भने कपाल रोप्न कस्मेटिक सर्जरी पनि गर्न सकिन्छ।
६. वंशाणुगत
पुरुषमा तालु खुईलने समस्याजस्तै महिलामा पनि त्यस्तै समस्या पाइन्छ। यसलाई ‘एन्ड्रोजेनिक एलोपेसिया’ भनिन्छ। निश्चित उमेर पुगेपछि कपाल खुईलने समस्या भएका परिवारबाट आएका महिलमा यस्तो खतरा रहन्छ।
७. मानसिक तनाव
शारीरिक तनावमा जत्तिकै नभएपनि मानसिक तनावका कारण पनि कपाल झर्ने हुन्छ। कहिलेकाही सम्बन्धविच्छेद भएका, आफ्ना प्रियजनको मृत्यु भएका व्यक्तिहरुमा मानसिक तनाव देखिन्छ। त्यस्ता व्यक्तिमा कपाल झर्ने सम्भावना बढी हुन्छ।
८. एनिमिया
एक तथ्यांकअनुसार २० देखि ४९ वर्ष उमेरसमूहका १० महिलामध्ये एक महिला शरीरमा आइरनको कमीका कारण एनिमियाबाट पीडित भएको पाइन्छ। यसका कारण कपाल झर्ने सम्भावना हुन्छ। एनिमिया भए–नभएको पत्ता लगाउँन डाक्टरहरुले रगत परीक्षण गर्छन्। आइरनको कमीका कारण कपाल झर्नेका अतिरिक्त बेहोसी, टाउको दुख्ने, आँखा धमिलो हुनेजस्ता समस्या देखा पर्छन्।
९. हाइपोथाइरोडिजम
घाँटीमा भएको थाइराइड ग्लान्डले एक किसिमको हर्मोन उत्पादन गर्छ, जुन मेटाबोलिजम, वृद्धि र विकासका लागि गम्भीर मानिन्छ। जब यस्तो हर्मोन आवश्यकमात्रामा निस्कदैन, कपाल झर्न थाल्छ।
१०. भिटामिन बीको कमी
अमेरिकाजस्ता देशमा एकदमै कम केश पाइएपनि भिटामिन बीको कमीका कारण पनि कपाल झर्ने समस्या हुन्छ। यसको समाधानका लागि भिटामिन बी पाइने खाद्य पदार्थहरु फलफुल, माछा, मासु, तरकारी प्रशस्त खानुपर्छ।
११. केमोथेरापी
क्यान्सरमा प्रयोग गरिने केमोथेरापीका कारण पनि कपाल झर्छ। चिकित्सकहरुले केमोथेरापीलाई ‘आणबिक बम’ भनेका छन्। यसले तीब्र रुपमा शरीरका क्यान्सरयुक्त कोषहरुलाई मार्नेकाम गर्छ। यसका साथसाथै कपालका कोषलाई पनि मार्ने काम गर्छ।
१२. कपाललाई अनावश्यक स्टाइल दिँदा
कपाललाई सुन्दर बनाउँने नाममा अनावश्यक स्टाइल दिँदा, हेयर ट्रिटमेन्ट गर्दा पनि कपाल झर्छ। कपालमा प्रयोग गरिने अनेक प्रकारका रसायनहरुले पनि कपाल झर्न भूमिका खेल्न सक्छन्।