
काठमाडौं । हङकङ टी-२० सिरिजको उपाधि भिडन्तमा नेपाल पराजित भएको छ। आइतबार हङकङमा भएको चार देशीय सिरिजमा नेपालले कुवेतसँग ३ रनको हार ब्यहोरेको हो।
नेपालले टी-२० अन्तर्राष्ट्रिय खेलमा कुवेतसँग पहिलो पटक पराजित हुँदा उपाधि समेत गुमायो।
कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपालले सुरुवाती तीन विकेट चार बलको अन्तरमा गुमाएपछि टोली दबाबमा परेको थियो। नवौं विकेटका लागि नन्दन यादवले बसिर अहमदसँग ७२ रनको साझेदारी गरेपछि नेपाल जित नजिक पुगेको थियो। तर अन्तिम चार बल बाँकी छदा चार रन बनाउँन नसक्दा नेपाल स्तब्ध भयो। उत्कृष्ट लयमा देखिएका नन्दनले १४ बलमा ३७ रन जोडे। उनले २ चौका र ४ छक्का प्रहार गरे। अन्तिम ओभरमा नेपाललाई ११ रन चाहिएको थियो भने एक विकेट मात्र बाँकी थियो।
पहिलो बल नो बल हुँदा बसिरले छक्का प्रहार गरेका थिए। त्यसपछि फ्रिहिटमा उनले रन लिन सकेनन्। तेस्रो बलमा पनि रन प्रहार नगरेको बसिर चौथो बलमा भने क्याच हुँदा नेपाल १७१ रनमा अलआउट भयो। बसिरले ४३ बलमा ८ चौका र ४ छक्काको मद्दतमा ८० रन बनाए।
तेस्रो ओभरको पाँचौ बलमा ओपनर कुशल भुर्तेल ३ रनमा आउट भए। अर्को ओभरको पहिलो बलमा अर्का ओपनर आसिफ शेख ११ बलमा २१ रन जोडेर आउट भए। लगत्तै अर्को बलमा कुशल मल्ल डकआउट भए।
त्यसपछि पाँचौ ओभरमा दीपेन्द्रसिंह ऐरी चार बल शून्यमा आउट भए। नेपालले ४।५ ओभरमा सुरूवाती चार विकेट गुमाउँदा २८ रन जोडेको थियो।
कप्तान रोहितकुमार पौडेलले ७ रन मात्र जोड्न सके। सोमपाल कामी ४ रनमा रनआउट भने गुल्सन झा ९ रनमा क्याच भए। करण केसी ४ रनमा क्याच भए।
बलिङमा कुवेतका अनुदिपले ३ विकेट लिए। हङकङमा आइतबार टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको कुवेतले ७ विकेटको क्षतिमा १७४ रन बनायो।
आक्रामक सुरुवात गरेको कुवेतका लागि ओपनर रविजा सन्दरुवालने ६३ रन बनाए। उनले ३६ बलमा ६ चौका र ४ छक्क प्रहार गरे।
अर्का ओपनर क्लिन्टो अन्तोले १४ बलमा २६ रन बनाए। उस्मान पटेलले १५ बलमा २३ रन र कप्तान मोहमद अस्लामले १३ रन बनाए।
बलिङमा नेपालका नन्दन यादव र सोमपाल कामीले २(२ विकेट लिए। सोमपालले ४ ओभरमा २६ रन र नन्दनले ३४ रन दिए। कुशल भुर्तेल र करण केसीको नाममा १(१ विकेट रह्यो।
यसअघि नेपालले समूह चरणमा कुवेत र कतारलाई पराजित गरेको थियो भने आयोजक हङकङसँगको खेल वर्षाले अवरुद्ध भएको थियो।
काठमाडौं । चारदेशीय टी-२०आई सिरिजको उपाधि जित्न नेपालले १७५ रनको लक्ष्य पाएको छ ।
हङकङमा नेपालविरुद्ध टस हारेर पहिला ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७४ रन बनायो । कुवेतका लागि ओपनर रविजा सन्दारुवानले सर्वाधिक ६० रन बनाए । क्लिन्टो एन्टोले २६, मिट भावसार १६ र मोहम्मद उमर अब्दुल्लाले २३ रनको योगदान दिए ।
बलिङमा नेपालका नन्दन यादव र सोमपाल कामीले २-२, करण केसी र कुशल भुर्तेलले एक-एक विकेट लिए ।
२००७ सालमा नेपाली कांग्रेसले राणा शासन विरुद्ध प्रजातन्त्रको झण्डा उठायो। २०२८ सालमा नेकपा एमालेले पञ्चायती निरंकुशता विरुद्ध समाजवादी आन्दोलनको नेतृत्व गर्यो। २०५२ सालमा नेकपा माओवादीले सशस्त्र विद्रोह शुरू गर्दै सत्ता जनतामा ल्याउने प्रतिज्ञा गर्यो।
तीन दलका क्रान्तिहरूको मूल उद्देश्य एउटै थियो, जनताको शासन स्थापना र विधिको शासन। यसैकारण दलीय क्रान्तिमा जनविश्वासमा रह्यो र क्रान्तिहरू पनि सफल नै रहे।
तर, २०६३ सालपछिको संक्रमणकाल अनि २०६९ मा संविधानसभा विघटन भएपछि, यी पार्टीहरू क्रमश: विचारमा होइन, अवसर, लाभ र सत्तामा मात्र केन्द्रित हुन थाले। बिस्तारै दलहरू राजनीतिक दल नभएर निजी ठेकेदारी नेटवर्क, बोर्ड शेयर वितरण कम्पनी र सरकारी बजेट चुस्ने को-अपरेटिभ जस्ता बन्न लागे। एउटै नेतालाई ६/७ पटकसम्म प्रधानमन्त्री र २० पटकसम्म मन्त्री बनाउने तन्त्र, दल, नेता र व्यवस्थाप्रति नै घृणा बढ्दैछ।
नेपाली राजनीतिको पछिल्ला तीन दशकका घटनाक्रम विश्लेषण गर्दा, दलहरू विचारधारात्मक संगठन होइनन्, व्यावसायिक फर्ममा परिणत भएका छन्। संविधानले जनतालाई सार्वभौम बनाएको घोषणा त गर्यो, तर त्यो सार्वभौमिकता व्यवहारमा दलका केही नेताहरूको निजी सम्पत्ति संरक्षण गर्ने कानूनी दस्तावेज मात्र बन्न पुग्यो।
वंश, गुट र गार्हस्थ्य व्यवस्थापन: कांग्रेसको नयाँ रूप
सात दशकभन्दा पुरानो दल नेपाली कांग्रेस, इतिहासमा जनआन्दोलनको नायक थियो, आज गुटबन्दीको चक्रव्यूह र कोइराला एन्ड देउवा प्रालिमा बदलिएको छ। न विचार छ, न त आन्दोलनको अग्रपंक्तिमा नै। अर्थात्, गुटतन्त्रमा आधारित राजनीतिक व्यापारमूलक संस्था आजको कांग्रेसको पर्यायवाची नाम हो।
कोइराला परिवारको वंशवाद कांग्रेसको जरा भित्रैदेखि रोपिएको छ। देउवा वंशवाद पनि बिस्तारै पलाउँदैछ। कांग्रेसको सभापति र महामन्त्रीमा देउवा वा कोइराला पक्षका पात्र र बाँकी पद गुटगत सम्झौताबाट भरिने परिपाटी हिजोदेखिकै हो।
पार्टीभित्रको नीति, कार्यक्रम, विचारधारा र सिद्धान्त केवल दस्तावेजको कोरा पाना मात्र बनेका छन्। निर्णयहरू पार्टीको केन्द्रीय समितिमा होइन, गुटगत बैठकहरूमा र कोइराला एन्ड देउवा प्रालिको लेनदेनमा सीमित छ। कांग्रेसको हालको कार्यशैलीमा विचारभन्दा बढी कुन नेताले कति गुनासो गरेका छन्, को कुन प्रालिको र उक्त प्रालिको कोटामा कसलाई पठाउने भन्ने बहसमा मात्र सीमित छ।
कुनै समय जनताको आँखामा आशाको प्रतीक बनेको कांग्रेस आज आफ्नै चारतारे झण्डामुनि कोइराला र देउवा गुटको फुटबल खेलिरहेको छ। देउवा, सिटौला, शशांक, रामचन्द्र, शेखरदेखि गगनसम्म, सबैको ध्यान जनताको दुःखमा होइन, गुटभित्रको सन्तुलन मिलाउन र नेतृत्व आफूले हत्याउनमा केन्द्रित छन्।
सोझा कार्यकर्ताहरू अझै पनि कांग्रेसप्रति विश्वास बोकेर हिंडिरहेका छन्। तर राजधानीमा नेताहरूका लागि कांग्रेस पार्टी होइन, एक जना नेताको पप्पु बनाउने कारखाना बनेको छ। कार्यकर्ताले आन्दोलन र संगठन सुदृढीकरणको सपना देख्दा, राजधानीमा नेताहरू वंश र गुटको आधारमा सत्ता र नियुक्ति बेच्न व्यस्त छन्।
गम्भीर कुरा, पार्टीका पदाधिकारीहरूले आफ्नै जिम्मेवारी बिर्सेर अध्यक्षको आलोचना गर्ने झमेला बढी गर्छन्। महामन्त्री गगन र विश्वप्रकाश जस्ता आशलाग्दा नेता, जसले संगठन बलियो बनाउने कर्तव्य बोकेका छन्, उनीहरू पनि भाषण, ट्विटरमै र नेतृत्वको गालीगलोजमा सीमित छन्। नेतृत्व बोकेकोले बोल्ने होइन, बोक्ने हो भन्ने कुरा कांग्रेसभित्र अब इतिहास जस्तो देखिन्छ।
पार्टीको आन्तरिक जीवन विचारशून्य भइसक्दा पनि कोही नेताले आत्मचिन्तन गर्न चाहँदैनन्। सत्ता, टिकट र बोर्डको भागबन्डामा रमाउँदै कांग्रेसका शीर्ष नेताहरूले पार्टीलाई ‘गुटहरूको बजार’ मा रूपान्तरण गरिसकेका छन्। यो अवस्था कांग्रेसका लागि केवल क्षयको संकेत होइन, जनतासँगको सम्बन्ध नै गुमाउने डरलाग्दो चेतावनी हो।
एमाले: व्यक्तिपूजादेखि सिन्डिकेटसम्म
नेकपा एमाले कुनै दिन विचार, प्रतिबद्धता र सिद्धान्तका आधारमा उभिएको पार्टी थियो। पुष्पलाल श्रेष्ठले भारतको कोलकाताबाट शुरु गरेको कम्युनिष्ट आन्दोलनको मूल उद्देश्य वर्गविहीन समाज निर्माण गर्नु थियो, जहाँ गरीब, मजदुर, किसानका आवाज संसद्भन्दा बलिया हुने थिए। पुष्पलालले विचार दिए, वर्ग संघर्ष, जनताको सत्ता र आत्मालोचनाको संस्कार।
त्यसपश्चात् मनमोहन अधिकारीले आफ्नै जीवनको सम्पूर्णता जनताको सेवामा अर्पण गर्दै एमालेलाई नेपालको सर्वहारा आन्दोलनको राजनीतिक मुटु बनाएका थिए। उनी प्रधानमन्त्री हुँदा समेत पार्टीलाई ‘जनताको विचार’ को आधारमा चलाएका थिए, न कि आफ्ना निजी स्वार्थका लागि।
मदन भण्डारीको आगमनपछि एमालेले आफ्नो चरित्रलाई साँच्चिकै नयाँ स्वरूप दिएको थियो। ‘जनताको बहुदलीय जनवाद’ भन्ने सिद्धान्त मार्फत उनले एमालेलाई लोकतन्त्रभित्रै समाजवादको बाटो देखाउने नवीन प्रयास गरे। उनले पार्टीलाई आत्मालोचना, बहस र विचार–संधानको परम्परा दिएका थिए। उनै मदन भण्डारीले पार्टीको अनुशासनलाई ‘भक्तिपूजा’ होइन, ‘वैचारिक प्रतिबद्धता’ मा आधारित बनाएका थिए।
तर, आज एमाले न पुष्पलालको सिद्धान्तमा छ, न त मनमोहनको त्यागमा। न मदन भण्डारीको राजनीतिक बाटोमै। आज एमाले केपी ओलीको व्यक्तिकेन्द्रित राजनीतिक कम्पनी बनेको छ, जहाँ विचार होइन, ‘ओली ब्राण्ड’ बिक्छ।
अहिलेको पार्टीले न नीति बनाउँछ, न बहस गर्छ, केवल ओलीको इच्छा र आदेश पालना गर्छ। अध्यक्षको आदेश नै अन्तिम निर्णय हो, विरोध गर्ने जोकोहीलाई पार्टी विरोधी घोषणा गरी निष्काशन गरिन्छ। हिजो सीपी मैनालीको गुटमाथि विद्रोह गरेर उभिएको पार्टी आज अध्यक्षको ‘राजनीतिक स्टार्टअप’ मा सीमित भएको छ।
एमाले अब विचार बहस गर्ने संगठन होइन, ओली प्रालि हो, जहाँ कार्यकर्ताहरू ‘इन्भेस्ट’ गर्ने ग्राहक बनेका छन् र नेताहरू मन्त्री पदको आईपीओ खोल्ने व्यापारी। पार्टीको बैठक विचार विमर्श गर्ने फोरम होइन, प्रस्तुति स्वीकृतिको ठाउँ हो, जहाँ ओली बोलेपछि बाँकीले ताली बजाउने औपचारिकता गर्छन्। पुष्पलालले जीवनभर गरेको राजनीतिक संघर्ष, मनमोहन अधिकारीले निष्ठाका लागि जीवनभर सहन गरेको गरिबी र मदन भण्डारीले देखाएको राजनीतिक मार्ग एमालेको विधानको पृष्ठभूमिमा मात्र सीमित छन्, व्यवहारमा होइन।
नयाँ पुस्ताका कार्यकर्ताहरू अब विचारका लागि होइन, अवसरको लागि पार्टीमा प्रवेश गर्छन्। पार्टीको मूल आत्मा, जनताको पक्षमा बोल्ने साहस, बहस गर्ने परम्परा र संगठनभित्र आलोचना गर्ने संस्कार, यी सबै अब ‘ब्ल्याकलिष्ट’ मा राखिएको छ। एमाले अहिले विचारको स्टक बजारमा गिरावट भोगिरहेको कम्पनी हो, जहाँ बाको मात्र शासन चल्छ र अरू सबै ‘डमी डाइरेक्टर’ मात्र हुन्।
माओवादी केन्द्र: आदर्शदेखि सुविधाभोगसम्मको यात्रा
सशस्त्र युद्ध लडेर आएको माओवादी केन्द्र, जुन पार्टीका नेताका नारा, ‘जनताको सत्ता स्थापना’ हुने गर्थ्यो। तर आज तिनै नेताहरू सत्तामोह र सुविधा लोलुपताको चरम पराकाष्ठामा पुगेका छन्। नेता मात्र हैन, परिवार नै विभिन्न अपराधका घटनामा जोडिएका छन्। हजारौं शहीदको बलिदान, बेपत्ता र घाइतेको सपनाको दल सीमित नेताहरूलाई पद र सत्तामा पुर्याउने बाटो बनेको छ।
नेपालको पछिल्लो दुई दशकको राजनीतिक इतिहास हेर्दा नेकपा (माओवादी केन्द्र) ले महत्वपूर्ण मोडहरूमा नेतृत्वदायी भूमिका खेलेको देखिन्छ। २०६३ सालमा शान्ति प्रक्रियामा प्रवेश गरेपछि माओवादी २०६४ को पहिलो संविधानसभा निर्वाचनमा सबैभन्दा ठूलो दलका रूपमा उदायो। त्यसयता माओवादी तीनपटक प्रधानमन्त्रीको नेतृत्वमा पुग्यो र १५ वर्षमा १० वटा सरकारमा सहभागी भइसकेको छ। यो आँकडा आफैंमा माओवादीको निर्णायक उपस्थिति र राजनीतिक क्षमताको प्रमाण हो।
तर, यति लामो सत्ता समागमको अनुभवले माओवादीलाई लोकतान्त्रिक संस्थाहरू सुदृढ गर्ने, नीति निर्माणमा गम्भीर योगदान पुर्याउने र परिवर्तनको नेतृत्व गर्ने अवसर प्रदान गरे पनि व्यवहारमा देखिंदैन। पछिल्ला पाँच वर्षमा माओवादीको मत प्रतिशत घट्दो क्रममा छ। २०७० सालको दोस्रो संविधानसभा चुनावमा माओवादी सम्मान मत सहित तेस्रो दलमा झरेको थियो भने २०७९ सालको निर्वाचनमा प्रतिनिधिसभामा ३२ सिटमा सीमित हुनपुग्यो।
विगत १५ वर्षमा माओवादी पार्टीका करिब ७९ जना नेताहरू मन्त्री भइसकेका छन्। तीमध्ये केही नेताहरू, जस्तै कृष्णबहादुर महरा (६ पटक), जनार्दन शर्मा (४ पटक), नारायणकाजी श्रेष्ठ, वर्षमान पुन आदि बारम्बार मन्त्री बन्दै आएका छन्। तर यो नेतृत्व निरन्तरताले पार्टीभित्र उमेर, वर्ग, समुदाय र भौगोलिक समावेशिताका विषयमा अपेक्षित सुधार ल्याएको छैन। संगठन अझै केन्द्रित, व्यक्ति–निरपेक्ष र शक्तिकेन्द्रित देखिन्छ।
माओवादीलाई कार्यकर्ता र आम जनताले ‘सत्तामुखी संस्था’ भन्न थालेका छन्। चुनावी आँकडा, मन्त्रीहरूको पुनरावृत्ति र स्थानीय हार–जितका आधारमा हेर्दा माओवादी अब समानुपातिक नेतृत्वको अभ्यासभन्दा पनि ‘सञ्चालनयोग्य नेटवर्क’ जस्तो देखिन थालेको छ। संगठनभित्र आलोचना गर्न सक्ने, ताजा अनुहार ल्याउने वा नीति पुनर्विचार गर्न सक्ने युवा ऊर्जा कमजोर बन्दै गएको छ। यसैले माओवादी अहिले तेस्रो शक्ति भएर पनि तेस्रो विकल्प बन्न सकेको छैन। विचारको साटो सुविधा, आन्दोलनको साटो गठबन्धन माओवादीको पर्यायवाची नाम हो भन्दा फरक नपर्ला।
नाम नयाँ, शैली पुरानै
२०७९ को निर्वाचनमा नेपाली जनताले परम्परागत दलहरूप्रति वितृष्णा व्यक्त गर्दै बालेन शाह, हर्क साम्पाङ र रवि लामिछाने जस्ता स्वतन्त्र वा नयाँ राजनीतिक अनुहारहरूलाई वैकल्पिक आशाको रूपमा रोजे। तर दुर्भाग्यवश, यी पात्रहरूसँग न त स्पष्ट वैचारिक आधार छ, न त बलियो राजनीतिक पृष्ठभूमि। जनताले उनीहरूलाई ‘सफासुत’ विकल्प ठाने, तर फेरि पनि पुरानै गल्ती दोहोरिए-व्यक्तिको पूजा र चमत्कारप्रतिको आसक्ति।
बालेन शाह, जसले सिस्टमसँग लड्ने साहसी छविको निर्माण गरे, अहिले त्यो साहस प्रशासनसँगको टकराव र स्वेच्छाचारितामा रूपान्तरित भइरहेको छ। पारदर्शिता र जवाफदेहिताको कुरा गर्ने मेयरले न त सार्वजनिक प्रश्नको उत्तर दिन्छन्, न त प्रेससँग संवाद गर्छन्।
हर्क साम्पाङ, जो जनतासँगको सरल व्यवहार र पानीका नारा लिएर उदाए, आज अहंकार र आत्म–प्रशंसामा चूर छन् भने एक समय सत्य खोज्ने पत्रकारका रूपमा चिनिएका रवि लामिछाने, अहिले भने सत्यभन्दा छवि जोगाउन नसक्ने भएका छन्। सांसद, उपप्रधानमन्त्री, गृहमन्त्री भइसकेका उनी विवाद, आत्मरक्षा र पार्टीभित्रको चरित्र संकट हटाउन असफल छन्। सांसदका आपराधिक मुद्दाहरूको भित्री समीक्षाभन्दा पार्टीको नाम धुनलाई प्राथमिकता दिने रविको व्यवहारले देखाउँछ।
यी विभिन्न नामका नयाँ शक्तिहरू व्यवस्था परिवर्तन भन्दा पनि पुरानै चरित्रको पुनरावृत्ति बनेका छन्। जनताले पनि उनीहरूलाई उत्तरदायी बनाउने भन्दा देवत्वकरणले उनीहरूको आन्तरिक अहंकारलाई थप मलजल दिएको छ। यही कारण बालेन सिंहदरबार जलाउने, हर्क उच्छृंखल कुरा गर्ने र दलभित्रकै चरित्रको रक्षा गर्न नसक्ने स्थितिमा पुगेका छन्।
यो प्रवृत्ति नयाँ होइन। कुनै समय माओवादी, एमाले वा कांग्रेसका नेताहरूप्रति पनि यस्तै अन्ध समर्थन थियो। र, त्यो समर्थन नै पछि शक्तिको दुरुपयोग र नैतिक पतनको कारण बन्यो। तर दुःखको कुरा, अहिले फेरि जनताले त्यही व्यक्ति-केन्द्रित प्रवृत्ति नयाँ अनुहारहरूमा दोहोर्याएका छन्।
राजनीतिक पारदर्शिता, संस्थागत आलोचना र विचारप्रधान प्रतिस्पर्धाको संस्कार अझै नेपाली जनताले आत्मसात् गर्न सकेका छैनन्। जबसम्म हामी नेतालाई प्रश्न गर्न नडराउने र नेताले आलोचना सहन सक्ने राजनीतिक संस्कार विकास गर्न सक्दैनौं, तबसम्म नयाँ विकल्पको नाम भए पनि पुरानै नियति भोग्न बाध्य हुनेछन्।
नीतिभन्दा ‘पोष्ट’ र बजेट बाँडफाँट महत्त्वपूर्ण
आज राजनीतिक दलहरूको प्राथमिकता नीति निर्माण होइन, मन्त्रालय र बोर्डमा पहुँच बनाउनु हो। मन्त्रालयको भागबन्डा यति खतरनाक छ कि नीति भन्दा पनि मन्त्रालय कुन गुटको कब्जामा पुग्छ भन्ने कुराले बजेटको वितरण निर्धारण गर्छ।
कृषि मन्त्रालय कसैको ध्यानमा छैन, किनभने त्यहाँबाट प्रोजेक्ट फण्ड निक्लिंदैन। तर भौतिक पूर्वाधार, ऊर्जा, शिक्षा, स्वास्थ्य जस्ता मन्त्रालय भने ठूला खेलाडीहरूको प्राथमिक टार्गेट हुन्छन्, किनभने त्यहाँ कमिसन र बोर्ड नियुक्तिको खेल चल्छ। यहाँ नीतिको होइन, लाभको हिसाब हुन्छ।
दल अब नीति होइन, ब्रान्ड
दलहरूलाई सीमित दायित्व फर्म भने हुन्छ। नेता सीईओ, कार्यकर्ता कर्मचारी, कार्यकारिणी समिति निर्देशक बोर्ड, अनि जनता ग्राहक होइन, केवल मार्केटिङ टूल। चुनाव आउँछ, एजेन्डा आउँछ, ‘समृद्धि’, ‘रोजगार’, ‘संविधानको रक्षा’। तर चुनाव सकिएपछि त्यो सबै पावरपोइन्ट प्रस्तुतिको स्लाइड जस्तै हराउँछ। मिडियामा विज्ञापनको ओभरडोज हुन्छ, नेता फेसबुक लाइभ गर्छन्, भाषण दिन्छन् तर कार्यान्वयनको नाममा शून्य। दलहरू ‘ब्रान्ड’ भएका छन्, काम गर्ने संस्था होइन, प्रचार गर्ने मेसिन।
नेतृत्व उत्तरदायी होइन, गणितीय
नेतृत्व अब उत्तरदायी होइन, केवल गणितमा व्यस्त छ, कसको सन्तान कुन बोर्डमा जाने ? कुन सांसदले कुन एनजीओको अध्यक्ष पाउने ? कुन मन्त्रीको सल्लाहकारले कति करोडको बजेट पास गर्ने ?
राजनीतिक बिचौलियाहरूले नीति बनाउँछन्, दलालहरूले रणनीति तय गर्छन्, अनि नेताहरूले दस्तखत मात्रै गर्छन्। दल र नेताले हैन बिचौलियाहरूले मुलुक चलाएका छन्।
त्यसो भए, यो व्यवस्था हाम्रो हो ?
आज प्रश्न उठ्न थालिसकेको छ, के दलहरू अझै पनि जनताको प्रतिनिधि संस्था हुन् या निजी लगानीमा चलेका पब्लिक रिलेसन कम्पनीहरू ? जनतामा प्रश्न उब्जिएका छन्, ‘हामीले भोट केका लागि हालेका हौं ? परिवर्तनका लागि कि लुटतन्त्रका लागि ?’
अहिलेको राजनीति पहुँचमुखी भएको छ, जसको पहुँच छ, त्यसैले अवसर पाउँछ। जसको पहुँच छैन, ऊ चुप लागेर बस्छ, या विदेश जान्छ। यस्तो व्यवस्थाले राज्य होइन, केवल सिन्डिकेट जन्माउँछ।
निष्कर्ष
राजनीतिक परिवर्तन केवल संवैधानिक भाषामा मात्र सीमित रहन थाल्यो भने, त्यो लोकतन्त्र होइन, एलिट कब्जा हो। दलहरू ‘लिमिटेड लियाबिलिटी फर्म’ जस्ता बन्न थाले। यसैले जनता पनि अब पब्लिक सेयरधनी बन्न तयार छन्। र, प्रत्येक निर्णयमा अडिट चाहन्छन्। हैन भने, समयले अर्को क्रान्तिको संकेत गर्दैछ, तर त्यो क्रान्ति बन्दुकको होइन, चेतनाको हुनेछ।
त्यो क्रान्ति झण्डा फेर्ने होइन, प्रणाली सुधार गर्न हुनेछ। त्यसैले चेतावनी नै हो, ‘यदि पार्टी सीमित दायित्व फर्म बने भने जनताले पनि अब सेयरधनी-आधारित जवाफदेहिता खोज्नेछन् ।’ त्यो हो २०८४।
(देवकोटा त्रिभुवन विश्वविद्यालयमा द्वन्द्व, शान्ति र विकास अध्ययनका पीएचडी स्कलर हुन् भने खनाल विश्लेषक र लेखक।)
“तामाकोशी, त्यो सुनकोशी
त्यो गिरि फोरी बहने रोशी
मेरो हृदयको तिम्रो चित्र
पारिरहन्छ हरदम पवित्र”
२०४४ सालतिर कक्षा ८ मा पढ्दै गर्दा युगकवि सिद्धिचरण श्रेष्ठद्वारा रचित प्रख्यात ‘ओखलढुङ्गा’ कवितामा पहिलोचोटि रोशी खोलाको नाम सुनिएको थियो। त्यतिखेरको बालसुलभ मनमा युगकवि श्रेष्ठले रोशीलाई किन गिरि फोरी बहने नदीको रूपमा चित्रण गरे होलान् भन्ने लागिरहन्थ्यो।
ओखलढुङ्गामा जन्मेका युगकवि पहिलोचोटि ओखलढुङ्गाबाट काठमाडौं आउँदै गर्दा उनी शायद रामेछाप जिल्ला भएर बग्ने तामाकोशी, सुनकोशी नदी तर्दै सुनकोशी तथा रोशी खोलाको दोभान दुम्जाको कुशेश्वर महादेवबाट रोशीको किनारैकिनार दाप्चा वा पनौती आइपुगेर धुलिखेल/बनेपाहुँदै राजधानी प्रवेश गरे होलान्। रोशी खोलाको किनारैकिनार अघि बढ्दै गर्दा उनको मनमस्तिष्कमा कोरिएको दायाँ–बायाँका अग्ला पहाड र तिनको खोंचबाट बग्ने रोशी खोलाको चित्रको आधारमा कविताका माथि उल्लिखित हरफहरू फुरे होलान् भन्ने मेरो अनुमान छ।
रोशी खोला आसपासको क्षेत्र समयको लामो कालखण्ड सडक मार्गको पहुँचबाट दूर थियो। यो क्षेत्र दुर्गम अनि विकट क्षेत्रकै रूपमा रहिरह्यो। २०५० को दशकमा यही रोशी खोला किनार भएर बीपी राजमार्गको निर्माण शुरू भयो। धुलिखेलबाट भकुण्डेबेसी हुँदै नेपालथोकतिर लम्कने बीपी राजमार्गले भकुण्डेबेसीबाट अलिक तल झरेपछि रोशी खोलालाई पछ्याउन थाल्यो। यो पछ्याउने क्रम नेपालथोकसम्म पुग्दासम्म अनवरत रह्यो।

स्कूल पढ्दा मेरो मनमस्तिष्कभित्र कोरिएको रोशी खोलाको तस्वीरले वास्तविक रोशी खोलाको तस्वीरसँग एकाकार हुने मौका भने २०६६ सालतिर पायो। कामको सिलसिलामा यही बीपी राजमार्ग हुँदै सिन्धुलीतिर यात्रा गर्दैथिएँ। त्यतिखेरसम्ममा यस राजमार्गको धुलिखेल-नेपालथोक खण्डको निर्माण करीब सम्पन्न भइसकेको अवस्था थियो।
धुलिखेल-खुर्कोट सडकखण्ड भने निर्माणाधीन अवस्थामा थियो। राजमार्ग बनेसँगै रोशी खोला राजधानीसँग नजिकियो। पहिलो चोटि रोशी खोला किनारैकिनार दौडिएको बीपी राजमार्गको यात्रा गर्दा मनमा भने माथिको कविताका हरफहरू कुदिरहेका हुन्थे। आँखाहरू चाहिं नवनिर्मित राजमार्गका नवीनतम संरचना, रोशी खोला, यस आसपासका हरियालीपूर्ण सुन्दर फाँट, सडकछेउमा भेटिने साना–ठूला मनोरम बस्ती/बजार र दायाँ–बायाँका अग्ला पहाडहरूतिर हराइरहेका हुन्थे।
रोशी खोला उपत्यका बीपी राजमार्ग मार्फत राजधानीसँग जोडिएपछि द्रुततर गतिमा आफ्नो आकार बढाइरहेको राजधानीले रोशी खोला किनार र यस आसपासमा उपलब्ध हुनसक्ने निर्माण सामग्रीमा आँखा लगाउन थाल्यो। किनकि राजधानीमा अभूतपूर्व बस्ती विस्तार र भवन निर्माण कार्य हुँदैथियो।
निर्माण सामग्रीमाथिको बढ्दो चापसँगै पृथ्वी राजमार्ग मार्फत राजधानीसँग जोडिएका महेश खोला र त्रिशूली नदीमा भएका बालुवा, ढुङ्गा र ग्राभेलहरू भने यसअघि नै रित्तिने क्रम बढ्न थालेको थियो। २०६० को दशकमा अरनिको राजमार्गको पाँचखालसँग मेलम्ची सडक जोडिएपछि बालुवा, ग्राभेल, ढुङ्गाहरू ओसार्ने स्रोतविन्दुका रूपमा इन्द्रावती नदीका बगर पनि थपिए।
२०६४ सालपछि धेरैचोटि बीपी राजमार्ग भएर यात्रा गरियो। यस क्रममा रोशी खोला र यस आसपासका क्षेत्रमा आएका परिवर्तनहरूसँग साक्षात्कार हुने मौका पाइयो। बीपी राजमार्गको निर्माण सम्पन्न भएसँगै यस क्षेत्रमा सवारी साधनको आवागमन बढ्दै गयो। एक-दुई पसल मात्र भएका सडक छेउछाउका बस्तीहरू बजारमा परिणत हुँदै गए। रोशी खोला र राजमार्ग आसपासका फाँटहरूमा घरहरू थपिन थाले।
उता रोशी खोलाले भने आफ्नो मौलिकता गुमाउँदै गयो। अझै सम्झन्छु– पहिलो चोटि रोशी खोलाको किनारैकिनार यात्रा गर्दा खोलाको पानी कति कञ्चन, निर्मल र सफा थियो। रोशी खोलाको असला माछाले कुनै समय निकै प्रसिद्धि पाएको कुरा कतै पढेको थिएँ। राणा महाराजाहरूले दरबारमा रोशी खोलाको असला माछा झिकाउँथे रे!
मेरो पछिल्लो यात्राहरूमा भने रोशी खोलाको पानी धमिलिंदै गएको देखें। खोला बगरमा भएका बालुवा, ग्राभेल र ढुङ्गाहरू निख्रिंदै जान थालेको देखें। खोला बगरमा उभिएका असंख्य टिपरहरूमा नदीबगरबाट बालुवा, ढुङ्गाहरू भरिरहेका दृश्यहरू सहज लाग्न थाले। बीपी राजमार्गमा बालुवा, ढुङ्गाको अत्यधिक भार बोकेका ती असंख्य टिपरहरू कुद्न थाले।
नवनिर्मित सडक छिटै जीर्ण हुन थाल्यो। रोशी खोला किनार आसपासमा क्रसर उद्योगहरू स्थापना हुन थाले। जब रोशी बगरका ढुङ्गाहरू सकिन थाले, तिनले खोला आसपासका पहाडहरू खोस्रन, खोतल्न र कोपर्न थाले। शहरलाई लागेको निर्माणको भोक मार्न बलिदानी दिनुपर्ने बाध्यता यी खोला र पहाडहरूलाई आइलागेको थियो।

कुनै कारणले बनेपा-धुलिखेल सडक बन्द भएको बखत एकचोटि पूर्वतिर जानुपर्ने बाध्यता आइलाग्यो। वैकल्पिक सडकका रूपमा लुभु-लाँकुरीभञ्ज्याङ-पनौतीको सडक प्रयोग गरियो। यो सडकमार्ग खोल्ने काम भर्खरै हुँदै थियो। माघ-फागुनतिरको समय। जब सडक लाँकुरीभञ्ज्याङबाट र्यालेभिर हुँदै पनौतीतिर ओरालो झर्न थाल्यो, दायाँ–बायाँ देखें- हरिया पहाडका बीच-बीचमा लुकेका बस्ती र तरेली परेका खेतबारीहरू। ती बस्तीमा छरिएका रातो, सेतो, पहेंलो माटोले लिपिएका र जस्तापाता वा स्लेटढुङ्गाले छाइएका घरहरू, अनि ती घरहरू र सूर्यको चम्किलो प्रकाशमा टल्किंदै गरेका दृश्य। बस्ती वरिपरिका पहेंला तोरीबारी र लहलहाउँदा गहुँबारीहरू।
अलिक माथिको पहाडमा बताससँगै विस्तारै हल्लिरहेका सल्ला र धुपीका बोटहरू। अलिक तल्तिर खोला किनार आसपास आलु र गहुँखेती गरिएका फाँटहरू। अझ परको उत्तरको हिमाल र हिमाली हावाको गन्ध बोकेर गालामा ठोकिन आइपुगेको चिसो बतास। सोचें- निबन्धकार शंकर लामिछानेले यस्तै परिवेशमा ‘अर्धमुदित नयन र डुब्न लागेको घाम’ लेख लेखेका थिए होलान्।
पछि पनि धेरैचोटि यस सडकमार्ग हुँदै यात्रा गरें। पनौतीको पुरानो बस्ती फेरिंदै र फैंलिदै गइरहेको थियो। सडक आसपास घरहरू थपिंदै गइरहेका थिए। अहिले त र्यालेभिर, मानेदोभान, कुशादेवी, पनौती र खोपासी, शंखुपाटी चौर र अलिक परको बल्थलीसम्मै बस्ती बसाउन सकिने स्थानहरू घरहरूले ढाकिंदै जान थालेका छन्। त्यसो त रोशी खोला किनारको आसपासमै रहेका खनालथोक, कटुञ्जेबेसी, फलामेसाँघु, नार्केबजार, मंगलटार, माम्ती र नेपालथोकका साना-ठूला फाँटहरूमा समेत घरहरू थपिने क्रम बढ्दो छ।
२०५० सालपछि गाउँ–गाउँसम्म पुग्ने सडकहरू खनिन थाले। यो अभियानबाट रोशी उपत्यकाका ग्रामीण बस्तीहरू पनि अछुतो रहन सकेनन्। तत्कालीन गाविस, जिविसका सीमित बजेटबाट ग्रामीण सडकहरू बनाइए।
जसोतसो सडकमार्ग त खोलिए, तर बजेटको सीमितताले गर्दा हो कि वा प्राविधिक ज्ञानको कमीले हो कि वा लापरवाहीले हो, सडक छेउछाउमा उपयुक्त नालीहरू बनाउने, काटिएका सडक भित्तोहरूमा जैविक इञ्जिनियरिङ लगायत भूसंरक्षण कार्यहरू गर्ने विषयले पर्याप्त प्राथमिकता पाउन सकेनन्। सडक खन्दा निस्किएको माटो पनि सही ढङ्गले व्यवस्थापन गरिएन। अप्राविधिक सडक निर्माणले गर्दा हुने भूस्खलन र गेग्रान बहावको अन्तिम भार बोक्ने जिम्मेवारी भने यही रोशी खोलाको थियो।
सडकहरू पहाडभरि छरिएका बस्ती र घरहरूसम्म पुग्न थाले, भलै ती कच्ची नै किन नहुन्, हिउँदमा मात्र चल्न सक्ने नै किन नहुन्। ती सडक पुगेसँगै ग्रामीण बस्तीहरूमा अडिएर ग्रामीण अर्थतन्त्र उकास्न योगदान गर्नुपर्ने मानिसहरू भने शहरबजार र राजधानीसम्मको बढ्दो सहज पहुँचसँगै कोही वैदेशिक रोजगारीतिर लाग्न थाले। कोही राजधानी र शहरबजारतिरै हराउँदो र राजधानीसँगको सहज पहुँच ।
सुविधाको खोजीमा लागिरहने मानिसका लागि पुर्खाले दिनरात हिंड्ने पहाडको उकालोओरालो असहज लाग्न थाल्यो। राजधानी र शहरबजारसम्म सर्न नसक्नेहरू पहाडी बस्तीबाट तल खोला किनारका फाँटहरूमा बसाइँ सर्न लोभिए, जहाँ सहज यातायात सुविधा उपलब्ध हुन सक्थ्यो। बेसीमा खेतीपाती गर्न सहज हुन्थ्यो। छोराछोरीलाई बजारतिर खुलेका निजी स्कूल पुर्याउन र औषधीमूलो गर्नुपरेमा स्वास्थ्य केन्द्रहरूसम्म पुग्न पनि बढी सहज हुन्थ्यो।
खोला छेउका विस्तारै साँघुरा फाँटहरू घरहरूले भरिन थाले, चाहे त्यो बेथानचोकको ढुङ्खर्क र गणेशथान (चलाल) किन नहोस्, चाहे त्यो पनौतीको कलाँती, भूमेडाँडा किन नहोस्। खोला किनारसम्म यसरी घर थप्दै जाने प्रवृत्ति यी बस्तीहरूमा मात्र सीमित रहेनन्, पनौती र खोपासीको ठूला बजार र बस्ती क्षेत्रमा समेत देखिन थाले। बस्ती विस्तारको अतिक्रमणमा नदी उकास क्षेत्रहरू समेत पर्न थाले। त्यसो त पनौती, खोपासी, धुलिखेल र बनेपाका समथर फाँट र भिरालो जग्गाहरूमा जग्गा एकीकरण आयोजनाहरू समेत सञ्चालित हुन थालेका छन्।
पहाडमा छरिएर रहेका बस्तीहरूमा मानिस पातलिन थाले। तीमध्ये कोही तल नदी किनारका बेसीतिर झरे, कोही शहरबजारतिर छिरे। पहाडका ग्रामीण बस्तीहरू विरानो बन्दै गए। ग्रामीण क्षेत्रमा भेटिने पानीको मूल, खोला, वन आदि प्राकृतिक स्रोत संरक्षणका परम्परागत अभ्यासहरू मासिंदै र हराउँदै जान थाले।
विशेषगरी २०५० को दशकपछि स्थापना भएका थुप्रै सामुदायिक वन उपभोक्ता समूहहरूको सक्रियतालाई समेत जनसंख्याको यो बढ्दो बसाइँसराइ र जीवनयापनको बदलिंदो प्रवृत्तिले प्रभावित पार्न थाल्यो। कतिपय सामुदायिक वन उपभोक्ता समूहहरूलाई झाडी फँडानी लगायत वन व्यवस्थापनसँग सम्बन्धित गतिविधिहरूलाई नियमित रूपमा सञ्चालन गर्न वन उपभोक्ताहरूलाई पर्याप्त परिचालन गर्न कठिन हुन थाल्यो।
पुराना, सुकेका र धोद्रा रूखहरू वनबाट समयमै हटाउन सकिएनन्। यसको परिणामस्वरुप देशका अन्य भूभागमा जस्तै रोशी उपत्यकामा रहेका वनक्षेत्रमा पनि डढेलोका घटनाहरू सामान्य बन्न थाले। वन डढेलोले भूस्खलन बढाउन मद्दत गर्यो। भूस्खलनले रोशीको बाढीमा लेदो र गेग्रान बढायो। नदी कटान भयो, बहाव धार परिवर्तन भयो। त्यसको वितण्डामा नदी छेउका बस्ती, खेतबारीहरू परे।
फुल्चोकी डाँडाको टुप्पोदेखि नेपालथोक नजिकको कुशेश्वर महादेवको मन्दिर नजिकैसम्म बग्ने रोशी खोला सुनकोशी नदीमा गएर मिसिन्छ। सुनकोशी नदी सप्तकोशीमा गएर मिसिन्छ। मूलतः काभ्रे जिल्ला भएर बग्ने ५५.६५ कि.मी लामो रोशी खोलाले सिन्धुली जिल्लालाई पनि अलिकति छुन्छ।
रोशी नदीको जलाधार क्षेत्र ५६३ वर्ग कि.मी. रहेको छ। सन् २०१६ मा तयार पारिएको एक प्रतिवेदन अनुसार वनक्षेत्र ४७.६६ प्रतिशत, कृषिक्षेत्र ४४.६८ प्रतिशत र बाँकी भूभागमा बस्ती क्षेत्र रहेको छ। पनौती, बनेपा र धुलिखेल नमोबुद्ध नगरपालिकाका घना बस्ती क्षेत्रहरू रोशी खोलाकै जलाधार क्षेत्रमा पर्दछन्।
एकातिर रोशी र यसका सहायक खोलाहरूले यी शहरहरूको पानीको प्यास मेटाउने काम गरेको छ। अर्कातिर यिनै शहरबजार र बस्तीबाट उत्सर्जित फोहोरहरूले रोशी र यसका सहायक खोलाहरूलाई प्रदूषित पार्ने काम पनि गरिराखेको छ।
२०२२ सालमा रूसी सहायतामा रोशी खोलाको पानीलाई उपयोग गर्ने गरी निर्माण गरिएको २.४ मेगावाट क्षमताको पनौती जलविद्युत् आयोजना नेपालकै सबभन्दा पुरानो जलविद्युत् आयोजनामध्ये पर्छ। रोशी खोला र यसका सहायक खोलाहरूबाट लगिएका कुलाहरूबाट काभ्रेको सयौं हेक्टर कृषिभूमिले सिञ्चित हुन पाएको छ। ठाउँठाउँमा पानीघट्टहरू सञ्चालित छन्।
खोला छेउछाउमा थुप्रै घाटहरू छन्। पनौती शहर, रोशी खोलाकै किनारमा बसेको एक ऐतिहासिक बस्ती हो, जुन अहिले विश्व सम्पदा सूचीमा समाविष्ट हुनका लागि प्रयासरत छ।
रोशी खोलाको उत्पत्तिका बारेमा एक रोचक पौराणिक कथा समेत रहेछ। पनौतीमा ऊबेला पानीको अभाव रहेछ, खेतीयोग्य जमीन भएर के गर्नु ? ऊबेलाका पनौतीका राजा फुल्चोकी मन्दिरमा पूजा गर्न गएछन्, संयोग कस्तो भने पाटनका राजा पनि पूजाकै लागि आएका रहेछन्।
देवीले शर्त राखिछन्– जसले मलाई सुन–चाँदीको फूल चढाउँछ, म उसैलाई पानी दिन्छु। पनौतीका राजाले बाटोमा पहेंलपुर फुलेको रायो देखे, सेताम्ये फुलेको मूला देखे। मेरा लागि सुन–चाँदी यिनै हुन् भन्दै उनले देवीका पाउमा श्रद्धा–भक्तिपूर्वक ती फूल टिपेर चढाएछन्। देवी प्रसन्न भई पनौतीका फाँटहरूका लागि पानीको सुनिश्चितता गरिदिइछन्, जुन पानीको स्रोत रोशी खोला भएर चिनियो।
उता पाटनका राजाको श्रद्धा र भक्तिभावबाट प्रसन्न भएर पश्चिमी पाखोमा चाहिं गोदावरी नदी उत्पन्न गराइदिछन्। पनौतीमा खेतीयोग्य जमिन धेरै भएकाले त्यता दुई भाग पानी छाडिने भएछ, पाटनमा खेतीयोग्य जमिन कम भएकाले एक भाग पानी छाडिने व्यवस्था भएछ।
जे होस्, इतिहास खोतल्ने हो भने पनौती, बनेपा, धुलिखेल खोपासी जस्ता बस्तीहरू १२औं शताब्दीको अन्त्यतिर लिच्छविकालमै बसेका र मल्लकालमा थप समृद्ध बनेका रहेछन्। पनौती, बनेपा र धुलिखेल शहरहरूले सांस्कृतिक रूपमा मात्र होइन, व्यापारिक रूपमा समेत प्रसिद्धि कमाए।
विशेषगरी पनौतीका इन्द्रेश्वर महादेव, ब्रह्मायणी, कृष्णमन्दिर तथा उन्मत्त भैरव, अष्टमात्रिका लगायत धेरै देवीदेवताका मठ–मन्दिरहरूले काठमाडौं उपत्यकाकै सांस्कृतिक सम्पदाहरूको समकक्षी वा प्रतिस्पर्धी रहेको प्रमाण दिन्छन्।
पनौतीको यी ऐतिहासिक, पारम्परिक र मौलिक सम्पदाहरूको विकास हुने काम यसै रोशी खोलाको किनारमा भएको थियो। बनेपातिरबाट बग्दै आएकी पुण्यमाता र अर्की दिव्य तर अदृश्य पुष्पवती खोला मिसिएको पनौतीको ठाउँलाई त्रिवेणीघाटले चिनिन्छ।
पश्चिमोत्तर दिशाबाट बग्दै आउँछिन् पुण्यमाता खोला, त्यति आक्रोशित देखिन्नन्, उनी बनेपा र धुलिखेलको बाक्लै बस्तीको बीचबाट उत्सर्जित फोहोरपानीको समेत बोझ बोकी बग्नुपर्दा पनि। अनेक पौराणिक/पूर्वपौराणिक कथाहरू गर्भमा बोकेर बसिरहेको छ, पनौती। उल्लिखित खोलाहरूले सिर्जेको, सिञ्चेको पवित्र त्रिवेणीधाममा। जीवनदायिनी यी खोलाहरू लोकजीवनका सभ्यता, संस्कृति, कृषि, परम्परा लगायत विविध पक्षलाई सम्पोषित, अनुप्राणित गर्दै सदियौंदेखि बगिराखेका छन्।
कैयौं शताब्दी अघि हाम्रा पुर्खाले सुरक्षित स्थान ठानेर बसाएको पनौती बस्ती यतिखेर रोशी खोलामा आउन थालेको बाढीले संकटमा पार्न थालेको छ। करीब आठ सय वर्षअघि बनाइएका पनौतीका ऐतिहासिक मन्दिर, सम्पदा र घाटहरू समेत यतिखेर रोशी र पुण्यमाता खोलाको बाढीको चपेटामा पर्न थालेका छन्।
२०८१ साल, असोज १२ मा आएको बाढीले यी ऐतिहासिक सम्पदाहरू समेत डुबानमा परे। फुल्चोकी डाँडाको टुप्पोबाट झरेर पूर्वतिर बग्ने रोशी खोलाको प्रवाहमा यसअघि रोष र आक्रोशको यतिविघ्न रौद्र रूप देखिएको थिएन।
अहिले परिस्थिति फेरिएको छ। पनौती मास्तिर रहेका चलाल गणेश, कलाँतीतिर होस् वा बीपी राजमार्गमा होस् वा रोशी खोलाका बगरतिर होस् वा यसका सहायक खोलाहरूमा होस्, त्यहाँ प्रत्येक दिन सयौं टिपरहरू दौडिरहन्छन्। तिनले खोला बगर र तिनका मुहान क्षेत्रबाट निकालिएका ढुंगा, गिटीहरूको ओसारपसार गर्छन्, अपार व्यापार गर्छन्।
वातावरण संरक्षणको मूल्यमा चाँदीकटाइ भइरहेको छ। राजधानी लगायत शहरबजारलाई यतिखेर आवास र अन्य पूर्वाधार संरचना निर्माणको अनन्त भोक जागेको छ। त्यो भोक मेटाउने काममा निर्माण सामग्री बोकिएका असंख्य ट्रक, टिपरहरू रोशी खोलातिर कुदिरहन्छन्। रोशी खोलाका किनारमा कुनै समय थुप्रै क्रसरहरू सञ्चालित थिए। जब बगरमा ढुङ्गाहरूको कमी भयो, ती क्रसरहरूको खजाना पूरा गर्न खोला छेउछाउका पहाडहरू खोस्रने काम अघि बढ्न थाल्यो।
हुनत ढुङ्गा खानी सञ्चालन गर्न, क्रसर सञ्चालन गर्न वातावरणीय अध्ययन गरिनुपर्ने कानूनी व्यवस्था छ। एकाध ढुङ्गा खानी र क्रसरहरूले यी कानूनी प्रावधानहरूको पालना गरेका होलान्। वातावरणीय अध्ययन प्रतिवेदनहरू कसरी बने, ती प्रतिवेदनका सिफारिशहरू कत्तिको कार्यान्वयनमा आए वा तिनको कसरी अनुगमन गरियो भन्ने प्रश्न चाहिं अनुत्तरित नै छ।
संयोगले गत असोज १२ मा रोशी खोलामा आएको बाढी वितण्डा पश्चात् ती क्षेत्रको स्थलगत भ्रमण गर्ने अवसर जुर्यो। भ्रमण र अवलोकनका क्रममा ती ढुङ्गा खानी र क्रसर उद्योगहरू वातावरणमैत्री ढङ्गले सञ्चालित थिए भन्न सकिने अवस्था देखिएन। तिनमा उपयोग हुन नसकेका ढुङ्गा, माटोहरू खोला किनार वा अन्य स्थानमा असुरक्षित ढङ्गले फ्याँकिएको देखियो।
ढुङ्गा खानी उत्खनन् गर्दा तहगत ढङ्गले गर्नुपर्ने, भूक्षय र पहिरो नियन्त्रणका पर्याप्त उपायहरू अपनाउनुपर्ने, उपयोगमा नआएका माटो र खेर गएका पदार्थहरूको उपयुक्त व्यवस्थापन गर्नुपर्ने, नजिकका बस्ती, नदी किनार संरक्षणका उपायहरूको कार्यान्वयन गर्नुपर्ने, नदीमा हुनसक्ने प्रदूषण नियन्त्रण, खानी वा क्रसर क्षेत्र वरिपरि पानी निकासको प्रबन्ध, बन्द भइसकेका खानी क्षेत्रको पुनर्स्थापन आदिका बारेमा न्यूनतम र आधारभूत उपायहरू पनि अपनाइएको देखिएन।
शायद यिनै दोहनकारी अभ्यास, प्रदूषण र अत्याचारले हुनसक्छ, रोशी खोला र यसका सहायक खोलाहरू निर्मल र कञ्चन रूपमा बगेको देख्नु दुर्लभप्रायः भइसकेको छ। जलचरहरूको उपस्थिति पनि नगण्य भइसकेको छ।
गत असोजको बाढीले थुप्रै सिंचाइका कुलाहरू खण्डहर भए। पनौती जलविद्युत् आयोजनाले पनि अकल्पनीय क्षति भोग्नुपर्यो। नदी किनार आसपासका सयौं घरहरू ध्वस्त भए। छेउछाउका खेतबारीहरू कटानमा परे। होचा जमीनहरू गेग्रानले पुरिए। रोशी खोलाको माथिल्लो तटीय क्षेत्रबाट बगेर गएको लेदो र गेग्रानले यसको तल्लो तटीय क्षेत्र र सुनकोशी नदी किनारका क्षेत्रमा समेत व्यापक क्षति पुर्याएको देखियो।
रोशी खोला तथा यसको मुख्य सहायक खार खोला समेतको पानी बनेपा, धुलिखेल र पनौती नगरपालिकामा आपूर्ति गरिने एक खानेपानी आयोजना कार्यान्वयनको चरणमा थियो। सम्पन्न हुने चरणमा रहेको यस आयोजनाका कतिपय संरचनाहरू समेत गत असोजको बाढीले ध्वस्त भए। अन्य ग्रामीण बस्तीलाई खानेपानी आपूर्ति गर्ने अन्य स-साना खानेपानी आयोजनाहरू समेत क्षत–विक्षत भए। यो विपत्तिको क्षण रोशी उपत्यकावासीहरूका लागि अकल्पनीय थियो।
रोशी खोला आसपासका भूमिडाँडा, नौबिसेफाँट लगायतका सिंचाइ प्रणालीहरूमा व्यापक क्षति पुग्यो। कुशादेवी र खनालथोक क्षेत्रमा रहेका पानीघट्टहरू बगे। कैयौं झोलुंगे पुलहरू बगे त केही सडकपुलहरू समेत पुनर्निर्माण गरिनुपर्ने देखियो। रोशी खोला किनार भएर जाने बीपी राजमार्गको उल्लेख्य सडकखण्ड समेत व्यापक खोला कटानमा परेर पुनर्निर्माण गरिनुपर्ने अवस्थामा पुग्यो।
हामीलाई त रोशी खोलाले सधैं दिइराख्यो। तिख्खर स्वादको माछा चखायो। बालुवा, ग्राभेल लगायतका निर्माण सामग्रीहरू दियो। खानेपानी दियो। सिंचाइ गर्न पानी दियो। बिजुली बाल्न पानी दियो। हामीले भने खोलाको दोहन मात्र गर्यौं।
खोलाको पानी र उपलब्ध अन्य प्राकृतिक स्रोतको कसरी दिगो संरक्षण र उपयोग गर्ने भन्ने बारेमा पटक्कै ध्यान दिएनौं। बनेपा, धुलिखेल र पनौतीका ढलहरू विना प्रशोधन रोशी र पुण्यमाता खोलामा मिसायौं, प्रदूषित बनायौं।
नजिकका पहाडहरू जथाभावी काटेर खानी सञ्चालन गर्यौं, क्रसर चलायौं। अनि काम नलाग्ने चिजहरू खोलामा जथाभावी ढङ्गले फ्याँकिदियौं। निर्माण सामग्री बटुल्न खोलाको बहावलाई जथाभावी ढङ्गले मोडिदियौं। प्रकृतिबाट लिने क्रममा, विकासका संरचना बनाउने क्रममा हामीले न त नदीलाई बुझ्न खोज्यौं, न त भूगर्भलाई बुझ्न खोज्यौं।
प्राकृतिक कारणले हुने भूस्खलन र पहिरोले रोशी खोलामा थपिन सक्ने लेदो र गेग्रानको परिमाण त आफ्नो ठाउँ ठाउँमा छँदैछ। खेतीपाती र बस्ती विस्तारले भएको भूउपयोग परिवर्तन, ढुङ्गा खानी तथा क्रसर उद्योग सञ्चालन र अप्राविधिक सडक निर्माणले रोशी खोलाको लेदो र गेग्रान बहावमा उल्लेख्य वृद्धि गराएको र नदीको पारिस्थितिकीय स्वास्थ्यलाई बिगारेको तथ्य विभिन्न अध्ययन, अनुसन्धानले देखाएका छन्।
हामीले खोला छेउछाउ सडक बनायौं। त्यही सडक छेउछाउमा घरहरू बनायौं, बस्ती बसायौं। प्राकृतिक नाला र खोलाहरूलाई मिच्दै, मास्दै, साँघुर्याउँदै लग्यौं। खोलालाई थिचोमिचो गर्नुमा आफ्नो बहादुरी सम्झियौं। शहरबजारतिर जनसंख्या वृद्धि सँगसँगै भिरालो जमीन भएका स्थानहरूलाई समेत जथाभावी ढङ्गले काटेर जग्गा एकीकरण आयोजना सञ्चालन गर्यौं। पहाडका गाउँ, टोलसम्म पुग्ने सडकहरू त बनायौं, ती सडकहरूलाई कसरी दिगो र वातावरणमैत्री बनाउने भन्ने बारेमा कत्ति पनि सोचेनौं।
हाम्रा गाउँघरलाई जोड्ने ती सडकहरू न त प्राविधिक ढङ्गले डिजाइन गरिएका थिए, न त ती आयोजना कार्यान्वयनमा पानी निकासको उचित प्रबन्ध, जैविक इञ्जिनियरिङ र भूस्खलन नियन्त्रण लगायत अन्य वातावरणमैत्री उपायहरू नै अपनाइए।
आखिर तीमध्ये कतिपय सडकहरू पहिरो र भूस्खलन निम्त्याउने कारकतत्व बने। ती पहिरो र भूस्खलनबाट सोहोरिंदै गएको लेदो र गेग्रानको भार रोशी र यसका सहायक खोलाले कति बोक्न सक्यो, यसको तस्वीर हाम्रो सामुन्ने छँदैछ।
जलवायु परिवर्तनको बाक्लो चर्चासँगै अतिवृष्टिका घटनाहरू दोहिरिन थालेसँगै रोशी खोलाले देखाउन थालेको रौद्र रूपले हामी सबैलाई बारम्बार झस्काउन थालिसकेको छ। असामान्य विपद्का घटनामा बढोत्तरी हुनथालेका छन्, तर जलवायु उत्थानशील अभ्यास र पद्धतिको अनुकरण गर्न भने सकेका छैनौं।
यसअघि डिजाइन गरिएका कतिपय सडक, पुलहरू अब काम नलाग्ने भएका छन्। तिनीहरूलाई पुनः डिजाइन गरेर बनाइनुपर्ने अवस्था सिर्जना भएको छ। बनाइसकिएका कतिपय सडक, पुल र अन्य पूर्वाधारहरूको पुनर्निर्माण, पुनर्स्थापना वा स्थानान्तरणमा उल्लेख्य लगानी थप्नुपर्ने परिस्थिति खडा भएको छ।
विगत वर्षको बाढी र विनाशले खोला, नदी, वन वा अन्य प्राकृतिक स्रोतको अतिक्रमण गलत रहेछ भन्ने महँगो पाठ पढाएको छ। पूर्वाधार विकासमा प्रकृतिमा आधारित उपायहरूको अवलम्बन गर्नुपर्दोरहेछ भन्ने सबक सिकाएको छ। खोला, वन वा पहाडको अव्यवस्थित, अनियन्त्रित र असुरक्षित दोहनले हामीलाई अझ बढी असुरक्षित बनाउँदो रहेछ, जीवन अझ बढी जोखिमपूर्ण हुने रहेछ भन्ने शिक्षा दिएको छ।
रोशी र यसका सहायक खोलाहरू स्वस्थ रहे मात्र रोशी उपत्यकाको पर्यावरण पनि स्वस्थ हुने रहेछ, त्यहाँका बासिन्दाहरू पनि स्वस्थ हुने रहेछन्। रोशीको जलाधार क्षेत्र स्वस्थ र संरक्षित रहे न आखिर रोशी खोलाले पनि पिउने र सिंचाइ गर्ने पानी पनि अविच्छिन्न रूपमा उपलब्ध गराउन सक्छ।
यसका लागि रोशी खोला एकीकृत जलाधार व्यवस्थापन जस्ता कार्यक्रमहरूको जरुरत पर्दछ। यसका लागि तीनै तहका सरकारको सामूहिक प्रतिबद्धता, नीतिगत र संस्थागत प्रबन्धमा तथा योजनाबद्ध प्रयासहरूको थालनी अपरिहार्य छ।
हामीसँग देशभर रोशी खोला जस्ता ठूला साना ५,००० जति खोला/नदी छन्। गिरि फोरी बग्ने रोशी खोलाले देखाएको गत वर्ष देखाएको रौद्र रूप, यसले निम्त्याएको विनाश र वितण्डाले हामी सबैलाई गम्भीर ढङ्गले सोच्न र सच्चिन बाध्य तुल्याएको छ।
के हामी यसका लागि साँच्चिकै सोच्न र सच्चिन तयार छौं त, ताकि भावी पुस्ताका कुनै कविलाई पनि त्यो गिरि फोरी बहने रोशीले उनको हृदयको चित्रलाई हर्दम पवित्र पारिरहन सकोस्।
(लेखक वातावरणीय क्षेत्रका अध्येता हुन्।)
आधुनिक विज्ञानले युरोपेली दार्शनिक परम्पराको १९औं शताब्दीसम्ममा विस्तार भएको पद्धति तथा विषयवस्तु (हेगेल र मार्क्स) र सम्झौताहीन विश्वासमा आधारित विचारधारा दुवैसँग संघर्ष गर्नुपरेको छ । – (वार्नर हाइजेनवर्ग, १९५८, फिजिक्स एन्ड फिलोसफी, पृष्ठ २०३)
लेखकको कृति ‘जैविक दर्शन’ प्रकाशित भएपछि केही मार्क्सवादी मित्रहरूले गुनासो पोखे । कारण, पुस्तकमा मार्क्सको दर्शन र विचारधारा दुवै विज्ञानसम्मत नरहेको भनी टिप्पणी गरिएको थियो । मार्क्स त गरिबको हित चिताउने मान्छे हुन्, यसरी मार्क्सको विरोध नगरेको भए हुन्थ्यो भन्ने मित्रहरूको आशय थियो ।
विज्ञानलाई गलत भनेकोमा पनि मित्रहरूको गम्भीर आपत्ति थियो । विज्ञान पनि कहीं गलत हुन्छ ? प्रयोगबाट प्रमाणित भएको कुरा नै विज्ञान हो । यस्तो चिज कहिल्यै गलत हुँदैन । विज्ञानमा नयाँ आविष्कार हुन्छन्, तर पुरानो सिद्धान्त कहिल्यै गलत हुँदैन । मित्रहरूका यस्तै बुझाइ र गुनासा लेखकमाथि अहिलेसम्म पनि आइरहेका छन् ।
मार्क्स को हुन् ? उनको विचार कति वैज्ञानिक हो ? आजको विश्वमा यो कति सान्दर्भिक छ ? आधुनिक विज्ञान र मार्क्सवादबीच मिलेका र नमिलेका कुरा के–के हुन् ? यस्ता प्रश्नमा तटस्थभावले विमर्श भएको छैन ।
नेपालमा नानाथरीका मार्क्सवादी छन् । एकथरी यस्ता छन्, जसलाई मार्क्सको सिद्धान्त के हो ? मार्क्सवादी भएपछि के गर्नुहुन्छ, के गर्नुहुँदैन ? मार्क्सवाद आज कति सान्दर्भिक वा असान्दर्भिक छ ? यस्ता कुरासँग कुनै मतलब छैन । यिनीहरू चुनाव जितिन्छ, सांसद, मन्त्री बन्ने मौका पाइन्छ भनेर मार्क्सको नाम जपिरहेका छन् ।
अर्कोथरी यस्ता छन् जो मार्क्सवाद आज पनि सान्दर्भिक छ, केही नेताहरूले धोखाधडी गरेकाले समस्या पैदा भएको हो, सबै समस्याको समाधान मार्क्सवादबाट सम्भव छ भन्ने ठान्दछन् । यस्ता पात्रले हिजो आजको ‘पर्यावरण–विमर्श’ सम्ममा मार्क्सलाई तान्ने कोशिश गरिरहेका छन् ।
गाउँ–ठाउँमा पुस्तकालय खोल्दा होस् वा साना–तिना अध्ययन समूह बनाउँदा उनीहरू मार्क्सको नाम जोडेर गौरव गर्छन् । ‘मार्क्सवादको विकास’ गर्ने भनिरहन्छन् । यस्तै पात्रहरू लेखकले मार्क्सको विरोध गरेको भन्दै असहमति जाहेर गरिरहेका छन् ।
केही पात्र यस्ता पनि छन्, जो मार्क्सवाद र कम्युनिष्ट पार्टी ठिक भएन भन्दै पार्टी परित्याग गर्छन् तर मार्क्सवादी दृष्टिकोण र विश्लेषण पद्धतिबाटै काम चलाइरहेका हुन्छन् । तर मार्क्सवादबारे ‘ठोस चिजको ठोस विश्लेषण’ मा भने अझै पनि कसैको ध्यान जान सकेको छैन ।
लेखक, मार्क्सको समर्थक वा विरोधी होइन । यस आलेखमा समकालीन मानवीय ज्ञानका आयामबाट मार्क्स र मार्क्सवादको अनुहार हेर्ने कोशिश गरिएको छ ।
विज्ञानको विरोध ?
विज्ञानभित्र दुई खण्ड हुन्छन् । एउटाले सिद्धान्तमा काम गर्छ, अर्कोले प्रविधिमा । सिद्धान्तमा काम गर्नेलाई ‘प्राकृतिक विज्ञान’ र प्रविधिमा काम गर्नेलाई ‘प्राविधिक विज्ञान’ भनिन्छ । सामान्यतया सिद्धान्तले नै प्रविधि जन्माउने हो । तर कहिलेकाहीं प्रविधिले पनि सिद्धान्त जन्माउँछ ।
यसलाई उदाहरणमा हेरौं । सूर्यको किरणले ऊर्जा प्रवाह गर्दछ । यो सिद्धान्त हो । यो सिद्धान्त थाहा पाएर कसैले सौर्य ऊर्जाबाट बत्ती बाल्छ भने त्यो प्रविधि हो । यहाँ सिद्धान्तले प्रविधि जन्मायो ।
अर्को उदाहरण हेरौं । हव्वल टेलिस्कोपबाट ब्रह्माण्ड अवलोकन गर्दा ‘स्थिर–ब्रह्माण्ड’ सम्बन्धी पहिलेको धारणा खण्डित भएर ‘फैलिरहेको–ब्रह्माण्ड’ को अवधारणा जन्मियो । यहाँ प्रविधिले नयाँ सिद्धान्त जन्मायो ।
फेरि अर्को उदाहरण हेरौं । आज हामी जमिन नाप्छौं, किनबेच गर्छौं । हाम्रो जमिन मापन प्रविधि, ‘पृथ्वी चेप्टो छ’ भन्ने सिद्धान्तमा आधारित छ । अर्थात्, युक्लिडियन ज्यामितिमा आधारित छ । हामीलाई थाहा छ, पृथ्वी चेप्टो होइन गोलो छ । तैपनि व्यावहारिक जीवनमा ‘पृथ्वी चेप्टो छ’ भन्ने प्रविधिले काम गरिरहेको छ । यहाँ सिद्धान्त गलत भन्ने थाहा हुँदाहुँदै त्यसको प्रविधि उपयोगी सावित भयो ।
माथिका उदाहरणबाट प्रस्ट हुन्छ, विज्ञानको सिद्धान्त गलत हुँदा पनि कहिलेकाहीं त्यसको प्रविधि उपयोगी भइरहन सक्दोरहेछ । अनि कहिलेकाहीं प्रविधिले नै नयाँ सिद्धान्त पनि जन्माउन सक्दोरहेछ । माथि सौर्य ऊर्जाको उदाहरणमा सिद्धान्त र प्रविधि दुवै सही छ । यद्यपि, यो पनि अधुरो सिद्धान्त हो । कारण, प्रकाश कण हो भन्ने अर्को सिद्धान्त पनि छ ।
हव्वल टेलिस्कोपको उदाहरणमा ‘स्थिर–ब्रह्माण्ड’ को सिद्धान्त गलत हो भन्ने स्थापित भइसकेको छ । तर ‘स्थिर–ब्रह्माण्ड’ को सिद्धान्त व्यावहारिक दृष्टिले त उपयोगी नै छ । जस्तो कि पृथ्वीको कुनै एक ठाउँबाट अर्को ठाउँमा हवाईजहाजबाट ओहोरदोहोर गर्न ‘स्थिर–ब्रह्माण्ड’ को सिद्धान्तले पनि काम गर्छ । सुदूर अन्तरिक्ष सम्बन्धी खोजमा मात्र यो काम लाग्दैन ।
जग्गा मापनको उदाहरणमा युक्लिडियन ज्यामितिको सिद्धान्त गलत हो । तर जग्गा किनबेच गर्ने वा घर बनाउने प्रयोजनको लागि यसको प्रविधि सदाकाल उपयोगी छ । पूरा पृथ्वीको नाप लिन खोजियो भने मात्र यो प्रविधि काम लाग्दैन ।
हामीले विज्ञानलाई त्यसको व्यावहारिक प्रयोजन (प्रविधि) मा सीमित गरेर हेर्न मिल्दैन । विज्ञान भनेको सिद्धान्त र प्रविधिको संयुक्त जोड हो । हरेक सिद्धान्त र प्रविधिको ‘सन्दर्भ–सीमा’ हुन्छ । विज्ञानलाई बुझ्दा त्यसको सिद्धान्त र प्रविधि दुवैको ‘सन्दर्भ–सीमा’ सहित बुझ्नु जरूरी हुन्छ ।
नयाँ अनुसन्धानबाट कहिलेकाहीं पुरानो सिद्धान्तकै विस्तार हुन्छ, पुरानो सिद्धान्त नै अझ बलियो बन्छ । कहिलेकाहीं पुरानो सिद्धान्त खण्डित भएर नयाँ सिद्धान्त स्थापित हुन्छ । यदि पुरानो सिद्धान्तलाई नै अझ बलियो बनाउने खालको काम भयो भने त्यो ‘विज्ञानको विकास’ हो । यदि पुरानो सिद्धान्त खण्डित गरेर नयाँ सिद्धान्त जन्माउने काम भयो भने त्यो ‘विज्ञानमा क्रान्ति’ (प्याराडाइम सिफ्ट) हो ।
माथिको उदाहरणमा ‘चेप्टो पृथ्वी’ को धारणालाई ‘गोलो पृथ्वी’ को धारणाले खण्डित गर्नु, ‘स्थिर–ब्रह्माण्ड’ को धारणालाई ‘गतिशील–ब्रह्माण्ड’ को धारणाले खण्डित गर्नु, विज्ञानमा क्रान्तिको उदाहरण हो ।
‘प्रकाश तरंग हो’ भन्ने धारणामा ‘प्रकाश कण पनि हो’ भन्ने धारणा पनि एक किसिमको क्रान्तिकारी धारणा हो । तर यसले पुरानो सिद्धान्तलाई खण्डन गरेन, बरु दुवै धारणा परिपूरक हुन् भन्ने स्थापित गर्यो ।
लेखकले आफ्नो पुस्तकमा विज्ञानको विरोध गरेको होइन, विज्ञानका यस्तै विशेषताको उल्लेख गरेको हो । मार्क्सवादसँग यसको के सम्बन्ध छ भन्ने प्रश्न आउन सक्छ । मार्क्सवाद पनि यस्तै सीमित ‘सन्दर्भ–सीमा’ भएका सिद्धान्तको जगमा उभिएको छ । आधुनिक विज्ञानले ती सिद्धान्तको ‘सन्दर्भ–सीमा’ थाहा पाएर खण्डन गरिसकेको छ । यस अर्थमा मार्क्सवाद पनि खण्डित भइसकेको छ । अबका दिनमा ‘मार्क्सवादको विकास’ सम्भव छैन, दर्शन र विचारधारामा क्रान्ति मात्र सम्भव छ । लेखकले भन्न खोजेको कुरा यो हो ।
गडबडी दर्शनमा हो
धेरै मित्रलाई भ्रम छ कि, मार्क्सको दर्शन सही हो, नेताको गल्तीले सही कार्यान्वयन हुन नसकेको हो । लेखकको बुझाइ ठिक उल्टो छ । मार्क्सको दर्शन गलत हो, नेताको क्रियाकलाप स्वाभाविक हो ।
मार्क्सको दर्शन बुझ्न सबैभन्दा पहिला चिन्तनको युरोपेली परम्परा बुझ्न जरूरी हुन्छ । क्वान्टम वैज्ञानिक वार्नर हाइजेनवर्गले स्पष्ट भनेका छन् युरोपेली चिन्तन परम्पराको पछिल्लो अभिव्यक्ति मार्क्स र हेगेलमा प्रकट भएको छ । यो परम्परासँग क्वान्टम विज्ञानको चिन्तनको तरिका पटक्कै मिल्दैन ।
हाइजेनवर्गले भन्न खोजेको कुरा बुझियो भने मार्क्सवाद र क्वान्टम विज्ञान दुवै बुझिन्छ । युरोपेली चिन्तन परम्पराको भौतिकवादी धाराको जरा एरिस्टोटलसँग जोडिन्छ । उनले वस्तुगत अवलोकन, विपरित तत्व, संघर्ष र द्वैधताको निषेधको अवधारणा दिएका थिए । मार्क्सले यही धारणालाई नयाँ भाषामा विस्तार गरेका हुन् ।
मार्क्सले समाजमा सम्झौता अस्थायी र संघर्ष स्थायी घटना हो भनेका छन् । तर उनको सामाजिक प्रक्षेपणमा शुरुआत पनि संघर्षहीन अवस्था (आदिम साम्यवाद) र अन्तिम चरण पनि संघर्षहीन अवस्था (वैज्ञानिक साम्यवाद) छ । यसरी ‘संघर्ष स्थायी हुन्छ’ भन्ने मान्यताको उनी आफैंबाट खण्डन भयो । तब यो मान्यतालाई बचाउन उनले ‘साम्यवादमा प्रकृतिसँग संघर्ष हुन्छ’ भनिदिए ।
मार्क्सको यो बचाव दुई वटा कारणले गलत थियो । पहिलो, समाज विज्ञान र प्रकृति विज्ञान अन्तरसम्बन्धित त हुन् तर यिनीहरू बीच स्वायत्तताको घेरा हुन्छ । प्रकृतिका नियम प्रकृतिमै शुरू भएर प्रकृतिमै अन्त्य भएको हुनुपर्दछ । समाजका नियम पनि समाजबाट शुरू भएर समाजमै अन्त्य भएको हुनुपर्दछ । समाजका नियमलाई प्राकृतिक नियमसँग लगेर मिसाउन मिल्दैन ।
तर मार्क्सले समाजका नियमलाई जबरजस्ती प्रकृतिसँग मिसाइदिए, जुन गलत थियो । दोस्रो, प्रकृतिसँग संघर्ष भन्ने उनको धारणा आफैंमा अप्राकृतिक थियो । मानिस स्वयं प्रकृति हो, मानिसको प्रकृतिसँग संघर्ष होइन, सहकार्य हुन्छ ।
मार्क्सका सारा विचारधारा यस्तै गलत प्रस्थापनामा टेकेका छन् । उनको वर्ग संघर्ष, साम्यवाद, सर्वहारा वर्गको अधिनायकत्व जस्ता सिद्धान्त यस्तै गलत प्रस्थापनाका उपज हुन् । जब चिन्तन नै गलत हुन्छ, तब त्यो व्यवहारमा कार्यान्वयन गर्न सम्भव हुँदैन । अहिले भएकै यही हो । लेखकले विकृतिको कारक नेता होइनन्, स्वयं मार्क्सवाद हो भन्नुको कारण यही हो ।
अर्थहीन प्रयत्न
मार्क्सवादीहरू हिजोआज मार्क्सवादको बचाउ गर्न अनेक प्रयत्न गरिरहेका छन् । मार्क्स पर्यावरणवादी थिए भन्ने प्रचार यस्तै एउटा अर्थहीन प्रयास हो । मार्क्सले पूँजीवादी पद्धतिले पर्यावरण नाश गर्छ भनेर स्पष्ट भनेका थिए । तर उनको ‘प्रकृतिसँग संघर्ष’ को धारणा, ‘अधिक उत्पादन समाजवादको आधार हो’ भन्ने धारणा र ‘भौतिक सुख नै सत्य हो’ भन्ने धारणा आफैंमा पर्यावरण विरोधी छ ।
केही मित्रहरू अहिले ‘सामुदायिक–समाजवाद’ भन्न थालेका छन् । मार्क्सवादी समाजवाद सही थियो, तर सम्पत्तिको केन्द्रीकरण वा राज्यकरण गलत थियो, सामुदायिक वा स्थानीय सत्तामा आधारित समाजवाद बनाउँदा समस्या समाधान हुन्छ भन्ने उनीहरूको तर्क छ ।
यो तर्कले पनि मार्क्सवादको बचाउ गर्न सक्दैन । समुदायको केन्द्रीकृत स्वरुप नै राज्य हो, राज्यको स्थानीय स्वरुप नै समुदाय हो । सम्पत्तिको स्वामित्व समुदायमै राखे पनि त्यहाँ व्यवस्थापक–सदस्यबीच वर्गभेद हुन्छ । अन्त्यतः समुदायमा पनि सम्पत्ति सीमित व्यक्तिको केन्द्रीकरणमै पर्छ । यत्ति कुराले मार्क्सवादको बचाउ हुन सक्दैन ।
मित्रहरू सामाजिक–प्रविधिबाट समस्याको समाधान खोजिरहेका छन् । तर प्रविधि आफैंमा सही र गलत हुन सक्दैन । सामाजिक प्रविधि त हामीले चलाउने मोबाइल फोनको सेट जस्तै हो । यसबाट सही वा गलत दुवै काम हुन सक्छ । प्रविधि सञ्चालन गर्ने पात्रको चिन्तन जस्तो छ, त्यसले त्यस्तै काम गर्छ । मार्क्सवादको चिन्तन गलत भएपछि यसको प्रविधि सच्याएर केही हुनेवाला छैन । यसले आफ्नो चिन्तन अनुसारकै परिणाम पैदा गर्ने हो ।
स्मरण रहोस्, आजको युगमा पनि मार्क्सवादले गरिबको सेवा गर्छ भन्नु एउटा लज्जास्पद कुरा हो । यो आधुनिकताको होइन, रुढीग्रस्तताको परिचायक हो । निःसन्देह मार्क्स गरिबका पक्षपाती थिए । तर मार्क्सवादले गरिब वा धनी कसैको सेवा गर्दैन । कारण, यसका निष्कर्ष र बुझाइ प्रकृति र मानिसको स्वभाव विपरीत छन् । मार्क्सको पद्धतिले केही ‘राजनीतिक–ठेकेदार’ जन्माउँछ । जसले गरिबको नाममा अझ बढी गरिब र धनी दुवैको शोषण गर्दछ । यो कुरा अहिले नेपालमा र संसारमै हामीले देखिरहेका छौं ।
विज्ञानमा के–के कुरा खण्डित भए ? यसमा ध्यान दिऊँ । भौतिकशास्त्रमा विपरीत तत्वको धारणा, गतिको शास्त्रीय नियम, ‘वैज्ञानिक–निर्धारणवाद’ र ‘सुनिश्चित–ज्ञान’ सम्बन्धी सिद्धान्त खण्डित भएका छन्, जुन मार्क्सवादका आधार थिए । जीवशास्त्रमा संघर्षको धारणा, मनोविज्ञानमा मानिसको सुनिश्चित स्वभाव हुन्छ भन्ने धारणा, चेतनाको ‘परावर्तन सिद्धान्त’ र भौतिक सुखको धारणा, समाजशास्त्रमा रेखीय इतिहासको धारणा, वर्ग संघर्षको धारणा र अधिनायकत्वको धारणा खण्डित भएका छन्, जुन मार्क्सवादका आधार थिए ।
मार्क्सवाद युक्लिडियन ज्यामिति जस्तै हो । समाजको तात्कालिक विश्लेषणसम्ममा यसको पद्धति सान्दर्भिक हुन सक्छ । तर सामाजिक संश्लेषणमा यसले सही काम गर्न सक्दैन । अर्थात्, शासन प्रणाली वा सामाजिक संरचनाको रचनामा मार्क्सवादले सही मार्गदर्शन गर्न सक्दैन ।
अब के गर्ने ?
मार्क्सवादी दर्शनको त्रुटि मार्क्सको वैयक्तिक त्रुटि होइन । यो त तत्कालीन मानवीय ज्ञानको सीमा हो । मार्क्सले आफ्नो समाजको चिन्तन परम्पराको ‘सन्दर्भ–सीमा’ भित्रबाट जति गर्न सकिन्थ्यो, त्यो पूरापूर गरेका थिए ।
आज परिस्थिति फेरिएको छ । विज्ञानमा भएको क्रान्तिले दर्शन र विचारधारामा क्रान्तिको आधार तयार गरेको छ । त्यसैले अब ‘मार्क्सवादी विकास’ को अर्थहीन कुरा छोडौं । मार्क्सको क्रान्तिकारी स्वभावको अनुसरण गर्दै दर्शनशास्त्र र विचारधारामा क्रान्तिको युगान्तकारी काम गरौं ।
धनगढी विमानस्थलको बाहिरी लवीमा लस्करै राखिएका फलामे कुर्सीमध्ये एउटामा थचक्क बस्छु। वैशाखे गर्मीले तातेको कुर्सीले च्वास्स पोले झैं प्रतीत हुन्छ। छेवैको अर्को कुर्सीमा झोला बिसाउँछु।
चार वर्ष पुरानो एन्ड्रोइड मोबाइलको ब्याट्री सकिएर अचल छ, यो दूरभाष यन्त्र। झोलाबाट चार्जर निकालेर भित्ताको प्लगमा जोड्छु। नेपाली आकाशमा आन्तरिक उडानमा हुने एक/दुई घन्टाको ढिलासुस्तीलाई अब डिले भन्न पनि छोडेको छु मैले। यस्तै छ, हाम्रो वर्षौंयताको दैनन्दिन।
गत चैत २३–२५ सम्म रामेछापका कठजोर, भँगेरी, मन्थली र सिर्जनानगरमा राणा प्रधानमन्त्री चन्द्रशमशेरको आततायी शासनद्वारा दमित स्रष्टा कृष्णलाल अधिकारी, अर्का राणा प्रधानमन्त्री जुद्धशमशेरद्वारा हत्या गरिएका सहिद गङ्गालाल र निजका भाइ एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्थापक एवम् नेपालमा मार्क्सवादी साहित्य र विचारका जनक पुष्पलालसमेत सम्बद्ध विविध कार्यक्रममा सहभागी हुन पुष्पलाल जन्मशताब्दी–कृष्णलाल बलिदान शताब्दी समारोह समिति तथा हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्य प्रतिष्ठानको निमन्त्रणामा रामेछाप पुगियो ।
३६ औँ जनआन्दोलन दिवसका अवसरमा आयोजित उक्त कार्यक्रमअन्तर्गत उक्त ऐतिहासिक पुरुषहरूको पवित्र जन्मस्थलको स्थलगत अवलोकन भ्रमणका अतिरिक्त देहायका कार्यक्रमहरूसमेत निर्दिष्ट थिए :
१) कृष्णलाललाई नेपालका प्रथम साहित्यिक सहिद र पुष्पलाल मार्क्सवादी विश्वविद्यालय घोषणा ।
२) कृष्णलाल–पुष्पलाल–गङ्गालाल (तीन लाल) को जन्मजिल्ला रामेछापको मन्थली २ स्थित कृष्णलाल जन्मस्थल कठजोर, गङ्गालाल–पुष्पलालको जन्मस्थल रामेछाप भँगेरी र हित–जून युद्ध–कला सङ्ग्रहालय सिर्जनानगरको भ्रमण ।
३) कम्युनिस्ट पार्टी नेतृत्व/बौद्धिक वर्गको सहभागितामा तीन लालको योगदानसम्बन्धी विचारगोष्ठी ।
४) अग्रज कम्युनिस्ट योद्धा/नेताको अभिनन्दन ।
५) कृष्णलाल–गङ्गालाल–पुष्पलालको जीवनी, व्यक्तित्व र योगदान समेटिएको विशेष पुस्तक प्रकाशन ।
माथि पनि उल्लेख गरिएझैँ गत चैत २३ गते हामी काठमाडौँको कोटेश्वरबाट हाम्रा लागि तयार पारिएको ‘हिमाली सौगात’ को बस चढेर मन्थली प्रस्थान भयौँ । एकपछि अर्का पाहुनाहरू एकत्रित हुँदै गए ।
सुरुमा केही अपरिचित मित्रहरू टाप्लाकटुप्लुक झुल्किन थाले भने क्रमशः चिरपरिचित कमरेडहरू समेत देखापर्न थाले । एकाध कमरेडहरू सपत्नी पनि थिए । मन्थली सिर्जनानगरबाट आयोजक अशोक सुवेदीले काठमाडौँका सहजकर्ता पुराना वामपन्थी कमरेड लोककृष्ण भट्टराई रहेको र हाम्रा लागि कोटेश्वरको समय बिहान १० बजे दिइएको भए तापनि १०ः३० बजेसम्म पनि निजको अत्तोपत्तो थिएन । मुस्किलले कार्यक्रमका सम्मानित व्यक्तित्व पुराना कमरेड मोहनचन्द्र अधिकारी भने सपत्नी समयमै आइपुगे । तत्पश्चात् एमालेका उपाध्यक्ष युवराज ज्ञवालीको आगमन भयो । सुरुमा त कमल सुवेदी एक्ला थिए त्यहाँ, त्यसपछि म पुगेथेँ । कमल सुवेदी हाम्रा गुरु राजेन्द्र सुवेदीका पुत्र हुन् । राजेन्द्र गतवर्ष नै कोरोनाको घातक आक्रमणबाट प्राणान्त भइसकेका ठूला साहित्यिक हस्ती थिए ।
त्यसपछि नेकपाका अर्का नेता लोकनारायण सुवेदी पनि सपत्नी आइपुगे । धेरै भएको रहेछ सुवेदीसँग भेट नभएको । इलामका यिनलाई म २०४५/२०४६ सालदेखि नै राम्रोसँग जान्दछु, सत्संग पनि तारन्तार चल्दै आयो । उनकी पत्नी सीता पनि त्रिविकी कर्मचारी भएको हुँदा नचिन्ने कुरै भएन । अब भने क्रमशः एकपछि अर्का पाहुनाहरू आउँदै गए । सङ्गमस्थल नजिकै रहेको मेरा लन्डनबासी मित्र कृष्ण थापाकहाँ छिरेर बिहानी खानाको लघु बन्दोबस्त पनि गरिहालेँ । भतिज ज्योतिकिरण पनि उपस्थित भए । कतिपय मित्रहरू अपरिचित पनि थिए । अन्ततः काठमाडौँ सहजकर्ता भट्टराई पनि सपत्नी आइपुगे ।
रमाइलो लाग्दैछ किनभने कोरोना सङ्क्रमण (कोभिड १९) पछि लामो अन्तरालमा आजै सार्वजनिक बस चढ्दैछु । एकपछि अर्का पाहुनाहरू आउँदै गए । अशोकले कार्यक्रममा हिरण्यलाल श्रेष्ठ पनि सहभागी हुने भनेका थिए तर बुढ्यौली र अस्वस्थताका कारण उनको आगमन अन्तिममा आएर सम्भव भएन । तथापि ३२ सिटे बस पूरै भरिएर चालकआसपासका छेउकुनाहरू पनि टनाटन भए । अब हाम्रो बूढो रिजर्भ बस मन्थली प्रस्थान भयो । हामी सबै उमङ्गित र उत्सुकतापूर्ण मनस्थितिमा भयौँ ।
आहा कठजोर !
हाहु र गल्झ्याङगुल्जुङ गर्दै ज्यादै रमाइलोसँग हामीहरू आफ्नो यात्रा क्रममा हेलियौँ । गतवर्षको भयङ्कर बाढीले विनष्ट भइसकेको बीपी राजमार्ग र साँगा–धुलिखेलसम्मको निर्माणाधीन धुलाम्मे सडक छिचोल्न पनि सहज थिएन । त्यति ठूलो गर्मी नभएकाले असिनपसिनको पीडा भने उस्तो थिएन । गानबजान र रामरौसको वातावरण नभएको हुँदा सङ्गीत र धूनको सुमधुरताबाट भने यात्रु वञ्चित नै थिए । जेहोस्, पाँच घन्टाको उबडखाबड एवम् बाङ्गोटिङ्गो सडक पार गर्दै बेलैमा हामीहरू मन्थली पुग्यौँ । यहाँ हामीहरू मूल आयोजक पक्षसँग एकाकार हुनेछौँ ।
आयोजकहरूको तर्जुमाअनुसार आजको हाम्रो औपचारिक कार्यक्रमको अन्तिम गन्तव्य कठजोर हुनेछ । ‘कठजोर’ आफैँमा अनौठो शब्द लाग्छ हामीलाई । यो शब्द प्रायः विमातृभाषाको लाग्छ । सायद कुनै स्थानीय भाषाको शब्द हो कि यो । यतातर्फ भने म लागिरहेको छैन । कारण के भने वास्तवमा त्योभन्दा गहु्रुँुगो पाटो पनि छ कठजोरको जसका लागि टाढा– काठमाडौँबाट नै हामी पनि यहाँसम्म आइपुगेका छौँ । वास्तवमा आफ्नै बलबुतामा यस कार्यक्रमको प्रायोजन र आयोजना गर्ने समाजवादी कम्युनिस्ट पार्टी नेपालका युवा नेता एवम् साहित्यकार अशोक सुवेदी धन्य छन् । अशोक नै यस कार्यक्रमका हर्ताकर्ता र नेतृत्व हुन् । अब उनी मन्थलीको ठोस कार्यक्रमसँग जोड्दैछन् हामीलाई र त्यो थियो– प्रथम कार्यक्रमका रूपमा कठजोर पुग्ने अनि त्यहाँस्थित सुब्बा कृष्णलालको सालिकमा उभिएर निजप्रति सम्मान एवम् श्रद्धाञ्जली चढाउँदै सामूहिक रूपमा प्रथम साहित्यिक सहिद घोषणा गर्ने र बासका लागि सिर्जनानगरस्थित हित–जून सङ्ग्रहालय भवन फर्कने ।
कृष्णलाल अधिकारी चन्द्रशमशेरकालीन सुब्बा तहका कर्मचारी थिए । जागिरे जीवनमै उनले ‘मकैको खेती’ नामक एउटा पुस्तक प्रकाशमा ल्याए । उक्त पुस्तकको भूमिकामा परेको ‘राता टाउके घुन’ र ‘काला टाउके घुन’, त्यसैगरी ‘बेलायती कुकुर’ र ‘भोटे कुकुर’ शब्दावलीको लाक्षणिक अर्थ निकालियो । चन्द्रशमशेर प्रधानमन्त्री र बेलायती मालिकमाथि व्यङ्ग्य ठहर गर्दै अधिकारीमाथि राजद्रोहको आरोप ठोसेर ९ वर्षको कठोर काराबास पठाइयो । बन्दी अवस्थामै अधिकारी प्राणान्त भए । उनको गिरफ्तारी विसं १९७७ साउन १७ गते भएको थियो । उनीसँगै शम्भुप्रसाद ढुङ्ग्याल, सोमनाथ सिग्देल, दुर्गानाथ अधिकारी, ऋषिभक्त पौडेल, चूडामणि, उपेन्द्रबहादुर, कृष्णचन्द्र अर्याल आदि पनि पक्राउ परेका थिए । १०४ वर्षपछि पनि रामेछापका सिर्जनशील एवम् जागरुक युवा अशोक सुवेदी आज आफ्नो सर्वस्व होमेर यिनै कृष्णलालको उत्खनन गर्दैछन् भने निश्चय नै यसलाई स्तुत्य कार्य मान्नु पर्दछ ।
कठजोरको उक्त कार्यक्रममा अधिकारीको स्मरण गर्ने क्रममा एक युवा भन्दै थिए– म यसै कठजोर र कृष्णलालकै वंशको हुँ तर उनीबारे घटित इतिहासको घटना र प्रसङ्ग मैले काठमाडौँ पुगेर मात्र सुन्न थालेँ । यस एउटै दृष्टान्तले अधिकारी कति विस्मृत भइसके र यस प्रसङ्गको उजागर कति औचित्यपूर्ण थियो ! स्वतःसिद्ध छ । त्यसैले अशोकको यस कार्यको सराहना र उनको साथ–सहयोगका लागि हामी काठमाडौँबाट त्यहाँसम्म पुगेका हौँ । उनको विगत लामो समयदेखिकै सत्प्रयास के रहँदै आयो भने रामेछापमा जन्म लिएका तीन लालहरू– कृष्णलाल, गङ्गालाल र पुष्पलालका कर्महरूलाई हामीले अजरअमर राख्नका लागि सदैव दत्तचित्त एवम् तत्पर रहनु पर्दछ । अघि नै उल्लेख गरियो– यो कार्यक्रम सोही प्रयोजनार्थ थियो भने त्यस क्रमको पहिलो कार्यक्रम यही कठजोर भ्रमण थियो । साथै अशोकलाई यस सन्दर्भमा भन्नु के थियो भने हाम्रो पुस्ताले कृष्णलाललाई स्मरण मात्र गर्ने होइन, सँगसँगै उनलाई नेपाली साहित्यकै प्रथम सहिद घोषणा गर्नतर्फ सरकारलाई झकझक्याउन समेत प्रयास गर्नुपर्ने हुन्छ ।
चैत २३ गतेको पहिलो दिनको कार्यक्रम सम्पन्न गरिसकेपछि हाम्रो बस आफ्ना लागि निर्दिष्ट हित–जुन ऐतिहासिक सङ्ग्रहालय भवन अर्थात् अशोक सुवेदीको विशाल एवम् भव्य निवास आइपुग्यो । निकै रात भइसकेको छ । अब हामी सादगीपूर्ण रात्रीकालीन भोजनपछि शयनका लागि तयार पारिएका आआफ्ना कक्षतर्फ प्रस्थान हुन्छौँ । ४५ भन्दा बढी पाहुनाका लागि यस किसिमको व्यवस्था छ । उक्त भव्य निवासको एउटा सुन्दर कक्षमा म, सीपी मैनाली र युवराज ज्ञवालीका लागि एउटा कक्ष छुट्ट्याइएको छ । अब हामी भोलिको बाँकी दुई लाल (गङ्गालाल–पुष्पलाल) को जन्मस्थान भँगेरीतर्फ प्रस्थान गर्ने गरी मस्त निद्रातर्फ उन्मुख हुन्छौँ ।
अनि भँगेरी !
२४ गते बिहानी नास्ताका लागि हामी अभियात्रीलाई नेकपा (एमाले) जिल्ला समितिको निम्तो छ । सबै साथीहरू आफ्नो नित्यकर्मपछि चियामा जुटेका छन् । अब हामी उता जान तत्पर छौँ ।
सिर्जनानगरबाट विनिताचोक हुँदै मन्थली बजारतर्फ हामी कार्यक्रमका विभिन्न ब्यानर समातेर प्रभातफेरीमा सहभागी हुन्छौँ र दुई किलोमिटरको यात्रापछि चिया–नास्तास्थलमा पुग्छौँ । चिया–नास्तापछि हाम्रो बस मन्थलीबाट रनजोर खोलाको पुल तरेर ठाडै उकालो भँगेरीतर्फ लम्कन्छ । झन्डै १५ किलोमिटरको ठाडो उकालो भए तापनि ५–७ वर्षअघिको भन्दा अहिलेको स्थिति आधारभूत रूपमा नै पृथक् भइसकेको रहेछ, त्यस बेला सडक कच्ची नै थियो भने हाल पूर्णतः पिच भइसकेको रहेछ । त्यतिबेला पनि हामी हित–जून साहित्य प्रतिष्ठानकै निमन्त्रणामा सिर्जनानगर–भँगेरी सिर्जनायात्रामा यसैगरी निम्तालु भएर आएका थियौँ ।
सरर्र उक्लियो हाम्रो ‘हिमाली सौगात’ । ज्यादै राम्रो चालक अनि सहायक पनि उस्तै शालीन । ३० मिनेटमै उक्लेर टक्क अडियो हाम्रो बस पुष्पलाल–गङ्गालाल जन्मिएको आवास परिसरमा । तिनताका गङ्गा–पुष्पका पिताश्री भक्तलाल मालअड्डामा खरिदारको जागिरे हुँदा त्यहीँ एउटा गोठमा दुवैको जन्म भएको थियो । त्यसै ऐतिहासिक दिनलाई अविस्मरणीय तुल्याउने हिसाबले अशोक कृष्णलाल अधिकारीको बलिदान शताब्दी र पुष्पलालको जन्मशताब्दी धुमधामसँग मनाउँदै यी स्थानहरूको महत्तालाई अविस्मरणीय बनाउँदै पुष्पलालले परिकल्पना गरेको नेपालको मार्क्सवादी परिवर्तनलाई बौद्धिक र सैद्धान्तिक पूठ दिने हिसाबले भँगेरीमा नै पुष्पलाल मार्क्सवादी विश्वविद्यालय नै स्थापित गर्ने उद्घोषका लागि यो कार्यक्रम आयोजना गरिरहेका छन् ।
तदनुरूप यिनै अशोकले आफ्ना बाबा–आमा हित–जूनको स्मृति र सम्मानमा स्थापित हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्य प्रतिष्ठानले निर्माण गरेको गङ्गालाल–पुष्पलालको संयुक्त सालिकको अघिल्तिर खडा भई मोहनचन्द्र अधिकारी, सीपी मैनाली, युवराज ज्ञवाली, नारायण शर्मा, लोककृष्ण भट्टराई, लोकनारायण सुवेदीलगायत ११ कम्युनिस्ट र वाम समूहका उपस्थित नेताहरूले अशोक सुवेदीको भूमिकामा आआफ्नो भावना र मन्तव्य व्यक्त गरिसकेपछि संयुक्त रूपमा दुई लालको सालिक र ताम्रशिलापत्र अनावरण गरी पुष्पलाल मार्क्सवादी विश्वविद्यालयको उद्घोष गरेपछि त्यहाँको सङ्क्षिप्त कार्यक्रम पनि समाप्त भयो । वास्तवमा निकै नै उजाड भँगेरीको दीनहीनताले हाम्रो मानसपटललाई नराम्रोसँग त चिमोट्यो नै, तैपनि त्यस्ता महान् हस्तीहरूको जन्मस्थल स्पर्श गर्न पाएको सुखद क्षणबाट निश्चय नै हामी सबै उमङ्गित पनि थियौँ । त्यसबाहेक अशोकको २० वर्षको निरन्तर प्रयाससमेतको फलस्वरूप सरकार स्वयम्ले ५ करोड खर्चेर ५२ रोपनीको उक्त परिसरलाई नेपाल सरकारका तर्फबाट उक्त कार्यहेतु उपलब्ध गराएको प्रयासलाई मनमनै सबैले सराहनासमेत गर्यौँ । कदाचित अशोकले भनेजस्तो त्यहाँ मार्क्सवादी विश्वविद्यालयको स्थापना र सम्बद्ध गतिविधिहरू सुचारु हुन सकेको खण्डमा त्यो निश्चय नै एउटा कोसेढुङ्गा हुन जाने पनि त्यत्तिकै स्वप्नशील पक्ष हुन जानेछ ।
यसपछि भने हामी सोझै लन्चका लागि सङ्ग्रहालयतर्फ नै आर्लिंदैछौँ । तर थोरै खल्लो के भने ओर्लिनासाथको भँगेरी–बाबियाखर्कको पहिलो घुम्तीमै एउटा ट्याक्टर दुर्घटित हुन पुगी चालकको घाइते अवस्थाको छट्पटाहट देख्दा मन मर्माहत भयो । हत्तपत्त बसबाट ओर्ली उनको थोरै उद्धार सकेपछि पुनः हामी ओरालो लाग्यौँ । कार्यक्रमको दोस्रो दिन खानापछि हामीलाई पुष्पलाल र नेपालको वाम आन्दोलनबारे विचारविमर्शका लागि मन्थली नगरपालिकाको सभाकक्षमा आयोजित कार्यक्रममा जम्नु छ जहाँ आयोजक प्रमुख सुवेदी र विमलकुमार फुयालले पुष्पलालका विविध पाटापक्षमा आआफ्ना कार्यपत्रहरू प्रस्तुत तथा विचारविमर्श हुनेछन् । साथै सुवेदीको ‘नेपालको जनतान्त्रिक आन्दोलनमा कृष्णलाल गङ्गालाल र पुष्पलालका योगदानहरू’ नामक कार्यपत्रमाथि म आफैँले पनि टिप्पणी गर्नु पर्ने छ ।
समयमै सबै साथीहरू तदारुकतापूर्वक समुपस्थित भए । मोहनचन्द्र अधिकारी, ईश्वरी दाहाल, मोहनविक्रम सिंह, हिरण्यलाल श्रेष्ठ, नारायणमान बिजुक्छेँसहित आठजना पुराना कम्युनिस्ट–वामपन्थी नेता र सहिद परिवारका सरला रेग्मी, लक्ष्मी पौडेल र कमला बस्नेत अभिनन्दित भए । दुवै प्रस्तोताहरूका ओजिला कार्यपत्रहरू पाठ पनि गरिए । अर्का प्रस्तोता फुयालको ‘अध्ययन, अनुसन्धान र शिक्षासम्बन्धी पुष्पलालको चिन्तन र अभ्यास’ शीर्षकको प्रस्तुति पनि बेजोडको थियो जसमाथि टिप्पणी गरेका थिए पुष्पलाल समाजका सचिव मुकुन्द आचार्यले । त्यसपछि खुला छलफल र टीकाटिप्पणीको क्रम सुरु भएको थियो जहाँ एक से एक वक्ताहरूले जमेर आआफ्ना जोड–कोण व्यक्त गरेका थिए । ११ वाम घटकका क्रान्तिकारी योद्धाहरू जो भिड्दै थिए यसमा । जतिवटा पोया बाटे पनि गाँठो एउटै भनेझैँ जो–जतिले जे जो जोड–कोण व्यक्त गरे पनि सबैको चुरो एउटै थियो– हामीहरू बिग्रिएका छौँ, कम्युनिस्ट आन्दोलनमाथि घात भएको छ । देश र जनता ठगिएका छन्, क्रान्तिको प्रयोग व्यक्तिगत फाइदामा फसाइएको छ । क्रान्त आवश्यक छ ।
ठीक यस्तोमा अशोक सुवेदी त्यही जगमा भँगेरीको प्राङ्गणमा नेकपाका संस्थापक पुष्पलालका नाममा मार्क्सवादी विश्वविद्यालय खोल्छु, साथ चाहियो भन्दैछन् । दुई दर्जन बढी डिग्रीमुखी विश्वविद्यालयहरू मरणासन्न भइरहेको पृष्ठभूमिमा यस्तो सैद्धान्तिक दार्शनिक विश्वविद्यालय कत्तिको सम्भव होला ! निश्चय नै यो सगरमाथाभन्दा अग्लो विषय त्यत्तिकै अग्लो प्रश्न बनेको छ । त्यसैले अब त्यसतर्फ जानुभन्दा सोही सभाकक्षमा सम्पन्न नेपालका नेल्सन मन्डेला भनी ख्याती कमाएका मोहनचन्द्र अधिकारीलाई गरिएको सम्मान र अभिनन्दनलाई यहीँनेर जोडेर यी पङ्क्तिमाथि विराम दिँदैछु ।
कार्यक्रमको तेस्रो दिन चैत २५ गते बिहान आयोजकले सबै वाम घटकका नेता–कार्यकर्ताहरूलाई एक विपन्न किसानले खेतीकमाइ गरेको खेतमा मकै गोड्ने श्रममा सहभागी गराएर कम्युनिस्ट हुनुको परिचय दिने प्रयास गरे । यो मौलिक, सिर्जनात्मक अनि कृष्णलाल र पुष्पलालको विचारलाई व्यवहारमा रूपान्तरण गर्ने साङ्केतिक कार्य पनि सम्पन्न भयो ।
अन्त्यमा सङ्ग्रहालय परिसरमै रहेको हित–जून स्मृति भवनमा कविगोष्ठी लगायत सामाजिक–सांस्कृतिक कार्यक्रम सम्पन्न भए । ससाना नानीबाबुहरूले समेत अतिथि स्थापित कविहरूसँग कुम जुधाएर हिम्मतिला कविता वाचन गरेर पुरस्कृत भए । समाजमा असल ठहरिएका छोरा–बुहारी दोसल्ला, अभिनन्दनपत्र र नगदसहित सम्मानित भए । एउटै मञ्चबाट अग्रजदेखि कलिला नानीबाबुहरूसमेतलाई प्रतिभा प्रस्फुटन गर्न लगाएर सम्मानित एवम् प्रोत्साहित गर्ने र त्यज्य हुँदै गएका अग्रजहरूलाई सम्मान गर्न सिकाउने यो मौलिक तरिका अनुकरणीय थियो ।
यी सबै काम सरासर सकिएपछि दिनको एक बजे हामी उही प्रक्रियाबाट काठमाडौँ फर्कंदैछौँ । वास्तवमा यसअघिका भन्दा यो भ्रमण गुणात्मक ढङ्गले नै अविस्मरणीय बनेकोमा आयोजना, व्यवस्थापन र अवसरका लागि अशोक धन्य छन् ।
२ जेठ, काठमाडौं । संघीयता कार्यान्वयनसँग जोडिएको एक तहको गाठो फुकेको छ । अर्थात्, शुक्रबारको संसदीय समितिबाट ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पारित भएको छ । निकै लामो रस्साकस्सी र संविधान जारी भएको एक दशकपछि संसदीय समितिले यो विधेयक पारित गरेको हो । राजनीतिक दलहरूले यसलाई एउटा महत्वपूर्ण उपलब्धीको रूपमा अथ्र्याएका छन् । किनभने, अब प्रशासनिक संघीयता कार्यान्वयनमा जाने बाटो अब खुल्ने छ । यद्यपि, विधेयक संसदबाट पारित भएर ऐन बन्ने केही प्रक्रिया बाँकी छन् ।
लामो समयसम्म चलेको रस्साकस्सीलाई यो तहसम्मको निष्कर्षमा पुर्याउन संसदीय समितिभित्र निकै प्रयास भएका थिए । समितिले एउटा उपसमिति बनाएको थियो । संयोजक थिए, कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडू । संयोजकको जिम्मेवारी पाएपछि बडू विधेयकमा सहमति जुटाउन सरोकारवाला र राजनीतिक नेतृत्वसँग निरन्तर संवादमा रहे । शुक्रबार समितिबाट विधेयक पारित भएपछि अनलाइनखबरकर्मी रघुनाथ बजगाईंले बडूसँग कुराकानी गरेका छन् । बडूको सार छ, ‘संघीयतासहितको संविधान जारी भएपछि दुईवटा निर्वाचन भइसक्दा पनि प्रशासनिक संघीयता कार्यान्वयनमा जान सकेको छैन, शुक्रबार त्यसमा ‘ब्रेक थ्रु’ भएको छ ।’
निजामती सेवा विधेयक संसदीय समितिबाट पारित भयो । अब अगाडिका बाटा कति सहज छन् ?
– संसदीय समितिबाट पारित हुनु भनेको महत्वपूर्ण खुड्किलो पार हुनु हो । सबैको सहमतिमा यो सम्भाव भएको हो । समितिबा पारित भएको विधेयक अब फूल हाउसमा लैजान्छौं र संसद्को चालू अधिवेशनबाटै पारित गर्छौं । यही दृढताका साथ अगाडि बढेका छौं ।
यो विधेयक प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा पनि संसदीय समितिबाट पारित भएको थियो । तर, हाउसमा पुगेपछि अड्कियो । यसपटक चैं त्यस्तो हुँदैन ?
– यसपटक त्यस्तो हुनुहुँदैन । किनभने, हामीले संसदीय समितिबाट सर्वसम्मात पारित गरेका छौं । पहिलो आधार यही हो । वर्तमान सरकार संविधान कार्यान्वयनमा दृढ छ । यसलाई गठबन्धनको प्रमुख आधार मानिएकै छ । अहिले उपयुक्त वातावरण बनेको छ । चालू अधिवेशनमै निजामती विधेयक हाउसबाट पारित हुन्छ ।
निजामती ऐन प्रदेश र स्थानीय तहले लामो समयदेखि माग्दै आएका छन् । ऐन बन्दा उनीहरूले मागे जस्तै पाउने छन् कि फरक ?
– निजामती प्रशासन संघीयताको कार्यान्वयनसँग सम्बन्धित छ । यो राज्य सञ्चालनको संयन्त्र हो । यसको अभावमा प्रदेशहरूले कानुन बनाउन सकेका थिएनन्, बने पनि संघको ऐन आवश्यक थियो । त्यस्तो असर अब पर्ने छैन । अब प्रदेशहरूको निजामती सेवा ऐनलाई पनि संघीय ऐनले गाइड गर्न पाउँछ ।
संसदीय समितिबाट पारित गरेको विधेयकले तीन तहको बीचमा समन्वय हुने व्यवस्था गरेको छ । समायोजन भएर गएकाहरूको केही गुनासा थिए । त्यसलाई पनि सम्बोधन गरिएको छ । तीनै तहको समन्वय हुने सुनिश्चितता छ । यसकारण प्रदेश, स्थानीय तह, कर्मचारी सबै खुसी हुने ऐन बन्दैछ । किनभने, सही अर्थमा प्रशासनिक संघीयता कार्यान्वयनमा गयो । यो एउटा ‘ब्रेक थ्रु’ हो ।’
राजनीतिक संघीयता अभ्यासमा आएर दुई वटा चुनाव भइसके । अब प्रशासनिक संघीयता कार्यान्वयनमा जाँदैछ । यसकारण पनि मैले संसदीय समितिबाट निजामती सेवा विधेयक पारित हुनुलाई ‘ब्रेक थ्रु’ मानेको हुँ । यसको अर्को पाटो पनि छ । प्रशासनिक संघीयता अन्यको हकमा समेत गाइडेड हुन्छ । किनभने, प्रहरी र शिक्षकका लागि आवश्यक ऐन पनि बन्न बाँकी छन् । यी दुवै विधेयक संसद्मै छन् । तिनलाई पनि अगाडि बढाउने सरकार र राजनीतिक दलहरूको दृढता छ । यसर्थ पनि यसलाई सकारात्मक मान्नुपर्छ ।
प्रदेशले के कति अधिकार पाए त ?
– स्थानीय तह र प्रदशले ऐन बनाउन पाउँछन् । अन्य विषयमा स्थानीय तहले आफैंले गर्छन् । कर्मचारीको हकमा भने प्रदेशले आफ्नो र स्थानीय तहको लागि काम गर्न पाउँछन् । यो बाटो खुला हुन्छ । परिपक्कता आउन लाग्ने समयका लागि अर्थात, १० वर्षसम्म प्रदेशसचिव संघबाट जान्छन् । तर, प्रदेशसचिव प्रदेश निजामती सेवाकै हुन्छन् । व्यवस्थापनमा सहज होस्, समन्वय नब्रिगियोस् भनेर यस्तो व्यवस्था गरिएको हो । प्रदेशसचिव बढीमा १० वर्ष संघबाट जान्छन् ।
प्रदेशका प्रमुखसचिव संघीय सेवाकै हुन्छन् । यो समन्वयका लागि आवश्यक पर्छ त्यसैले प्रमुख सचिवमार्फत संघसँग समन्वय हुन्छ । स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको हकमा संघले एकमुष्ट प्रदेशको मुख्यमन्त्रीको कार्यालयमा पठाउँछ र त्यसलाई प्रदेशले खटनपटन गर्छ । न्युनतम अवधि बसिकसेपछि अन्तर स्थानीय तहको सरुवा प्रदेश कानुन अनुसार हुनेछ । अन्तर प्रदेश सरुवाको बाटो पनि खोलिएको छ ।
भनेपछि संघले प्रदेश र स्थानीय तहको प्रशासनिक संरचनामा आफ्नो उपस्थिति निरन्तर राख्ने भयो ?
– समन्वय निरन्तर रहन्छ । संघबाट पठाउने भनेको परिपक्कता आउन लाग्ने समयसम्मको लागि हो । त्यो बढीमा १० वर्ष भनिएको छ । १० वर्षसम्म प्रदेशलाई कानुन बनाउ र बनाइसकेको भए संघीय ऐनसँग मिलाएर लैजाउ भनिएको छ । यस अवधिभित्र प्रदेशले कानुन बनाउँछन् त्यसअनुसार अगाडि गइहाल्छ ।
फेरि पनि स्थानीय तह र प्रदेशले कति स्वागत गर्छन् भन्ने प्रश्न बाँकी नै छ होइन ?
– मूलतः स्थानीय तह र प्रदेशको आवश्यकतालाई हेरेरै यस्तो व्यवस्था गरिएको हो । अब उनीहरूले आफ्नो आवश्यकताअनुसार दरबन्दी पाउने भए । प्रदेशसचिव उनीहरूकै हुने भयो । जथाभावी कानुन नबनोस् भनेर मात्र संघले सीमांकन गरिदिन्छ । त्यो पनि केही अवधिसम्म । अर्थात, नयाँ जनशक्ति तयार नहुँदसम्म । यो ऐन बनेपछि प्रदेश र स्थानीय तहहरू प्रशासनिक संघीयतामा आत्मनिर्भर हुन सक्ने बाटो खुल्नेछ । उनीहरूले आवश्यकताको आधारमा कानुन बनाएर व्यवस्थापन गर्न सक्छन् । त्यसैले स्थानीय तह र प्रदेशले स्वागत नगर्नु पर्ने कारण छैन ।
दक्षिण कोरियाको कालोसूचीमा रहेका विश्वविद्यालयमा नेपाली विद्यार्थी अध्ययनका लागि जाने गरेको पाइएपछि सरकारले दुई महिनाका लागि अध्ययन अनुमतिपत्र (एनओसी) स्थगित गर्यो ।
कोरियास्थित नेपाली दूतावासले विद्यार्थीले दुःख पाइरहेको पत्र पठाएपछि सरकारले एनओसी दिन रोकेको हो । कोरियामा विद्यार्थीले कस्ता–कस्ता समस्या भोगिरहेका छन् ? एनओसी नै स्थगित गर्नुपर्ने स्थिति किन आयो ? विद्यार्थीको खास समस्या के हुन् ? दक्षिण कोरियाका लागि नेपाली राजदूत डा. शिवमाया तुम्बाहाम्फेसँग अनलाइनखबरकर्मी दिनेश गौतमले गरेको कुराकानी :
नेपाल सरकारले डी–२ र डी–४ भिसाको लागि एनओसी स्थगित गरेको छ । त्यहाँ विद्यार्थीको खास समस्या के हो ?
हामीले यहाँ आएर काम गर्ने सन्दर्भमा विद्यार्थीको समस्या देख्यौं । पीडित विद्यार्थीले नै हामीलाई सूचना दिनुभएको छ । रिपोर्ट गर्नुभएको छ । समस्यामा परेपछि विद्यार्थीहरूले एनआरएनलाई पनि भन्ने रहेछन् । यहाँ आएर बसेका नेपालीको विभिन्न संघ संस्था छ । ती संस्थामा गएर विद्यार्थीले आफ्नो समस्या राख्ने रहेछन् । त्यसपछि एनआरएन र संघ संस्थाले दूतावासमा विद्यार्थीले पाएको दुःख सुनाउने गर्नुहुन्छ ।
विशेषगरी डी–२ र डी–४ भिसामा अन्डर ग्र्याजुयट अध्ययन गर्न आउने विद्यार्थी समस्यामा परेको पाइयो । तर, स्नातकोत्तर र पीएचडी गर्न आउने विद्यार्थीमा समस्या छैन ।
डी–२ र डी–४ भिसामा आएका विद्यार्थीको समस्या यस्तो रहेछ भनेर परराष्ट्र मन्त्रालयमार्फत शिक्षा मन्त्रालयमा पत्र पठाएका हौँ । यसैको आधारमा थप अध्ययन अनुसन्धान गर्न केही समयलाई शिक्षा मन्त्रालयले डी–२ र डी–४ भिसाको लागि एनओसी स्थगित गरेको सूचना पाएको छु ।
दूतावासमा विद्यार्थीहरूबाट कस्तो–कस्तो गुनासोको निवेदन आउने रहेछ ?
विद्यार्थीले निवेदन हाल्दैनन् । तर, विद्यार्थी डिप्रेसनमा गयो भने मनोपरामर्श दिनुपर्ने हुन्छ । त्यो समयमा विद्यार्थी एनआरएन वा संघ संस्थामा पुग्छन् । संघ संस्थाबाट दूतावासमा रिपोर्ट आउने गरेको छ । दूतावासमा सेवा लिन आएका विद्यार्थीले पनि बताउने गरेका छन् ।
हालसालकै एउटा घटना सुनाउछु । विद्यार्थी नेपालबाट आयो । एयरपोर्टमा लिन एक जना गयो । लिएर पनि आयो । तर उसले त्यो विद्यार्थीलाई धेरै नेपाली बसोबास गर्ने ठाउँमा छोड्दियो ।
अब के गर्ने कहाँ जाने त्यो विद्यार्थीलाई थाहा छैन । लगेज बोकेर सडकमा उभिएको छ । उसले नेपाली देखेपछि सोध्यो । तपाईं नेपाली हो ? उसले हो भनेपछि आफ्नो समस्या सुनायो । त्यसपछि नेपालीले एउटा सेल्टरमा लगेर त्यो विद्यार्थीलाई राखेको छ । काम खोजेर लगाएको छ ।
त्यो विद्यार्थी पढ्न आएको विश्वविद्यालय बल्ल पत्ता लागेको छ । यसरी विद्यार्थी सुरुमै समस्यामा र डिप्रेसनमा परेको खबरहरू दूतावासमा आउँछ । त्यसपछि हामीले विश्वविद्यालयमा विद्यार्थीसँग प्राध्यापकसँग पनि कुराकानी गरेका छौँ ।
कन्सल्टेन्सीले धेरै पैसा लिने गरेको विद्यार्थीहरूले नै बताउँछन् । १५ लाख, २० लाख, २५ लाख…लिएको सुनाउँछन् । कन्सल्टेन्सीले सेवा दिएपछि केही रकम लिनुपर्छ तर पारदर्शी हुनुपर्छ । केही रकम बैंकबाट लिने र बाँकी नगद नै लिने रहेछन् ।
समस्यामा परेका विद्यार्थी कुन बाटोबाट कसरी कोरिया पुग्ने रहेछन् ?
कन्सल्टेन्सीमार्फत नै आउने रहेछन् । कन्सल्टेन्सीले ठूला सपना बोकाएर पठाउने रहेछ । कन्सल्टेन्सीले सही कुरा विद्यार्थीलाई भन्न पर्यो । कोरियाको नियम मान्नु पर्छ । कति समय काम गर्न पाइँदैन । कहिलेबाट काम गर्न पाइने हो त्यो भनेर पठाउनु पर्छ ।
ऋण गरेर विद्यार्थी कोरिया आउने रहेछन् । केहीसमय अघिको कुरा हो । म ३०–३५ जना विद्यार्थी भएको ठाउँमा पुगेको थिएँ । एक डेढ महिना भएको रहेछ कोरिया आएको । काम गर्न पाउनु पर्यो भन्ने विद्यार्थीको कुरा छ तर नियम अनुसार ६ महिनासम्म काम गर्न पाउँदैनन् । यी कुरा विद्यार्थीलाई सुरुमै भनेर पठाउनु पर्छ । बुबा आमाले पनि छोरा-छोरी कोरिया पुग्ने बित्तिकै काम गर्छ पैसा पठाउँछ भन्ने अपेक्षा राख्नु भएन ।
भनेपछि कन्सल्टेन्सीले प्रलोभन देखाए ?
सबै कन्सल्टेन्सीले त्यसो गरेको छैन । म आफैं अनुगमनमा गएको थिएँ । विद्यार्थीले राम्रो गरेको उदाहरण पनि छ । राम्रो कन्सल्टेन्सीबाट आएका विद्यार्थी खुसी छन् । तर, केहीले गलत प्रलोभन देखाएर पठाउँदा समस्या आएको हो ।
कालो सूचीमा परेका विश्वविद्यालयमा विद्यार्थी पुग्नुको कारण नि ?
विद्यार्थीलाई नेपालबाट राम्रो विश्वविद्यालयमा लैजान्छु भनेर ल्याउने रहेछ । अनि यहाँ आएपछि क्रेडिट आवर कम भएको खोजेर अर्को विश्वविद्यालयमा लैजाने रहेछ । हिजो मात्रै एउटाले इमेल गरेको थियो । एक वर्षअघि आएको रहेछ । एउटा विश्वविद्यालयमा भनेर ल्याएको अर्को विश्वविद्यालयमा भर्ना गर्यो भनेर इमेल गरेको छ ।
यस्तो काम कसले गर्ने रहेछ ?
कन्सल्टेन्सीले ।
विद्यार्थीको समस्या साधान गर्न दूतावासले के गरिरहेको छ ?
विद्यार्थीको समस्या सुन्यौं । त्यतिकै भन्न पनि मिलेन । सबैतिर बुझ्यौं । यहाँको विश्वविद्यालयमा पढाउने नेपाली प्राध्यापकहरूसँग कुरा गर्यौं । सबैबाट कुरा आएपछि यहाँ यस्तो समस्या छ भनेर मन्त्रालयलाई पत्र लेखेर पठाएका हौँ ।
दूतावासले पठाएको पत्र बाहिरिएपछि कन्सल्टेन्सीहरूले आपत्ति जनाएका छन् नि ?
सबै कन्सल्टेन्सीले बदमासी गरे भनेर भनेका छैनौं । जुन कन्सल्टेन्सीले गलत परामर्श दियो त्यो त गलत नै हो नि । झुटा आश्वासन दिएर विद्यार्थी पठाउनु हुदैन भनेको हो ।
एनओसी बन्द गरेर निकास निस्कने हो र ?
होइन, सधैं बन्द गरेर हुदैन । यथार्थ कुरा बुझेर नीति बनाउनुपर्छ । मन्त्रालयले पनि विद्यार्थी कुन विश्वविद्यालयमा जाँदै छ त्यो हेरेर मात्र एनओसी दिनुपर्छ ।
विद्यार्थीले कोरिया जानुअघि के कुरामा ध्यान दिनुपर्ने रहेछ ?
सबैभन्दा पहिले भाषा जान्नुपर्यो । भाषा जानेन भने केही नहुने रहेछ । भाषा नजानेर विद्यार्थीले दुःख पाएको छ । अभिभावकले पनि भाषा सिकाएर छोराछोरीलाई पठाउनु पर्यो । कन्सल्टेन्सीले पनि सहि कुरा भनेर पठाउनु पर्यो । विद्यार्थीले आफू कुन विश्वविद्यालयमा कुन विषय पढ्ने हो सबै बुझेरर मात्र आउनु पर्छ । राम्रोसँग नबुझी आउँदा कोरियन सरकारले नै कालोसूचीमा राखेको विश्वविद्यालयमा विद्यार्थी पुग्ने रहेछन् । शिक्षा मन्त्रालयले पनि कालो सूचीमा परेको विश्वविद्यालयको लागि एनओसी दिनु भएन ।
(नेपाली वाङ्मयका धरोहर इन्द्र बहादुर राई भारतीय नेपाली भए पनि सिङ्गो नेपाली जगतका विशिष्ट विद्वान, विचारक र उच्च कोटीका स्रष्टा थिए । उनको कलम कथामा बेजोड रह्यो । उपन्यासमा बेजोड रह्यो । तेस्रो आयाममा ईश्वर वल्लभ, वैरागी काईंला र उनी तीन प्रतिभा भए पनि तेस्रो आयामका मूल व्याख्याता उनी नै देखिए । पछि तेस्रो आयामको विस्तारको रूपमा लीला लेखनलाई नेपाली वाङ्मयमा विस्तारित गरे एकल नेतृत्वमा । विसं १९८४ माघ २१ का दिन खरसाङ, दार्जिलिङमा जन्मेका उनको देहावसान २०७४ फागुन २२ गते दार्जिलिङमा भएको थियो । उनका प्रमुख प्रकाशनहरूमा कथा सङ्ग्रहहरू बिपना कतिपय, आज रमिता छ, टिपेका टिप्पणीहरू, कथास्था, नेपाली उपन्यासका आधारहरू, सन्दर्भमा ईश्वर वल्लभका कविता, साहित्यको अपहरण, दार्जिलिङमा नेपाली नाटकको अर्ध शताब्दी, कठपुतलीको मन, सामाजिक पहाड र खोला, अर्थहरूको पछिल्तिर, पृष्ट पृष्ठ, समयाङ्कन, लेखहरू र झ्याल, पहेँलो दिन आदि छन् । उनी एक साहित्यिक पुरस्कार ग्रहण गर्ने सिलसिलामा काठमाडौंमा आउँदा वैरागी काईंला निवासमा विसं २०६० जेठ १० गते लिईएको टेप अन्तर्वार्ताको हो ।)
जीवनको यस मोडमा आइ पुग्दा तपाईंले विगतमा गर्नु भएका सिर्जनात्मक कार्यहरु कस्तो लागि राख्या छ ?
हेर्नुस्, सबै अनुभव पाइ सकेर, सबै ज्ञान बटुलि सकेर मात्रै लेखन सुरु गरौं भन्ने हुँदैन । जति अनुभव पाएका हुन्छौं, जति ज्ञान पाएका हुन्छौं, जति कुरा जुन प्रकारले बुझेका हुन्छौं, त्यसैबाटै लेख्दै जानुपर्ने हुन्छ साहित्य लेखन । त्यस कारणले मलाई सामाजिक आवश्यकताले, साहित्यिक संस्थाहरूको आवश्यकताले उनीहरूको माग अनुसार जे जति लेख्न पर्यो, त्यसमा एक प्रकार सन्तुष्टि नै मान्न पर्छ । हुन ता आफ्नो कुरा लेख्न पाउनु हामीले चाहेको कुरा त्यो हो तर समाजले हामीलाई अरू कुराहरू, अरू कुनै विषयमा लेख्न लाउँछ । हुँदैन भन्न सक्तैनौं । र त्यस्ता कुराहरू लेख्दा हाम्रो समय धेरै नै त्यता खर्च हुन्छ, दुःख पनि लाग्छ । तर सामाजिक आवश्यकता भनेर आफूलाई, आफ्नो मनलाई बुझाउँछौं ।
तपाईंले यौटै उपन्यास लेख्नुभयो -“आज रमिता छ” र नेपाली उपन्यास जगतमा रत्नको रुपमा सम्मानित छ त्यो, दोश्रो उपन्यासतिर तपाईं किन लाग्नु भएन ?
अघि नै भनेँ, जे जे लेखाउँछन्, लेख्न भन्छन्, ती कुराहरू लेख्तैमा यतिका वर्षहरू बितेर गए । अब नयाँ कृति के लेखौं भनेर आफैँलाई सोधिरहेको छु । भर्खरै मात्र मेरो यौटा सानो नाटक प्रकाशित भयो । अब त्यसपछि के लेखौं भनेर सोची रहेकोमा फेरि यौटा उपन्यास लेखौं कि पनि सोच्दै छु । तर अब उपन्यास लेखन कहाँदेखि कहाँ पुगि सक्यो । पुरानो किसिमको पुरानो ढङ्गको उपन्यास लेखनले अब हुँदैन र मनमा अब उत्तर आधुनिक ढङ्गको उपन्यास लेख्नु पर्ला कि भन्ने मनमा विचार, मनमा सोच गर्न लागेको छु ।
अनि “बिपना कतिपय” कथाहरूको जुन पाठकीय आकर्षण थियो, समाज र समय त्यहाँ जसरी प्रस्तुत भयो, तेस्रो आयाम आएपछि वा लीला लेखनमा आएपछि पाठकीय दूरी बढेको अनुभव गरिँदैछ बौद्धिकताको चापले गर्दा शायद । यो तपाई कत्तिको मान्नुहुन्छ ?
“बिपना कतिपय” लेख्दा त्यो सामाजिक यथार्थिक लेखन बन्यो । समाजमा जे जति कुरा देख्छौं स्थूल तथ्यहरू ती सबैलाई टिपेर लेख्ने गर्यौं । जस्ता मानिसहरूसँग भेटघाट भयो ती मानिसहरूलाई नै टिपेर सुनेका वा देखेका घटनाहरूलाई नै लिएर लेखिँदा ती पाठकहरूका निम्ति सहजै बुझिने उनीहरूले मन पराउन सक्ने कथाहरू भए । तर पाठकहरूले साधारण स्तरका कथाहरू मात्रै मन पराउँछन् भनेर लेखकले पनि त्यही स्तरमा रोकिनु ठीक नपर्ने लाग्यो आफूलाई । अनि साहित्यको नयाँ विधि, साहित्यले नयाँ थोक दिन सक्ने, समयले मागेको नयाँ थोक दिन पर्ने कशिस गर्दा साधारण पाठकका निम्ति यसले दोस्रो किसिमका लेखनहरू सहजै बुझिने हुँदैनन् र नबुझिने लेख्न लागे भनेर पाठक र लेखक बीच दूरत्व बढ्छ नै, हो । त्यसदेखि भाग्न, त्यो नहोस् भन्न पनि नसकिने रहेछ ।
तपाईंहरुले तेस्रो आयाम सुरु गर्दा त्यस आन्दोलनबाट जे अपेक्षा गर्नु भएको थियो प्रतिफलको सन्दर्भमा त्यो प्राप्ति हात लागेको हो जस्तो लाग्छ कि लाग्दैन ?
हामीले चाहेको कुरा थियो हामीले बुझे अनुसारको लेख्ने गर्नू । लेखकहरू २ किसिमका हुन्छन् । साहित्यिक सिद्धान्तको ज्ञान राखेर लेख्ने लेखक अनि साहित्यिक सिद्धान्तका ज्ञानहरू पनि लिएर लेख्न चाहने, लेख्न कोसिस गर्ने लेखक । त्यसले गर्दा आफूले जानेको, आफूले बुझेको सिद्धान्त अनुसारको लेखन गर्न सक्यौं भने हामीलाई हामीलाई सन्तोष भै हाल्दथ्यो । पाठकहरूले बुझेनन्, त्यसमा एक प्रकारको असन्तोष हामीलाई पनि हुन्थ्यो । तर हामीले जानेको सिद्धान्त अनुसारले लेख्ने हाम्रो जुन प्रयत्न थियो त्यो प्रयत्न सफल भएकोमा हामीलाई पनि सन्तोष थियो ।
तेस्रो आयामलाई पुनर्मूल्याङ्कन, पुनरावलोकन गर्ने क्रममा तपाईंहरु बीच मतैक्य नहुने अवस्था कसरी आयो ?
हेर्नुस्, लेखकहरूले एकै मतो गरेर लेख्न थाले पनि उनीहरू भिन्दाभिन्दै व्यक्तिहरू भएकाले उनीहरूको संस्कार बेग्लाबेग्लै भएकोले उनीहरूको अनुभव, उनीहरूका ज्ञान, उनीहरूको बोध अलग अलग भएकोले एकै सिद्धान्त लिएर लेख्दा पनि केही न केही पार्थक्य हुन्छ नै हो । उदाहरणको निम्ति अर्को क्षेत्रबाट यसरी हेर्न सक्छौं- एकै धर्म मान्नेहरु बीच पनि धेरै पन्थहरूमा उनीहरू बाँधिएका हुन्छन् । के गर्ने ? यसरी यौटा सिद्धान्त लिँदा त्यस सिद्धान्तलाई पछ्याउनेहरू सबै सर्व प्रकारेण एकै हुन्छन् भन्ने छैन । यो भिन्नता आउँछ, हो । तर पनि मूल कुरामा, आधारित कुरामा उनीहरू एकै नै हुन्छन् ।
विश्व साहित्यमा हेर्दा वाद आन्दोलनहरू समयको क्रममा देखा परेका छन् । तर रहने त मौलिक सिर्जना नै हो, हैन र ? वाद आन्दोलन कति आवश्यक छ ?
बादहरू तव जन्मन्छन्, तव बढ्छन्, जब कुनै प्रकारको यौटा सङ्कटको अवस्था हुन्छ । क्राइसिसको अवस्था आइ लाग्छ । लेखनमा भनौं वा समाजमा भनौं वा देशमा भनौं, उदाहरणको निम्ति भनौं अङ्ग्रेजी साहित्य यस्तो साहित्य हो, अघिअघिको अङ्ग्रेजी साहित्य जसमा वादमा हामी त्यति धेरै बाहुल्य पाउँदैनौं । तर दोस्रो विश्व युद्धपछि जब ब्रिटिस साम्राज्यको पतन भयो, त्यो भत्कन थाल्यो, त्यस वेला आएको सङ्कटले यौटा परिणाम भयो, साहित्यमा पनि , अङ्ग्रेजी साहित्यमा पनि वाद सिद्धान्तहरूको त्यहाँ पहुल हुन थाल्यो । दुःख परेको वेला नै मानिसहरूले मैले किन दुःख पाएँ भनेर सोच्न थाल्छन् । सुख पाएको वेलामा मैले कसरी सुख पाएँ, सोच्दैनन् । त्यस्तै नै साहित्यमा पनि सङ्कट आएको बेलामै बादहरु बढ्छन्, त्यस साहित्यमा । र नेपाली साहित्यमा पनि हामीले देख्यौं, यौटा सङ्कट आएको छ, खाली भावमा बगेर जाने । खाली भावमा बगेर गएर हुँदैन । यस किसिमको साहित्यले कहीँ पुर्याउँदैन । समाजलाई डोर्याउँदैन । बौद्धिकता आउनुपर्छ । साहित्यमा बौद्धिक लेखन हुनुपर्छ । यो यौटा सामाजिक आवश्यकता देखेर आयामिक लेखन थालिएको थियो ।
कतिपय व्यक्तिहरू तपाईंले व्यक्त गर्नुभएको भाषालाई अप्ठ्यारो मान्दछन् । उनीहरूलाई के भन्नुहुन्छ ?
यो अप्ठेरो भएको कारण वहाँहरूलाई हामीले बुझाउन सकेनौं । कोसिस त गरेका हौं । हाम्रा सिद्धान्त अनुसार ती लेखिएका छन् । त्यसरी लेखिंदा अप्ठ्यारा बनेका छन् ती लेखनहरू । वहाँहरूले हाम्रो सिद्धान्तको ज्ञान नलिइकन हाम्रो लेखन मात्रै हेरे भने बुझ्न सक्तैनन् । तर हाम्रो सिद्धान्तलाई पनि हेरेर किन यस प्रकारको लेखन गरियो त्यसका कारणहरू पनि बुझेर वहाँहरूले त्यो पढ्नु भयो भने त्यो अप्ठ्यारा हुँदैनन् ।
“तेश्रो आयाम” तीन जनाले मिलेर आन्दोलनको रूपमा गरे पनि “लीला लेखन” मा चाहिँ एक्लो यात्रा गर्ने विचार कसरी आयो ?
लीला लेखनको सम्बन्ध आयामिक लेखनसँग पनि छ । आयामिक लेखनमा हाम्रो यौटा धारणा थियो- वस्तुता । त्यो वस्तुता धारणाबाटै लीला लेखन अघि बढेको हो । हामी तीन तिल विक्रम नेम्वाङ, ईश्वर वल्लभ दार्जिलिङमा सँगै थियौँ । पछि वहाँहरू मध्ये काठमाडौं फर्कनु भयो ईश्वर वल्लभ । तिल विक्रम नेम्वाङ आफ्नो थलो फर्कनुभयो, सारताप । हामी छुट्टियौं । तर छुट्टिनु भन्दा अघि लीला लेखनको सम्बन्धमा, विषयमा, यस धारणा विषयमा हामी माझ बातचित कुराकानी हुन्थ्यो । वहाँहरू नफर्केको भए दार्जिलिङबाट यो लीला लेखन पनि आयामेली लेखनको दोस्रो चरण भएर अघि बढ्ने थियो । तर वहाँहरू यता फर्कि हाल्नु भयो, अनि उता त्यसलाई एक्लै बढाउने काम भयो दार्जिलिङमा । त्यसरी म एक्लो देखिएँ ।
यो लीला लेखन ज्याक डेरिडाको विनिर्माणवाट कति नजिक, कति टाढा छ, अर्थात् यसको मौलिकता के हो ?
लीला लेखन के हो पहिला त्यो बुझेपछि लीला लेखनसँग, लीला लेखनको सिद्धान्तसँग जत्ति कुरा मिल्छन् ती सबै कुरालाई हामी स्वीकार गर्छौं । ग्रहण गर्छौं । लीला लेखनका धारणासँग धर्मका कति शिक्षाहरू मिल्छन्, तिनिहरूलाई पनि लिन्छौं । विज्ञानहरू नव विज्ञान, न्यू साइन्सका कति कुराहरू मिल्छन्, तिनिहरूलाई पनि लिन्छौं । त्यसरी भाषा विज्ञानका कति कुराहरू मिल्छन्, तिनिहरूलाई पनि लिन्छौं । यसरी हाम्रो लीला लेखनको धारणाका अनु सेवी, त्यसका सहायक, जत्ति ज्ञानहरू हुन्छन्, तिनिहरूलाई हामी लिन्छौं । यसरी लिने धेरै ज्ञानहरू मध्येमा वि निर्माण पनि यौटा हो ।
यहाँले २०३८।३९ सालको विराटनगरमा भएको यौटा समारोहमा सबै थोक छोडाएर गुदी सबैमा खोज्दा पाईंदैन, जस्तो प्याज छोडाउँदै जाँदा गुदी भेटिँदैन भन्नु भएको थियो । त्यो चिन्तनको गन्तव्य अहिले पनि त्यही हो ?
प्याजका पत्रहरू उप्काउँदै लैजाँदा प्याज सकिन्छ, अन्तमा त्यहाँ भित्र रहने प्याज भन्ने कुनै ठोस वस्तु हुँदैन । पत्रहरू मात्रै वरपर छरिएका हुन्छन् । यो कुराको सम्बन्ध चैँ लेखनसँग छ । लेखनको फर्मसँग, रूपसँग, लेखनको विषयवस्तुसँग हुन्छ । लेखनका रूपहरू हुन्छन् । र विषयवस्तु भने हुँदैन, रूपहरू मात्रै हुन्छन् भन्ने यौटा साहित्यिक सिद्धान्त छ । अनि त्यसलाई यो सिद्धान्त अनुसारको भनाई त्यो थियो । प्याजका पत्रहरू मात्र हुन्छन्, प्याज भनिने छुट्टै थोक हुँदैन भन्ने । यो रूपलाई लिएको हो । एकेक पत्रहरू, फर्महरू, रूपहरू आखिर जुनै कुरा भन्दा पनि त्यसले यौटा रूप लिएकै हुन्छ । यसरी फर्म लिएकोले, विना फर्म विना रूप यौटा वाक्य पनि यौटा रूप हो । यौटा शब्द पनि यौटा रूप हो । लेखाइको शैली पनि यौटा रूप हो । यी सबहरूको सम्मिलन, सम्मिलन चैँ तव विषयवस्तु बन्दछ । र फर्म भन्दा अलग विषय बस्तु हुँदैन भनेको नै पत्रहरूभन्दा अलग प्याज हुँदैन भनिएको हो ।
जीवन पनि यौटा सुन्दर भ्रम हो जस्तो लाग्छ कि लाग्दैन तपाईंलाई ?
हामीलाई यस्तो छ, यौटा भूल विचार छ कि लीला लेखनले संसार सबै भ्रम हो, जीवन जम्मै भ्रम हो भनेर मान्छ भन्ने यौटा भूल विचार फैलिएको छ । हाम्रो कुरा के छ भने हेर्नुहोस्, लीला लेखनको सम्बन्धमा पहिलो लेख जब रूपरेखामा छापिएको थियो । धेरै वर्ष अघि, २५ वर्ष अघि, त्यसमा भनिएको थियो, कृष्ण सभामा पस्दा भागवत महापुराणमा त्यो वर्णन छ, सभामा पस्दा दुष्टहरूले कृष्णलाई कालको रूपमा देखे, त्यहाँ उपस्थित रमणीहरूले श्याम सुन्दरको रूपमा देखे, त्यहाँ जति योगीहरू थिए, उनीहरूले ईश्वर-महा योगीको रूपमा देखे । यसरी १० रूपमा त्यहाँ उपस्थित भएका व्यक्तिहरूले, नरनारीहरूले कृष्णको १० रूप देखे । त अब लीला लेखनले प्रश्न गर्छ, किन उनीहरूले १० रूप देखे त, भिन्दाभिन्दै रूपका देखे त ! कुरा यहाँ छ । लीला लेखनले यी १० रूप, १० दृष्टि पाइकाहरू मध्येमा कसको दृष्टिचाँहि ठीक, ककसका दृष्टिचाँहि भूल- यो झगडामा लीला लेखन जाँदैन । किन १० किसिमका दृष्टि उनीहरूले पाए त ! यौटा दृष्टि किन पाएनन् त !यो किन ? यो हो लीला लेखनले सोध्ने प्रश्न !वर त्यसले गर्दा कसैले भन्छन् संसार मिथ्या हो । शंकराचार्यले भन्थे, संसार- जगत् मिथ्या । ल उता वल्लभाचार्य उस्तै ठूला सन्त, उस्तै ठूला ज्ञानी, उनले भन्छन्, ईश्वर सत् हुन् । अनि त्यस सतबाट बनेको यो विश्व सत् नै हो । असत्य होइन । यी दुइटा ठूला ठूला ज्ञानी महात्माहरूको विचार पनि किन मिल्दैन ? लीला लेखनले त्यो सोध्छ । तिनिहरू दुईमा को ठीक को भूल नत्यता जाँदैन । यही हो लीला लेखन । यही कुरा नबुझ्दा लीला लेखनले सब कुरा भ्रम हो भनेर भन्छ भन्ने फैलिएको छ । हामी त सोच्छौं, यो किन मतभेद हुन्छ त ! किन यौटै पार्टीभित्र, देशभित्र उन्नती गरौं भन्ने विभिन्न पार्टीहरूमा किन मतभेद । नेपालकै उन्नती गरौं, नेपालका कारिन्दाहरूकै भलाई गरौं, सुख दिउँ भन्ने लक्ष भएका यति भिन्न भिन्न मतका पार्टीहरु किन त ? यौटै पार्टीभित्र पनि फुटेर ससानो दलमा बाँडिन्छन् । किन त ? यो के ले यसरी गराउँछ ? यो कहाँनेर भूल हुन्छ ? यसको खोजी गर्छ लीला लेखनले ।
तपाईंले लीला लेखन सन्देहवादी वा सर्वहारावादी लेखन होइन भन्नु भएको छ, यसलाई कसरी पुष्टि गर्नुहुन्छ ?
किन यसरी मतभेद हुन्छ, किन भिन्न भिन्न मानिसको भिन्न भिन्न बोध हुन्छन्, त्यो कुरा खोज्नु लीला लेखनको ध्येय हो । त्यो खोज्दा बोध विज्ञान हामी कसरी बुझ्छौं त भन्ने जुन दर्शन शास्त्रले सिकाएको छ, जुन मनोविज्ञानले सिकाएको छ, ती कुराहरुलाई लिएर त्यहाँबाट लिएर हेर्ने यौटा आँखा, यौटा दृष्टि लिएर त्यहाँ लेख्नपर्छ र यहाँले के सोध्नु भएको थियो ?
यो सन्देहवादी वा सर्वनाशवादी लेखन होइन भन्ने……
त्यसरी खोज्दाखेरि हामी देख्छौं, हामीमा मतभेद यसरी आउँदो रहेछ, मत भिन्नता यसरी हुँदो रहेछ, मूल्याङ्कनमा भिन्नता त्यसरी हुँदो रहेछ, विचारमा विभेद यसरी जन्मँदो रहेछ भनेर देखाउने काम लीला लेखनले गर्छ । त्यसलाई संशयवाद कतिले भन्छन् भने त्यो त वहाँहरूको हेराई हो । एक प्रकारले यसलाई संशयवाद पनि भन्न सकिन्छ । किनभने भिन्नै भिन्नै मानिसले यसरी भिन्दै भिन्दै देख्छन् है भनेर भन्नु यिनिहरू सबै बराबर सही हेराई हुन् भनेर भन्नलाई पनि संशयवाद भनियो भने भन्न पनि सकिएला । यौटै मात्रै ठिक भनेर किट्नु चाहिँ संशयवाद होइन । सबै ठीक भन्नु चाहिँ संशयवाद हो । भने देखि यसलाई संशयवाद पनि भन्न सकिएला ।
लीला लेखनको बीस सूत्रीय घोषणामा यहाँले जेनको सातोरी, युङ्गको मनोविज्ञानको अवचेतनाको विमुक्तिको समकक्षी छ लीला लेखनको शून्य मत भनेर यहाँले भन्नु भएको छ । हामीले यसलाई यहाँको लेखनमा कहाँ पाउने र लीला लेखन अन्तर्गत सबै रचनामा यी सब चिज आउन सक्छ कि सक्दैन ?
यही सबै जतिको उल्लेख गर्नुभयो यहाँले नै प्रश्नमा, ती सबैले लीला लेखनमा सह्यता हुन्छ । त्यस कारणले तिनिहरूलाई हाम्रो लेखनमा प्रयोग गर्नु पर्दा लेख्दा कत्तिको प्रयोग भएको छ, कत्तिको प्रयोग अझसम्म नभएको होला, ती सवैलाई प्रयोग गर्न सक्यौं भने लीला लेखन हुन्छ ।
“कठपुतलीको मन” मा लीला लेखनले एउटा युक्ति समाइयो, अरू पनि बाटो खोज्नेहरूले झिक्ने नै छन्” भनेर ढोका सबैलाई खुल्ला गरि दिनु भयो । तर के अरूले अरूहरू बाटो खोजेको, नयाँ बाटो भेटेको यहाँले पाउनु भा’को छ कि छैन ?
यहाँले प्रश्न गर्दा गर्दै अहिले हाम्रा भाई रत्नमणि नेपाल आउनु भयो । अहिले रत्नमणि नेपालले यौटा कथा सङ्ग्रह निकाल्नु भएको छ “कथा ईन्द्रेनी” । त्यसमा हेर्नुहोस्, ती त्यसमा १५, १६ कथाहरू सङ्कलित छन् । ती १५, १६ कथाहरुमा लीलाको प्रयोग, लीलालाई त्यसमा कसरी त्यहाँ प्रयोग गरिएको छ, त्यहाँबाट देख्नुहुन्छ । अनि त्यसको भूमिका मैले लेखेको छु, प्रस्तावना मैले लेखेको छु, त्यहाँ सवै कुरा बताएको छ । यी कथाहरूमा कसरी लीला देखाइएको छ, लीला आएको छ भनेर ।
एकातिर अहिले उत्तर आधुनिकताको चर्चा छ, अर्कोतिर यो लीला लेखन पनि चलिराखेको छ, यी दुईको बीचमा कस्तो तादात्म्य छ त ?
अघि हामीले जब आयामिक लेखन गर्थ्यौं, आयामिक लेखन गर्दै जाँदा हामीले लेख्नुपर्ने विषय जीवनलाई ठम्यायौं । अनि जीवनमाथि चिन्तन, जीवनमाथि सोच, जीवनमाथि विचार, जीवनको अनुभवलाई लेख्ने प्रविधिमाथि विचार हामीले गर्थ्यौं । हामीले त जीवनमाथि चिन्तन, मनन गरौं भनेर हामी अघि बढ्यौं । तर पछिबाट हाम्रो जीवनमाथिको चिन्तन कत्ती कुरामा अस्तित्ववादसँग मिल्न गएछ । मिल्न जाँदो रहेछ । अस्तित्ववादले पनि जीवनमाथि धेरै विचार गरेको छ । तर हामीले अस्तित्ववादसँग मिलौं भनेर थालेका थिएनौ । तर आखिर आफूले चुनेको विषयमाथि लेख्तै जाँदा अस्तित्ववादसँग मिल्न पुग्यो । त यस्तै यसमा पनि जब हामी लीलामाथि लेख्न थाल्यौं अनि लीला भन्दा हामी के बुझ्छौं –मैले रत्न मणिको अघि उल्लेख गरेको पुस्तकको भूमिकामा प्रस्ट गरेको छु, हामी अरू कत्ति कुरासँग मिल्न पुग्छौं । तर थालनीमै हामी ती कुरासँग मिल्न पुगौं भनेर हैन, हामी लीला लेख्ताखेरि ती कुराहरूमा स्वतः नजानिकनै पनि मिल्न पुग्यौं ।
तपाईंले पछिल्लो समयमा पढ्नु भएको नेपाली साहित्यको उल्लेखनीय कृतिहरू केके होलान् ?
अहिले मैले नेपालीमा लेखिएका २ वटा उपन्यास पढेँ, यौटा मदन मणि दीक्षितले लेख्नुभएको उपन्यास, वहाँको पछिल्लो उपन्यास “भूमि सूक्त” पढि सिध्याएँ । निकै मोटो उपन्यास छ । त्यसलाई ५ दिन जस्तो लगाएर अरू काम पनि गर्दै पढि सिध्याएँ । त्यसपछि हाम्रा झापाका भाई कृष्ण धरावासीको नयाँ उपन्यास “आधा बाटो” पढेँ । धेरै मोटो छ, ५५५ पृष्ठको । सबै काम माया मारेर पढ्न वस्ता मलाई ६ दिन लाग्यो । यसरी पाइएका कृतिहरू पढ्दै जाँदैछु ।
जीवनको उत्तरार्द्ध जस्तो अवस्थामा तपाईंले मृत्युलाई कुन रूपमा चिन्तन गरि राख्नु भएको छ ?
मृत्युलाई त अहिलेसम्म, त्यसमाथी सोच विचार गर्ने आवश्यकता पनि लागेको छैन । मृत्युको सोच विचार टड्कारो रूपमा आफूमाथी आइ लागेको जस्तो पनि लाग्दैन । मृत्यु त हुन्छ नै, हो, हुन पर्छ, तर अहिले नै त्यस विषयमा सोच गर्नुपर्ने आवश्यकता त्यति लागेन । कुनै दिन कुनै रोगले सताइएको खण्डमा त सोच गर्नै पर्छ होला । र पनि अहिले मृत्यु एकदमै नजिक आइ पुगेको आशन्न थोक जस्तो अनुभव अलि हुँदैन ।

यहाँले जति खेर त्यो “साहित्यको अपहरण” भनेर यौटा पुस्तक लेख्नुभयो, त्यति खेर चैं यो प्रगतिवादी लेखन प्रति यहाँले जुन मार्क्सिस्ट लेखनमाथि जुन प्रहार गर्नु’भा छ, त्यसले गर्दा उनीहरूको तपाई प्रति दृष्टि कस्तो पाउनु भयो, त्यो किताबको प्रकाशन पछि ?
अहिले हामी २०।२५ वर्षदेखि लीला दृष्टि राखेर, लीला बोध राखेर लेख्तै छौं । त्यो पुस्तक जो लीला बोध लिनु भन्दा अघिको बेलाको हो, त्यो । आजकाल लीला बोधले हामीलाई खण्डन मण्डनमा नजानू भन्छ । खण्डन मण्डन गर्ने काम व्यर्थ हो । उसको विचार उसको हो । तिम्रो विचार तिम्रो हो । उसको विचारमा, उसको दृष्टिमा उनी ठिकै छन् । तिम्रो विचारमा तिमी ठिकै नै छौ । उसले त्यस्तो विचार राखेको, तिमीले यस्तो विचार राखेको, यो यौटा लीला भित्रको खेल मात्रै हो भनेर आजकाल हामीहरू त्यो ज्ञान, त्यो संयम भनुँ, राख्छौं । तर त्यस वेला त्यो लीला बोध हामीमा थिएन र खण्डन मण्डनमा गयौं । यो खण्डन मण्डन गर्नु चाहिँ आधुनिक साहित्य भित्र पर्छ । मेरो यो विचार ठीक हो, अर्को विचार चाहिँ भूल हो भन्न खण्डन मण्डनमा पुग्यो । त्यो खण्डन मण्डनको बेलामा लेखिएको हो त्यो । अबको बेलामा भए त्यो लेखिने थिएन । तर अब त्यस बेला देखि म त बदलिएँ । त्यस वेला त अरूको कुरा काट्न, मेरो कुरा ठीक हो भन्नेमा म थिए । तर अब त म त्यसमा छैन । म बदलिएँ । तर हामी मानिसमा यौटा सीमा हुन्छ । कुनै व्यक्तिको विषयमा यौटा धारणा मनमा जम्यो भने सदाको निम्ति त्यस व्यक्तिलाई हामी त्यही रूपमा नै हेर्दछौं । र म त बदलिई सकें । तर हाम्रा मार्क्सवादी कवि लेखकहरूले त्यो पुरानो ईन्द्र बहादुर राईलाई आक्रमण गर्दछन् । अहिले म त अर्कै भइसकेको छु र अहिले मलाई त्यो आक्रमणले छुँदैन पनि ।
अहिले दार्जिलिङमा विशिष्ट साहित्यिकको रूपमा लिंदा खेरी ईन्द्र बहादुर राईको नाउँ नलिने हो भने त्यो भन्दा पछाडि चाहीं ठूलो भ्वाङ देखिन्छ भन्ने भनाई छ । यसलाई तपाईंले कसरी अनुभव गर्नु भएको छ ?
उता पनि लेखक कवि भएका छन् । आउँदै छन् र एउटा रिक्तता त्यहाँ छायो भन्ने कुरा होइन । यति मात्रै हो, उनीहरूका कृतिहरू यता नेपालतिर आएर नेपालकाहरुले पढ्न पाएका छैनन् । नेपालकै कृतिहरू पनि हामी दार्जिलिङकाहरूले सवै पढ्न पाउँदैनौं । त्यसै भएर मात्रै हो नत्रभने उता पनि लेख्नेहरु भैसकेका छन्, जस्तो कविताको क्षेत्रमा सिक्किमका राजेन्द्र भण्डारी राम्रो लेख्नुहुन्छ । यसरी राम्रो आउनेहरूमा रेमिका थापा, राम्रो लेख्ने अहिले कवयित्री आउँदैछिन् । यसै गरेर समालोचनामा डा. लख्खिदेवी सुन्दास, उहाँ जीवन नामदुङ अलि अन्वेषणपट्टि पनि उहाँ जानुहुन्छ । त्यसैगरी कथामा सूर्य कुमार सुब्बा, अरू पनि छन् , गुप्त प्रधान, शरद क्षेत्री उनीहरूको लेखाई अहिले नेपालमा जति सङ्ख्यामा पुस्तकहरू दार्जिलिङबाट प्रकाशित हुँदैनन्, त्यत्ति हो, तर गुणको स्तरमा कोसिस प्रयत्न भने दार्जिलिङका जति जना लेखकहरू छन्, उनीहरूले गरिराखेका छन् । फेरि यौटा कुरा यसो हो, कुनै युगको पनि साहित्य बलियो हुन पर्यो भने देखि हजारजना कवि चाहिँदैन । असल कवि ५ जना भए एक युगलाई प्रशस्त हुन्छ । ५ जना उपन्यासकार, ३ जना नाटककार भए देखिन् एक युगलाई प्रशस्त हुन्छ । सङ्ख्या धेरै हुँदै मा मात्रै त्यस युगको साहित्य बलियो हुन्छ भन्ने हुँदैन र उता सङ्ख्यामा धेरै नभए ता पनि स्तरीय कार्य हुन सक्यो भने त्यो सन्तोष प्रद कुरा नै हुनेछ ।
जस्तो नेपालका ठूला ठूला पुरस्कारबाट पनि यहाँ सम्मानित हुनुभा’छ नेपालका असङ्ख्य साहित्यकारहरूको बीचमा यहाँ अत्यन्त सम्मान्य व्यक्तित्वको रूपमा सबैले लिइराखेका छन् । यो सबैलाई हेर्दाखेरि तपाईंलाई कस्तो अनुभव हुन्छ ?
हेर्नुस्, अब यस्तो हुँदो रहेछ, अघि पनि एकपल्ट कुनै अवसरमा हाम्रा वैरागी काईंला भाइसँग एकपल्ट कुरा भएको थियो । मानिसको, जुनै मानिसको पनि “ईमेज” छवि बनेको हुन्छ । दुष्ट मान्छे भनेर भए पनि सज्जन भनेर मानिएर भएर भएको भए ता पनि यौटा ईमेज बनेको हुन्छ । पब्लिक ईमेज चाहिँ आफ्नो हातको काम हुँदैन । हजारजना मान्छेहरूले विचार गरेर केके सुनेर, ठीक सुनेर भए ता पनि भूल सुनेर भए ता पनि उनीहरूको आँखामा यौटा छवि, बिम्ब बनेको हुन्छ । र त्यो बनिएकोमा आफ्नो क्यै लाग्दैन । उनीहरूले त्यस्तो देखे, आफूले चाहिँ, आफूले पनि आफू सम्बन्धमा केही ईमेज आफ्नै पनि हुन्छ । त्यो ईमेज पनि ठीक हुन्छ भन्न सकिँदैन किनभने आफू पनि भूल हुन सकिन्छ र आफूले हेर्दा चाहिँ कता कता मैले ठीक लेखेँ लेखिँन जाँच गर्नाका निम्ति पुराना कुराहरू कहिले कहिले पढेर आफैँले हेर्नुपर्ने हुन्छ । हेर्दा कहीँ कहीँ त अलिकति राम्रै लेखिए छ जस्तो पनि लाग्छ, कतिकति राम्रै लेखिए छ जस्तो पनि लाग्छ । कतिकति चाहिँ त भएन, यो भएन पूरा, यो ठीक भएन, यो अर्कै प्रकारले लेखिनु पर्ने थियो भन्ने पनि हुन्छ । र म ठीक लेखक हुँ भन्न पनि कसैले सक्दैन, अनि बरु धेरै बरु धेरै भूल गरे छु भन्ने जस्तो लाग्नु चैँ स्वाभाविक नै हुन्छ ।
अनि लेखनको यति लामो यात्रा क्रममा आइसक्नु भा’छ, यहाँ उमेरले पनि ७५ वर्ष पूरा गरेर यति अगाडि आइ सक्नुभयो, यहाँले आफ्ना जीवनका सम्पूर्ण अनुभवहरूलाई यौटा कुनै आत्मकथाको रूपमा प्रस्तुत गर्ने कुनै सोच विचार राख्नु भा’को छ कि छैन ?
यो, यौटा कथा लेखेको थिएँ मैले, यहाँ समकालीन साहित्यमा प्रज्ञा प्रतिष्ठानको, त्यसमा छापिएको थियो । त्यो कथाको शिर्षक थियो, “झ्याल” । त्यसमा मैले एक ठाउँमा भनेको छु, जीवन र जगतले हामीलाई धूमधाम कति कुराहरू सिकाउन खोज्छ । तर हामी यति लद्दू छौं कि, क्यै पनि सिक्न सक्तैनौं, जीवन र जगतले सिकाएका कुरा । यसो पनि हो, जीवन र जगत पनि सिकाउन नचाहने यति कन्जुस छ, कुनै कुरा सिकाउन पनि चाहँदैन र हामी क्यै सिक्न पनि पाउँदैनौं भनेपछि जीवन जीवन र जगतले क्यै सिकाउँछ भन्ने पनि छैन । र कसैलाई पनि सोध्नुभयो, तपाईंले जीवनभरि सिकेर के शिक्षा पाउनु भो भने , उसले बताउन सक्तैन । यस कुरालाई सोचियो राम्रो गरेर, यौटा नाटक लेखिएको छ, यनेस्को युजिन भन्नेद्वारा नाटक लेखिएको छ, नाटकको शिर्षक छ, “चियर्स चौकीहरु” । त्यसमा २ बूढाबूढी छन् । १०० वर्ष पुग्न लागेका बूढा, ८९ वर्ष पुगेकी बुढिया, उनीहरूले पनि त्यत्रो वर्ष बाँचेर जीवनमा के सिक्यौं, त्यो भनि राख्छौं भनेर एकजना मान्छेलाई ल्याएर भन्न लाउँछन् ।अनि उनीहरू त पर गएर समुद्रमा फाल हालेर बूढा बूढी मरि हाल्छन् । अनि त्यो आउने मान्छेले उनीहरूको अनुभवलाई, जीवनभर सिकेको शिक्षालाई बताउन बल गर्दा त्यो लाटो रहेछ, बोल्नै नसक्ने । अर्थात् जीवनले क्यै सिकाउँदैन । वा हामी सिक्नै सक्दैनौं । र जीवनले के सिकायो, तपाईंलाई कस्तो लाग्यो भन्दा अहिले मैले ढाँटेर यस्तो लाग्यो, उस्तो लाग्यो भनुँला, अहिलेको लागि मलाई केही लागेको पनि हुन्छ । तर भोलि म त्यै कुरा साटेर अर्को कुरा भन्न थाल्छु । र यसरी मैले दिन दिनै कुरा साटेर नयाँ नयाँ थोक, अरूहरू थोक बताउन थालेँ भने त्यसको अर्थ हो मैले क्यै पनि सिकेको छैन ।
अहिलेसम्म यहाँले जे जति साहित्य लेखन गर्नुभयो, त्यसबाट आफैँले चाहिँ जजमेण्ट गर्दाखेरि कति सन्तुष्ट हुनुहुन्छ ?
यो अघि नै भनें, कैले कैले, कुनै कुनै ठाउँमा त हो ठीकै लेखिएछ जस्तो लाग्छ । कति धेरै ठाउँहरूमा त भएन जस्तो लाग्छ नै ।
तपाईं आफ्नो पुर्खालाई कसरी सम्झना गर्नुहुन्छ ?
आमापट्टिका मेरा बाजे यहाँ धनकुटाबाट मुगलान पसेका । अनि बाबु पट्टीका बाजे चाहिँ चैन पुरबाट उता गएका । यसरी ३ पुस्ता अघि हामी यता नेपालका पहाडबाट मेची तरेर उता लागेका थियौँ । अनि मेरी श्रीमती जो छिन्, उनको बुवा पनि यहाँ नेपालकै वीरगन्जका । उनी पनि उहाँ आमालाई, आमा दार्जिलिङकी, श्रीमतीकी आमा, उहाँ दार्जिलिङबाट बिहे गरेर वीरगन्जमा ल्याइएकी । तर मेरी श्रीमतीको जन्म भएकै २।३ महिनापछि उहाँ बुवाको मरण भैहाल्यो । त्यसो हुँदा उताबाट उहाँ मेरी श्रीमतीका बाजे आएर आफ्नी छोरीलाई र नातिनीलाई लिएर फेरि दार्जिलिङ नै लिएर जानुभयो । श्रीमती पनि जन्म यहाँ वीरगन्जका रायमाझी हुन् अनि दार्जिलिङमा पढेर उतै बढेपछि उता हामीहरू भेट भयौं ।
अनि यहाँको जन्म र बालकालको विषयमा अलिकति बताइ दिनुहोस् न !
जन्मेको विसं १९८४ माघ मैना ३ गते, चिना अनुसार । यता अङ्ग्रेजीमा भनौं १९२७। दार्जिलिङको खर्साङ प्रान्त छ, खर्साङ प्रान्तको मुनी बालासन नदी छ, त्यस नदीमा पुल बनिंदै थियो । सिमेण्टको पुल, त्यही पुल बनाउने काममा ससानो ठेकेदारी लिएर बुवाहरु जानु भएको थियो । त्यहीं मेरो जन्म भएको ।
अनि तपाईंका दाजुभाई, दिदी बहिनीहरु कति हुनुहुन्थ्यो ?
हामी थियौँ २ भाइ । २ भाइमा १ भाई छैनन् । अनि एक भाई छन् दार्जिलिङमै ।
अनि यहाँको बाल्य काल कस्तो रह्यो ? शिक्षा दीक्षा आदि ?
बुवाले पढाउनमा धेरै बल गर्नु भयो । पढ्नका निम्ति खाता, किताब किन्न या स्कूल फिसहरू दिनमा कहिल्यै क्यै कठिनाइ अनुभव गरिँन । बालक कालमा पढाईनको निम्ति कुनै कठिनता सहनु परेन ।
अनि पहिलो रचना चैं यहाँले कहिले गर्नुभयो, साहित्यिक रचना ?
मलाई घरमै आएर मेरा गृह शिक्षक, ट्यूटर कमल कुमार शर्माले शारदाका पुराना प्रतिहरू ल्याएर मलाई पढ्न लाउनुहुन्थ्यो । म पाँचौं वा छैठौँ श्रेणीमा पढ्दै थिए । अनि तैले पनि त्यस्तै लेख अनि मलाई देखा भन्नुहुन्थ्यो । केही कोरेर केही देखाउने काम मैले उहाँलाई गर्थें । ५।६ श्रेणीमा पढ्दा देखि अलि अलि लेखेको थिएँ ।
पहिलो प्रकाशित रचना कुन हो ? सम्झना छ यहाँलाई ?
पहिलो प्रकाशित रचना शायद पारसमणि प्रधानले सम्पादन गर्नुहुने भारतीमा १९४८।४९ सालमा, त्यसैमा हुनुपर्छ । यौटा सानो लेख थियो, “चाख लाग्दो हुनु कसरी ?” शीर्षकको । त्यसमा प्रकाशित भएको जस्तो लाग्छ ।
अनि जान्ने भएर भनौं न साहित्य बुझेर साहित्य यात्रा कहिले शुरु भएको यहाँले ठम्याउनुहुन्छ ?
अघि अघि त रहरले नै लेखिन्थ्यो । तर बुझेर अलि उत्तरदायित्व पूर्वक लेख्न थालेको तेस्रो आयाम हामीले, त्यसको त्यो अभियान थालेपछि हो १९६२।६३ सालतिर । तेस्रो आयाम पत्रिकाका सम्पादक तिल विक्रम नेम्वाङ, हुनुहुन्थ्यो, त्यसैमा हामीले लेख्न थालेपछि अलि सचेत बनेर र उत्तरदायित्व बुझेर लेख्न थालेको जस्तो मलाई लाग्छ ।
तपाईंहरु ३ जनाको भेट चाहिँ कसरी भयो ? मित्रता कसरी भयो ?
उहाँ हाम्रो तिल विक्रम नेम्वाङ दार्जिलिङ कलेजमा पढ्नुहुन्थ्यो । हाम्रो ईश्वर वल्लभ र म दार्जिलिङको टर्नबुल हाइ स्कूलमा दुवै जना सँगै सह शिक्षक थियौँ । त्यसो हुँदा दार्जिलिङमै ३ जना हुन पुगेकाले हाम्रो भेटघाट भयो ।
अनि तेस्रो आयाममा तीनै जना सँगै आउने कुनै त्यस्तो सूत्र थियो ? कसरी त्यो सूत्रको जन्म भयो ?
हामी ३ जना भेटेर सँगै डुल्थ्यौं । सँगै बस्थ्यौं । धेरै दिन सँगसँगै बातचित गर्यौं । अनि त्यसैबाट तेश्रो आयाम थालौं भन्ने यौटा सल्लाह भयो ।
तपाई कुन क्षण अत्यन्त सुखी अनुभव गर्नुहुन्छ ?
सानो छँदा त दुःख भन्ने कुरा बुझिँदैन पनि थियो । अब उमेर पाको भएपछि त सुख भन्ने कुरा, सुखको बेला आयो भने पनि यो सुख भनेर रमाउन पनि पो सकिँदैन । र हाम्रो कृष्ण धरावासीले आफ्नो “आधा बाटो” मा लेख्नु भएको छ, सबै कुरा मिश्रित हुँदो रहेछ । हर्ष मात्रै भएको क्षण हुँदो रहेन छ । हर्ष लाग्दा लाग्दै पनि मनको अर्को पाटामा दुःख लागिरहेको हुँदो रहेछ भनेर यो बुढेसकालमा त्यही छ र सुख मात्रै लागेको, खुसी मात्र लागेको क्षण अब हुँदैन । अब हामीले सुनिराखेका हुन्छौं, लौ हिजो मैले यस्तो कुरा सुनेँ रे । ल मान्नुहोस् मेरो यौटा प्रिय भाइ कसैको मैले चिनेको मेरो परिचितको मृत्यु भएको अनि आज मैले यौटा खुसीको खबर सुनेँ रे ल म सफलता भएको । हिजोको कुरा र आजको कुरा सँगसँगै बसिरहेको हुँदा खुसी मात्रै त हुन सकिँदैन ।
तपाईंलाई सबभन्दा डर लाग्ने कुरा केही छ ?
डर लाग्ने कुरा … डर म कुन कुराको डर हो त्यो नजानेसम्म त डर लाग्छ । यसै भनेर बताउन सकिँदैन । डरहरू धेरै कारणले लाग्छ । भिन्दै भिन्दै किसिमको डरहरू आएको र टरेर गएको भिन्दाभिन्दै अनुभव हुन्छ ।
साहित्य वाहेक तपाईंको सोख वा रुचि के छ ?
अघि त धेरै थियो । खेलकुद पनि । जन कार्यतिर पनि । अलि अलि राजनीतितिरको चासो पनि । अब बागवानी गर्न, फूलहरू अरू पनि धेरै कुराहरू चासो थियो । तर अव चासोका थोकहरू घट्दै आए । र यौटा उदाहरण दिउँ, अघि दैनिक पत्रिका कुन यौटा लिएर पढ्यौं भने त्यसको एकएक अक्षर पढ्थ्यौं । किनभने त्यति विभिन्न कुराहरूमा आफ्नो चासो थियो । अब दैनिक पत्रिका पढ्दा १० मिनेट भन्दा बढ्ता हेर्न आवश्यक लाग्दैन । खेलकुदका पृष्ठहरू हेर्दै हेर्दैनौं । सिनेमाका खबरहरू भएका पृष्ठहरू पढ्दै पढ्दैनौं । यो कता कताको राजनीति भएका कुराहरू यस्तै त हो राजनीति भनेर हेर्दैनौं । र त कुनै दैनिक पत्रिका पढ्न १० मिनेट भन्दा बढ्ता लाग्दैन । यस्तो समय आयो ।
अनि तपाईंको साथमा कहिल्यै नछुट्ने सामान केही हुन्छ ?
त्यस्तो मसँग केही छैन ।
अनि तपाईंलाई आफैंलाई मन नपर्ने आफ्नो वानी ?
आफूलाई मन नपर्ने आफ्नो वानी त धेरै हुन्छ । सबैकै नै । आफ्नो पनि कति त्यस्ता बानीहरू छन्, अब त्यो भन्न खोज्दा निस्कँदैन । परेको बेला निस्किहाल्छ ।
अन्तमा सोधूँ, तपाईंलाई ईश्वर प्रति कत्तिको विश्वास लाग्छ ?
ईश्वरमा विश्वास गर्छु । बिहानै उठेपछि अनि बेलुकी पनि सुत्नु अघि प्रार्थना सधैँ गर्छु । गुम्बाहरूमा जान्छु । क्रिस्चियनहरुको गिर्जाघरहरूमा पनि त्यहाँ बिहा हुँदा, मराउ हुँदा त्यहाँ भित्र पसेर बस्छु । म अत्यन्त धार्मिक विश्वासको व्यक्ति आफूलाई पाउँछु ।





