२०८३ बैशाख १७ गते बिहीबार
२०८३ बैशाख १७ गते बिहीबार

काठमाडौँ । गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफू चाँडै फर्कने बताएका छन् । उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफू चाँडै बाहिर निस्किने बताएका हुन् ।

उनले नेपाल र नेपाली जनतामाथि अपराधिहरुले गणतन्त्रको नाममा गरेको अत्याचार, भ्रष्टाचार, तस्करी, विरुद्ध बोली रहने र लडिरहने बताएका छन् ।

उनले आफू चाँडै नै बाहिर आउने बताउँदै  नेपाल र नेपालीहरुका लागि सबै त्यागिसकेको बताए ।

उनले भनेका छन्,’अब म चाँडै बाहिर आउँदै छु। प्रतिक्षा गर्नुहोस्। मैले त सबै त्यागिसके नेपाल र नेपालीहरुका लागि। अब त उठ्नुहोस्। कति सुत्नुहुन्छरु नेपाल आमा रोहिरहेको बेला । यो लडाइँ सत्ता र शक्तिको होइनस यो सत्य, न्याय, र स्वाभिमानको लडाइँ हो। हामीले सुतेर बिताएको हरेक क्षणमा नेपालीहरुले रुदै रुदै देश छोडी रहेछन्न । ब्युझनु होस तपाईं हामी ब्युझन ढिला भयो भने देश सबै रित्तो हुनेछ । नेपाल र नेपालीको अस्थित्व साँच्चिनै विलय भएर सकिने छ ।’ 

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको । ऊर्जा मन्त्रालयमा आज भएको भेटमा दुई देशबीचको ऊर्जा सहकार्य र मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) परियोजना कार्यान्वयनका विभिन्न पक्षमा छलफल भएको थियो । भेटमा ऊर्जामन्त्री खड्काले एमसिसी परियोजनामार्फत अगाडि बढाइएका आयोजनाको काम निरन्तर अगाडि बढिरहे पनि एमसिसी केही समयदेखि होल्ड भएकाले केही अन्यौलता सिर्जना गरेको बताए । उनले एमसिसी परियोजना निरन्तर अगाडि बढ्ने र ऊर्जा क्षेत्रमा अमेरिकाको थप सहयोग हुने विश्वास व्यक्त गरे ।

भेटमा अमेरिकी राजदूत थम्पसनले नेपालको ऊर्जा क्षेत्रमा अमेरिकाको निरन्तर साथ र सहयोग रहने बताए । एमसिसी परियोजनालाई अगाडि बढाउन हरसम्भव पहल र प्रयास भइरहेको उनको भनाइ थियो । उनले अहिले एमसिसीअन्तर्गत अगाडि बढाइएका आयोजनालाई निरन्तर अगाडि बढाउन नेपाल सरकारको तर्फबाट गरिनुपर्ने सहयोगका लागि आग्रह गरे ।

एमसिसीअन्तर्गत सञ्चालित एमसिए परियोजनाका लागि अमेरिकाले ५०० मिलियन डलर र नेपालले १९७ मिलियन डलर खर्च गर्ने सम्झौता भएको थियो । उक्त परियोजनाअन्तर्गत लप्सीफेदी–रातमाटे, रातमाटे–दमौली, दमौली–बुटवल र बुटवल– नेपाल–भारत सीमासम्म (गोरखपुर) ४०० केभी प्रसारण लाइन र सम्बद्ध सवस्टेसन निर्माण हुनेछ । भेटमा एमसिसी तथा एमसिएका प्रतिनिधि तथा मन्त्रालयका उच्च अधिकारीहरुको सहभागिता रहेको थियो ।

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबारदेखि सुरु हुने राजावादीको प्रदर्शनलाई चक्रपथ बाहिरै राख्न निर्देशन दिएका छन् ।

चारै वटा सुरक्षा निकायका प्रमुखसँग सुरक्षा व्रिफिङ लिने क्रममा प्रधानमन्त्रीले चक्रपथभित्र प्रवेश नदिन र सोही अनुसार सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।

वैठकमा सुरक्षा निकायका प्रमुखहरुले यस बिषयमा सुरक्षा चुनौती हेरेर मात्रै निर्णय गर्न उचित हुन सुझाएका थिए । राजतन्त्रवादीहरूले राजतन्त्र र हिन्दूराज्य लगायतका मागहरू राखेर भोलि जेठ १५ गतेबाट अनिश्चितकालीन आन्दोलनको घोषणा गरेका छन् । नेकपा एमालेले पनि सोही दिन गणतन्त्र उत्सव मनाउँदैछ । सो दिन काठमाडौंलाई एमालेको नियन्त्रणमा राख्न एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशनसमेत दिएका छन् । तर, यी दुवै कार्यक्रम कहाँ हुने भन्ने टुंगो लागेको छैन ।

काठमाडौँ। ‘भिजिट भिसा’ प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलले गृहमन्त्रीको राजीनामा माग्दै प्रतिनिधि सभाको बैठकमा विरोध जनाए ।

बिहान ११:०० बजेका लागि बोलाइएको बैठक झण्डै दुई घण्टा ढिला गरी सुरु भयो । सभामुख देवराज घिमिरेले बैठक सुरु भए लगत्तै विपक्षी दलले पुनः विरोध जनाए ।

बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी आधा घण्टाका लागि स्थगित भयो । बैठक स्थगन भएपछि सांसदहरूले फुर्सद पाए । केही सांसद सञ्चारकर्मीलाई प्रतिक्रिया दिन थाले भने कोही आपसमा छलफल गर्न थाले ।

कोही सांसद चमेना गृहमा चिया पिउन गए भने केही नियमित काम भन्दै सिंहदरवारतर्फ लागे । प्रतिनिधि सभाको बैठक अवरोधपछि स्थगित भएसँगै प्रतिनिधिसभाका केही सांसद भने राष्ट्रियसभाको बैठक अवलोकन गर्न पुगे ।

राष्ट्रिय सभाको बैठक अपराह्न १:१५ बजे नै सुरु भएको थियो । तल्लो सदनमा अवरोध भए पनि माथिल्लो सदन नियमित चल्यो । फुर्सदको सदुपयोग गर्दै प्रतिनिधिसभाका केही सदस्यहरू माथिल्लो सदनमा उपस्थित भएको दृश्य प्रत्यक्ष प्रसारणमा पनि देखियो ।

प्रतिनिधिसभा सदस्यहरू राष्ट्रियसभाको नियमित बैठक कक्षमा नभई दर्शकदीर्घामा उपस्थित भएका थिए । प्रतिनिधिसभा सदस्यहरू राष्ट्रियसभाको दर्शकदीर्घामा उपस्थित भई त्यहाँको काम कारबाहीको प्रत्यक्ष अवलोकन गरेका हुन् ।

राष्ट्रियसभाको बैठक चलिरहँदा सांसदहरू सुहाङ नेम्वाङ, राजेन्द्रकुमार राई, प्रभु हजारा र सराज अहमद फारूकीको दर्शकदीर्घामा उपस्थित थियो । यो दृश्य देखेपछि सांसद नेम्वाङलाई सञ्चारकर्मीहरूले सोधे (राष्ट्रियसभामा थपाइहरू किन जानुभएको ? उनले संक्षिप्त जवाफ दिँदै भने, ‘माथिल्लो सदनमा के कसो हुँदो रहेछ भनेर जानकारी लिन गएका हौं।’ उनले माथिल्लो सदनको नियमित काम कारबाही र गतिविधिका बारेमा जानकारी लिने उद्देश्यका साथ गएको प्रतिक्रिया दिए ।

सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभा छन् । राष्ट्रियसभा स्थायी सदन हो भने प्रतिनिधिसभाको कार्यकाल भने पाँच वर्षको रहन्छ । संविधानतः दुवै सदन एक अर्काका परिपूरक पनि हुन् । सरकारको नीति तथा कार्यक्रम र बजेट भने संयुक्त सदनमा प्रस्तुत हुन्छ ।

यस्तै, अर्का सांसद सराज अहमद फारूकीले पनि नियमित काम कारबाहीको बारेमा जानकारी लिने उद्देश्यले राष्ट्रियसभामा गएको बताए । ‘हामीले धेरै पहिलेदेखि नै माथिल्लो सदनको काम कारबाहीको बारेमा जानकारी लिने इच्छा राखेका थियौँ । त्यो आज पूरा भयो’, उनले भने ।

फुर्सदको समयलाई सदुपयोग गरेर दर्शकदीर्घामा नै बसेर राष्ट्रियसभाको बैठकका बारेमा जानकारी लिएको उनले जानकारी दिए । उनले राष्ट्रियसभाको बैठक र सञ्चालन तरिका भने प्रतिनिधिसभाको जस्तै भए पनि रमाइलो लागेको बताए ।

प्रतिनिधिसभाका चार जना सांसद दर्शकका रूपमा उपस्थित हुँदा राष्ट्रियसभा सदस्य गोपीबहादुर सार्की अछामीले आफ्नो धारणा राख्दै थिए । सांसद फारूकीले आफूहरू केही समय राष्ट्रियसभा बैठकको प्रत्यक्ष जानकारी लिई बाहिरिएको बताए ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको काम कारबाही नियमित र उस्तै रहने गर्छ । यद्यपि बहस छलफलका हिसाबले तल्लो सदनभन्दा माथिल्लो सदन थप व्यवस्थित मानिन्छ ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध सामाजिक सञ्जालमा फैलाइएका अफवाह र चरित्रहत्या गर्ने प्रयासलाई लिएर पहिलो पटक उनकी पत्नी सबिना काफ्लेले सार्वजनिक रूपमा प्रतिक्रिया दिएकी छन्।

सबिनाले आफ्नो आधिकारिक फेसबुक मार्फत बालेन शाह, आफैं, परिवार र साथीहरूको तस्बिर साझा गर्दै एक व्यङ्ग्यात्मक टिप्पणी गरेकी छिन् । उनले भनेकी छिन् “आफ्नो पार्टीको नामसहित नाम र नम्बर कमेन्टमा दर्ता गर्नुहोस, अझै कन्टेन्ट दिन्छु।”

यो प्रतिक्रिया महानगर प्रवक्ता नवीन मानन्धरको हालैको एक अन्तर्वार्तासँग जोडिएको छ। सो अन्तर्वार्तामा मानन्धरले बालेन शाहको एक युवतीसँगको तस्बिर प्रस्तुत गर्दै अप्रत्यक्ष रूपमा चरित्रमाथि शंका उत्पन्न हुने खालका टिप्पणी गरेका थिए।

सबिना काफ्लेले सार्वजनिक रूपमा कमै प्रतिक्रिया दिने गरेकी छन्। तर, यसपटकको पोस्टले उनले मेयर बालेनविरुद्ध भइरहेको नियोजित प्रचारप्रति असन्तुष्टि व्यक्त गरेकी बुझिन्छ।

काठमाडौं- सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिइएको पिएसओ सरकारले हटाएको छ । बुधबार ज्ञानबहादुर शाही, दिपकबहादुर सिंह, ध्रुवबहादुर प्रधानको पिएसओ हटाएको प्रमुख सचेतक ज्ञानबहादुर शाहीले जानकारी दिए ।

व्यवस्थाविरूद्व लागेको भन्दै आफूहरूको पिएसओ हटाएको उनको भनाइ छ ।

काठमाडौं । प्रधानमन्त्री केपी ओली र प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोन गरेका छन् ।

प्रधानमन्त्री ओलीले फोन गरेर प्रचण्डलाई संसद सञ्चालनमा सहयोग गर्न आग्रह गरेका हुन् । उनले गृहमन्त्री भिजिट भिसा प्रकरणमा दोषी नरहेको भन्दै संसद अवरुद्ध गर्न भनेका हुन् ।

जवाफमा प्रचण्डले गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म सदन चल्न नदिने जवाफ दिएका छन् ।

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन एक हजार ६०० रुपैयाँले बढेको छ।मंगलबार प्रतितोला सुनको मूल्य एक लाख ९० हजार ९०० रुपैयाँ रहेकोमा बुधबार १ लाख ८९ हजार ३०० रुपैयाँमा झरेको छ ।

यता, चाँदीको मूल्य भने मंगलबार प्रतितोला १ हजार ९९५ रुपैयाँ रहेकोमा बुधबार १० रुपैयाँ बढेर २ हजार ५ रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ ।

काठमाडौं । रुपन्देहीको बुटवलमा रहेको होराइजन चोकस्थित मिलिजुली पथमा हिंसात्मक घटना सार्वजनिक भएको छ । बुधबार बिहान एक महिलासहित उनका दुई छोरीको निर्मम हत्या भएको हो ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार हत्या भएकी महिला ३४ वर्षीया दीपा बस्याल र उनका ७ वर्षीया छोरी स्नेहा तथा ४ वर्षीया छोरी हिमानी हुन् । घटनामा संलग्न व्यक्ति दीपाका पूर्वपति सुजन कोइराला रहेको खुलेको छ । सुजन केही वर्षअघि आफ्नै दाजुको हत्या अभियोगमा जेल परेका थिए । संविधान दिवसको अवसरमा उनी कैद माफी पाएर छुटेका थिए ।

सुजनले मंगलबार दीपालाई भेट्न आफ्नै बुटवलस्थित घरमा बोलाएका थिए । त्यसपछि बुधबार बिहान करिब ४ बजेतिर सुजनले घन र चक्कु प्रयोग गरी तीनै जनाको हत्या गरेका हुन् । प्रहरीले प्रारम्भिक अनुसन्धानमा दीपा र सुजनबीच पहिले विवाह भएको र पछि सम्बन्धविच्छेद भएको जनाएको छ । सम्बन्धविच्छेदपछि दीपाले नवलपरासीका शंकर ढकालसँग पुनः विवाह गरेकी थिइन् । हत्या गरिएका दुई बालिकाहरू शंकर ढकालका सन्तान हुन् ।

मृतक दीपा पाल्पाको तानसेन नगरपालिका-७ स्थित कुनसरे आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी थिइन् । प्रहरीले घटनास्थलबाट सुजन कोइरालालाई नियन्त्रणमा लिई थप अनुसन्धान थालेको छ ।

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।