‘अहिले पनि आगो नियन्त्रणमा आएको छैन। पूरै बजारमा ठूलो क्षति भयो’, उनले भने। एक लाइनमा करिब ३०–३५ पसल थिए। ती पसलमा आगलागीबाट क्षति भएको उनले बताए। मानवीय क्षति नभए पनि ठूलो धनमालको क्षति भएको बताइएको छ।
बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका–८ मा स्थित बाम्का बजारमा ग्यास सिलिण्डर पड्केर भीषण आगलागी भएको छ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक इकबाल हवारीका अनुसार ग्यास बम्का बजारमा रहेको नवदुर्गा होटलमा सिलिण्डर पड्किएर आगलागी भएको हो। दिउँसो ४ बजे लागेको आगो अझै नियन्त्रणमा आएको छैन । बाजुरा बुढीगंगा नगरपालिकाका मेयर रामबहादुर बानियाँले आगलागीबाट ठूलो क्षति भएको बताए।
भोलि शनिबार बकर इदको सार्वजनिक बिदा परेको छ।
मुस्लिम आयोगबाट जेठ २४ गते शनिबार बकर इद (इद–उल–अञ्हा) परेको पत्र आएको जनाउँदै गृह मन्त्रालयले सार्वजनिक बिदा दिएको हो।
२०८१/११/१५ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार बिदा दिइएको हो।

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच फोनवार्ता भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध मुद्दा दायर भएपछि देउवाले प्रचण्डलाई फोन गरेका हुन्। उनीहरूबीच हिजो (बिहीबार) नै फोनवार्ता भएको स्रोतले जानकारी दिएको छ। प्रचण्डका अनुसार, फोन देउवा आफैंले गरेका थिए।
संसद भवनमा केही सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रचण्डले यसबारे जानकारी गराएका हुन्। ‘देउवाजीले हिजो फोन गर्नु भएको थियो । माधव नेपालमाथि जुन मुद्दा दर्ता भयो। त्यो विषयमा के भएको हो भनेर सोध्दै हुनुहुन्थ्यो,’ प्रचण्डले भने, ‘के भएको हो भनेर ? शेरबहादुरजीले मलाई सोध्ने भनेपछि म आफैं आश्चर्यमा परें ।’ फोनवार्ताका क्रममा केहीबेर ठट्टा चलेको पनि उनले बताएका छन्। ‘मैले चाहिँ तपाईंलाई पो थाहा हुनुपर्छ भनें। उहाँलाई पनि थाहा नभएको बुझें मैले,’ प्रचण्डले भनेका छन्, ‘देउवासँग सल्लाहमा मुद्दा दर्ता भएको होइन रहेछ भन्ने मैले बुझें ।’
पतञ्जली योगपीठ तथा आयुुर्वेद कम्पनीले हदबन्दी छुटमा पाएको जग्गा अपचलन प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्व प्रधानमन्त्री नेपालसहित ९३ जनाविरूद्ध भ्रष्टाचार अभियोगमा मुद्दा चलाएको हो। यस प्रकरणमा देखिएका ४ वटा कसुरजन्य कार्यमध्ये नेपालको संलग्नता एउटा कसुरमा देखिएको अख्तियारले जनाएको छ। उनीमाथि १८ करोड ५८ लाख ५० हजार रूपैयाँ उनका नाममा बिगो कायम गरिएको छ।
नागढुंगाबाट प्रहरीले ४५ लाख बढीको अवैध सुनसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको पश्चिम बंगालका ३१ वर्षीय महादेव सामान्त छन्। उनलाई प्रहरी प्रभाग नागढुंगा र लागु औषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पक्राउ गरेको हो।
काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बा. प्र. ०३–००१ ख ३१३९ नम्बरको बसमा काठमाडौं आउँदै थिए । सोही क्रममा उनीबाट २७४.८३ ग्राम अवैध सुन बरामद गरिएको प्रहरीले जनाएको छ। उक्त सुनको बजार मूल्य ४५ लाख ६३ हजार ८२६ रुपैयाँ हुन आउँछ। पक्राउ परेका उनलाई सुनसहित त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ।
काठमाडौं । गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपालीसम्बन्धी विधेयक ड्राफ्ट भइसकेको बताएका छन्।
आज (शुक्रबार) सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री लेखकले गैरआवासीय नेपाली नागरिकताको विषय सम्बोधन गर्न छुट्टै विधेयक आवश्यक हुने बताए । राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि संशोधनकर्ता सांसदसँगको छलफल सकेको छ। उक्त विधेयकमाथि ४६ जना सांसदबाट विभिन्न ८५ वटा संशोधन परेका थिए।
आजको बैठकमा समिति सभापति रामहरि खतिवडाले संशोधनकर्ता सांसदसँगको छलफल सम्पन्न भएको र अर्को बैठकमा गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष र पूर्व अध्यक्ष तथा भूतपूर्व गोर्खा सैनिकसँग सम्बन्धित सङ्गठनका पदाधिकारीसँग छलफल गरिने बताए। बैठकमा गृहमन्त्री रमेश लेखकले समितिमा छलफलमा रहेको उक्त विधेयकलाई चाँडो टुङ्ग्याएर सदनमा पठाउन आग्रह गरे। ‘यो अत्यन्त संवेदनशील विषय हो, विधेयकलाई चाँडो पारित गरेर जाऔँ, नागरिकताविहीन नागरिकले भोगिरहेको पीडाको अवस्था अन्त्य गर्न लागौं’, उनले भने।
मोरङ । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गृहमन्त्री रमेश लेखकको विषयमा प्रतिपक्षीहरूले उठाएको माग उचित नभएको बताएका छन्। भिजिट भिसा प्रकरणमा कर्मचारीमाथि छानबिन हुँदा गृहमन्त्रीले राजीनामा दिनु नपर्ने उनले स्पष्ट पारे । छानबिन हुँदै गर्दा नेतृत्व पनि जोडिएको देखिए त्यतिबेला त्यही अनुसार अघि बढ्नु पर्ने उनले बताएका छन्।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने माओवादीसहितका विपक्षी दलहरुले माग गरिरहेका बेला सत्ता साझेदार दल कांग्रेसका महामन्त्रीले यस्तो धारणा राखेका हुन्।गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलले वैठक अवरुद्ध गर्दा संसद ठप्प भएको छ । आज शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै महामन्त्री थापाले सरकारलाई सफल बनाउन कांग्रेसले सहयोग गर्ने बताएका छन्। महामन्त्री थापाले कांग्रेस सम्मिलित सरकार भएकाले वर्तमान सरकारलाई सफल बनाउन कांग्रेसले सहयोग गर्ने बताएका हुन् ।
थापाले सरकारलाई थप प्रभावकारी बनाउने विषयमा कांग्रेसको केन्द्रीय समितिको बैठकबाटै निर्णय गरिने पनि जानकारी दिए। उनले भने, ‘सरकारले प्रभावकारी काम गर्न नसकेको भन्ने लागेका कारण सरकारका कामलाई थप प्रभावकारी बनाउने विषयमा केही दिनपछि बस्ने कांग्रेसको केन्द्रीय समिति बैठकबाटै निर्णय गर्ने तयारी गरेका छौं ।’ थापाले आफूले १५ औं महाधिवेशनका लागि वातावरण बनाउने विषयमा नेताहरूसँग संवाद गरिरहेको दाबी गरे। केही दिन पहिले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग पनि भेट गरेर महाधिवेशनकै विषयमा छलफल गरेको उनले बताए। उनले पार्टीको १५ औं महाधिवेशनका लागि क्रियाशील सदस्यता टुंगो लगाउनु पर्ने भए पनि अहिलेसम्म एउटा निर्वाचन क्षेत्रबाहेक कतै पनि क्रियाशील सदस्यता टुंगो नलागेको जानकारी दिए।
विराटनगर । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व प्रधानमन्त्रीसहित ९३ जनामाथि दायर गरेको मुद्दा उसकै क्षेत्राधिकारको विषय भएकाले यसमा सरकारलाई दोष लगाउन नमिल्ने बताएका छन्।
मोरङको विराटनगर विमानस्थालमा आज सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री गुरूङले अख्तियारको दुरुपयोग गरेर अनियमितता र भ्रष्टाचार भएमा त्यसको छानविन आयोगले गर्ने भएकाले यस विषयमा सरकारलाई जोड्न नमिल्ने बताएका हुन्। उनले अख्तियारको दुरूपयोग भएमा त्यसको छानविन गर्ने अधिकार आयोगलाई हो सरकारलाई होइन भन्दै यस विषयमा सरकारले प्रतिशोध साध्यो भनेर भन्न नमिल्ने बताए। सरकारबाट कुनै प्रकारको गलत काम हुन नदिन तथा सरकारलाई अधिनायकवादतर्फ जानवाट रोक्न यस्ता आयोगहरू बनेको उनको भनाई थियो।
मन्त्री गुरूङले अवरूद्ध सदन चाँडै खुल्ने समेत दावी गरेका छन्। यस विषयमा दलहरूसँग कुरा भइरहेकाले केहि दिनमै सदन सुचारू हुने उनको भनाई थियो। अध्यागमन कार्यालयका कुनै कर्मचारीले गलत गर्दैमा गृहमन्त्रीको राजीनामा माग्नु उपयुक्त नहुने उनको भनाई थियो। उनले यस विषयमा अख्तियारले अनुसन्धान र छानविन गरिरहेकाले सत्यतथ्य सबै कुरा पछि प्रष्ट हुने बताए।मन्त्री गुरूङले निजामती सेवा ऐन तथा शिक्षा विधेयक सदन अवरूद्ध भएकाले टेवल हुन नसकेको बताउँदै उनले चालु बजेट अधिवेशनबाटै यो दुवै विधेयक पास हुने बताए।
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नेपालका आप्रवासीहरूको ‘टेम्प्रोररी प्रोटेक्टेड स्ट्याटस’ (टीपीएस) खारेजको घोषणा गरेको छ ।
अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (यूएससीआईएस) ले गरेको एक संक्षिप्त घोषणामा नेपाली टीपीएस सुविधा प्रयोगकर्ताहरूलाई स्वयं अमेरिका छोड्ने तयारी गर्न आग्रह गरेको छ । अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (यूएससीआईएस) ले बिहीबार नेपालको अवस्था सुधार भएको र अब नेपालले टीपीएसको मापदण्ड पूरा नगर्ने बताएको छ ।
अमेरिकाले नेपालीलाई यो स्थिति सन् २०१५ जुनमा आएको भूकम्पपछि पहिलो पटक दिएको थियो। टीपीएस सामान्यतया १८ महिनाका लागि दिइन्छ । यो पहिलो पटक २०१६ अक्टोबरमा तत्कालीन राष्ट्रपति बाराक ओबामाको दोस्रो कार्यकालमा बढाइएको थियो। ट्रम्प प्रशासनको गृह सुरक्षा विभागले २०१८ मा यो स्थिति खारेज गर्न खोजेको थियो। तर, इमिग्रेसन अधिवक्ताहरूको मुद्दाले विभागलाई टीपीएसलाई २०२० मार्च, २०२१ जनवरी र २०२२ सम्म बढाउन बाध्य बनाएको थियो ।
यसपछि गृह सुरक्षा विभागले फेडरल रजिस्टरमा सूचना जारी गर्दै बाइडेन प्रशासनले निर्वासन सुरक्षा दुईपटक बढाएको र यो २०२५ जुन २४ मा समाप्त हुने बताएको थियो । गृह सुरक्षा विभागले आफ्नो सूचनामा उल्लेख गरे अनुसार, नेपालले विगत १० वर्षमा पुनर्निर्माणमा ठूलो प्रगति गरेको छ । सेप्टेम्बर २०२४ को प्रतिवेदन अनुसार, ध्वस्त भएका घरहरूको लगभग ८८ प्रतिशत पुनर्निर्माण भइसकेको बताएको छ ।
टीपीएस अस्थायी हुन्छ, तर यसले धेरैलाई अमेरिकामा काम गर्न र स्थायी भिसाको लागि आवेदन दिन अनुमति दिन्छ । ‘नेपालले भूकम्पपछिको पुनर्निर्माण, वातावरणीय प्रकोप तयारी र प्रतिकार क्षमतामा उल्लेखनीय सुधार गरेको छ’, अमेरिकी गृह सुरक्षा विभागको सूचनामा भनिएको छ, ‘यसले नेपालले आफ्ना नागरिकको फिर्तालाई पर्याप्त रूपमा व्यवस्थापन गर्न सक्षम भएको देखाएकाले गृह सुरक्षा सचिव क्रिस्टी नोएमले विदेश विभागसँग परामर्श गरी यो निर्णय गरेकी छन् ।’
क्रिस्टी नोएमको बिहीबारको निर्णय अनुसार, नेपालीहरूको टीपीएस २०२५ अगस्ट ५ मा समाप्त हुनेछ। अमेरिकी विदेश विभागले नेपाललाई यात्राको सन्दर्भमा ‘स्तर २ः बढी सतर्कता अपनाउनुहोस्’को रूपमा वर्गीकृत गरेको छ, जुन राजनीतिक हिंसाको जोखिमका कारण हो। अमेरिकाले नेपालका लगभग सात हजार ५०० टीपीएस सुविधा बाहकहरूलाई अमेरिका छोड्न तयारी गर्न भनेको छ। उनीहरूलाई सीबीपी होम एपको स्वयं निर्वासन प्रक्रिया सुरु गर्न सुझाव दिइएको छ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मानसिक अस्थिरताको समय हो, मेसो नमिल्नाले पनि काममा ढिलासुस्ती हुनसक्छ, असाध्यै दौडधूप गर्नुपर्ने समय छ, सानो लापरवाहीले पनि ठूलो नोक्सानी हुनसक्छ, अतः महँगा चिजबीजको प्रयोग गर्दा सावधान रहनुहोला । व्यस्ततामा दिन बित्नेछ, तथापि कामको चापबाट फुर्सद निकालेर आज केही समय घरपरिवार र छोराछोरीका लागि छुट्याउनु राम्रो हुन्छ । लवलाइफ र रोमान्टिक जीवनमा केही असहजता वा बाधा आइलाग्ने समय हो, तथापि घरपरिवार र सँगीसाथीको साथ पाउनाले मन प्रसन्न रहने छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कुटुम्ब वा चेलीबेटीसँग सम्पर्क हुनेछ, अचानक कुनै पैसा हात पर्ने सम्भावना रहेको छ, लगानीमा रहेको रकम पनि फिर्ता हुनसक्छ । खटेअनुसार फाइदा बटुल्ने दिन हो, अझ रासायनिक वस्तुहरू, पेट्रोलियम, रङ र पेन्टिङको कारोबार छ भने बढी लाभ लिन सकिने छ । बाल्यावस्थाको स्मृतिमा वा कुनै पुरानो कुरामा मन अलमलिन सक्छ । पुराना विषयले तनाव बढाउने दिन हो, त्यसैले आफूलाई सम्हालेको जाती हुन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
परीक्षा, प्रतियोगिता वा प्रतिस्पर्द्धामा विजय प्राप्त गर्ने दिन हो, मिहिनेत गर्न सकेमा पठनपाठनका दृष्टिले पनि आज उत्कृष्ट दिन बन्नसक्छ । निर्णय लिन सक्नुपर्छ, नबन्ने काम पनि बन्नेछन्, व्यक्तित्व विकासमा मद्दत पुग्नेछ, आफन्त र सहकर्मीसँगको सम्बन्धसमेत मजबुत बन्नेछ । विवाद वा मतभेद छ भने पनि समाधानको बाटो पहिल्याउनु होला । कार्यक्षेत्रमा परिवर्तन गर्ने वा नयाँ ठाउँमा सरुवा हुने धारणा पलाउनेछ, थप आयश्रोत बढाउने विषयका साथै आयका मार्ग सुचारु गर्न चिन्तन गर्न सक्नुहुन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
घुमघाममा जाने वा मस्ती गर्ने योजना बनाउन सक्नुहुन्छ । तर जिद र हठलाई त्याग्नु होला, नत्र ससाना कुरामा विवाद हुनसक्छ । स्वनिर्णयमा गरेका काममा सफलता मिल्ने दिन भए पनि कुनै महत्त्वकाङ्क्षी काम गर्दै हुनुहुन्छ भने जानकार व्यक्तिको सुझाव ग्रहण गर्नुहोला । नयाँ अनुभवका साथ कसरी अघि बढ्ने भन्ने चिन्तामा केन्द्रित भइने छ, हिसाबकिताबको लेखाजोखा र व्यवस्थापकीय जिम्मेबारीका लागि समय छुट्याउनु पर्ने हुन्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
खर्चमा बृद्धि हुनाले बजेट डगमगाउने समय हो, आर्थिक तनावले पतिपत्नीका बीचमा सुलह नहुने गरी विवाद चुलिन सक्छ, सचेत भएर व्यवहार गर्नुहोला । अल्छीपना देखिन्छ, शरीर भारी भएकाले कुनै पनि काम पूरा नहुन सक्छन्, मानसिक शान्ति र विश्रामप्रति आकर्षित बन्दा राम्रो हुन्छ । एकाग्रतामा कमी हुने भएकाले कुनै एउटा विषयमा मात्र ध्यान केन्द्रित गर्न सकिंदैन, हेर्दा बाहिरबाट सामान्य झैं देखिनु हुन्छ, तर भित्रबाट मँडारिएको भावनाको बेगलाई कसैले पनि बुझ्न सक्दैनन् ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
रिजल्टको प्रतीक्षामा हुनुहुन्छ भने आशाअनुरूप परिणाम प्राप्त हुनेछ । आशावादी बनेर लक्ष्यप्रति केन्द्रित भएमा हाँके÷ताकेका काम पूरा गर्न सजिलो हुनेछ । बौद्धिक सामर्थ्यका आधारमा समान विचारधारा भएका व्यक्तिहरू आकर्षित बन्नेछन्, मित्रताका वा साझेदारीका लागि अनुकूल समय छ । तर आफूभित्रका आवेगलाई नियन्त्रण गर्दै अनुशासनको दायरालाई पालना गर्नु महत्त्वपूर्ण मानिन्छ । परिस्थितिवश जिम्मेबारीबाहिरको काममा अलमलिनु पर्ने हुन्छ । काममा विलम्ब भए पनि कुनै विशेष काम सम्पादन गर्ने दिन हो ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कर्मप्रतिको निष्ठाभावमा बृद्धि हुनेछ । हाकिम, गुरुजन वा ठूलो मान्छेसँग उठबस गर्न पाइने छ, घरपरिवारबाट पनि शुभ समाचार प्राप्त हुनेछ । कारोबारबाट राम्रै फाइदा हुने दिन छ, फलाम, कोइला, पेट्रोलियम पदार्थ आदि नै तपाईंको व्यापार हो भने अझ राम्रो प्रतिफल पाइने छ । निकै धपेडी गर्ने वेला छ, काम गर्दा अनेकानेक बाधा हुनसक्छन्, तथापि दोहोर्याएर प्रयास गरेमा सबै काम सम्पन्न हुने दिन हो ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
हातमा सह भएको दिन छ, नयाँ काममा हात हाल्दै हुनुहुन्छ भने यसले सकारात्मक गति समात्नेछ । सही समय र स्थान छनौट गर्न सके हरेक कदम सफल हुनेछन् । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ, विभिन्न अवसर प्राप्त हुनाका साथै उच्च अधिकृतहरूसँग उठबस र मित्रता हुनसक्ने समय हो । मन हलुका र चङ्गा हुने दिन हो, आज लवमेटका तर्फबाट कुनै सुन्दर उपहार प्राप्त हुनेछ, जुन तपाईंको प्रेमसम्बन्धको दीगो प्रतीक बन्नसक्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नियम÷कानूनसँग असङ्गत विषयवस्तु र गलत काममा दिलचस्पी राख्नु हुँदैन, साँच्चै भन्ने हो भने आज रिस्क र जोखिमबाट टाढा भाग्ने दिन हो । चित्त व्याकुल हुनुका साथै गुनासो र गनगन बढ्ने दिन हो, तेस्रो व्यक्तिको प्रवेशले आपसी सम्बन्धमा समेत कमजोरी देखा पर्नसक्छ । दिमाग बोझिलो बन्ने भएकाले ससाना कुरामा समेत विवादको परिस्थिति बन्नसक्छ, त्यसैले महत्त्वहीन र बेकारका काममा शक्ति र समय खर्च गर्नुहुँदैन ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सधैंभन्दा बढी व्यस्त हुने समय हो, खटेअनुसार फाइदा हुनेछ, तर आजको केही समय जीवनसाथी वा छोराछोरीका लागि छुट्याउनु ठीक हुन्छ । गृहस्थी जीवन र पारिवारिक सुखको आत्मिक अनुभूति प्राप्त हुनेछ । पतिपत्नीले एकआपसमा एउटा सुखद अनुभूति साझा गर्ने दिन हो । आफ्नो खूबी, क्षमता र आन्तरिक प्रतिभालाई बाहिर निकालेर प्रतिष्ठा कमाउने समय हो, लुकेको कलात्मक प्रतिभाको प्रस्फुटन हुनाले भविष्य सुध्रने छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
खेलकुद, उपहार सामाग्री, स्वास्थ्य र सरसफाइको व्यवसायमा राम्रै देखिन्छ, तर सँगीसाथी र साझेदारको क्रियाकलाप चित्तबुझ्दो नलाग्न सक्छ । स्वास्थ्यस्थितिमा कमजोरी देखिए पनि आनन्द र तिर्सनामा बृद्धि हुने दिन हो । स्वभावमा अस्वाभाविकता देखा पर्नेछ, कलहबाट टाढिएको जाती हुन्छ । निराशा र कुण्ठा बढ्ने समय हो, नबुझेको कुनै कुरा छ भने एकान्तमा बसेर दोहोर्याएर प्रयत्न गर्नुपर्छ, नयाँ बाटो पहिल्याउन सकिन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कार्य सम्पादनमा सहजता र शीघ्रता हुनेछ, सीप वा योग्यता बढाउने अवसर मिल्नेछ, तर पारिवारिक प्रयोजनका लागि समय छुट्याउनु होला । इच्छा पूरा हुने दिन हो, लवमेटसित भेटघाट एवं गफगाफ गर्ने मौका जुर्नेछ, त्यस्तै अपेक्षित माया, सहयोग एवं समझदारी कायम हुनेछ । मन प्रेमिल बन्ने समय हो । नयाँ÷नयाँ विषय र काम प्रति जागरुकता बढ्नुका साथै रचनात्मक र सीपमूलक काममा सफलता मिल्नेछ ।






