२०८३ बैशाख १९ गते शनिबार
२०८३ बैशाख १९ गते शनिबार

वैज्ञानिकहरूले चिलीको प्याटागोनियामा डायनासोरको समयमा बाँचेको साना मुसाको आकारको स्तनपायीको जीवाश्म फेला पारेका छन्।

‘येउथेरियम प्रेसर’ को तौल ३० देखि ४० ग्राम (लगभग एक औँस) को थियो र माथिल्लो क्रिटेसियस कालमा करिब सात करोड ४० लाख पहिले बस्थे।

यो दक्षिण अमेरिकाको यस क्षेत्रमा फेला परेको सबैभन्दा सानो स्तनपायी हो, जुन युगमा यो गोन्डवाना भनेर चिनिने महाद्वीपीय भू–भागको हिस्सा थियो।

चिली विश्वविद्यालय र चिलीको मिलेनियम न्युक्लियस अनुसन्धान केन्द्रका प्रारम्भिक स्तनपायीहरूमा वैज्ञानिकहरूको टोलीको नेतृत्व गर्ने हान्स पुशेलले भने, ‘जीवाश्ममा एउटा दाँतसहितको बङ्गाराको सानो टुक्रा र अन्य दुई दाँतका मुकुट र जरा छन्।’

यो खोज यस महिना बेलायती वैज्ञानिक पत्रिका प्रोसिडिङ्स अफ द रोयल सोसाइटी बी मा प्रकाशित भएको थियो। अनुसन्धानकर्ताहरूले सान्टियागोबाट करिब तीन हजार किलोमिटर ९एक हजार आठ सय ६४ माइल० दक्षिणमा चिलीको म्यागालेन्स क्षेत्रको रियो डे लास लास चिनस उपत्यकामा यो जीवाश्म फेला पारेका हुन्।

सानो मुसासँग मिल्दोजुल्दो भए पनि ‘येउथेरियम प्रेसर’ एक स्तनपायी थियो जसले प्लेटिपस जस्तै अण्डा दिएको हुनुपर्छ वा यसको बच्चालाई कङ्गारू वा ओपोसम जस्ता थैलीमा बोकेको हुनुपर्छ।

यसको दाँतको आकारले यसको खानामा सम्भवतः अपेक्षाकृत कडा तरकारीहरू थिए भन्ने देखाउँछ। आफूसँग सहअस्तित्व भएका डायनासोरहरू जस्तै यो सानो स्तनपायी पनि क्रिटेसियस कालको अन्त्यमा करिब छ करोड ६० लाख वर्ष पहिले अकस्मात् लोप भयो।

राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट रामहरि खतिवडाले राजीनामा दिएका छन् । मंगलबार संसद् बैठकलाई सम्बोधन गर्दै खतिवडाले राजीनामा दिएका हुन् ।

सङ्घीय निजामती विधेयकमा राखिएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको चलखेलमा खतिवडालाई नैतिक जिम्मेवार ठहर गरिएको थियो ।

संसद् बैठकमा बोल्दै उनले यस प्रकरणमा आफ्नो कुनै स्वार्थ नभएको दाबी दोहोर्‍याए । उनले आफ्नो कार्यकालमा समितिबाट भएका कार्य प्रगति सुनाए ।

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता अनिलकुमार झाले पदबाट राजीनामा दिएका छन् । झाको राजीनामा पार्टीले स्वीकृत समेत गरिसकेको छ । केही महिना अगावै दिएको झाको राजीनामा गत साउन ४ गते पार्टीले स्वीकृत गरेको हो ।

पार्टीका वरिष्ठ उपाध्यक्ष जितेन्द्र प्रसाद सोनारका अनुसार झाले केही महिना अगावै राजीनामा दिएका थिए । राजीनामा दिएसँगै पार्टीमा उनी निष्क्रिय थिए । ‘उहाँले धेरै अगाडि नै राजीनामा बुझाउनु भएको हो, पार्टीमा । त्यससँगै उहाँ निष्क्रिय हुनुहुन्थ्यो । पछिल्ला बैठकहरूमा उहाँ उपस्थित हुनु हुन्नथ्यो,’ सोनारले भने, ‘अहिले राजीनामा दिइसक्नु भएको हो ।’

झा अब सद्भावना पार्टीमा समाहित हुँदैछन् । आफू सद्भावनामा समाहित हुनकै लागि लोसपाबाट अलग भएको झाले बताए । सद्भावनालाई मातृपार्टी भन्दै झाले भने, ‘सबै नेताहरू मातृपार्टीतिर फर्किदै छन् । यो सन्दर्भमा मैले पनि त्यही गरेको हुँ । अब म मातृपार्टीतिरै फर्किन्छु । त्यहींबाटै राजनीतिक जीवनलाई अगाडि बढाउँछु ।’

झा विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय छन् । सद्भावना पार्टीमा आवद्ध भएर राजनीतिक जीवन सुरु गरेका उनी लामो समय सोही पार्टीमा रहे । पार्टी विभाजनको क्रममा उनी विभिन्न पार्टीमा आवद्ध हुँदै पछिल्लो समय महन्थ ठाकुर नेतृत्वको लोसपामा थिए । तर, अब लोसपा छोडेर पुनः सद्भावनामै फर्किदै छन् ।

उनी २०७४ सालको संसदीय निर्वाचनमा रौतहट क्षेत्र नं. १ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । त्यसपछि झा खानेपानीमन्त्री समेत भएका थिए । पछिल्लो संसदीय निर्वाचनमा भने उनी पराजित भएका थिए ।

नयाँ दिल्ली । भारतीय वायू सेना प्रमुख एपी सिंहले अपरेशन सिन्दूर अन्तर्गत भारतले पाकिस्तानका पाँच लडाकु विमान र एक ठूलो विमान खसालेको बताएका छन् । उनले आइतबार एक कार्यक्रममा कम्तिमा पाँच लडाकु विमान खसालिएको पुष्टि गरे । साथै जमिनबाट करिब ३०० किलोमिटर टाढा हावामा एक अर्काे ठूलो विमान पनि भारतले खसालेको बताए । उनका अनुसार उक्त विमान ELINT विमान वा AWC विमान हुनसक्छ ।

“यो विश्वकै सबैभन्दा लामो दूरीमा भएको सतह–देखि–हवाई आक्रमणको सफल उदाहरण हो, जसबारे हामी खुलेर कुरा गर्न सक्छौं,” भारतीय वायू सेना प्रमुख सिंहले भने । उनले लामो दूरीको क्षेप्यास्त्र प्रणाली प्रयोग गरेर गरिएको यो कारवाहीले भारतीय सेनाको प्राविधिक क्षमता र लक्ष्य साँध्ने दक्षताको स्पष्ट संकेत दिएको बताएका हुन् ।

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अन्तर्राष्ट्रिय टर्मिनल भवनमा दिँदै आएको भिजिटर पास वितरण आज (मंगलबार) देखि बन्द गरेको छ ।

विमानस्थलमा भिजिटर पासका लागि भनसुन गरी लिने तथा पहुँच नभएका व्यक्तिले नपाउने गरेको गुनासो आएकाले भिजिटर पास बन्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले जानकारी दिए ।

उनले भने, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुविधादेय समितिको निर्णयअनुसार यहीँ साउन २७ गतेदेखि अन्तर्राष्ट्रिय टर्मिनल ड्युटी अफिसमार्फत वितरण हुँदै आएको भिजिटर पासको वितरण कार्य बन्द गरिएको छ ।’

विमानस्थल कार्यालयले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय टर्मिनल भवनबाट आवागमन गर्ने व्यक्तिगत सहायता आवश्यक पर्ने वृद्धवृद्धा, शारीरिक रूपमा फरक क्षमता भएका यात्रु, गर्भवती एवं नाबालक यात्रुका लागि सहायता कक्षको व्यवस्था गरिएको जनाएको छ ।

ह्विलचेयरलगायत विशेष सहयोग आवश्यक पर्ने यात्रुका लागि सम्बन्धित वायुसेवा कम्पनीको सहयोगमा सहजिकरण भइरहेको महाप्रबन्धक पाण्डेले जानकारी दिएका छन् । सामान ‘चेक–इन’ संख्या र अधिकतम तौलको सीमा हवाई टिकटमा उल्लेख हुने भएकाले सोही व्यवस्थालाई पालना गर्न पनि कार्यालयले भनेको छ ।

‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुविधादेय समितिको निर्णय अनुसार मङ्गलबारदेखि लागू हुनेगरी अन्तर्राष्ट्रिय टर्मिनल भवनमार्फत वितरण हुँदै आएको भिजिटर पास वितरण बन्द गरिएको व्यहोरा सरोकार भएका सबैमा जानकारीका लागि अनुरोध गरिन्छ’, सूचनामा भनिएको छ ।

काठमाडौं । वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले मेडिकल कलेजको भर्ना सिट र शुल्क बढाउने सरकारी तयारी तत्काल रोकिनु पर्ने चेतावनी दिएका छन् । उनले सरकार र चिकित्सा शिक्षा आयोगलाई सिट र शुल्क यथावत राख्न आग्रह गर्दै, माग पूरा नभए सत्याग्रहसहितको आन्दोलन सुरु गर्ने चेतावनी दिएका हुन् ।

डा. केसीका अनुसार गुणस्तरीय स्वास्थ्य सेवा पाउनु सबै नेपालीको प्राकृतिक अधिकार भए पनि नेताहरू, माफिया र पैसावालहरूको स्वार्थका कारण यो अधिकारबाट आमजनता बञ्चित भइरहेका छन् । ‘गुणस्तरीय स्वास्थ्य सेवाको आधार गुणस्तरीय चिकित्सा शिक्षा हो,’ उनले भने, ‘विद्यार्थी संख्या वृद्धि गर्दा गुणस्तर घट्छ, बढ्दैन ।’

उनले विगत दुई दशकदेखि ग्रामीण भेगमा सरकारी मेडिकल कलेज स्थापना, निःशुल्क तथा सस्तो स्वास्थ्य सेवा र शिक्षा पहुँच सुनिश्चित गर्न संघर्ष हुँदै आएको उल्लेख गरे । चिकित्सा शिक्षा ऐन र आयोग स्थापनापछि छात्रवृत्ति, मापदण्ड पालन, मेरिटका आधारमा भर्ना र शुल्क नियन्त्रणजस्ता सुधार भए पनि हाल सरकारले ऐन विपरीत सिट बढाउने समिति गठन गरेको भन्दै आपत्ति जनाएका छन् । डा. केसीले सिट वृद्धि मेडिकल शिक्षाको गुणस्तर मात्र होइन, आम जनताको स्वास्थ्यमा समेत खेलवाड हुने दाबी गरे । ‘हामी कुनै पनि हालतमा यस्तो कपट र षड्यन्त्र स्वीकार्दैनौं,’ उनले भनेका छन्।

उनले इलाम–उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज खोल्न, सरकारी स्वास्थ्य संस्थामा दरबन्दी वृद्धि गर्न, प्रतिष्ठान तथा विश्वविद्यालयका पदाधिकारी नियुक्ति मापदण्ड लागू गर्न र २०८५ देखि मेडिकल शिक्षा गैरनाफामूलक बनाउन कानुनी प्रक्रिया अघि बढाउन माग गरेका छन् । डा. केसीले भने, ‘यदि तत्काल सिट र शुल्क वृद्धि गर्ने निर्णय रोकिएन भने सत्याग्रहसहितको आन्दोलन सुरु गर्न बाध्य हुनेछौं ।’

काठमाडौं । भारतको उत्तराखण्डमा अघिल्लो हप्ता आएको बाढी–पहिरोमा २६ जना नेपाली बेपत्ता रहेको दूतावासले जनाएको छ ।

दिल्लीमा रहेको नेपाली दूतावासका अनुसार उत्तरकाशीको धरालीमा २१ र पौडीगढवालको बंकुरामा पाँच गरी २६ जना बेपत्ता छन् ।

धराली क्षेत्रमा हराएकाहरुमा जनकबहादुर शाही, रवि सिंह, करणबहादुर, रोविन सिंह, गगनबहादुर, गोरखबहादुर, रामबहादुर शाही, हरिबहादुर खडका, प्रभाती, केशव, निर्मला खड्का, लक्ष्मण, सुवास विक, रमेश र प्रिया रहेका छन् ।

यस्तै दिपक मगर, सुरज राना, मानबहादुर, नीमबहादुर, रवि सिंह र रामबहादुर पनि बेपत्ता रहेको दूतावासले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ । दूतावासका अनुसार पौडीगढवालमा बेपत्ता भएकाहरूमा नरेन्द्र खड्का, सन्ध्या खड्का, रोमन खड्का, अमृता परियार र बिमल विक रहेका छन् ।

उत्तरकाशीको धराली क्षेत्रमा गएको मङ्गलवार आरीघोप्टे वर्षापछि खिरगंगा नदीमा आएको बाढीले गंगोत्री मार्गमा पर्ने धराली बजार तहसनहस गरेको छ ।

धराली क्षेत्रमै होटेल तथा स्याउ फार्ममा काम गर्न गएका नेपालीहरु बाढीमा परेको अनुमान गरिएको छ । धराली क्षेत्रमा फोन र विद्युत सेवा शुरू भएपछि खोजीको काम तीव्र भएको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

त्यस्तो सुनौलो पल र समय बित्नेछ, जसले गर्दा प्रेमीप्रेमिकाको सामीप्य अझ नजिकिने तथा प्रेमसम्बन्ध गाढा बन्ने अनुकूलता मिल्नेछ । प्रयत्न गर्दा महत्त्वपूर्ण वस्तु हात पर्नसक्छ, सँगीसाथी र सहयोगीहरूको साथ पाउनाले हिम्मत बढ्ने तथा प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुने समय छ । जनसम्पर्क, सार्वजनिक सम्बन्ध वा नेटवर्किङका माध्यमबाट आयस्रोतमा बढोत्तरी हुनेछ, परिस्थिति बुझेर स्थिर सम्पत्ति वा सेयर कारोबारमा चासो राख्नु ठीक हुन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

जीवनसाथी वा परिवारका सदस्यसँग ठास्सठुस्स र मतभेद बढ्ने समय हो । आज यात्राको कार्यक्रम छ भने यथासम्भव रोक्नु ठीक हुन्छ । मनोरञ्जनमा केन्द्रित भइदिनाले पढाइ बिथोलिने दिन हो, सानो लापरबाहीले पनि भविष्य बिग्रन्छ भन्ने बुझेर थप मिहिनेत गर्नुपर्ने समय छ । बढ्दो ऋणभार र खर्चबृद्धिले तनावमा राख्नसक्छ, आज सकेसम्म आफैलाई रिफ्रेस गर्ने र बाधाहरूबाट बाहिर निकाल्ने समय हो । अल्छी गर्ने होइन, विपरीत परिस्थितिलाई जितेर अघि बढ्ने प्रयास गर्नुहोला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

नयाँ कामतर्फ अग्रसर भइने छ, आफ्‌नो पुरुषार्थ बढ्नाले प्रतिद्वन्द्वीको मनोबल कमजोर बन्नेछ, आजको केही समय आफन्त वा घरपरिवारका लागि छुट्याउनुपर्ने हुन्छ । लामो समयपछि एकान्तमा बस्न पाउने र रमाउने समय छ, आफ्‌ना कुरा सुनाउनुभन्दा पनि पार्टनरका भावना बुझ्‌ने प्रयास गर्नुहोला । मातापिता र गुरूजनसित अति सुमधुर सम्बन्ध कायम हुनेछ । सुदूर र दुर्गम प्रदेशको भ्रमणको योजना बनाउने दिन हो ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

गरेको मिहिनेतले सार्थक परिणाम प्राप्त हुनेछ, साथै प्रभाव र प्रभुत्व बढ्ने समय छ । तर हडबड र शीघ्रता शत्रु बन्नसक्छन् । दैनिक काममा जीवनसाथी र सन्तानको सहयोग जुट्नेछ, तर ससाना कुरामा पनि बहस र विवाद हुने दिन हो, सचेत हुनुपर्छ । विवाद, प्रतियोगिता वा प्रतिस्पर्‌द्धामा सरिक हुँदा चुनौती झेलेर अघि बढ्ने समय हो, योजनाबद्ध तैयारी गरे विजय तपाईंको पोल्टामा हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सिर्जनात्मक काम गर्नुपर्छ भन्ने भावना विकसित हुने सुन्दर दिनको आगमन भएको छ । हाँकेरताकेका काम बन्नुका साथै ज्ञानमूलक क्रियाकलापमा संलग्नता बढ्ने तथा प्रतिस्पर्‌द्धा वा परीक्षामा सफल भइने समय हो । बुद्धिले भाउ पाउने समय हो, लेखन, कला वा संगीतजस्ता अतिरिक्त क्रियाकलापमा रुचि राख्नुहुन्छ भने आज सहकर्मीका माझमा प्रतिष्ठित बन्न पाइने छ । सँगीसाथी र प्रियजनहरू जीवनका महत्त्वपूर्ण पक्ष हुन्, त्यसैले व्यक्तिगत जिम्मेवारी र हार्दिकताका बीचमा सन्तुलन राख्न प्रयास गर्नुपर्ने दिन हो ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

परिस्थिति अनुकूल देखिए पनि भौतिक सुविधा बढाउन थप व्ययभार थपिने दिन हो, त्यस्तै मनोरञ्जनात्मक क्रियाकलापमा अलमलिंदा गर्नैपर्ने काममा बिलम्ब हुनेछ । इच्छानुसार आत्मीयजनसँग कुराकानी हुनसक्छ, तर घरायसी परिबन्दले भेटघाटको अनुकूलता नमिल्नाले मन एकतमासको हुने र भावुक बन्ने दिन हो । पेसागत र व्यवसायिक परिस्थिति सामान्य रहनेछ, तर स्वास्थ्यस्थितिमा केही उतारचढाव देखिनाले अथवा कुनै विवाद वा झैझगडामा रुमल्लिनाले चिन्ता बढ्न सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

सँगीसाथी वा आत्मीयजनसित भेटघाट हुने वा सहकार्यमा कुनै काम सम्पन्न हुने समय छ, पारिवारिक माहौल र आर्थिक पक्षसमेत सुदृढ देखिन्छ । खेलकुद वा शारीरिक तन्दुरुस्तीसम्बन्धी विषयमा रुचि जाग्नेछ, नजानेको कुनै कुरा छ भने पनि मित्र र शुभचिन्तकको साथरसहयोग प्राप्त हुनेछ । सामाजिक क्षेत्रको काम वा सार्वजनिक हीतको विषयमा सक्रिय हुने मानसिकता बन्नुका साथै करियर परिवर्तन र उच्च शिक्षा पनि प्राथमिकताको विषय बन्नसक्छ, तर जीवनका विभिन्न आयाममा सन्तुलन राख्न प्रयास गर्नुपर्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

एकआपसमा भेटघाट हुने र रमाउने वेला छ, तर बोल्दा निकै विचार पुर्याउनु होला, नत्र ससाना कुरामा पनि नोकझोक बढ्न सक्छ । धनार्जनका दृष्टिले उत्तम समय देखिन्छ, हाकिम वा मान्यजनको विश्वासपात्र बन्न सकिने छ, घर परिवारबाट पनि सुखद समाचार प्राप्त हुनेछ । दैनिक आम्दानीमा बढोत्तरी हुनेछ, कतिपय विषयमा बोलीकै भरमा काम सम्पादन हुनेछ, साथै हाकिम र सेवाग्राही दुवै पक्ष प्रसन्न रहनेछन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

सामाजिक र परोपकारी काममा मन जानेछ । आज घरमा सम्पर्क गर्ने दिन हो, खासगरी दाजुभाइ र चेलीबेटीसँग सुमधुर सम्बन्ध कायम हुनेछ । बिक्रीबट्टामा बढावा हुने र थप हौसला जाग्ने समय हो । हिसाबकिताबमा देखिएको कमजोरी र त्रुटि सच्याएर अघि बढेमा अझ धेरै फाइदा लिन सकिने छ । इच्छानुसार कार्य सम्पन्न हुँदै जाँदा प्रसन्नतामा बृद्धि हुने दिन हो, तर जुनसुकै कुरामा हडबड र शीघ्रता नगर्नु राम्रो हुन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

सोच्दै नसोचेको विषय वा क्षेत्रमा मन केन्द्रित हुनेछ । पढाइ छाड्ने वा फ्याकल्टी नै फेर्ने नकारात्मक सोचसमेत पलाउन सक्छ । खर्चको मात्रामा अचानक बृद्धि हुनसक्छ, अझ नजिकैको आफन्त वा मनमिल्ने साथीसँगको साझेदारीमा कुनै कारोबार गर्नुछ भने आज सावधानीपूर्वक कदम चाल्नु आवश्यक देखिन्छ, अन्यथा आर्थिक क्षति हुने दिन हो । बाध्यात्मक काममा ध्यान केन्द्रित गर्नुपर्ने हुन्छ । समयमा काम गर्न नसक्दा विशेष अवसर फुत्कन सक्छ । आर्थिक सङ्कटले पनि तनाव बढ्नसक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

लक्ष्य प्राप्तिका निमित्त थप परिश्रम गरी लाभ पाउने समय हो । विदेश जाने सपना सँगाल्नु भएको छ भने योजना बनाउँदा शुभ हुनेछ । नयाँ योजना कार्यान्वयन गर्ने दिन हो, दीर्घ प्रयोजनको लाभमूलक काम अघि सार्ने हो भने योजना बनाउने, साझेदार र मतियारका बीचमा छलफल गर्ने र प्रशासनिक तौरतरिका बुझ्‌ने समय आएको छ । सेवाग्राही र वरिष्ठ कर्मचारी खुशी हुनेछन् । स्थिर प्रयोजनमा धन लगानी गर्न सक्नुहुन्छ । पुराना सहकर्मीसँगको भेटघाटले मनलाई ताजा बनाउनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आनन्द र रमझममा दिन बित्नेछ, तथापि आज भोगवृत्तिमा अङ्कुश लगाउँदा राम्रो हुन्छ, नत्र आनन्द प्राप्त गर्नुको सट्टा झमेला व्यहोर्नुपर्ने समय हो । नयाँ समझौता वा करारका माध्यमबाट धन बढाउन सकिने छ, जग्गाजमीन, पेट्रोलियम पदार्थ, प्लास्टिकका वस्तुहरू र सञ्चारका सामाग्रीमा लाभ हुनेछ । घरपरिवारमा सानातिना कुरामा वैचारिक मतभेद वा विवाद भइरहन्छ, तर पनि आज सबैले तपाईंकै रुचिअनुसार व्यवहार गर्ने समय छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।