२०८३ बैशाख १७ गते बिहीबार
२०८३ बैशाख १७ गते बिहीबार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई नख्खु कारागार सरुवा गरिने भएको छ ।

गृह मन्त्रालयले लामिछानेलाई नख्खु कारागार सरुवा गर्न निर्देशन लगत्तै कारागार व्यवस्थापन विभागले रुपन्देही कारागारलाई पत्राचार गरेको छ ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक लीलाप्रसाद शर्माले लामिछानेलाई सरुवा नक्खु कारागार ल्याउने निर्णय गरेका हुन् । अब रुपन्देही कारागारले आवश्यक प्रक्रिया पूरा गरेर रविलाई नख्खु कारागारमा पठाउनेछ ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक लीलाप्रसाद शर्माले शुक्रबार लामिछानेलाई नक्खु कारागार सरुवा गर्ने निर्णय गरेको  छ ।

लामो समयदेखि रोकिएको लामिछानेको कारागार सरुवाको निर्णय शर्माले विभागको जिम्मेवारी सम्हालेकै दिन गरेका हुन् ।

काठमाडौं ।  नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । शनिबारदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य बढाएको हो ।

आज निगमले जारी गरेको विज्ञप्ति अनुसार डिजेल र मट्टितेलकाे मूल्य भने घटेको छ ।

साबिकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर पेट्रोलमा २ रुपैयाँले बढाइएको तथा डिजेल/मट्टितेलमा प्रति लिटर १ रुपैयाँले घटाइएको छ ।

काभ्रे । बीपी राजमार्गमा भदौ १५ सम्म राति सवारी सञ्चालनमा रोक लगाइएको छ । साउन महिनाभर रातको समयमा सवारी सञ्चालन रोक लगाइएकामा भदौ १ गतेदेखि १५ गतेसम्म समय थप गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय काभ्रेले शुक्रबार सार्वजनिक गरेको सूचनामा राजमार्गमा भदौ १५ गतेसम्म रातिको समयमा राजमार्गमा यातायात सञ्चालनमा रोक लगाइएको उल्लेख गरिएको छ । जिल्ला सुरक्षा समिति शुक्रबारको जिल्ला सुरक्षा बैठकले भदौ १ गतेदेखि १५ सम्म साँझ ५ देखि बिहान ५ बजेसम्म राजमार्गमा यात्रुवाहक तथा निजी सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जानकारी दिए ।

काभ्रेको काभ्रेभन्ज्याङदेखि सिन्धुलीको खुर्कोट खण्डका विभिन्न स्थानमा जोखिम भएकाले यातायात सञ्चालनमा रोक लगाइएको बताइएको छ । यसअघि असार ६ मा बसेको बैठकले ७ गतेदेखि राजमार्गमा राति सवारी सञ्चालन गर्न नपाउने निर्णय गरेको थियो ।

काठमाडौं । हिजो मात्रै सभापति शेरबहादुर देउवाले पार्टी प्रवेश गराएका देवेन्द्र यादवको आज (शुक्रबार) सदस्यता खारेज भएको छ ।

फरार अभियुक्तलाई पार्टी प्रवेश गराएको भन्दै आलोचना भएपछि कांग्रेसले आज नै निष्काशन गरेको हो । आज मुख्यसचिव कृष्णप्रसाद पौडेलले यादवलाई पार्टीबाट निष्काशन गरिएको जानकारी गराएका छन् । यादव सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्याका अभियुक्त हुन् ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘केही साथीहरूले महोत्तरीका देवेन्द्र यादवलाई लिएर कार्यकक्षभित्र प्रवेश गरी पार्टी सदस्यता प्रदान गर्न आग्रह गरे बमोजिम नेपाली कांग्रेसका सभापतिले निजलाई सदस्यता प्रदान गर्नु भएको हो । तर बुझ्दै गर्दा निज व्यक्ति उपर फौजदारी कानुनी कारबाही प्रक्रिया रहेको भन्ने थाहा हुन आएको हुँदा निजले प्राप्त गरेको पार्टी सदस्यता खारेज गरिएको जानकारी गराइन्छ ।’

पौडेलले यादवमाथिको कानुनी कारबाहीको प्रक्रियाको सन्दर्भमा गृह प्रशासनको समेत ध्यानाकर्षण गराइएको बताएका छन् । त्यस्तै उनलाई पार्टीमा ल्याउन भूमिका खेल्ने नेताहरूलाई पनि कांग्रेसले सचेत गराएको छ ।

तत्कालीन सद्भावना पार्टी, राष्ट्रिय जनता पार्टी हुँदै लोसपामा पुगेका यादव पछिल्लो समूह निष्क्रिय थिए । उनलाई कांग्रेस सहमहामन्त्री महेन्द्र यादव र मधेस प्रदेश सभापति कृष्ण यादवसँगको संवादपछि पार्टीमा ल्याइएको थियो ।

यादवको पार्टी प्रवेश कार्यक्रममा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री यादव, महोत्तरी–४ बाट निर्वाचित सांसद महेन्द्रकुमार राय, कांग्रेस मधेस प्रदेशका सभापति यादव र कांग्रेस महोत्तरी सभापति नागेश्वर यादवलगायत उपस्थित थिए ।

मधेस आन्दोलनका क्रममा ०७२ भदौ २५ गते आन्दोलनकारीले असई विकको हत्या गरेका थिए । हत्या भएको ३ वर्षपछि २०७५ साउन २८ गते २८ जनाविरुद्ध कर्तव्यज्यान मुद्दा दर्ता भएको थियो ।

विकको हत्यामा महोत्तरी जिल्ला अदालतले ०८० मंसिर २८ गते ७ जनालाई जन्मकैदको सजाय सुनाएको थियो । यादव प्रहरीको फरार सूचीमा छन् । उनीविरुद्धको मुद्दा भने महोत्तरी जिल्ला अदालतमा मुलतवीमा राखिएको छ ।

श्रम स्वीकृति नलिई साउदी अरेबियामा कार्यरत नेपालीहरूको श्रम वैधानिकीकरण कार्य साउन ३० गतेदेखि औपचारिक रूपमा सुरु भएको छ। 

नेपाली दूतावास रियादमा आयोजित एक समारोहमा आठ वर्षदेखि त्यहाँ कार्यरत अजय दंगालको बायोमेट्रिक लिई राजदूत डा. नरेश विक्रम ढकालले श्रम वैधानिकीकरण प्रक्रियालाई औपचारिकता दिए।

कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले श्रम स्वीकृति बिना नै विदेशमा कार्यरत श्रमिकलाई वैधानिकीकरण गर्ने अभियानमा नेपाली दूतावास साउदी अरेबियाको प्रयास प्रशंसनीय रहेको बताए।

उनले श्रम स्वीकृतिविहीन अवस्थाका कारण वैदेशिक रोजगारीमा रहेका श्रमिकले आफ्नो मुलुक फर्किन नसक्ने अवस्था सिर्जना हुनु मानवीय दृष्टिले पनि अनुचित भएकोले यो अभियान सुरु गरिएको जानकारी दिए। साथै, साउदी अरेबियासँग द्विपक्षीय श्रम समझदारी पत्रमा हस्ताक्षर हुने उल्लेख गर्दै अबका सेवा प्रविधिमा आधारित हुने पनि जानकारी दिए।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले व्यक्तिगत, कानुनी वा जानकारीको अभावजस्ता कारणले श्रम स्वीकृतिविहीन नेपालीहरू राज्यबाट प्रदान हुने सेवाबाट बञ्चित भइरहेका हुँदा दूतावासमार्फत श्रम वैधानिकीकरण आवश्यक भएको बताए।

त्यसैगरी, साउदीस्थित नेपाली राजदूत डा. ढकालले श्रम वैधानिकीकरण कार्यलाई अभियानका रूपमा सञ्चालन गरिने भन्दै यसमा विभिन्न सङ्घ–संस्थाको समन्वय र सहकार्यको लागि आग्रह गरे।

रियादस्थित नेपाली दूतावासका काउन्सेलर कविराज उप्रेतीले, “नेपाली राजदूतावास रियाद निरन्तर श्रमिकमैत्री कार्यमा लागिरहेको र यसै अनुसार श्रम स्वीकृतिलिनबाट कोही पनि बञ्चित हुन नपरोस् भनी वैधानिकीकरण श्रम स्वीकृति सुरु गरिएको हो। अब निरन्तर रूपमा वैधानिकीकरण श्रम स्वीकृति नेपाली राजदूतावास रियादबाट सुचारु हुनेछ,” भने।

हेटौंडा- बागमती प्रदेशका नवनियुक्त ५ मन्त्रीहरुले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशको मन्त्रिपरिषद्लाई पूर्णता दिएसँगै नवनियुक्त ५ मन्त्रीले शपथ गरेका हुन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले उनीहरुलाई सपथ ग्रहण गराएका हुन् ।

मुख्यमन्त्री बानियाँले शुक्रबार कांग्रेसबाट युवा तथा खेलकुद मन्त्रीमा उर्मिला केसी नेपाल, सामाजिक विकास मन्त्रीमा कञ्चनचन्द्र बादे, आर्थिक मामिला मन्त्रीमा प्रभात तामाङ, सहकारी तथा गरिबी निवारण मन्त्रीमा विनु रायमाझी र संस्कृति मन्त्रीमा सुरेश श्रेष्ठलाई नियुक्त गरेका हुन् ।

यसअघि कांग्रेसबाट आन्तरिक मामिलामन्त्री शिवराज अधिकारी र खानेपानीमन्त्री कृष्ण तामाङ नियुक्त भएका थिए । बागमतीमा कांग्रेसबाट मुख्यमन्त्रीसहित ८ र एमालेबाट ६ जना मन्त्री छन् । बागमतीमा मुख्यमन्त्रीसहित १४ मन्त्रालय छ ।
मन्त्री नियुक्त गर्दा मुख्यमन्त्री बानियाँले निवर्तमान मुख्यमन्त्री बहादुरसिं लामाका पक्षमा खुलेका कांग्रेसका १४ जना सांसदमध्ये एक जनालाई पनि मन्त्री बनाएनन् ।

कांग्रेस बागमतीमा ३७ जना सांसद रहेका छन् । तीमध्ये बानियाँका पक्षमा २२ जना खुलेका थिएभने एकमत बदर भएको थियो । तामाङलाई संसदीय दल नेतामा हराउँदै बानियाँले जितेपछि मुख्यमन्त्री बनेर विश्वासको मतसमेत लिइसकेका छन् ।

बागमतीमा एमालेबाट दिनेशचन्द्र देवकोटा भौतिक पूर्वाधार मन्त्री, जयराम थापा श्रम तथा रोजगार, भरतबहादुर केसी वन तथा वातावरण, मधुसुदन पौडेल, कृषि तथा पशुपंक्षी मन्त्री, विन्दु श्रेष्ठ उद्योग मन्त्री, किरण थापा मगर स्वास्थ्य मन्त्री बनेका थिए ।

वर्षौँदेखि कागजी प्रक्रियामै रोकिएको पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज अन्ततः सञ्चालनमा आएको छ। यससँगै मोरङ क्षेत्र नं. ३ र सम्पूर्ण कोशी प्रदेशको स्वास्थ्य, शिक्षा तथा रोजगारी क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको छ।

२०६१/२०६२ सालतिर तयारी लगभग पूरा भए पनि जनआन्दोलनका कारण रोकिएको कलेज सञ्चालनको पहल हालसम्म विभिन्न सरकार र नेताहरूको पालामा पनि पूर्ण हुन सकेको थिएन। अब भने चिकित्सा शिक्षा आयोग, पूर्वाञ्चल विश्वविद्यालय, संघीय तथा प्रदेश सरकार, स्थानीय जनप्रतिनिधि र विभिन्न संघ–संस्थाको सहकार्यमा कलेज सञ्चालनमा आएको हो।

यसलाई सम्भव बनाउन प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, डा. शेखर कोइराला, राष्ट्रियसभा सदस्य गोपी आछामी, पूर्व राष्ट्रियसभा सदस्य रमेश जंग रायमाझी, माननीय मानबहादुर लिम्बू, गठबन्धन सरकारका नेतागण, चिकित्सा शिक्षा आयोगका पदाधिकारी, विश्वविद्यालयका पदाधिकारी, मोरङका नेतागण, संघ–संस्था, बुद्धिजीवी, स्थानीय नागरिक र शुभेच्छुकहरूको उल्लेखनीय योगदान रहेको छ।

कलेज सञ्चालनसँगै कोशी प्रदेशका लाखौँ नागरिकले आफ्नै प्रदेशमै गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने, चिकित्सा शिक्षा र अनुसन्धानमा नयाँ अवसर पाउने तथा हजारौँ युवाले रोजगारी पाउने अपेक्षा गरिएको छ।

काठमाडौं। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले देशमा मनसुन क्रमशः कमजोर हुँदै गएको बताएको छ।

आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली तथा बाँकी भागमा आंशिक बदली रहनेछ। महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका केही स्थान र तराईका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।

त्यसैगरी, आज राति कोशी प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली र अन्य भागमा आंशिक बदली रहनेछ। गण्डकी प्रदेशका पहाडी तथा तराईलगायत वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा केही स्थानमा मध्यम वर्षाको सम्भावना छ।

महाशाखाले वर्षाका कारण देशका पहाडी भागमा पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध पनि गरेको छ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,अ)

कानुनी वा लगानी सम्बन्धी जटिलता देखा पर्नेछ । काम गर्ने तौरतरिका र व्यवस्थापन पक्षमा पनि सुधार ल्याउनु आवश्यक छ । मनमा लुकेका भ्रम र चिन्ता बाहिरिने समय हो, अनावश्यक चिन्तामा रुमल्लिने हुँदा अपेक्षा गरेअनुरूप समयमा काम सिध्याउन मुस्किल पर्ला । जिद्दीपन र घमण्ड बढ्नेछ, गर्नुपर्ने काम वा जिम्मेबारीप्रति कुनै लगाव देखिंदैन, तर परीक्षामा खरो उत्रन अझ धेरै मिहिनेत गर्ने समय हो ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

इज्जत र प्रतिष्ठालाई दाउमा राखेर काम नगर्नुहोला, जीवनमा पैसा नै सबथोक होइन, आफ्‌नो कर्तव्य र स्वास्थ्यका बारेमा पनि ध्यानकेन्द्रित गर्नुपर्छ । धर्मकर्म वा परोपकारी काममा खट्नु पर्नेछ । समाज र छरछिमेकका काम गर्दा मानसम्मान पाइएला, तर घरपरिवारमा समय दिन नपाउनाले ठास्सठुस्स बढ्ने समय हो । विशेष गरी जो निरन्तर मिहिनेत गर्दछन् र केही नयाँ सिक्ने मनसाय राख्दछन्, तिनको प्रयास सफल हुने तथा प्रशंसा पाउने समय हो ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

साथी संगी सित रमाइलो भेटघाट हुनेछ, एकआपसका गुनासा सुन्ने दिन हो, देखिएका चुनौती पन्छाएर पनि परिस्थिति अनुकूल बनाउन सकिने छ । इष्टमित्र र सँगीसाथीको साथ पाइने छ । यो परोपकारी र साहसी काम गर्ने समय पनि हो, तर भाइबहिनीको इच्छापूर्तिका लागि खर्च बढाउनुपर्ने हुन्छ । कतिपय आर्थिक समस्या सञ्चारसम्पर्कबाट नै हल गर्न सकिने छ । सञ्चार क्षेत्र, वित्तीय कारोवार, यातायात, ढुवानी र मार्केटिङको व्यवसायमा विशेष लाभ देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

दार्शनिकताप्रति झुकाव बढ्नेछ र स्वभावमा गम्भीरता प्राप्त हुनेछ । रहस्यात्मक विषय र गूढ विज्ञानमा रुचि जाग्ने समय हो । पूर्वअनुभव र सीपप्रति आशावादी बन्ने दिन हो, कर्मप्रति समर्पित हुनुपर्छ, आइपर्ने विघ्नबाधा र अवरोधमाथि समेत नजर राख्न नबिर्सनु होला । टाढा रहेका छोराछोरीमार्फत राम्रो समाचार आउने तथा सुखरसन्तोष मिल्ने राम्रो दिन छ । आफूले चिताएका हाँकेरताकेका काम पनि सम्पन्न हुने समय हो ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

काममा प्रगति हुने समय छ, तर एकोहोरोपन, जिद्दीपन र घमण्ड आजका शत्रु हुन् भन्ने बुझेर आफूलाई संयम बनाएर काम गर्ने दिन हो । चिन्ता र शङ्कालाई त्यागेर अब नयाँ ढंगले अघि बढ्ने प्रयास गर्नुहोस्, ब्रेक नै भएको छ भने पनि पुनः सम्बन्ध कायम हुनेछ । प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ, बुद्धिकौशल र कुटनैतिक ज्ञानको प्रयोग गर्नाले कुनै महत्त्वपूर्ण कार्य सम्पन्न हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

नराम्रो ठान्ने, नराम्रो बुझ्ने र खराब सुन्ने साथीहरूका माझमा आफ्‌ना भित्री कुरा नबताउनु होला, नत्र बेकारको अफवाह फैलने डर हुन्छ । अवरोध र बाधा सिर्जना हुने तथा अनावश्यक खर्च बढ्ने समय छ, त्यसैले कुनै पनि जोखिमयुक्त काममा सहभागिता नजनाउनु नै बेस हुनेछ । आम्दानीमा उतारचढाव आउने दिन हो, सामान्य मानेको लापरवाहीले समेत दण्डरजरिवानामा पर्न सकिन्छ, जतिसक्दो आफ्‌नो कारोबारमा ध्यानकेन्द्रित गरेको जाती हुन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

परीक्षा, प्रतियोगिता वा अन्तर्वार्ता छ भने प्रतियोगी बलिया छन् भन्ने बुझी अझ धेरै मिहिनेत र प्रयास गर्नुपर्ने दिन हो । जुनियर स्टाफ वा सँगीसाथीको क्रियाकलापले तपाईंको चिन्ता बढ्नसक्छ, तथापि आफ्‌नो क्षमता र प्रतिभाअनुसार अवसर मिल्ने दिन हो, उन्नतिपथका हरेक विघ्‌नबाधा पन्छाउँदै एउटा छुट्टै पहिचान कायम राख्न सफल भइने छ । परिस्थितिवश जिम्मेबारीबाहिरको काममा अलमलिनु पर्ने हुन्छ । काममा विलम्ब भए पनि कुनै विशेष काम सम्पादन गर्ने दिन हो ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

कुटनैतिक क्षमताको उपयोग गर्नाले सम्मान र प्रशंसा पाइने छ, अझ मौखिक अभिव्यक्ति वा कलात्मक कामका माध्यमबाट धनरकमसमेत जुटाउन सक्नुहुन्छ । सामाजिक र राजनैतिक हैसियत निर्माणका दिशामा केही लगानी गर्नुपर्ने हुन्छ । प्रशासनिक वा सरकारसम्बद्ध कुनै काम सुल्झाउन उपयोगी समय छ । सुखशान्ति र आनन्दकै वातावरण रहेको छ, आज व्यवहार गर्दा कर्तव्य र मर्यादाप्रति सचेत रहनुपर्ने समय हो, नत्र कताकता मनमुटाव सिर्जना हुनसक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

कुनै समस्या छ भने अभिभावकसँग प्रष्टसँग राख्ने प्रयास गर्नुहोला । घरबाहिर हुनुहुन्छ भने मन मिल्ने साथीलाई बताउनु ठीक हुन्छ । खिसीट्युरी गर्ने वा प्रतिद्वन्द्वीहरूले अथवा राजनैतिक प्रतिपक्षले हानि पुर्याउने योजना बनाउन सक्छन्, त्यस्तै गोपनीयता बाहिरिनाले पनि समस्यामा पर्न सकिन्छ । तर आफ्नो समझदारीले हरेक समस्याको समाधान गर्न सकिनेछ । व्यस्ततामा दिन बित्नेछ, तथापि कामको चापबाट फुर्सद निकालेर आज केही समय घरपरिवार र छोराछोरीका लागि छुट्याउनु राम्रो हुन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

शरीरमा थकान र उत्साहमा कमी आउने समय छ, तथापि आफूलाई सक्दो प्रसन्न बनाउन प्रयास गर्नुपर्छ, किनभने आज आफ्‌ना लागिमात्र होइन, आफन्तका निमित्तसमेत तपाईंको दृढता र हौसला आवश्यक देखिन्छ । नियमरकानूनसँग असङ्गत विषयवस्तु र गलत काममा दिलचस्पी राख्नु हुँदैन, साँच्चै भन्ने हो भने आज रिस्क र जोखिमबाट टाढा भाग्ने दिन हो । मनमा चिन्ता र निराशा बढ्ने दिन हो, त्यस्ता चालचलन र व्यवहारप्रति आफूलाई सजग राख्नुपर्छ, जसले लवमेटको गुनासो बढ्ने गर्दछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

सरल व्यवहारको प्रदर्शन गर्दा लाभ हुनेछ, मन उत्सुक र आशावादी बन्ने दिन हो, त्यसैले महत्त्वपूर्ण निर्णय लिनुअघि दोधारमा नरहनु होला, किनकि आजको निर्णयले भाग्यको ढोका उघ्रिने समय छ । मन हलुका र शरीर तन्दुरुस्त देखिन्छ, काम छाडेर गफगाफमा भुलिन सक्नुहुन्छ, तर रामरमाइलो त्यागेर काम र प्राथमिकताउपर ध्यान दिनुपर्ने दिन हो । इच्छाअनुरूप एकान्तमा बस्न पाउने अवसर मिल्नेछ, यस अवसरमा मनमा जरो गाडेर बसेको कुनै कुरा छ भने साथीलाई बताउनु होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मानसिक सबलता र आन्तरिक क्षमतामा बृद्धि हुनाले घरपरिवारमा प्रभुत्व जमाउन सकिने छ, तर कुनैकुनै कुराले तपाईंलाई एक्लो र खिन्न बनाउन सक्छ । मिहिनेत र बुद्धिकौशलको प्रयोग गरी आज सँगीसाथीका बीचमा विद्वान् र चङ्ख साबित हुने दिन हो, गुरुजनबाट स्याबासी पाउन सक्नुहुन्छ । आर्थिक पक्ष सुदृढ रहनुका साथै विभिन्न स्रोतबाट आम्दानीमा बृद्धि राम्रो समय छ । कार्यक्षेत्रमा पनि बोली र कामको कदर हुने वेला हो । पारिवारिक माहौल पनि आनन्दप्रद देखिन्छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।