२०८३ बैशाख १८ गते शुक्रबार
२०८३ बैशाख १८ गते शुक्रबार

नेपाल आयल निगमले डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ घटाएको छ ।

निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले मध्यरातिदेखि लागू हुनेगरी डिजेल तथा मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो ।

भारतबाट मूल्यसूची घटेर आएकाले सोही अनुसार आन्तरिक बजारमा मूल्य समायोजन गरिएको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।

यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ७ ले घटाइएको छ । हाललाई पेट्रोलको मूल्य भने यथावत् राखिएको छ ।

नयाँ मूल्य कायम भएसँगै अब काठमाडौँमा डिजेलको मूल्य १४५ रुपैयाँ कायम हुने भएको छ ।

मेष : स्वास्थ्य र मनोबलमा केही उतारचढाव आउन सक्छ । अनावश्यक खर्च वा विवादमा नफस्नुहोला । रहस्यपूर्ण कुरा वा गोपनीय विषय खुल्ने सम्भावना छ ।

वृष : दाम्पत्य जीवनमा निकटता बढ्नेछ । साझेदारी र सम्बन्धमा लाभ हुनेछ । कारोबार वा सहकार्यमा लाभदायी अवसर मिल्ने सम्भावना छ । प्रेमसम्बन्धमा खुसी मिल्ने दिन हो ।

मिथुन : प्रतिस्पर्धामा विजय प्राप्त गर्न सक्नुहुन्छ । शत्रु वा बाधकहरू दबिनेछन् । स्वास्थ्यमा सुधार हुने देखिन्छ । कार्यक्षेत्रमा लगनशीलता र कर्मठताले राम्रो फल दिन्छ ।

कर्कट : अध्ययन, बुद्धि र सन्तानसम्बन्धी कार्यमा प्रगति हुनेछ । प्रेममा सफलता मिल्ने सम्भावना छ । सिर्जनात्मक कार्यमा मन रमाउनेछ । साहित्य, कला वा अध्यात्मतर्फ आकर्षण बढ्ने दिन हो ।

सिंह : मन अस्थिर रहन सक्छ । घरायसी विषयमा तनाव आउन सक्नेछ । मातृस्वास्थ्यमा ध्यान दिन आवश्यक छ । जग्गा–जमिन वा सम्पत्तिसम्बन्धी विवाद आउन सक्छ, सजग रहनुहोला ।

कन्या : साहस र पराक्रम बढ्नेछ । भाइबहिनी वा साथीभाइसँग सम्बन्ध प्रगाढ हुनेछ । नयाँ योजनामा हात हाल्न सकिने समय छ । यात्राबाट फाइदा मिल्ने सम्भावना छ ।

तुला : परिवारमा सुख-शान्ति रहनेछ । धनलाभ हुने दिन छ । बोलीमा मिठास आउँनेछ, जसले काम सजिलै बन्नेछ । आहार–विहारमा ध्यान दिनु लाभदायी हुनेछ ।

वृश्चिक : आत्मविश्वास बढ्नेछ । तर भावुकताले निर्णयमा असर पार्न सक्छ । आत्मानुशासन र धैर्य आवश्यक छ । मान–सम्मान प्राप्त हुने समय भए पनि मानसिक उतारचढाव रहनसक्छ ।

धनु : अनावश्यक खर्च बढ्न सक्छ । यात्रामा असजिलो हुने सम्भावना छ । स्वास्थ्यमा कमजोरी देखिन सक्छ । गोप्य शत्रु सक्रिय हुनसक्ने भएकाले सतर्क रहन आवश्यक छ ।

मकर : लाभ र मनोकामना पूर्तिको समय छ । साथीभाइको सहयोग मिल्नेछ । आर्थिक पक्ष सबल हुने दिन छ । इच्छित काम पूरा हुन सक्छ ।

कुम्भ : कार्यक्षेत्रमा सफलता प्राप्त हुनेछ । पद प्रतिष्ठा बढ्नेछ । अधिकारी वा वरिष्ठको सहयोग मिल्नेछ । नेतृत्वदायी काममा अवसर आउन सक्छ ।

मीन : भाग्य वृद्धि हुने दिन छ । धार्मिक-आध्यात्मिक कार्यमा आकर्षण बढ्नेछ । गुरु वा श्रेष्ठजनको मार्गदर्शन पाइनेछ । अध्ययन, यात्रामा शुभ फल प्राप्त हुनेछ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।