२०८२ आश्विन ३० गते बिहीबार
२०८२ आश्विन ३० गते बिहीबार

काठमाडौँ । सरकारले नेपालमा दर्ता नभएका विभिन्न २६ वटा सामाजिक सञ्जाल बन्द गरेपछि पत्रकारहरूले त्यसविरुद्ध सडकमा प्रदर्शन गरेका छन्।

आइतबार काठमाडौँको माइतीघरमा भएको प्रदर्शनमा सहभागी पत्रकारहरूले अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार भएको भन्दै आपत्ति जनाए।

 

नेपाल पत्रकार महासंघका पूर्वपदाधिकारी तथा सदस्यहरूको आह्वानमा गरिएको उक्त विरोधमा सहभागीहरूले ‘नो ब्यान्ड’, ‘अभिव्यक्ति स्वतन्त्रता हाम्रो अधिकार’, ‘जनताको आवाज बन्द गर्न पाइँदैन’, ‘लोकतन्त्र ह्याक हुँदैछ, निरंकुशता फर्किँदै छ’ जस्ता नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए।

पत्रकारहरूले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारलाई आग्रह गर्दै आगामी दिनमा थप सशक्त आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सोमबार हुन लागेको ‘जेनजी’ पुस्ताको भ्रष्टाचारविरोधी प्रदर्शनलाई पूर्ण समर्थन जनाएका छन्।

उनले आफ्नो फेसबुकमार्फत यो र्‍याली स्वस्फूर्त र २८ वर्षभन्दा कम उमेरका युवाको रहेको भन्दै यसमा कुनै पनि पार्टी, नेता वा अभियन्ताले आफ्नो स्वार्थ पूरा गर्न नहुने सुझाव दिएका हुन्।

शाहले आफू उमेर हदबन्दीका कारण र्‍यालीमा सहभागी हुन नमिल्ने भए पनि युवाहरूको इच्छा, उद्देश्य र सोच बुझ्न इच्छुक रहेको बताएका छन्। उनले लेखेका छन्, ‘भोलीको र्‍याली स्पष्ट र स्वस्फूर्तरूपमा जेनजीको हो, जसका लागि म पनि अझै बुढो देखिन्छु।’

मेयर शाहले युवाहरूलाई सम्बोधन गर्दै ‘कस्तो देश देख्न चाहनुहुन्छ?’ भनी प्रश्न पनि गरेका छन्। उनले यो र्‍यालीमा कुनै पनि राजनीतिक दल, नेता वा कार्यकर्ताले बाठो बन्ने प्रयास नगर्न चेतावनी दिँदै युवाहरूको कुरा बुझ्न जरुरी रहेको र आफ्नो पूर्ण समर्थन रहेको उल्लेख गरेका छन्।

मोरङ — प्रतिनिधि सभा सदस्य तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. सुनिल कुमार शर्मा अमेरिका प्रस्थान गरेका छन्।

सचिवालयले दिएको जानकारीअनुसार सांसद शर्मा एक महिना अमेरिकामा रहनेछन्। अमेरिकामा रहँदा उनले त्यहाँ रहेका नेपाली दाजुभाइ, दिदीबहिनीहरूसँग भेटघाट गर्ने र राजनीतिक तथा सामाजिक व्यक्तिहरूसँग समेत छलफल गर्ने कार्यक्रम रहेको छ।

सांसद शर्माले अमेरिकाको बसाइलाई नेपाली समुदायसँगको सम्बन्ध सुदृढ बनाउन उपयोग गर्ने जनाइएको छ।

सामाजिक सञ्जालमार्फत डा. शर्माले क्यानडाको एडमोन्टन सहरमा  शैलेश भण्डारीको घरमा पाएको आत्मीय आतिथ्य र बिताएको समयबारे स्मरण गर्दै धन्यवाद प्रकट गरेका छन्। साथै, बहिनी–ज्वाइँ लिला बास्कोटा र विजय दाहालसँग बिताएको समयलाई अझ विशेष रहेको भन्दै भावुक अभिव्यक्ति दिएका छन्।

त्यसैगरी, क्यानडामा रहेका भाई अमिर न्यौपानेसँगको भेटलाई अविस्मरणीय भन्दै उनले प्रसन्नता व्यक्त गरेका छन्। साथै, मित्र होमन गौतमद्वारा सञ्चालित Bonoo Minimart नेपाली पसल सफलतापूर्वक सञ्चालन भइरहेको देख्दा निकै खुशी लागेको समेत उनले उल्लेख गरेका छन्।

डा. शर्माले क्यानडामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ–दिदीबहिनीहरूले देखाएको न्यानो माया र आत्मीयता प्रति आभार व्यक्त गर्दै, “जय नेपाल!” भन्दै आफ्नो सन्देश समापन गरेका छन्।

उनको यो भावनात्मक सन्देशले प्रवासमा रहेका नेपाली समुदायसँगको सम्बन्धलाई अझ प्रगाढ बनाएको देखिन्छ।

काठमाडौं । आज (भदौ २२ गते) राति खग्रास चन्द्रग्रहण लाग्दैछ । राति १०ः११ बजे ग्रहण स्पर्श भएर १ः४१ बजे मोक्ष हुने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ ।

समितिका अनुसार यो चन्द्रग्रहण राति ११ः१५ बजे सम्मीलन, ११ः५६ बजे मध्य, १२ः३८ बजे उन्मीलन हुने छ। कूल १ घण्टा २३ मिनेट खग्रास रहने यो ग्रहणको सम्पूर्ण अवधि ३ घण्टा ३० मिनेट रहनेछ।

यो चन्द्रग्रहण नेपाल, भारतसहित एसियाका धेरै देशबाट सुरुदेखि अन्तसम्म अवलोकन गर्न सकिनेछ।

वैज्ञानिकहरुका अनुसार चन्द्रग्रहण पूर्णतया हानिरहित हुने भएकाले यसलाई खुला आँखाले हेर्दा कुनै असर गर्दैन।

आगामी फागुन १९ गते फागु पूर्णिमाका दिन पनि खण्डग्रास चन्द्रग्रहण लाग्ने ज्योतिषशास्त्रीहरुले बताएका छन्।
सूर्यग्रहण औंसी र चन्द्रग्रहण पूर्णिमामा लाग्ने गर्छ।

 
 
 
 
 
 
 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।