२०८२ आश्विन २८ गते मंगलवार
२०८२ आश्विन २८ गते मंगलवार

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की अब सामाजिक सञ्जालमा पनि सक्रिय भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीका तीन आधिकारिक सामाजिक सञ्जाल एकाउन्टहरू सार्वजनिक गरेको हो ।

कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार प्रधानमन्त्री कार्कीको आधिकारिक एक्स (पहिलेको ट्विटर) ह्यान्डल @pmsushilakarki रहेको छ । यसैगरी, फेसबुकमा ‘पीएम सुशीला कार्की’ सुरु गरिएको छ, जसको सम्पर्क इमेल pmonewpalnew@gmail.com तोकिएको छ । इन्स्टाग्राम प्रयोगकर्ताहरूका लागि भने pm.sushila.karki ह्यान्डलमार्फत उहाँसँग जोडिन सकिनेछ, जसको इमेल pmonepalnew@gmail.com नै रहेको छ ।

प्रधानमन्त्री कार्यालयका सहसचिव/प्रवक्ता रविलाल शर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा यी एकाउन्टहरू आजैदेखि सञ्चालनमा आएको उल्लेख छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।