२०८२ कार्तिक ५ गते बुधबार
२०८२ कार्तिक ५ गते बुधबार

इजरायलमा मारिएका नेपाली विद्यार्थी विपिन जोशीको शव आज नेपाल ल्याइँदैछ ।

उनको शव फ्लाई दुबईको विमानमार्फत् काठमाडौं ल्याउन लागिएको हो । सो विमान दिउँसो काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरु र परराष्ट्र मन्त्रालयका अधिकारीहरु पनि सहभागी हुने तयारी छ ।

विपिनको शव नेपाली सेनाले कञ्चनपुरस्थित उनको घरसम्म पुर्‍याउने छ ।

परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार मंगलबार उनको अन्त्येष्टि गरिनेछ ।

अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत २०२३ अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । त्यसपछि उनको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायली अधिकारीहरुले उनको मृत्यु पुष्टि गरेका थिए ।

इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि बन्दी साटासाट गर्ने क्रममा हमासले विपिनको भनेर इजरायली सेनालाई शव हस्तान्तरण गरेको थियो । उनको डीएनए परीक्षणबाट शव विपिनकै भएको पुष्टि भएको थियो भने फरेन्सिक जाँचमा अपहरण भएताका नै मृत्यु भएको पाइएको इजरायलस्थित नेपाली दूतावासका अधिकारीहरुले बताएका छन् ।

विपिनको शव नेपाल ल्याउनुअघि आइतबार इजरायलको राजधानी तेल अवीवस्थित खटिभा ८ को स्मारक, बेनगुरिएन विमास्थलमा श्रद्धाञ्जली दिइएको थियो । उनको शव रहेको कफिनमा नेपाली झण्डा आढाइएको छ ।

शव नेपाल पठाउनुअघि विपिन जोशीलाई आइतबार इजरायलमा कार्यक्रम आयोजना गरी श्रद्धाञ्जली दिइएको थियो।

 
 
 
 
 
 
 

काठमाडौं । यम पञ्चक अर्थात् तिहारको तेस्रो दिन आज बिहान घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा खान दिएर कुकुर तिहार पर्व मनाइँदैछ भने साँझ लक्ष्मीपूजा पनि गरिँदैछ ।

पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार दिउँसो २ बजेर ५९ मिनेटसम्म चतुर्दशी तिथि रहेको छ । चतुर्दशी तिथिमा कुकुरको पूजा गरिन्छ । त्यसपछि औँसी तिथि लाग्छ । लक्ष्मीपूजा औँसीको साँझ वा रात्रिमा गर्ने विधान भएकाले आज नै लक्ष्मीपूजा परेको समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले बताए ।

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई पूजा गरी खानेकुरा खुवाइँदैछ । सनातन धर्ममा कुकुरलाई यमराजको दूत मानिएको छ । कार्तिक कृष्ण चतुर्दशीमा कुकुरको पूजा गर्दा यमलोक प्रवेशका क्रममा यमराजको ढोकामा द्वारपालका रूपमा बसेका श्याम र सबल नामका कुकुरले बाटो छोडिदिने विश्वास गरिन्छ ।

मानिसका लागि उपयोगी मानिएका जीवजन्तुलाई तिहारमा सम्मान गर्ने परम्पराअनुरूप कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गर्ने विधान छ ।

मालिकप्रति बफादार रहने, कुनै खतरा आइपरे संकेत गराउने, शत्रुबाट जोगाउनेजस्ता अनेक गुण कुकुरमा छन्। सुँघ्नसक्ने उच्च क्षमताका कारण अचेल सुरक्षा निकायले गम्भीर प्रकृतिका अनुसन्धानमा कुकुर प्रयोग गर्छ।

यता औँसीको साँझमा दीपावलीसहित धनकी देवी लक्ष्मीको पूजा गर्ने परम्परा छ । यो दिनलाई तिहारको सबैभन्दा महत्त्वपूर्ण दिन मानिन्छ ।

औँसीको रातमा लक्ष्मीको उत्पत्ति भएको दिनको रूपमा यो दिन उनको पूजा–आराधना गर्ने विधान रहेको बताइन्छ । संस्कृत भाषाका विद्वान् स्व। शिवराज आचार्य कौण्डिन्न्यायनको ‘वैदिक धर्म मूल रूपमा’ पुस्तकमा उल्लेख भएअनुसार यस दिनको उत्सवलाई ‘कौमुदी–महोत्सव’ वा ‘कौमोदिनी–महोत्सव’ पनि भनिन्छ ।

सफासुघ्घर र उज्यालो भएका ठाउँमा लक्ष्मीको प्रवेश हुने विश्वास अनुरूप घरआँगन, कोठाचोटा सफासुघ्घर पारी, लिपपोत गरिन्छ । यस्तै ढोका र झ्यालमा फूलका माला र मन्दिर तथा नदीमा तोरण टाँग्ने चलन छ ।

साँझ भएपछि आँगनदेखि पूजास्थलसम्म लक्ष्मीको पाइला बनाई दीपावली गरिन्छ । दीप–कलश–गणेशको पूजा गरी धनका देवता कुवेरसहित समृद्धिकी देवी लक्ष्मीको पूजा गरिन्छ । लक्ष्मीलाई प्रसन्न पार्न श्रीसुक्त पाठ गरिन्छ ।

यो दिन विधिपूर्वक पूजा गर्नाले लक्ष्मी खुशी भई धन–धान्य हुने, समृद्धि प्राप्त हुने पुराणहरूमा उल्लेख छ ।

मेष : दिन सामान्य छ । अनावश्यक काममा तपाईंको समय र सम्पत्ती खर्च हुनेछ । साथीभाइसँग धेरै तर्क नगर्नु राम्रो हुन्छ । तपाईंले राम्रो बोले पनि विभिन्न आरोप लाग्ने जोखिम रहेको छ ।

वृष : दिन राम्रो छ । धनलक्ष्मी योग परेकाले धन आर्जन हुनेछ । स्वास्थ्य र शिक्षामा फाइदा मिल्नेछ । परिवारको साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ला ।

मिथुन : दिन सामान्य छ । बोली र व्यवहारमा एकरुपता नहुँदा समस्या बढ्नेछ । परिवारको साथ सहयोग मिल्नेछ । शिक्षाको क्षेत्रमा थप मिहिनेत गर्नुपर्ने दिन छ । व्यापारमा भने घाटा हुनेछ ।

कर्कट : दिन राम्रो छ । व्यापारमा गरेको लगानीबाट फाइदा मिल्नेछ । मित्र बढ्नेछन् । महत्वपूर्ण निर्णय गर्नुअघि अग्रजको सल्लाह लिनु राम्रो हुन्छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

सिंह : दिन राम्रो छ । साथी सँगको भेटले मनमा शान्ति मिल्नेछ । धर्मकर्ममा मन जानेछ । शनिको कारण मन अस्थिर बन्नेछ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । परिवारको साथमा घुमघामको अवसर मिल्नेछ ।

कन्या : दिन राम्रो छ । तपाईंको प्रतिभाको सम्मान हुनेछ । तपाईंको कला प्रदर्शन गर्ने दिन छ । राजनीतिक र सामाजिक क्षेत्रमा सहभागी हुने अवसर मिल्नेछ । नयाँ योजना बन्नेछन् ।

तुला : दिन राम्रो छ । पठनपाठनमा मन जानेछ । आफ्नो रुचिको क्षेत्रमा सफलता मिल्नेछ । शिक्षामा गरेको मिहिनेतको फल प्राप्त होला । हरेक काममा परिवारको सहयोग मिल्नेछ ।

वृश्चिक : दिन राम्रो छ । साथी भाइसँगको भेटले मन प्रशन्न रहनेछ । परिवारको साथ सहयोग मिल्नेछ । धर्मकर्ममा मन जानेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा भने समस्या हुनसक्छ ।

धनु : दिन राम्रो छ । धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। व्यापार व्यवसायमा फाइदा हुनेछ । स्वास्थ्य, शिक्षा र सामाजिक क्षेत्रमा तपाईंको नाम र दाम मिल्नेछ । परिवारको साथ लिएर अगाडि बढेमा हरेक काममा सफलता मिल्नेछ ।

मकर : दिन राम्रो छ । व्यापारमा नाफा हुनेछ । लगानी गरेको भए फाइदा हुनेछ । सामाजिक र राजनीतिक क्षेत्रमा चासो बढ्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

कुम्भ : दिन सामान्य छ । बोल्दा ख्याल गर्नुपर्छ । बोलीकै कारण साथी भाइ टाँढिने भएकाले बोल्नु अगाडि तीन पटक सोच्नु उचित हुन्छ । सामाजिक कामबाट भने आज तपाईंलाई मानसम्मान मिल्नेछ ।

मीन : दिन सामान्य राम्रो छ । कारोबारमा नाफा हुनेछ । थोरै बोलेर अगाडि बढ्दा फाइदा हुने योग छ। धार्मिक र सामाजिक क्षेत्रमा गरेको मिहिनेतको प्रतिफल प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ला।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।