
आइसिसी विश्वकप क्रिकेट लिग-२ मा अन्तर्गत आज भएको खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ । दुबईस्थित आइसिसी एकेडेमीमा आज भएको खेलमा नेपाल अमेरिकासँग चार विकेटले पराजित भएको हो ।
जितका लागि नेपालले दिएको २७२ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४९ ओभरमा छ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । अमेरिकाका लागि साइत्यजा मुकामल्लाले सर्वाधिक ७५ रनको योगदान दिए । उनले १०१ बलमा दुई चौका र एक छक्काको सहयोगमा ७५ रन बनाएका हुन् । त्यस्तै मिलिन्द कुमारले ६६ बलमा ७० रन बनाए ।
साइन जाहाङिरले ३६, मोनाङ पटेलले २१, सुभम रन्जनले १९ र स्मित पटेलले १६ रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए भने गुल्सन झा, करण केसी र नन्दन यादवले समान एक/एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै २७१ रन बनाएको थियो । नेपालका दीपेन्द्रसिंहले सर्वाधिक ७५ रन बनाए । उनले ६७ बलमा दुई चौका र तीन छक्का प्रहार गरे । त्यस्तै करण केसीले ३१ बलमा दुई चौका र तीन छक्कासहित ४९ रनको योगदान दिए । कुशल भुर्तेलले ४७, भीम सार्कीले ४३ र कप्तान रोहित पौडेलले ३६ रन बनाए ।
अमेरिकाका लागि हर्मित सिंहले तीन विकेट लिए भने सौरभ नेत्रभल्कर र नोशथुस केन्जिगेले समान दुई/दुई विकेट लिए । त्यस्तै जसदीप सिंह र शुभम रन्जानेले समान एक/एक विकेट लिए ।
जारी प्रतियोगितामा नेपालको यो लगातार तेस्रो हार हो । नेपाल पहिलो खेलमा अमेरिकासँग १०६ रन अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा युएईसँग पाँच विकेटले पराजित भएको थियो । जारी शृङ्खलामा लगातार तेस्रो जित निकालेको अमेरिका लिग-२ तालिकाको शीर्ष स्थानमा छ । अमेरिकाले २३ खेलमा ३४ अङ्क जोडेको छ । नेपाल १९ खेलमा १२ अङ्कसहित सातौँ स्थानमा छ ।
काठमाडौं – नेकपा माओवादी केन्द्रले छिटो भन्दा छिटो नेकपा एकीकृत समाजवादी लगायत सात दलसंग एकता गर्ने निर्णय गरेको छ ।
शनिबार शनिबार पार्टी कार्यालय पेरिसडाडामा बसेको माओवादी महाधिवेशन आयोजन समिति सचिवालय बैठकले पार्टी एकताका लागि सैद्धान्तिक र नीतिगत विषय टुंगो लागेको भन्दै छिटो एकता गर्ने निर्णय भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिउ ।
उनले एकताका लागि प्राविधिक तथा संगठानिक बिषयमा छलफल भएको भन्दै कार्तिक १७ गते बस्ने केन्द्रीय बैठकले एकताको अन्तिम निर्णय गर्ने बताए ।
सापकोटाले एकीकृत समाजवादीसहित अन्य सात पार्टीसँग १८ गते एकता हुने जानकारी दिए । समाजवादीसँगै महेन्द्रराय यादवको जसपा, एमालेबाट विद्रोह गरेका प्रेमबहादुर सिंह, राजु कार्कीको नेकपा समाजवादी, सुवास काफ्लेको जनसमाजवादी पार्टीकाबीचमा एकता हुने बताए । यस्तै विप्लवको पार्टीमा विद्रोह भएर बनेको चिरण सी नेतृत्वको समूह पनि एकतामा आउने छ ।
उनले तत्काल पार्टी एकता नभए फागुन २१ गतेको चुनाव नहुन पनि सक्ने भएकाले एकताका लागि ढिला नगर्ने जिकिर गरे ।
उनले नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपालाई पनि सिंगै एकतामा ल्याउने प्रयास गरेको बताए । एकताको विषयलाई लिएर पार्टी विभाजन नहुने उनको भनाइ छ ।
नेकपा (एमाले)ले मंसिर ६ गते ‘संविधानको संरक्षण र लोकतन्त्रको सुदृढीकरण’ उद्देश्यसहित प्रदर्शन गर्ने भएको छ ।
शनिबार (कात्तिक १५) भक्तपुरको गुन्डुमा बसेको सचिवालय बैठकले जसका लागि देशव्यापी जनपरिचालन अभियान सञ्चालन गर्ने कार्यक्रम तालिका तय गरेको छ ।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार पहिलो चरणमा कात्तिक २२ गते देशभरका वडामा जनभेला आयोजना गरिनेछ। त्यसपछि कात्तिक २५ गते हरेक स्थानीय तहमा प्रदर्शन गरिने योजना रहेको छ।
त्यसपछि कात्तिक २९ गते जिल्ला स्तरीय जनसभा र अन्ततः मंसिर ६ गते काठमाडौँमा ठूलो जनसभा गरिने निर्णय गरिएको उनले बताए।
ज्ञवालीका अनुसार प्रतिनिधिसभा पुनर्स्थापनाका पक्षमा जन दबाव सिर्जना गर्ने उद्देश्यले यी कार्यक्रमहरू सञ्चालन गरिँदैछ ।
काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अस्पतालको सघन कक्ष (आइसियू) मा राखेर उपचार भइरहेको छ ।
मिर्गौलामा सङ्क्रमण देखिएपछि सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालको आइसियूमा उपचार भइरहेको जनाइएको छ ।
उनी लामो समयदेखि मिर्गौलाको डायलाइसिसमा थिए ।
विगतमा रौटहतबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने उनले केही समय वन तथा वातावरण र श्रम तथा रोजगार मन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।
पाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।
नेपाल आयल निगम सञ्चालक समितिको शुक्रबार बसेको बैठकको निर्णयअनुसार डिजेल र मट्टितेलको मूल्य एक रुपैयाँ घटाइएको हो ।
पेट्रोलको मूल्य हाल यथावत राखिएको छ।
गएराति १ बजेदेखि लागू हुने गरी निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु एक र हवाई इन्धन अन्तरराष्ट्रियतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर सातले बढाएको छ।
निगमनले यसपाली इण्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा रु ०.०३ र हवाई इन्धनमा प्रतिलिटर रु ०.८६ ले बढेर तथा डिजेलमा प्रतिलिटर रु १.१९ ले घटेर आएकाले मूल्य समायोजन गरिएको जनाएको छ।

काठमाडौं । नेपालको युवा पुस्ता (जेनजी) ले राजनीतिमा आफ्नो सशक्त उपस्थिति जनाउन ‘नेपाल जेनजी फ्रन्ट’ को औपचारिक घोषणा गरेको छ । जेनजी अगुवा रक्षा बमको संयोजकत्वमा २१ पृष्ठ लामो दस्तावेजसहित यो मोर्चा सार्वजनिक गरिएको हो ।
जेनजी आन्दोलनलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यका साथ यो फ्रन्ट गठन गरिएको संयोजक बमले बताएकी छिन् । रक्षा बमको नेतृत्वमा गठन भएको यस फ्रन्टमा युवा अनुहारहरू युजन राजभण्डारी, यतिष ओझा, मनिष खनाल, आदित्य कर्ण, ऋतु खड्का, संविधान प्रसाईं, नजिर आलम, आसन अन्सारी र पूजा मेहता लगायतका सदस्यहरू रहेका छन् । यो समूहले जेनजी विद्रोहका एजेन्डाहरूलाई एकीकृत गर्दै विभिन्न जेनजी समूहहरूलाई एकताबद्ध गर्ने लक्ष्य राखेको छ ।
जारी विज्ञप्तिमा संयोजक बमले जेनजी विद्रोहलाई संस्थागत गर्ने र सोही विद्रोहसँगै उदय भएका विभिन्न जेनजी समूहहरूलाई एकीकृत गर्ने मूल उद्देश्य रहेको प्रस्ट पारेकी छिन् । यो प्रारम्भिक समूहले समान राजनीतिक विचार राख्ने सबै जेनजी समूहलाई एकताबद्ध गर्ने लक्ष्य लिएको छ । काठमाडौं लगायत देशभरका जेनजी विद्रोहमा सक्रिय युवाहरूलाई यस समूहमा जोडिनका लागि आह्वान समेत गरिएको छ ।
संगठन समितिका संयोजक युजन राजभण्डारीका अनुसार, अहिले गठन गरिएको समूहले संघीय संरचनाका रुपमा काम गर्नेछ । यसको अर्थ चाँडै नै प्रदेश र जिल्ला स्तरमा पनि समितिहरू घोषणा गरिनेछन्, जसले देशव्यापी रुपमा जेनजीको आवाजलाई बुलन्द गर्नेछ ।
काठमाडौं । बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ को प्रभाव नेपालमा कम हुँदै गएको छ । यसअघि भारतको छत्तिसगढ आसपासमा न्यूनचापीय क्षेत्रका रूपमा रहेको ‘मोन्था’ को प्रभाव रातिबाट मत्थर हुँदै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल नेपालमा पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । यसले गर्दा देशका विभिन्न भागमा आंशिकदेखि पूर्ण बदलीको अवस्था देखिएको छ । कोशी प्रदेशमा पूर्ण बदली छ भने बाँकी भूभागमा साधारणतयादेखि अधिकांश बदली रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसोको पूर्वानुमान: कोशी, मधेस र बागमती प्रदेशमा साधारणतया बदली रहनेछ भने बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना पनि रहेको छ । कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा र बागमती प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
रातिको पूर्वानुमान: कोशी प्रदेश र मधेस प्रदेशमा साधारणतया बदली रहनेछ भने बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।
मौसममा आएको परिवर्तनका कारण यात्रा गर्नेहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ । पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना भएकाले चिसोबाट बच्न र सुरक्षित रहन आवश्यक तयारीका साथ यात्रा गर्न महाशाखाले अनुरोध गरेको छ ।





