२०८३ जेष्ठ १२ गते मंगलवार
२०८३ जेष्ठ १२ गते मंगलवार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर फिल्ड लाइटिङ सिस्टममा समस्या आएको कारण सबै उडान र अवतरण रोकिएका छन् ।

विमानस्थल प्रवक्ता रिन्जी शेर्पाका अनुसार समस्या शनिबार बेलुका करिब साढे ५ बजेदेखि देखा परेको हो । अन्तर्राष्ट्रिय उडानका जहाजहरू आकाशमै होल्ड गरिएका छन् भने आन्तरिक उडानका जहाजहरू विमानस्थलमै रोकिएका छन्।

प्रवक्ता शेर्पाले भने, ‘के कारणले समस्या आएको हो भन्ने विषयमा जाँच भइरहेको छ। समस्या समाधान भएलगत्तै उडान र अवतरण पुनः सञ्चालन हुनेछ।’

उनका अनुसार प्राविधिक टोलीले हाल लाइटिङ सिस्टमको समस्या समाधान गर्ने प्रयास गरिरहेका छन् ।

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएका छन्।

 

सोनलले विश्वासको मत नपाउने निश्चित भएपछि पदबाट राजीनामा घोषणा गरेको हो । आज प्रदेश सभामा विश्वासको मत लिने कार्यसूची थियो। तर, उनले राजीनामा दिएका हुन्।

दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा लिज सम्झौतासम्बन्धी अनियमितताको आरोपमा ट्रस्टका तत्कालीन सहसचिव लेखबहादुर कार्की पक्राउ परेका छन्।

प्रहरीले प्रहरीले ठगी, आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाउने क्रममा कार्कीलाई नियन्त्रणमा लिएको हो । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीका अनुसार ६६ वर्षीय कार्कीलाई शुक्रबार पक्राउ गरी थप अनुसन्धान सुरु गरिएको हो ।

प्रहरीका अनुसार,प्रारम्भिक अनुसन्धानमा कम्पनीलाई नोक्सानी हुने गरी ३० वर्षका लागि जग्गा लिजमा दिने सम्झौता भएको र सम्झौतामा उल्लेख भएको ४६०६ नम्बरको जग्गासँगै ४६०५ नम्बरको कित्ता समेत अनुमति वा निर्णयबिना लिजमा दिएको देखिन्छ ।

अनुसन्धानअनुसार काठमाडौं महानगरपालिका–१ दरबारमार्गस्थित नेपाल ट्रष्टको जग्गा थामसेर्कु ट्रेकिङ प्रालिसँग लिजमा दिने क्रममा नियमानुसार संचालक समितिको निर्णयबिना र बिनाआधार अर्को कित्ता पनि थप गरी लिज सम्झौता गरिएको थियो।

सो क्रममा ट्रष्टका अधिकारी, कर्मचारी र अन्य व्यक्तिहरूले गैरकानूनी लाभ लिएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ।

अब कार्कीको बयानका आधारमा ठगी र आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।

काठमाडौँ । मधेश प्रदेशका माओवादी केन्द्रका सांसद रहबर अन्सारीले रोष्टममै आफ्नो मुखमा कालो मोसो दलेका छन्। 

शनिबार प्रदेश सभामा अन्सारीले केन्द्रीकृत शासन पद्धति लागू गरेको भन्दै आफ्नो मुखमा कालो मोसो दलेका हुन्।

 

मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनाले आज विश्वासको मत लिइरहेका छन्। रोष्टममा बोल्ने क्रममा रहबर अन्सारीले कालो मोसो दल्दै विश्वासको मत नदिने बताए।   

‘मेरो दलको नाम के हो म बिर्से म बिर्से, के रे कुन दल, नेपाली कम्युनिस्ट पार्टी, होइन माओवादी केन्द्र नै हो!,’ अन्सारीले भने,‘ यो हामीले बनाइरहेको सरकार होइन, काठमाडौँ र शीर्ष नेताहरुले बनाइरहेको सरकार हो, किन विश्वासको मत दिने? विश्वासको मत दिन्न।’  

प्रदेशको भ्रष्टाचार र कुशासन देख्दा विष उत्पन्न भएको बताउँदै उनले जेन जेड आन्दोलन भए पनि नेताहरू नसुध्रिएको जिकिर गरे।

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले घुस खोरी, पार्टीगत लेवी र कमिसनको सञ्जाल अब सह्य नहुने चेतावनी दिएकी छिन्।

शनिवार काठमाडौँमा आयोजित राष्ट्रिय बृहत् आर्थिक बहस २.० लाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले घुस खोरी, पार्टीगत  कमिसनको सञ्जाल अब सह्य नहुने चेतावनी दिएकी हुन्।

उनले लोकतन्त्रको नाममा अब लुटतन्त्र सह्य नहुने पनि बताइन्। उनले इमान्दार उद्यमीलाई प्रताडित गर्ने र नीतिगत चलखेल गर्नेहरू पोसिने अवस्था नरहने पनि स्पष्ट पारिन्।

जेन जेड आन्दोलनको पृष्ठभूमिमा केही उश्रृंखल समूहहरूले राज्यविहिनताको फाइदा उठाउँदै व्यापारिक क्षेत्रमाथि गरिएको आक्रमण स्वीकार्य नभएको पनि बताइन्। उक्त घटनापछि मर्माहत भएको निजी क्षेत्रलाई जेन जेड आन्दोलनमा घाइते युवाहरूलाई झैँ तत्काल राहत, सहयोग पुर्‍याउँदै आत्मविश्वासको जगेर्ना गर्न सरकार कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरिन्।

प्रधानमन्त्री कार्कीले गत भदौ २३ र २४ गतेको आन्दोलनले नेपाललाई एक नवीन म्याण्डेट दिएको बताउँदै नेपाल अब एक पछौटे मुलुकको यथास्थितिमा बस्न नसक्ने स्पष्ट पारिन्।

काठमाडौं। गत असोजमा गएको बाढी पहिरोका कारण पुगेको क्षतिका कारण बीमा कम्पनीहरुमा तीन अर्ब ७८ करोड ४० लाख ९० हजार बराबरको दावी परेको छ।

गत असोज १७ गतेदेखि १९ गतेसम्म परेको अविरल वर्षाका कारण जनधनको क्षति भएको थियो। प्राधिकरणका अनुसार कब्ूल ४३४ वटा बीमा दावीको आवेदन परेको छ।

प्राधिकरणका अनुसार सम्पत्ति बीमा ३८२, इञ्जिनियरिङ तथा ठेकेदार जोखिम ९२, कृषि तथा बाली बीमा २०९, मोटर बीमा निजीतर्फ ३७, मोटर बीमा सार्वजनिक १०, अन्य बीमा एक र सामुन्द्रिक बीमाका तीन वटा आवेदन परेको छ।

कूल ३७ जिल्लामा भएको क्षतिको क्षतिपूर्तिका लागि बीमा दावीको आवेदन परेको छ। सबैभन्दा बढी १९७ वटा बीमा दावीको आवेदन सुनसरीमा परेको छ। यस्तै, इलाममा ६०, काठमाडौं ८०, मोरङ ९०, झापा २०, पर्सा ७१, रौतटहमा २८ वटा बीमा दावीको आवेदन परेको छ।

प्राधिकरणका अनुसार गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण भएको क्षतिको २३ अर्ब २३ करोड बराबरको बीमा दावीको आवेदन परेको छ। यस्तै, गत असारको बाढी पहिरोका कारण भएको क्षतिको कारण ९८ करोड ५९ लाख बराबरको बीमा दावीको आवेदन परेको थियो।

प्राकृतिक जोखिमबाट हुने क्षतिमा भएको बृद्धिसँगै बीमा कम्पनीमा बीमा दावीको आवेदन पनि उल्लेख्य रूपमा बढेको छ। हाल नेपालमा १४ वटा निर्जीवन बीमा कम्पनी, चार वटा निर्जीवन लघुबीमा कम्पनीमा बीमा दावीको आवेदन परेको हो।

काठमाडौँ। पूर्वमन्त्री एवं नेपाली काँग्रेसका पूर्वसांसद् मोहम्मद अफताब आलमको निधन भएको छ ।

उनको उपचारको क्रममा आज बिहान साढे २ बजेतिर काठमाडौँको सिनामंगलस्थित केएमसी अस्पतालमा निधन भएको हो।

स्वास्थ्य अवस्थामा गम्भीर समस्या देखिएपछि केही दिनयता उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । मिर्गौला फेल भएकोले उनको निरन्तर डायलाइसिस भइरहेको थियो ।

संविधानसभा निर्वाचनको अघिल्लो राति २७ चैत २०६४ मा रौतहटको राजपुरस्थित आलमका काका शेख इन्द्रिसको घरमा बम बनाउने क्रममा विस्फोट हुँदा श्रीनारायणका कान्छा छोरा २२ वर्षीय त्रिलोकप्रताप सिंह र स्थानीय ओशी अख्तरसहित घाइते भएका थिए ।

घाइतेहरूलाई उपचारको साटो जिउँदै इँटाभट्टामा लगेर जलाएर हत्या गरेको मुद्दामा उनलाई जिल्ला अदालत रौतहटले दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो ।

पछि उच्च अदालतले जिल्लाको फैसला उल्टाएपछि उनी थुनामुक्त भएका थिए।

मेष : दिन सामान्य छ। अनावश्यक काममा तपाईंको समय र सम्पत्ती खर्च हुनेछ। साथीभाइसँग धेरै तर्क नगर्नु राम्रो हुन्छ। तपाईंले राम्रो बोले पनि विभिन्न आरोप लाग्ने जोखिम रहेको छ।

वृष : दिन राम्रो छ। धन आर्जन हुनेछ। स्वास्थ्य र शिक्षामा फाइदा मिल्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

मिथुन : दिन राम्रो छ। व्यापारमा गरेको लगानीबाट फाइदा मिल्नेछ। मित्र बढ्नेछन्। महत्त्वपूर्ण निर्णय गर्नुअघि अग्रजको सल्लाह लिनु राम्रो हुन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : दिन राम्रो छ। साथी सँगको भेटले मनमा शान्ति मिल्नेछ। धर्मकर्ममा मन जानेछ। शनिको कारण मन अस्थिर बन्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परिवारको साथमा घुमघामको अवसर मिल्नेछ।

सिंह : दिन सामान्य छ। बोली र व्यवहारमा एकरुपता नहुँदा समस्या बढ्नेछ। परिवारको साथ सहयोग मिल्नेछ। शिक्षाको क्षेत्रमा थप मिहिनेत गर्नुपर्ने दिन छ। व्यापारमा भने घाटा हुनेछ।

कन्या : दिन राम्रो छ। तपाईंको प्रतिभाको सम्मान हुनेछ। तपाईंको कला प्रदर्शन गर्ने दिन छ। राजनीतिक र सामाजिक क्षेत्रमा सहभागी हुने अवसर मिल्नेछ। नयाँ योजना बन्नेछन्।

तुला : दिन राम्रो छ। पठनपाठनमा मन जानेछ। आफ्नो रुचिको क्षेत्रमा सफलता मिल्नेछ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त होला। हरेक काममा परिवारको सहयोग मिल्नेछ।

वृश्चिक : दिन सामान्य छ। बोल्दा ख्याल गर्नुपर्छ। बोलीकै कारण साथी भाइ टाँढिने भएकाले बोल्नु अगाडि तीन पटक सोच्नु उचित हुन्छ। सामाजिक कामबाट भने आज तपाईंलाई मानसम्मान मिल्नेछ।

धनु : दिन राम्रो छ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। व्यापार व्यवसायमा फाइदा हुनेछ। स्वास्थ्य, शिक्षा र सामाजिक क्षेत्रमा तपाईंको नाम र दाम मिल्नेछ। परिवारको साथ लिएर अगाडि बढेमा हरेक काममा सफलता मिल्नेछ।

मकर : दिन राम्रो छ। व्यापारमा नाफा हुनेछ। लगानी गरेको भए फाइदा हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा चासो बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : दिन राम्रो छ। साथी भाइसँगको भेटले मन प्रशन्न रहनेछ। परिवारको साथ सहयोग मिल्नेछ। धर्मकर्ममा मन जानेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा भने समस्या हुनसक्छ।

मीन : दिन सामान्य राम्रो छ। कारोबारमा नाफा हुनेछ। थोरै बोलेर अगाडि बढ्दा फाइदा हुने योग छ। धार्मिक र सामाजिक क्षेत्रमा गरेको मिहिनेतको प्रतिफल प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।