२०८३ बैशाख १७ गते बिहीबार
२०८३ बैशाख १७ गते बिहीबार

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको वेबसाइट आज बिहानदेखि ह्याक भएको छ, जसका कारण राष्ट्रिय परिचयपत्रसँग सम्बन्धित सबै सेवाहरू अवरुद्ध भएका छन्।

‘नेपाली फर नेपाल’ नाम प्रयोग गर्ने समूहले वेबसाइट ह्याक गरेको दाबी गर्दै आफूलाई ‘राष्ट्रिय भविष्यको रक्षा गर्न प्रतिबद्ध अनुसन्धान संस्था’को रूपमा जनाएको छ। ह्याकरले विभागको एडमिन सिस्टममा पहुँच भएको र सम्पूर्ण डाटामा पहुँच जमाएको दाबीसमेत गरेको छ।

उक्त समूहले नागरिक बचाउ अभियानका अभियन्ता एवं व्यवसायी दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र रिहा गर्न सरकारलाई अल्टिमेटम दिएको छ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका महानिर्देशक नमराज घिमिरेले वेबसाइटमा आक्रमण भएको पुष्टि गरेका छन्। उनका अनुसार फिलहाल साइट बन्द गरी प्राविधिक टोलीले पुन:सञ्चालनका लागि काम गरिरहेको छ। उनले सबै डाटा सुरक्षित रहेको आश्वासन पनि प्रशासनलाई दिएका छन्।

यस घटनाले सरकारको सूचना प्रविधि (आईटी) क्षेत्रप्रतिको कमजोरी पुन: उजागर गरेको छ। प्रविधिका नाममा अर्बौं खर्च गरे पनि सुरक्षा प्रणाली सुदृढ नगर्नु र सेवा प्रवाहमा विश्वसनीयता नआउनु दीर्घकालीन समस्याका रूपमा देखिएको छ। सरकारी कागजात आदानप्रदानदेखि डिजिटल भण्डारणसम्म देश अझै आत्मनिर्भर बन्न नसकिरहेको तथ्य पनि यसै घटनाले पुन: स्मरण गराएको छ।

विगतदेखि नै आईटी क्षेत्र योग्य जनशक्तिका हातमा नपरी सीमित पात्रलाई मात्रै ठेक्का र जिम्मेवारी दिने प्रथाजस्ता कारणले समेत संरचना र प्रणालीहरू प्रभावकारी रूपमा चल्न नसकेको विश्लेषण गरिन्छ।

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा तीन हजार आठ सय रुपैयाँले घटेर प्रतितोला दुई लाख ३९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन तोलामा २ लाख ४३ हजार तीन सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ६५ रुपैयाँले घटेर प्रतितोला तीन हजार ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी तोलामा तीन हजार १ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

काठमाडौं । मुग्लिन–पोखरा सडकखण्ड आजदेखि १० दिनसम्म दैनिक चार घण्टा बन्द हुने भएको छ । मुग्लिन–पोखरा राजमार्ग सुधार योजना अन्तर्गत पश्चिमखण्ड दैनिक चार घण्टा पूर्ण तथा आंशिक बन्द गरेर सडक स्तरोन्नती गर्न लागिएको हो ।

 

आजदेखि दैनिक बिहान ६ बजेदेखि आठ बजेसम्म र मध्याह्न १२ बजेदेखि दुई बजेसम्म सडकमा सवारी साधन रोकेर निर्माणको काम गर्न लागिएको योजना प्रमुख कृष्ण बहादुर कुँवरले जानकारी दिए ।

हाल मुग्लिन–पोखरा सडक खण्ड अन्तर्गत तनहुँको जामुने बजारदेखि पोखराको सेती नदी पुलसम्मको सडकमा स्तरोन्नतिको काम भइरहेको छ । पोखराको विजयपुर पुलको ‘अपस्ट्रिम साइड’ मा दुई लेनको ‘प्रिकास्ट’ र ‘प्रिस्ट्रेस’ प्रविधिको पुल निर्माणको लागि काम भइरहेको छ ।

 

योजना प्रमुख कुँवरका अनुसार मूल सडक बन्द हुँदा दुई पाङ्ग्रे तथा साना सवारीसाधनले अर्घौचोक वा बुढी बजार चोकबाट बेल चौतारा हुँदै चाउथे भएर आवतजावत गर्न सक्नेछन् भने ठूला सवारीसाधनलाई पावर हाउस चोकदेखि बौमारा हुँदै बिरौटा निस्किएर पोखरा आवतजावत गर्न आयोजनाले अनुरोध गरेको छ ।

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा चार टोलीबीच प्रतिस्पर्धा हुने भएको हो ।

आज बिहान ११ः४५ बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दा दोस्रो खेलमा विराटनगर किङ्ग्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् । चारवटै टोलीको लक्ष्य सुखद् सुरुआत गर्ने हुनेछ ।

चितवन कुशल मल्लका कप्तानीमा मैदान उत्रिँदा कर्णालीको नेतृत्व सोमपाल कामीले गर्नेछन् । विराटनगरको नेतृत्व सन्दीप लामिछानेले सम्हाल्दा पोखराको कप्तान कुशल भुर्तेल रहनेछन् । यसअघि सोमबार सम्पन्न पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले हराएर काठमाडौँ गोर्खाजले सुखद सुरुआत गरेको छ । जितसँगै काठमाडौँले अङ्कतालिकामा दुई अङ्क पनि जोड्यो ।

नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा यही मङ्सिर १ गतेदेखि सुरु प्रतियोगिताको फाइनल मङ्सिर २७ मा हुनेछ । प्रतियोगिताका विजेताले रु एक करोड १० लाख पाउने क्यानले जनाएको छ ।

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । यही मंसिर दोस्रो सातादेखि आन्दोलनको तयारीमा रहेका उनलाई हिंसा भड्काउन सक्ने आशंकाका साथ प्रहरीले भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ गरेको हो ।

 

सोमबार मध्यरात पक्राउ परेका प्रसाईलाई जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकालीमा राखिएको छ । उनीमाथि शान्ति सुरक्षामा खलल पुर्याएको आरोप छ । सोमबार मध्यराति प्रहरीको टोली उनको घरमा पुगेको थियो ।

यसअघि १५ चैतको तिनकुने हिंसात्मक आन्दोलनपछि पक्राउ परेका प्रसाईं अदालतको आदेशपछि छुटेका थिए । 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।