२०८२ फाल्गुन २७ गते बुधबार
२०८२ फाल्गुन २७ गते बुधबार

काठमाडौं- सरकारले १० जिल्लाका ९४ हजार ५ सय २७ गरिब परिवारको अन्तिम सूची स्वीकृत गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलका अनुसार इलाम, कास्की, चितवन, झापा, तेह्रथुम, नवपरासी बर्दघाट सुस्तापूर्व, नवलपरासी बर्दघाट सुस्ता पश्चिम, पर्वत, मोरङ र सुनसरीका गरिब परिवारको सूची स्वीकृत गरेको हो ।

काठमाडौं- सर्वोच्च अदालतले ऊर्जामन्त्री कुलमान घिसिङद्वारा बर्खास्त गरिएका हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा फर्काउन सोमबार परमादेश दिएको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले हाल जल तथा ऊर्जा आयोगमा रहेका हितेन्द्रको पक्षमा परमादेश दिएको हो ।

भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनको बलमा ऊर्जासहित तीवनटा मन्त्रालय सम्हालेका घिसिङले पुरानै प्रतिस्पर्धी शाक्यलाई प्राधिकरणबाट हटाएका थिए ।

त्यसपछि ढिलोगरी शाक्य सर्वोच्च अदालतमा गएका थिए । शाक्यको रिटमाथि सुनुवाइ गर्दै सोमबार सर्वोच्चले प्राधिकरणमा पुनर्वहाली गरिदिएपछि ऊर्जामन्त्री कुलमान घिसिङलाई ठूलो झट्का लागेको छ।

सर्वोच्चले हितेन्द्रलाई हटाउने निर्णय उनीसँग भएको कार्यसम्पादन सम्झौता तथा अदालतबाट भएका यसअघिका व्याख्याको प्रतिकूल रहेको ठहर पनि गरेको छ।

‘शाक्यलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट जल तथा ऊर्जा आयोगको विशेषज्ञ सदस्य पदमा नियुक्त गर्ने तथा उक्त पदबाट रिक्त हुन आउने प्राधिकरणको कार्यकारी निर्देशक पदमा विपक्षीमध्येका मनोज सिलवाललाई नियुक्त गर्ने नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ असोज ५ को निर्णय पूर्वपठित कानुनी व्यवस्था, निजसँग गरिएको कार्यसम्पादन सम्झौता तथा यस अदालतबाट विभिन्न मुद्दामा पटक पटक व्याख्या भई प्रतिपादित न्यायिक सिद्धान्तसमेतको प्रतिकूल देखिँदा सो निर्णयका आधारमा गरिएको कामकारबाही र पत्राचारसमेत उत्प्रेषणको आदेशले बदर भई यी रिट निवेदकलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको पदमा पूर्ववत काम कारबाही गनू दिनु, दिलाउनु भनि विपक्षीको नाममा परमादेशसमेत जारी हुने ठहर्छ’, सर्वोच्चले सोमबार भनेको छ।

घिसिङले जेन-जी आन्दोलनको म्यान्डेटसमेत ख्याल नगरी शाक्यलाई मात्रै पदबाट हटाएका थिए । त्यसपछि उनले गत असोज ५ मा आफूनिकट मनोज सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशक बनाएका थिए ।

काठमाडौं– सरकारले उखुको न्यूनतम खरिद मूल्य निर्धारण गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६२० रुपैयाँ निर्धारण गर्ने निर्णय गरेको हो।

त्यस्तै, अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँ कायम गर्ने निर्णय भएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।

बैठकले जेनजी आन्दोलनका क्रममा घाइते तथा अपांग भएका व्यक्तिलाई राहत सहायता उपलब्ध गराउनेसम्बन्धी कार्यविधि २०८२ स्वीकृत गरेको छ। त्यस्तै, जेनजी आन्दोलनका घाइतेलाई शिक्षा, स्वास्थ्य र रोजगारीको सम्बन्धमा आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको छ।

बैठकले सहसचिव राजेन्द्रकुमार पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ भने आर्थिक कार्यविधि तथा वित्तीय उतरदायित्व दोस्रो संशोधन नियमावली स्वीकृत गरिएको प्रवक्ता खरेलले जानकारी दिए।

मन्त्रिपरिषद्ले विभिन्न १० जिल्लाका ९४ हजार ५२७ गरिब परिवारको सूची स्वीकृत गर्ने निर्णय गरेको छ।

काठमाडौं । राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईँले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन् । भेटवार्तापछि पत्रकारसँग कुरा गर्दै उनले आफूले जनमत संग्रहको माग राखेको र २ पुससम्मको अल्टिमेटम दिएको बताए ।

उनले भने, ‘मैले राजसंस्था पुन:स्थापना लगायतका विषयमा जनमत संग्रहमा जाउँ भने । प्रधानमन्त्रीले पुस २ गतेसम्म डिसिजन दिन्छु भन्नुभएको छ ।’

माग पूरा भएन भने चुनाव हुनै नसक्ने प्रसाईँले ठोकुवा गरे ।

उनले भने, ‘माग पूरा भएन भने जनविद्रोह हुन्छ, चुनाव हुँदैन भनेर भनिदिएको छु ।’

प्रसाईले राजसंस्था पुनस्थापनालगायतका विभिन्न २७ बुँदे माग सरकारसामु राखेको छ । आफुहरुको माग पुरा नभए चुनाव हुनै नदिएर। जनविद्रोह गर्ने ठाडो चेतावनी प्रसाईले दिएका छन् ।

 

काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावलीमा भएको त्रुटि सच्याउनका लागि मंसिर २६ गतेसम्म समय तोकेको छ।

मतदाता नामावलीलाई त्रुटिरहित तुल्याउन सच्याउने समय दिइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जनाएका छन्।

आयोगले भनेको छ, ‘मतदाता नामावली अद्यावधिक (दाबी विरोध) कार्यक्रम अन्तर्गत मतदाता नामावलीलाई त्रुटिरहित र थप शुद्ध तुल्याउन आम मतदाता तथा सबै सरोकारवालाको सहभागिता अपरिहार्य रहेकोले मिति २०८२/८/२६ सम्म त्रुटि सच्याउन अनलाइन प्रणालीबाट निवेदन, सूचना एवं उजुरी दिने कार्यमा सबै सरोकारवालाहरूको सक्रिय सहभागिताको लागि आयोग हार्दिक अपिल
गर्दछ।’

यो अवधिमा त्रुटि सच्याउनेसँगै कसैले झुटो विवरण दिई नामावलीमा नाम समावेश गरेको भए उजुरी दिन, एकभन्दा बढी ठाउँमा नाम समावेश भए एउटै ठाउँमा कायम गर्न, मृत्यु वा नागरिकता त्यागेको भए जानकारी गराउन पनि आग्रह गरेको छ। यो प्रक्रिया पूरा भएपछि आयोगले मतदाता नामावली प्रकाशन गर्नेछ।

आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि फागुन २० गतेलाई ‘कट अफ डेट’ निर्धारण गरेको छ। यसअनुसार, फागुन २० गतेसम्म १८ वर्ष उमेर पुग्ने मतदाताको विवरण मतदाता नामावलीमा अद्यावधिक गर्ने भएको छ।

काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग अभियन्ता एवं नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंको औपचारिक भेटवार्ता सुरु भएको छ ।

नागरिक बचाउ दलका संरक्षक तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजक प्रसाईंले सरकारसँग राखेका २७ बुँदे मागका मुख्य बुँदाहरुबारे प्रधानमन्त्री कार्कीसँग विस्तृत छलफल चलिरहेको हो । भेटघाटले राजनीतिक तनावपूर्ण वातावरणमा नयाँ मोड ल्याउनेछ ।

प्रधानमन्त्री कार्कीको निर्देशनमा समसामयिक राजनीतिक तथा सामाजिक मुद्दाहरुमा छलफलका लागि प्रसाईंलाई मंसिर २२ गतेको समय दिइएको थियो ।

सोमवार दिउँसो ३ बजे शुरु भएको यो भेटमा प्रसाईंले आफ्नो समूहले गत मंसिर ६ देखि नै राख्दै आएका मागहरुको पूर्ण कार्यान्वयनका लागि सरकारको तत्कालीन प्रतिवद्धता कार्यान्वयन नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीको छलफलमा वर्तमान शान्ति–सुरक्षा अवस्था, राष्ट्रियता तथा धार्मिक स्वतन्त्रताका मुद्दाहरुमा विशेष जोड दिइएको छ ।

प्रसाईंको समूहले प्रश्तुत गरेको २७ बुँदे मागपत्रमा नेपालको वर्तमान संविधानलाई पूर्णरुपमा खारेज गरी नयाँ संविधान निर्माण गर्ने, राष्ट्रपतिको सट्टा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख प्रणाली लागू गर्ने, राजसंस्था, हिन्दु राज्य लगायतका मागहरु समावेश छन् ।

धर्मनिरपेक्षताको नीतिलाई परिवर्तन गरी हिन्दु राष्ट्र पुनस्र्थापना गर्ने, विदेशी प्रभावबाट राष्ट्रियतालाई जोगाउने, सार्वजनिक शान्तिमा खलल पु¥याउने तत्वहरुको नियन्त्रण गर्ने, तथा नागरिक स्वतन्त्रताको पूर्ण सुनिश्चितता गर्ने जस्ता बुँदाहरु पनि छन् ।

यी मागहरु गत मंसिर ६ गते गृहमन्त्री ओमप्रकाश अर्याललाई बुझाइएको थियो । जसमा राजनीतिक दलहरुले निर्वाचनमार्फत मात्र यस्ता माग सम्बोधन गर्नसक्ने सरकारको सुझाव थियो । तर प्रसाईं समूहले यी मागहरु तत्काल कार्यान्वयन नभए चरणवद्ध आन्दोलन सशक्त पार्ने चेतावनी दिइसकेको छ ।

काठमाडौं – भदौ २३ र २४ गतेका दिन जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकामध्ये शहीद घोषणा गरिएका ४५ जनाको नाम जिल्ला प्रशासन कार्यालय (सीडीओ) मा अनिवार्य रूपमा राख्न गृह मन्त्रालयले सबै जिल्लालाई निर्देशन दिएको छ।

मन्त्रालयले आइतबार गृह–मन्त्रीस्तरीय निर्णयपछि जारी गरेको परिपत्रमार्फत देशभरका सीडीओ कार्यालयलाई उक्त नामावली तीन दिनभित्र प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा प्रष्ट देखिने गरी टाँस्न आदेश दिएको हो।

शाखा अधिकृत पदमबहादुर खत्रीको हस्ताक्षरयुक्त उक्त पत्रमा ज्यान गुमाएका व्यक्तिहरूलाई ‘जेनजी सुशासनका योद्धा’ का रूपमा सम्मान गर्दै उनीहरूको नाम औपचारिक रूपमा कार्यालयमा राखिनुपर्ने उल्लेख गरिएको छ।

गृह मन्त्रालयले यो कदम आन्दोलनमा ज्यान गुमाउनेहरूको बलिदानलाई संस्थागत रूपमा स्मरण गर्नका लागि आवश्यक भएको बताएको छ।

काठमाडौँ- आफ्नै चार महिने छोराको हत्या गरेको अभियोगमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई) पुष्कर कार्की पक्राउ परेका छन्।

उनले काठमाडौँको सिनामंगलमा आफ्नै चार महिने छोराको हत्या गरेर भागेको अवस्थामा नागढुंगाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।

उनले भने, ‘छोराको हत्या गरी भागेको अवस्थामा असई कार्कीलाई नागढुंगाबाट पक्राउ गरेका छौँ, उक्त विषयमा अहिले थप अनुसन्धान भइरहेको छ।’ असइ कार्कीले सिनामंगलस्थित आफ्नो कोठामा घाँटी थिचेर छोराको हत्या गरेको प्रहरीले जनाएको छ। हत्याको कारणबारे प्रहरीले अनुसन्धानपछि खुल्ने जनाएको छ।

नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली कांग्रेसको उम्मेदवार हुन सिफारिस हुने नेपालभरका नेताहरूमध्ये पहिलो बनेका हुन्।

कांग्रेस केन्द्रले प्रत्येक क्षेत्रबाट एक महिलासहित तीन जनासम्मको नाम सिफारिस गर्न सर्कुलर पठाएकोमा मोरङ-३ मा भने अन्य कुनै नेताले उम्मेदवारीमा दाबी गरेनन्। सर्वसम्मत सिफारिस भएपछि कार्यक्रमस्थलमै बोल्दै शर्माले इमानदारितापूर्वक नेपाली जनताको सेवा गर्ने अवसर प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताए। उनले २०८२ सालमा निर्वाचन हुनेमा आशङ्का व्यक्त गर्दै काँग्रेसले मोरङ-३ मा जस्तै अन्य स्थानमा पनि मेलमिलापसहित प्रतिनिधि सभा सदस्यका लागि सर्वसम्मत उम्मेदवार सिफारिस गर्नुपर्नेमा जोड दिए।

शर्माले देशभरका १६४ क्षेत्रले मोरङ—३ को यस प्रक्रियालाई रोल मोडल को रूपमा मानेर आम देशभरका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले आ-आफ्नो क्षेत्रमा आफ्ना उम्मेदवारलाई निर्विरोध गरेर नयाँ सञ्चारसहित कांग्रेसलाई नयाँ ऊर्जा भरेर मुलुकभर लैजानुपर्ने बताए।

उनले भने, ‘यो ०८२ सालमा चुनाव हुन्छ हुँदैन थाहा छैन। चुनाव भयो भने नेपाली काँग्रेसलाई एउटा ठुलो सन्देश हो, काँग्रेस पार्टीभित्र हृदयबाटै मेलमिलापसहित प्रतिनिधि सभामा अरू ठाउँमा पनि सर्वसम्मत हुन सक्दो रहेछ भनेजस्तै देशभरका १६४ क्षेत्रले यसलाई रोल मोडलको रूपमा मानेर आम देशभरका नेपाली काँग्रेसका नेता, कार्यकर्ताले आफ्नो आफ्नो क्षेत्रमा आफ्ना उम्मेदवारलाई निर्विरोध गरेर नयाँ सञ्चारसहित काँग्रेसलाई नयाँ ऊर्जा भरेर मुलुकभर लैजानुहुन्छ, नेपाली काँग्रेसले फेरि पनि बहुमत ल्याउँछ, त्यो सबैभन्दा ठुलो सफलता हो।’

शर्माले आफू मन्त्री हुने वा नहुने अर्को पाटो भए पनि इमानदारितापूर्वक नेपाली जनताको सेवा गर्ने प्रतिबद्धता जनाएका छन्। उनले मोरङ—३ क्षेत्रका सबै नेता र कार्यकर्तालाई धन्यवादको पात्र भएको बताए। निर्वाचन क्षेत्र नम्बर ३ का जनताले डा. शर्माको विकल्प नभएको बताएका छन् र उनलाई मन्त्री बन्ने आशीर्वाद दिनुपर्ने धारणा राखे।

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा सात सय रुपैयाँले बढेर आज २ लाख ५२ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुनको मूल्य प्रतितोला दुई लाख ५२ हजार २ सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी २० रुपैयाँले घटेर ३ हजार ५८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदीको मूल्य प्रतितोला ३ हजार ६०५ रुपैयाँ कायम भएको थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।