२०८२ फाल्गुन २७ गते बुधबार
२०८२ फाल्गुन २७ गते बुधबार

काठमाडौँ । सरकार र जेनजी प्रतिनिधिबिच बुधबार केही महत्वपूर्ण सम्झौता भएका छन् ।

बुधबार साँझ सिंहदरबारमा भएको उक्त सम्झौतामा प्रधानमन्त्री सुशीला कार्कीले सम्झौताका सबै बुँदाहरू पूरा गर्न केही समय लाग्ने बताइन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उक्त सहमतिलाई प्रधानमन्त्रीले नेपाल जेनजी आन्दोलनको ‘अग्रज’ र ‘गुरु राष्ट्र’ रहेको भन्दै अन्य देशहरूले पनि यसको अनुकरण गर्ने विश्वास व्यक्त गरिन् ।

प्रधानमन्त्री कार्कीले यो सम्झौता सहिद र घाइते जेनजीहरूका लागि राम्रो भएको बताउँदै यसले भविष्यमा संविधान निर्माणमा समेत मार्गदर्शकको भूमिका खेल्ने उल्लेख गरिन् । उनले नेपालीमाथि कुनै पनि विपद् नआओस् भन्ने उद्देश्यले यो सम्झौताले मद्दत गर्ने बताइन् ।

आफूलाई युवा पुस्ताले ‘आमा’ मानेकोमा कृतज्ञता व्यक्त गर्दै उनले आफू सधैँ युवा शक्तिको पक्षमा रहेको र युवा शक्तिले यो देशमा सत्ता ल्याएर उनीहरूको विचारले देश चलोस् भन्ने आफ्नो चाहना रहेको बताइन् ।

गत भदौ २३ र २४ गतेका घटनाले दुःखी बनाए पनि यो सम्झौताले सानो भए पनि मुस्कान थपेको उनको भनाइ थियो ।

‘यो ऐतिहासिक डकुमेन्ट भोलि राजपत्रमा प्रकाशित हुन्छ र अन्य समयमा भएका सम्झौताहरू जस्तै यो पनि एक बलियो दस्तावेज बन्नेछ,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘सरकारमा रहेसम्म सहिद बाबुनानीहरूका लागि गर्नुपर्ने सबै कार्य गर्ने र घाइतेहरूको लागि सक्दो प्रयास गर्ने प्रतिबद्धता गर्छु ।’

युवा शक्ति देशमै बसून् र राम्रो राजनीतिज्ञ बनून् भन्ने प्रधानमन्त्रीको कामना थियो । उनले एउटै डकुमेन्टले सबैका इच्छा पुर्‍याउन गाह्रो हुने भए पनि दिनरात खट्ने जेनजीहरूलाई धन्यवाद दिइन् । यस क्रममा उनले सरकारका सचिव, कर्मचारीहरू, सुरक्षा निकाय लगायतलाई पनि धन्यवाद दिँदै सुदन गुरुङलाई आफ्नो जेठो छोरो भएको बताइन् ।

जेनजी पुस्ताको आफू आमा भएको र आर्यघाटमा पुग्दा पनि आमा नै रहने भन्दै उनी भावुक भइन् ।

बुधबार साँझ जेनजी र सरकारबिच केही महत्त्वपूर्ण सम्झौता भएका छन् । जहाँ राष्ट्रप्रमुख, तीनै तहका सरकारका कार्यकारी प्रमुख र मन्त्रिपरिषद्का सदस्यको पदावधि दुई पूर्ण कार्यकालसम्म सीमित गरिनेछ ।
त्यस्तै उम्मेदवारको उमेरको विषयमा पनि एउटा सम्झौता भएको छ । जहाँ प्रतिनिधि सभा, प्रदेशसभा र स्थानीय तहको जनप्रतिनिधिका लागि उम्मेदवार हुन न्यूनतम उमेर २१ वर्ष कायम गरिएको छ ।

यसैगरी फौजदारी अनुसन्धान र अभियोजन रद्द गर्ने पनि सम्झौता भएको छ । जेनजी आन्दोलनसँग सम्बन्धित राजनीतिक विरोधको गतिविधिमा सहभागी भएकै कारण कसैउपर फौजदारी अनुसन्धान वा अभियोजन नगरिने सम्झौता गरिएको छ ।

राजनीतिक दलका सम्पत्ति तथा आर्थिक स्रोतको विवरण अनिवार्य रूपमा मागी सो उपर छानबिन गरी स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गरी दोषी उपर कारबाही गर्न आवश्यक कानुनी प्रबन्ध गरिने पनि सम्झौता भएको छ ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई सरकारले जनआन्दोलनको मान्यता दिने भएको छ ।

बुधबार साँझ भएको जेनजीहरूको सम्झौतामा उक्त आन्दोलनलाई जनआन्दोलनको मान्यता दिइने उल्लेख छ ।

जेनजी आन्दोलनको पृष्ठभूमिमा अन्तरिम सरकार बनेपनि तीन महिना पछिमात्र औपचारिक सम्झौता भएको हो ।

आन्दोलनको अपराधिकरण बढ्दै गएको जेनजीको गुनासो र निरन्तरको दबाबमा पछि दुई पक्ष औपचारिक सम्झौता गर्ने अवस्थामा पुगेका हुन् ।

काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा इलिमिनेटरमा काठमाण्डू गोर्खाजलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा पुगेको छ ।

लुम्बिनी अब फाइनल प्रवेशको लागि विराटनगर किंग्सको सामना गर्नेछ भने काठमाण्डूको यात्रामा भने पूर्णविराम लागेको छ ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा काठमाण्डूले प्रस्तुत गरेको ११२ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

लुम्बिनीको जितमा ओपनर डी‘एर्सी शर्टे ३४ बलमा दुई छक्कासहित ३३ रन बनाए । सन्दीप जोराले २३ बलमा एक चौका र एक छक्कासहित २३ रन नै थपे । कप्तान रोहितकुमार पौडेलको नाममा १८ रन बनाए । दीनेश अधिकारी चार रनमा पभेलियन फर्किँदा निरोसान डीकवेलाले १४ रन बनाए । दीलिप नाथले सात रन जोडे ।

काठमाण्डूका सन्तोष यादवले दुई विकेट लिए । सन्नी पटेल, साहब आलम, कप्तान करण केसी र राशिद खानले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको काठमाण्डूले १९.१ ओभरमा सबै विकेट गुमाएर १११ रनमात्र बनाउन सक्यो ।

काठमाण्डूका सन्तोष यादवले सर्वाधिक २२ रन बनाए । आदील आलम र जोन सिम्पसनले समान १८ रन बनाए । भीम सार्कीले १४ रन थपे । कप्तान करण केसीले १४ बलमा नौ रन जोडे ।

काठमाण्डूबाट शीर्षक्रममा क्रमशः ओपनिङ, तेस्रो र चौथो नम्बरमा आएका बेन चाल्र्सवर्थले चार, आकाश त्रिपाठीले एक, सन्नी पटेलले सात र मिलिन्द कुमारले दुई रनमात्र बनाउन सके । राशिद खानले दुई रन जोडे ।

काठमाण्डूलाई सस्तैमा समेट्न लुम्बिनीका स्पिन शेर मल्लले तीन विकेट लिए । चार ओभरमा शेरले २२ रनमात्र खर्चिए । कप्तान रोहितकुमार पौडेलले पनि चार ओभरको स्पेलमा २५ रन खर्चिएर तीन विकेट नै हात पारे । रुबेन ट्रम्पेलमनले दुई विकेट लिए । ३।१ ओभरमा उनले एक मेडनसहित सात रनमात्र खर्चिए । अभिशेष गौतमको नाममा एक विकेट लिए ।

एनपीएलको इतिहासमा यी दुवै टिमले पहिलोपटक प्लेअफमा प्रतिस्पर्धा गरेका हुन् । यसअघि पहिलो संस्करणमा काठमाण्डूले पाँचौँ र लुम्बिनीले पुछारमा रहँदै प्रतियोगिता टुंग्याएका थिए ।

प्रतियोगितामा काठमाण्डू तेस्रो र लुम्बिनी चौथो स्थानमा रहँदै प्लेअफमा आएका हुन् । सात खेलबाट १० अंकसहित लिग चरणमा काठमाण्डूले तेस्रो स्थान सुनिश्चित गरेको थियो । यता, समान खेल खेलेको लुम्बिनीले भने आठ अंक जोडेको थियो ।

प्रतियोगिताको दोस्रो क्वालिफायर बिहीबार हुने तालिका छ । यो खेलमा जित निकाल्ने टिमले उपाधि निम्ति शनिबार सुदूरपश्चिम रोयल्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जाँचबुझ आयोगले बोलाउँदा अध्यक्ष केपी शर्मा ओली बयान दिन जानुपर्ने बताएका छन् ।

बुधबार सम्पादकहरूसँगको अन्तरसंवादमा बोल्ने क्रममा उनले आफू ओलीको ठाउँमा भएको भए बोलाउनुभन्दा अघि नै गएर बयान दिने पनि उल्लेख गरे ।

सरकारले बनाएको आयोगसँग केही कुरामा असहमति भए पनि आफ्ना तथ्य प्रस्तुत गर्न भने जानुपर्ने उनको भनाइ थियो ।

 

‘सरकारले बनाएको आयोग, हाम्रा कतिपय कुरामा रिजर्भेसेन केही होलान् । तर आयोगले बोलाएको कुरा स्वभाविक हो । म चाहिँ भए अझै अगाडि गएर बयान दिन्थेँ । त्यसप्रति अवज्ञा गर्ने कुराले राम्रो गर्दैन ।’ पोखरेलले भने ।

पार्टीको एघारौँ महाधिवेशनको पूर्वसन्ध्यामा आयोजित अन्तरसंवादका क्रममा उनले ओलीले आयोगले भनेको कुरा नमान्नुले राम्रो नगर्ने बताए ।

‘आयोगको अध्यक्ष जसलाई बनाइयो, तर उहाँले २३ र २४ गतेको आन्दोलनपछि एउटा मान्यताका आधारमा आफूलाई उभ्याउनुभयो, अब तीनै व्यक्ति आयोगका अध्यक्ष हुँदा निष्पक्ष कसरी हुन्छ भन्ने प्रश्न हो यो,’ उनले भने ।

पोखरेलले थप भनेका छन्, ‘तर, बयान दिन जाने, भन्न जाने, विचार भन्ने, तथ्य प्रस्तुत गर्ने कुरालाई अन्यथा लिन हुँदैन । हाम्रो अध्यक्ष पनि जानुहुन्छ भन्ने मलाई लाग्छ ।’

काठमाडौँ । मुगुका स्थानीय युवाहरूले  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङलाई झरो (दियालो) उपहार दिएका छन् ।

कर्णाली प्रदेशको विकट जिल्ला मुगुमा ९५ प्रतिशत नागरिकले स्थायी विद्युत् सुविधा नपाएको भन्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराएका हुन् । 

ऊर्जा मन्त्री घिसिङलाई प्रतीकात्मक रूपमा झरो (दियालो) उपहार दिएर युवाहरूले स्थायी विद्युत् सुविधा माग गरेका छन् ।

युवाहरूका अनुसार मुगुमा करिब ७० हजार जनसंख्या छ । ७० हजार जनसंख्यामध्ये सुचारु रूपमा विद्युत् सेवा पाउन सक्ने संख्या केवल करिब ३५ सयमा सीमित छ ।

अधिकांश नागरिकहरू प्राविधिक युगमा पनि सल्लोको काठ, मैनबत्ती र अस्थायी उज्यालोमा जीवन गुजार्न बाध्य रहेको भन्दै उनीहरूले ऊर्जा मन्त्री घिसिङको ध्यानाकर्षण गरेका हुन् ।

ध्यानाकर्षण पत्रमा उनीहरूले मुगुको विद्युतिकरण केवल पूर्वाधार विकासको विषय नभई सामाजिक न्याय, मानव विकास र राष्ट्रिय समावेशीकरणसँग जोडिएको मुद्दा भएको उल्लेख गरेका छन् ।

युवाहरूले मुगुको विशाल भू-भाग अझै राष्ट्रिय ग्रिडसँग जोडिन नसक्नु, आपूर्ति अस्थिर हुनु र वितरण संरचना कमजोर रहनु मुख्य चुनौती भएको लेखेका छन् ।

विद्यालयदेखि अस्पतालका उपकरण, सञ्चार डिजिटल सेवा, स्थानीय उद्योग, कृषि प्रशोधन जस्ता सबै क्षेत्रमा विद्युत् आपूर्ति हुनुपर्ने उनीहरूको माग छ ।

काठमाडौं । जेन–जी आन्दोलनका क्रममा विभिन्न स्थानमा भएका हिंसात्मक गतिविधि र तोडफोडसँग सम्बन्धित मुद्दामा पक्राउ परेका व्यक्तिहरूमध्ये ७४ जनालाई पुर्पक्षका लागि कारागार पठाइएको छ भने ९२ जना दैनिक हाजिरी जमानीमा छुटेका छन्।

काठमाडौं जिल्ला अदालतले मंगलबार टीओबी (Tibetan Original Blood) लेखिएको पोशाक लगाएर प्रदर्शन गरेका तेञ्जिङ दावालाई ५ लाख २० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। उनीभन्दा अघि पनि आन्दोलनका नाममा उदण्डता, तोडफोड तथा सार्वजनिक सुरक्षामा चुनौती दिने गतिविधिमा संलग्न ८५ जना धरौटी सुविधामा निस्किसकेका छन्।

जिल्ला प्रहरी परिसरका अनुसार हाल पनि ४५ जना प्रहरी हिरासतमा अनुसन्धानमा छन् भने ९२ जनालाई दैनिक हाजिरीसहित पुलिस सम्पर्कमा राखेर रिहा गरिएको छ। प्रदर्शनका बेला हातहतियार लुट्ने, देखाउने तथा सार्वजनिक सुरक्षामा खतरा उत्पन्न गर्नेहरू मध्ये १८ जनालाई प्रहरीकै निर्णयमा हाजिरी जमानीमा छोड़ेको छ।

आन्दोलनको भीड नियन्त्रणका क्रममा महाराजगञ्ज र कोटेश्वर क्षेत्रका तीन प्रहरीको ज्यान गएको थियो। सो घटनासम्बन्धी कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका १५ जनामाथि पुर्पक्षका लागि थुनामा राखिएको जिल्ला प्रहरीका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए। हातहतियार लुट्ने तथा लुकाएर राख्ने समूहका १६ जनालाई पनि अदालतले कारागार पठाएको छ।

यसबाहेक, आन्दोलनको भीडको आडमा डाँका चोरीमा संलग्न दुई जनालाई भद्रकालीस्थित प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। ज्यान मार्ने उद्योगको अभियोगमा एक व्यक्ति पुर्पक्षकै थुनामा छन्।

प्रवक्ता भट्टराईका अनुसार अदालतको आदेशअनुसार पुर्पक्ष थुनामा रहेका ७४ जनामध्ये ३७ जना आपराधिक उपद्रव, १६ जना हातहतियार, ३ जना चोरी, १५ जना कर्तव्य ज्यान तथा १ जना ज्यान मार्ने उद्योगसँग सम्बन्धित छन्। धरौटीमा छुटेकामध्ये मात्र आपराधिक उपद्रवका ५३ जना छन्।

हाल प्रहरी हिरासतमा अनुसन्धानका लागि राखिएका ८५ जनामध्ये ५३ जना आपराधिक उपद्रव, ११ जना हातहतियार, २ जना चोरी, १ जना ज्यान मार्ने उद्योग र २ जना डाँका चोरीका अभियोगमा छन्।

हाजिरी जमानीमा छुटेका ९२ जनामध्ये ६७ जना आपराधिक उपद्रव, १८ जना हातहतियार, ४ जना चोरी, २ जना अभद्र व्यवहार तथा १ जना संयुक्त उपद्रव–चोरी मुद्दामा छन्। दुई जनालाई सरकारी वकिलको राय अनुसार मुद्दा नचलाइ रिहा गरिएको छ भने अभद्र व्यवहारमा मुद्दा परेका एकजनालाई अदालतले सफाइ दिएको प्रहरीको भनाइ छ।

अदालतले आपराधिक उपद्रवका ७ जनालाई साधारण तारेखमा रिहा गरेको जनाएको छ।

गोरखाको धार्चे गाउँपालिका–२, रुन्चेतस्थित गण्डकी माध्यमिक विद्यालयमा ३७ वर्ष निरन्तर सेवारत रहेर निवृत्त भएका प्रधानाध्यापक इन्द्रबहादुर उपरकोटीले जीवनकै अविस्मरणीय बिदाइ पाए।

विद्यालयका शिक्षक, विद्यार्थी, पूर्वविद्यार्थी र अभिभावकहरूले उनीप्रतिको सम्मान व्यक्त गर्न हेलिकप्टर चार्टर गरी विशेष सम्मानसहित बिदाइ गरेका हुन्।

विद्यालयले गरेको औपचारिक कार्यक्रमपछि उनीयहरूले फूलमाला लगाएर विद्यालयको खेलमैदानबाटै हेलिकप्टरमा उडाए। जीवनभर हिमालपाखामा घामपानी सहेरेर विद्यार्थीसँगै हिँड्ने गुरुलाई ‘उडान’ उपहार दिए।

उपरकोटी रुन्चेत पुगेको समयदेखि नै गाउँलेका लागि शिक्षा, सचेतना र सामाजिक नेतृत्वका आधारस्तम्भ बनेका थिए। उनको पढाउने शैली, अनुशासन, सादगी र मानवीय संवेदनाले विद्यालयमा समाहित प्रत्येक पुस्तालाई प्रभावित पार्दै आएको विदार्थीहरुले बताएका छन्।

पूर्वविद्यार्थीहरूका अनुसार, शिक्षकको निवृत्ति केवल एक व्यक्ति सेवा निवृत्त हुनु मात्र होइन, गाउँको एउटा शैक्षिक युग बिदा हुनु हो। त्यसैले गाउँलेहरूले उनलाई सामान्य बिदाइ समारोहले मात्रै पूरा अर्थ दिने महसुस गरेनन्। त्यसका लागि उनले जीवनभर नचडेका उचाइलाई प्रतिकात्मक रूपमा आकाशमार्फतै छुन दिने निर्णय गरिएको हो।

हेलिकप्टरले रुन्चेतबाट इन्द्रबहादुर उपरकोटीलाई काठमाडौँ ल्याएर एक रात त्यहीँ राखिएको थियो। भोलिपल्ट उनलाई पुनः हवाई मार्गबाट चितवनस्थित घरसम्म सम्मानपूर्वक पुयाइयो। हवाई मार्गमा यात्रा गर्दा उनी भावविह्वल बनेका थिए।

उनले भने, ‘जीवनमा यसरी माया पाइन्छ भन्ने कल्पना पनि गरेको थिइनँ।’

निर्वाचन आयोगले मतदाताको सहजताका लागि देशका विभिन्न मतदानस्थलको पुनरावलोकन गर्ने भएको छ ।
 
आयोगले एक सूचनामार्फत सहज रुपमा मतदान गर्ने प्रयोजनका लागि मतदानस्थल पुनरावलोकन गर्न लागिएकाले आममतदातालाई आवश्यक जानकारी गराइएको उल्लेख गरेको छ । आयोगले पुनरावलोकनका क्रममा कुनै मतदाताको नाम सम्बन्धित मतदानस्थलमा सार्न वा समावेश हुन छुट भएको भए हाल सञ्चालन भइरहेको मतदाता नामावली अद्यावधिक कार्यक्रममा मिलाउन भनेको छ । सो कार्यक्रम यही मङ्सिर २६ गतेसम्म चल्नेछ ।
 
नामावलीमा रहेको त्रुटि सच्याउने नाम हटाउने, दाबी विरोध गर्ने कामका अतिरिक्त एउटै वडाभित्र रहेको कुनै एक मतदानस्थलबाट आफूलाई पायकपर्ने अर्को मतदानस्थलमा नाम सार्नका लागि निवेदन दिनसक्ने सुविधा रहेको सूचनामा उल्लेख छ ।
 
मतदाताले सम्बन्धित वडाभित्रकै अर्को मतदानस्थलमा आफ्नो नाम सार्न चाहेमा सम्बन्धित निर्वाचन कार्यालयमा गई वा आयोगको वेबसाइटमार्फत अनलाइन निवेदन दिन अनुरोध गरिएको छ ।

काठमाडौँ । नागढुंगा–नौबिसे-मलेखु सडक खण्ड आगामी आजदेखि दैनिक ५ घण्टा बन्द हुने भएको छ । नागढुंगा–मुग्लिन सडक योजना पूर्वी खण्डका अनुसार उक्त सडकको काठमाडौं जिल्ला भित्र पर्ने नागढुंगा–पिप्लामोड खण्ड अन्यत्र भन्दा साँघुरो भएको र कालोपत्र गर्नका लागि एकै पटकमा धेरै हेभी उपकरण तथा ढुवानीका साधन परिचालन गर्नुपर्ने भएकाले केही समय सवारी आवागमन रोकेर काम गर्न लागिएको हो ।

सो क्षेत्रमा आजदेखि पुस १ गतेसम्म बिहान साढे १० देखि दिउँसो साढे ३ बजेसम्म सडकमा यातायात आवागमन बन्द गर्न लागिएको हो । उक्त समय अवधिभित्र वैकल्पिक सडकमार्गहरुको प्रयोग गर्न यात्रु र चालकलाई आयोजना कार्यालयले अनुरोध पनि गरेको छ ।

 

अत्यावश्यकीय प्रकृतिका एम्बुलेन्स, सुरक्षा निकायका सवारी साधन, दमकल, शववाहन जस्ता सवारीसाधनहरूको हकमा ट्राफिक प्रहरीबाट सहजीकरण गरिने जनाइएको छ । काठमाडौँबाट नौबिसेतर्फ जाने सवारीसाधन नागढुंगा चेक पोस्ट, मुग्लिनबाट काठमाडौं आउने सवारीसाधन खानीखोला, नौबिसे र जंगेखोला, थाक्रेमा रोक्ने गरी ठाउँ तोकिएको छ ।

नौबिसेबाट मुग्लिनतर्फ जाने सवारीसाधन गल्छी, बैरेनी र मासटारमा रोकिने छ । मुग्लिनबाट नौबिसेतर्फ आउने सवारी साधनलाई मलेखुमा रोकिने योजना कार्यालयले जनाएको छ ।

यो अवधिमा साना तथा मझौला सवारीसाधनले सीतापाइला–रामकोट–भीमढुंगा धार्के सडक, सामाखुसी–टोखा–छहरे–त्रिशुली (विदुर)–गल्छी सडक तथा जरेखेतस्थित त्रिशुली पुलबाट त्रिशुली पारीको बाटो हुँदै घाटबेसीको त्रिशुली पुललाई वैकल्पिक रुटका रूपमा प्रयोग सक्ने जानकारी दिएको छ ।

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग(एनपिएल) अन्तर्गत इलिमिनेटरमा आज अपराह्न ४:०० बजे काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स भिड्दैछन् ।

काठमाडौँ तेस्रो र लुम्बिनी  चौथो स्थानमा छ । लिग चरणको खेलमा काठमाडौँले लुम्बिनीलाई २२ रनले हराएको थियो । आज जित्ने टोली दोस्रो क्वालिफायरमा विराटनगर किङ्ससँग भोलि खेल्नेछ । विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।