२०८२ फाल्गुन २७ गते बुधबार
२०८२ फाल्गुन २७ गते बुधबार

काठमाडौं । २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा सरकारी तथा निजी क्षेत्रमा गरी कुल ८४ अर्ब ४५ करोड रुपैयाँ बराबर क्षति भएको तथ्यांक सार्वजनिक भएको छ ।

राष्ट्रिय योजना आयोगले बिहीबारको मन्त्रिपरिषद् बैठकमा जेनजी आन्दोलनको क्षति विवरण प्रस्तुत गरेको छ । विवरण अनुसार सरकारी/सार्वजनिक क्षेत्रमा ४४ अर्ब ९३ करोड ७३ लाख बराबर क्षति भएको देखिएको छ ।

त्यस्तै निजी क्षेत्रतर्फ ३३ अर्ब ५४ करोड ८७ लाख बराबर क्षति भएको सरकारको अध्ययनमा देखिएको हो । बाँकी सामुदायिक क्षेत्रको क्षति भएको योजना आयोगको अध्ययनमा छ ।

आजको मन्त्रिपरिषद् बैठकमा आयोगका सचिव रविलाल पन्थले यस्तो विवरण प्रस्तुत गरेका हुन् । सरकारले आयोगको संयोजकत्वमा एक समिति बनाएर अध्ययन र पुनर्निर्माण योजनामा काम गरेको थियो ।

समितिले ७५ दिनमा आफ्नो प्रतिवेदन बुझाएको हो ।

काठमाडौं । लुम्बिनी लायन्स विराटनगरलाई ४० रनले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा पुगेको छ।

बिहीबार त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा क्वालिफायर २ मा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनी बिजयी भएको हो।

टस जितेपछि ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ३४ रनमात्र बनाउन सकेको थियो। तिलकराज भण्डारीले ३ विकेट लिएपछि जबाफमा आएको विराटनगर १७.५ ओभरमा ९४ रनमै अलआउट भयो। विराटनगर लगातार दोस्रो खेलमा १ सय रन मुनि अलआउट भएको हो।

लुम्बिनीले शनिबार हुने फाइनलमा सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ। लगातार पाँचौं खेल जित्दै लुम्बिनीले उपाधि भिडन्त पक्का गरेको हो।

लेग ब्रेक बलर तिलकले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए। अभिशेष गौतम तथा नामिबियन जोडि रुबेन ट्रम्पलमन र जेजे स्मिटले २ तथा शेर मल्लले १ विकेट लिए। अभिशेषले ४ ओभरमा २२, ट्रम्पलमनले ३ ओभरमा ९ र स्मिटले २.५ ओभरमा १५ रन खर्चेका थिए।

ब्याटिङले भरिपूर्ण विराटनगरले ६ रन बनाउँदा नै महत्त्वपूर्ण ३ विकेट गुमाएको थियो। ट्रम्पलमनले लगातार बलमा मार्टिन गप्टिललाई २ र लोकेश बमलाई शून्यमा आउट गरेका थिए। अर्को ओभरमा शेरले फाफ डु प्लेसिसलाई ३ रनमा बोल्ड गरे।

शंकर राना ७ रनमै आउट भए। साम हेजलेटले विराटनगरबाट सर्वाधिक ३४ रन बनाए। उनले २८ बल खेली समान २ चौका र छक्का प्रहार गरे। मर्च्येन्ट डी ल्याङ्गे १७, बसिर अहमद र कप्तान सन्दीप लामिछाने समान ३, प्रतिश जिसी २ रनमा आउट भए।

नरेन भट्ट आउट हुने अन्तिम खेलाडी थिए। उनले २१ बल खेली १ चौका र २ छक्कासहित २१ रन बनाए।

यसअघि कप्तान रोहित पौडेल र डी’आरसी शटले अर्धशतकीय साझेदारी गरे पनि लुम्बिनीले ठूलो स्कोर बनाउन सकेन। दिनेश अधिकारी दोस्रो ओभरमै १ रन बनाई दोस्रो ओभरमा आउट भएपछि रोहित र शटले दोस्रो विकेटमा ५४ बलमा ६९ रनको साझेदारी गरेका थिए। रोहितले ३० बल खेली समान २ चौका र छक्का प्रहार गर्दै ३० रन बनाई सुवास भण्डारीबाट बोल्ड भए।

सानदार बलिङ गरेका सुवासको तेस्रो सिकार शट भए। शटले ४१ बल खेल्दै ३ चौका र १ छक्कासहित सर्वाधिक ४५ रन बनाए। सन्दीप जोरा र स्मिट शुन्य तथा दीलिप नाथलाई १ रनमा आउट गरी विराटनगर खेलमा फर्किएको थियो। शेर ७ बलमा ७ रन बनाई आउट भए। ट्रम्पलमन ११ र अभिशेष २ रनमा अविजित रहे।

विराटनगरबाट सुवास र प्रतिशले ३–३ विकेट लिए। सुरुको ३ विकेट लिएका सुवासले ४ ओभरमा १४ रनमात्र खर्चेर टोलीमा फर्किएको निर्णयलाई सही साबित गरे। प्रतिसले ४ ओभरमा २७ रन खर्चे। सन्दीपले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए।

काठमाडौं । सरकार र जेनजीबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन भएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले सम्झौता अनुमोदन गर्दै राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले भदौ २३ र २४ गतेको घटनाबारे छानबिन गर्न बनेको छानबिन आयोगको म्याद थप गर्ने निर्णय समेत गरेको छ ।

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी धनी व्यक्तिहरूलाई लक्षित गर्दै कम्तीमा १० लाख डलर तिर्नेहरूमात्रलाई छिटो प्रक्रियाबाट अमेरिका प्रवेश भिसा उपलब्ध गराउने नयाँ योजना सार्वजनिक गरेका छन् ।

बुधबार सामाजिक सञ्जालमार्फत ट्रम्पले उक्त कार्डले योग्य र परीक्षण प्रक्रिया पूरा गरेका व्यक्तिलाई ‘नागरिकताका लागि प्रत्यक्ष मार्ग’ उपलब्ध गराउने दाबी गरे । ‘यो अत्यन्तै रोमाञ्चक छ ! अब हाम्रा उत्कृष्ट अमेरिकी कम्पनीहरूले आफ्नो मूल्यवान प्रतिभा जोगाउन सक्नेछन्,’ ट्रम्पले लेखे ।

यस वर्षको सुरुमा घोषणा गरिएको ट्रम्प गोल्ड कार्ड कार्यक्रमका अनुसार यो भिसा त्यस्ता व्यक्तिहरूलाई दिइनेछ, जसले अमेरिका महत्त्वपूर्ण रूपमा लाभान्वित गर्ने क्षमताको प्रमाण पेस गर्न सक्छन् ।

यसैबीच, वासिङ्टनले अवैध आप्रवासीहरूलाई देशनिकाला गर्ने, कार्य भिसा शुल्क बढाउनेलगायतका कठोर आप्रवासन नीतिहरू थप कडाइका साथ कार्यान्वयन गरिरहेको छ ।

कार्यक्रमका अनुसार गोल्ड कार्डले ‘रेकर्ड समय’भित्र अमेरिकामा बसोबासको अनुमति दिनेछ । आवेदनका लागि १० लाख डलरको शुल्क तिर्नुपर्छ, जुन रकम स्वयम् अमेरिका लाभान्वित हुने प्रमाणको रूपमा लिइनेछ । विदेशी कामदारलाई प्रायोजित गर्ने कम्पनीहरूले भने २० लाख डलर तिर्नुपर्नेछ । साथै, ५० लाख डलर तिरेर ‘प्लाटिनम’ कार्डसमेत प्राप्त गर्न सकिनेछ, जसले विशेष कर सुविधा दिने बताइएको छ ।

प्रत्येक आवेदकको अवस्थाअनुसार थप सरकारी शुल्क पनि लाग्न सक्नेछ । आवेदन सुरु हुनुअघि मात्र १५ हजार डलर नफर्काइने प्रक्रिया शुल्क अनिवार्य रूपमा तिर्नुपर्छ ।

फेब्रुअरीमा योजना पहिलोपटक सार्वजनिक हुँदा नै केही डेमोक्र्याट नेताहरूले यसले धनी व्यक्तिलाई मात्र प्राथमिकता दिने भन्दै आलोचना गरेका थिए ।

ट्रम्पले यो योजना हरित कार्ड (ग्रीन कार्ड)जस्तै भएको तर विशेष रूपमा ‘उच्च तहका’ व्यक्तिहरूलाई लक्षित गरिएको बताए । ‘हामी उत्पादक व्यक्ति चाहन्छौँ,’ उनले भने ।

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा तस्करी प्रकरणमा नेपाल सरकारका सहसचिव तीर्थराज भट्टराई र शाखा अधिकृत यज्ञ अर्यालसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराई र अर्यालसहित ६ जनालाई प्रतिवादी बनाएर बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो, जहाँ तत्कालिन गृहमन्त्री रमेश लेखकलाई भने उन्मुक्ति दिइएको छ।

अख्तियारले सहसचिव भट्टराईविरुद्ध करिब ७९ लाख र अर्यालविरुद्ध ५ लाख बिगो माग दाबी गरेको छ।

भिजिट भिसामा विदेश जाने सर्वसाधारण नेपालीबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनका अधिकारीहरूले पैसा असुल्ने धन्दा लामो समयदेखि चल्दै आएको छ।

प्रहरीको अनुसन्धानका आधारमा १० माघ २०८० मा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले विमानस्थल अध्यागमनका ९ अधिकृतसहित २२ जनाविरुद्ध संगठित अपराध र किर्ते अभियोगमा मुद्दा दायर गरेको थियो।

भिजिट भिषामा विदेश जाने नेपाली यात्रुबाट रकम असुलेको आरोपमा उनीहरूमाथि अख्तियारले अनुसन्धान गरेको थियो। सहसचिव भट्टराई ७ जेठ २०८२ मा विमानस्थलबाटै पक्राउ परेका थिए। उनी त्यतिबेला विमानस्थल अध्यागमन प्रमुख समेत थिए।

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनरागमन गरेका हितेन्द्रदेव शाक्यले ऊर्जामन्त्री कुलमान घिसिङलाई आज भेटेका छन् । भेटमा मन्त्री घिसिङले नतिजा देखाउने गरी काम गर्न निर्देशन दिए ।

जल तथा ऊर्जा आयोगमा सरुवा गरिएका शाक्यलाई सर्वोच्चले प्राधिकरणमै पुनर्बहाली गरिदिएको थियो । हिजो पदभार गरेपश्चात् उनी आज मन्त्री भेट्न पुगेका हुन् ।

शाक्यले विगतमा पनि प्राधिकरणमा आफूहरूले सहकार्य गरेको सम्झिँदै आगामी दिनमा पनि मन्त्रीको दिशा निर्देशअनुसार काम गर्ने प्रतिबद्धता जनाए ।

मन्त्री घिसिङले यसअघि आफूले शाक्यलाई सल्लाहमा नै जल तथा ऊर्जा आयोगमा सरुवा गरेको सम्झिए ।

उनले भने, ‘तपाईँसँग सल्लाह गरेर नै सरुवा गरेको थियो । अदालतले पुनर्बहाली गर्न आदेश दियो । त्यसमा मेरो केही छैन । तर, अदालतले फर्काएको दम्भ बोकेर आफूखुसी चल्न नखोज्नु होला ।’

प्राधिकरणलाई अहिल्यै अत्यावश्यक सामानहरूको अभाव भइरहेको भन्दै उनले नतिजा देखाउने गरी काम गर्न सुझाव दिए ।

‘मलाई रिजल्ट चाहिन्छ । राम्रो रिजल्ट आएमा म शत्रुलाई पनि जिम्मेवारी दिन तयार हुने व्यक्ति हुँ । तर, रिजल्ट आएन भने फेरि पनि सोच्नु पर्ने हुन सक्छ,’ घिसिङको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको सहकारी ठगी सम्बन्धी मुद्दा आज पनि स्थगित भएको छ ।

न्यायाधीशद्वय तेजनारायण पौडेल र सागर विष्टको इजलासमा परेको मुद्दा हेर्न नमिल्नेमा राखिएको अदालतले जनाएको छ ।

 

बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका लामिछाने र जोशीको मुद्दा कात्तिक १३ देखि लगातार सारिँदै आएको छ ।

यसअघि दुई पटक लामिछाने पक्षका कानुनी व्यवसायीले निवेदन दिएर पेसी सारिएको थियो भने गत बिहीबार सार्वजनिक बिदाका कारण सुनुवाइ रोकिएको थियो ।

काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन दल दर्ताको निवेदन दिएकालाई नाम फिर्ता लिन चाहेमा आजको समय निर्धारण गरेको छ ।

आयोगले आज एक सूचना जारी गरी आज बिहान १०:०० बजेदेखि अपरान्ह ४:०० बजेसम्ममा दलले नाम फिर्ता लिन चाहेमा लिन सक्ने जनाएको छ । आयोगमा १०० राजनीतिक दलले यस प्रणालीका लागि आवेदन दिएका छन् ।

 

प्राप्त भएको आवेदनमाथि आवश्यक अध्ययन गरी यही मङ्सिर २६ गतेसम्म स्वीकृत गर्ने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। आगामी फागुन २१ हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आयोगले यही मङ्सिर २१ देखि २३ गतेसम्म समानुपातिक निर्वाचन प्रयोजनका लागि दल दर्ताको समयसीमा दिएको थियो ।

कूल २७५ सदस्यीय प्रतिनिधि सभामा १६५ सदस्य पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीमार्फत निर्वाचित हुनेछन् भने ११० सदस्य समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित हुनेछन् ।

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार सिंहदरबारमा अन्तरिम सरकार र जेन-जीका विभिन्न समूहबीच भएको १० बुँदे सम्झौतालाई कलाविहीन नाटकको संज्ञा दिएका छन् ।

बिहीबार सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘अहिलेको यो सरकार ढोकामाथि गोबर लगाएर नाग टाँसे जस्तै हो । हिजोको एउटा कलाविहीन नाटकको पटाक्षेप कसरी भयो तपाईंहरूलाई थाहै छ’, उनले भने, ‘जति कलाविहीन ढंगले नाटकको पर्दा उठेको थियो । त्यही कलाविहीन ढंगले पर्दा उठेको छ।’

उनले जेन-जीहरूसँग सम्झौता गर्ने म्यान्डेट यो सरकारलाई नभएको बताए । ‘यो सरकारले त्यो मान्यता कहाँबाट पाएको छ ? गोबर लगाएर नाग टाँसे जस्तो यो सरकारले को को बोलाएर कागज थमाएर सम्झौता गरेको छ’, उनले भने, ‘त्यो कलाविहीन नाटक हिजै त्यहीँ अस्वीकार भयो, त्यो सम्झौता त्यहीँ च्यातिदिए ।’

उनले जेन-जी र सरकारबीच भएको सम्झौताको दस्तावेजलाई फजुल कागजको संज्ञा दिए । ‘त्यस्ता फजुल कागजलाई मान्यता दिने कुरा हुँदैन’, उनले भने, ‘त्यो कलाविहीन नाटकलाई हामी मान्यता दिँदैनौँ ।’

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरफ्तार गर्ने विषयमा सल्लाह भएको दाबी गरेका छन् ।

बस्नेतले आफ्नो फेसबुक स्टाटसमा षड्यन्त्रको नयाँ खेल भन्दै यस्तो दाबी गरेका हुन् ।

उनले लेखेका छन्, ‘दुई दिनअघि मात्र प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भएको भनिएको वार्तामा ओलीलाई गिरफ्तार गर्ने कुरा भएको रहस्य खुलेको छ ।’

उनले यो घटनालाई हिजो मात्र जेन जेड समूहको नाममा गरिएको नाटकीय वार्ता र सम्झौता, हिमेश पन्तलगायतका सेलिब्रिटीहरूले फैलाएको भ्रम र केपी ओली गिरफ्तार भन्ने मिडिया ट्रायलसँग जोडेर हेरेका छन् ।

‘यी सबै कुरा एउटै दिशातिर संकेत गर्छन्, ‘एमालेको आसन्न महाधिवेशन भाँड्ने, आतंक फैलाउने, सहभागिता घटाउने र अन्ततः अध्यक्ष ओलीको लोकप्रियता कमजोर पार्ने, ‘बस्नेतले लेखेका छन् ।

बस्नेतले एमाले यो सबै षड्यन्त्रको सामना गर्न पूर्णरूपमा सक्षम रहेको चेतावनी दिएका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।