२०८३ श्रावण ११ गते सोमबार
२०८३ श्रावण ११ गते सोमबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जारी ११औँ राष्ट्रिय महाधिवेशन अब नेतृत्व चयनको निर्णायक चरणमा प्रवेश गरेको छ । भक्तपुरको सल्लाघारीमा शनिबार भव्य उद्घाटनसँगै सुरु भएको महाधिवेशनको बन्दसत्र आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा जारी छ ।

 

निर्वाचन प्रक्रियाअन्तर्गत आज (सोमबार) उम्मेदवारी दर्ता लगायतका मुख्य कार्यक्रमहरू हुँदैछन् । केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले सार्वजनिक गर्नुभएको कार्यतालिका अनुसार, नेतृत्वका लागि आकांक्षी उम्मेदवारहरूले आज बिहान १०:३० देखि दिउँसो १:३० बजेसम्म आफ्नो दरखास्त फाराम दर्ता गराउन सक्नेछन् ।

यस्तो छ आजको चुनावी कार्यतालिका

निर्वाचन आयोगले आजको दिनलाई उम्मेदवारी मनोनयन र अन्तिम नामावली प्रकाशनका लागि छुट्याएको छ । बिहान १०:१५ बजे अन्तिम मतदाता नामावली प्रकाशन भएसँगै चुनावी प्रक्रियाले गति लिनेछ । दिउँसो साढे १ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ भने २:३० बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिनेछ ।

 

आयोगका अनुसार, उम्मेदवारको विरोधमा उजुरी दिन चाहनेका लागि दिउँसो २:३० देखि ३:०० बजेसम्मको समय निर्धारण गरिएको छ । दाबी विरोध र फिर्ताको प्रक्रिया सकिएपछि आजै साँझ ६:०० बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

भोलि मतदान

महाधिवेशनको मुख्य आकर्षण मानिएको नेतृत्व चयनको मतदान प्रक्रिया भने भोलि (मंगलबार) हुनेछ । निर्वाचन तालिकाअनुसार मंगलबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ । देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरूले भोलि बन्ने नयाँ नेतृत्वका लागि भृकुटीमण्डपमा आफ्नो मताधिकार प्रयोग गर्नेछन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।