२०८३ बैशाख २ गते बुधबार
२०८३ बैशाख २ गते बुधबार

काठमाडौँ । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् ।

 

काठमाडौँमा सम्पन्न ११ औँ राष्ट्रिय महाधिवेशनबाट ओली अध्यक्षमा निर्वाचित भएका हुन् ।

ओलीले १६ सय ६३ मत पाएर अध्यक्ष चुनिँदा अर्का प्रत्याशी ईश्वर पोखरेलले ५६४ मत पाए । ओली लगातार तेस्रो पटक एमाले अध्यक्षमा निर्वाचित भएका हुन् ।

 

आज बिहान सम्पन्न मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका थिए । महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधि मतदाता रहेका थिए ।

एमालेमा नयाँ नेतृत्वका लागि बुधवार बिहानदेखि सुरु भएको मतदान आज बिहान ७ः०० बजे सम्पन्न भएको थियो । मतदानमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएका थिए ।

काठमाडौं । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्यमा बढोत्तरी भएको छ । विशेषगरी चाँदीको भाउले ऐतिहासिक रेकर्ड कायम गरेको छ भने सुनको मूल्य पनि आफ्नो उच्च बिन्दु नजिक पुगेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पाँचौं दिन बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँ निर्धारण गरिएको छ । यो मूल्य अघिल्लो दिन (बुधबार) को तुलनामा ७ सय रुपैयाँले बढी हो । बुधबार बजारमा सुन प्रतितोला २ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

गत सोमबार मात्रै सुनको भाउले हालसम्मकै उच्च बिन्दु (प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँ) छोएको थियो । आजको मूल्य सो ऐतिहासिक रेकर्डभन्दा मात्र ३ सय रुपैयाँले कम हो ।

 

यस्तै, चाँदीको भाउले भने बिहीबार नयाँ कीर्तिमान कायम गरेको छ । अघिल्लो दिनको तुलनामा २५ रुपैयाँले बढेर चाँदी प्रतितोला ४ हजार ८० रुपैयाँ पुगेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ५५ रुपैयाँमा खरिद–बिक्री भएको थियो । पछिल्लो दुई दिनयता चाँदीले लगातार उच्च मूल्यको रेकर्ड बनाइरहेको छ ।

काठमाडौं । सहकारी ठगी तथा सङ्गठित अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीको मुद्दामा आज सुनुवाइ हुँदैछ ।

 

उच्च अदालत बुटवलमा दायर गरिएको पुनरावेदन निवेदनमाथि आज बिहीबारका लागि पेसी तोकिएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिएका छन् । यसअघि पटक-पटक स्थगित हुँदै आएको सुनुवाइ प्रक्रिया आज भने अघि बढ्ने अपेक्षा गरिएको छ ।

यसअघि गत साता यो मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको थियो भने त्यसभन्दा अगाडि दुई पटक लामिछाने पक्षका कानुन व्यवसायीहरूको निवेदनका आधारमा सुनुवाइ स्थगित गरिएको थियो ।

 

के हो प्रकरण ?

सुप्रिम सहकारीको रकम अपचलन गरेको आरोपमा जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले गत साउन २६ गते लामिछाने र जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । उक्त आदेशमा लामिछानेले आफ्नो भागको बिगो रकम बुझाउन मन्जुर हुँदाहुँदै पनि अदालतले रिहा गर्न अस्वीकार गरेको थियो ।

जिल्ला अदालतको उक्त आदेश त्रुटिपूर्ण रहेको दाबी गर्दै लामिछानेका तर्फबाट गत भदौ ९ गते उच्च अदालत बुटवलमा पुनरावेदन (७३ नम्बर) निवेदन दर्ता गराइएको थियो । सोही निवेदनमाथि आज सुनुवाइ हुन लागेको हो । आजको इजलासले जिल्लाको आदेश सदर गर्छ वा उनीहरूलाई धरौटी वा साधारण तारेखमा रिहा गर्ने आदेश दिन्छ, त्यसैमा सबैको चासो केन्द्रित छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।