२०८२ फाल्गुन २७ गते बुधबार
२०८२ फाल्गुन २७ गते बुधबार

प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच आइतबार साँझ भेटवार्ता भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा मुलुकको समसामयिक राजनीतिक अवस्था र वर्तमान परिस्थितिबारे छलफल भएको बताइएको छ।

भेटवार्तामा प्रधानमन्त्री कार्की र सभापति लामिछानेसँगै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, रास्वपाका उपसभापति डा. स्वर्णीम वाग्ले तथा महामन्त्री कविन्द्र बुर्लाकोटी पनि सहभागी थिए।

उच्चस्तरीय राजनीतिक भेटलाई चासोका साथ हेरिएको छ भने छलफलका विषयवस्तु सार्वजनिक गरिएको छैन।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलन जाँचबुझ आयोगलाई कुनै हालतमा बयान नदिने बताएका छन् ।

जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्रीको हैसियतमा बयान लिने तयारी गरिरहेको चर्चाका बीच उनले त्यसका लागि आफू तयार नरहेको बताए ।

एमालेको तेस्रो पटक अध्यक्षमा निर्वाचित भएपछि पहिलो पटक हिमालय टिभीको एक कार्यक्रममा ओलीले बरु आफू गोली खान र जेल जान तयार रहेको उल्लेख गरेका हुन् ।

उनले भने, ‘मैले कति पल्ट भन्नु, बयान दिनु पर्ने छैन। तपाईँले रिजल्ट निकालिसक्नु भयो, फेरि जाँच म किन दिने ? त्यसको अर्थ उहाँहरूसँग बोलचाल बन्द गर्छु भनेको होइन ।’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे सम्बन्धित निकायहरुसँग जानकारी लिएकी छन् ।

आज अर्थमन्त्री रामेश्वर खनाल, अर्थ मन्त्रालयकै राजस्वसचिव भुपाल बराल र नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्व पौडेलसमेतको उपस्थितिमा प्रधानमन्त्री कार्कीले विभिन्न अनुसन्धान गर्ने निकायहरुबाट ब्रिफिङ लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

ती निकायका प्रमुखहरुले सम्पत्ति शुद्धीकरण कसुरमा समयमै अनुसन्धान तथा अभियोगनको प्रक्रियामा लैजाने, अपराधबाट आर्जित सम्पत्ति रोक्का र जफत गर्ने विषयमा भएको प्रगतिबारे जानकारी गराएकी थिइन् ।

त्यस क्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले काठमाडौँ उपत्यकाभित्र मात्र एक हजार ६०० रोपनी जग्गा रोक्का राखेको जानकारी गराएको थियो ।

नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँले आफूहरू र जेनजी युवा पुस्ताका मागहरू सम्बोधन नभए अगामी २१ फागुनमा निर्वाचन हुन नदिने चेतावनी दिएका छन् ।

आइतबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

उनले नागरिक बचाउ अभियान अघि सार्दै आएका मागहरू पूरा गर्न सरकारलाई यही पुस १० गतेसम्मको अल्टिमेटम समेत दिए ।

उनले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्याललाई आफूहरूलाई वार्ताको नाममा जिस्क्याउने काम नगर्न समेत आग्रह गरे । उनले आफूहरूको अभियानलाई ६० भन्दा बढी राजनीतिक दल र जेनजी पुस्ताको समेत समर्थन रहेको पनि बताए ।

उनले भने ‘म सम्माननीय प्रधानमन्त्री र गृहमन्त्रीज्यूलाई के भन्छु भने तपाईँहरू हामीलाई नजिस्काउनुस् । हामीलाई अहिले ६० वटा दलले साथ दिइसकेको छ । चुनाव नगराउने हाम्रो पक्षमा जेनजी भाइहरूको पनि साथ छ । हाम्रा र जेनजीका मागहरू पूरा हुन्छन् भने यो देशमा फेरी चुनाव हुन्छ । नभए चुनाव किन चाहियो ? फेरि तिनै मान्छेलाई ल्याउनलाई ? त्यसकारण फागुन २१ गते चुनाव हुँदैन । त्यसको लागि तयारी गर्नु बेकार हो । हामीले सरकारलाई १० गतेसम्मको समय दिएका छौँ । यदि यो बीचमा हामीलाई बोलाएर माग पुरा गर्न तत्पर भएन भने निर्वाचन हुन दिँदैनौँ ।’

उनले कार्की नेतृत्वको वर्तमान सरकार पश्चिमाहरूको डिजाइनमा बनेको आरोप समेत लगाए ।

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद् पुनर्स्थापनाका लागि दौडधुप भइरहेको भन्ने सूचना आफूले पाएको भन्दै षड्यन्त्रको आँखा बन्द गर्न आग्रह गरेका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा पुगेका उनले यस्तो बताएका हुन् ।

‘म सुनिरहेको छु, संसद् पुनर्स्थापनाका लागि दौडधुप गर्न थाले रे । कुन संसद् पुनर्स्थापनाको कुरा गर्न लाग्नुभएको ? कुन संसद् ब्युँझाउन खोज्नुभएको ? जनताका मुद्दा राख्दाराख्दै माइक काट्ने संसद् ब्युँझाउन खोज्नुभएको ?,’ उनले प्रश्न गर्दै थप भने, ‘षड्यन्त्रको आँखा बन्द गर्नुहोला । धेरै आँखा नचम्काउनुहोला ।’

उनले भत्किएको सिंहदरबार बनाएर मात्रै नभइ बदल्नुपर्ने अवस्था आएको पनि बताए ।

जनकपुरधाम  मधेश प्रदेशको सभाभुख पदमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। आइतबार मधेश प्रदेशसभामा बहुमतका साथ उनी निर्वाचित भएका हुन्।

प्रदेशसभा बैठकमा कुल ९६ जना प्रदेशसभा सदस्य उपस्थित रहेकोमा यादवले ७२ मत प्राप्त गरेका थिए उनको विपक्षमा २४ मत खसेको थियो।

पहिलो प्रस्तावमाथि मत विभाजन भएर नै यादव निर्वाचित भएपछि नेकपा एमालेका त्रिलोकी प्रसादलाई सभामुख बनाउन दर्ता भएको प्रस्ताव स्वत: खारेज भएको थियो।

निर्वाचित भएका यादव धनुषा निर्वाचन क्षेत्र नं. २ (ख) बाट निर्वाचित भएका हुन्। उनी यसअघिको कार्यकालमा पनि प्रदेशसभा सदस्य थिए।

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा स्वागत गरिएको छ । 

काठमाडौँको वनस्थलीस्थित पार्टी कार्यालयमा उनलाई स्वागत गर्न कार्यकर्ता एवं शुभेच्छुकहरू पुगेका छन् ।

 

उनलाई बाजागाजासहित अहिले पार्टी कार्यालयमा स्वागत गरिएको छ । भैरहवा कारागारबाट छुटेर लामिछाने हिजोमात्रै काठमाडौँ आइपुगेका थिए ।

उनलाई आज पार्टी कार्यालयमा स्वागत गरिएको हो । स्वागत लगत्तै आजै केन्द्रीय समिति बैठक पनि बस्ने रास्वपाले जनाएको छ ।

काठमाडौं – चर्चित नेतृ रञ्जु दर्शनाले यसवर्ष देशमा निलो क्रान्ति हुने दाबी गरेकी छन् ।

विवेकशील साझा राष्ट्रिय स्वतन्त्र पार्टीमा विलिन भएसँगै रास्वपाबाट उनले आजदेखि घरदैलो कार्यक्रम शुरुवात गरेकी छन् । घरदैलो शुरु गरेकै दिन उनले घण्टी बजाउने पक्का भइसकेको दाबी गरेकी हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेकी छन्, – “दिदिबहिनी, दाजु भाई
यसपालि भोट घण्टिलाई”
भन्दै हिँडेको त, हामीले त घण्टि बजाउने पक्का भैसक्यो भन्ने कुरा ९०५ भन्दा बढि आमनागरिकले दिनुभयो। यसपालि देशमा निलो क्रान्ति अवश्य हुनेछ।”

काठमाडौंबाट घरदैलो शुरु गरेकी नेतृ दर्शनाले आइतबार बासुकी नगर, जोरपाटी, नयाँवस्ती, बौद्धका गल्ली गल्ली टोलटोलमा पुगेर त्यहाँका स्थानीयलाई भेट गरेका छन् ।
चुनावको मुखैमा पार्टी सभापति रवि लामिछाने जेलमुक्त भएपछि रास्वपाको उत्साह दुगुणा भएको छ ।

काठमाडौँ। शहरी विकास मन्त्रालय अन्तर्गत रहेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौँका नदीहरूमा तैरिने फोहोर पदार्थ संकलन गर्न ट्रास बेरियर जडान गरेको छ ।

हाल गुह्वेश्वरीमा ट्रास बेरियर जडान कार्य सम्पन्न भएको छ । बागमती नदीका गोकर्ण ब्यारेज, गुह्वेश्वरी, तिलगंगा आँखा अस्पताल, बागमती मनहरा दोभान, यूएन पार्क र मनोहरा नदीको कर्मनाशा दोभानमा १-१ गरी जम्मा ६ स्थानमा ट्रास बेरियर राख्न लागिएको हो । जसका लागि ६५ लाखमा ठेक्का सम्झौता भई धमाधम काम भइरहेको छ ।

ट्रास बेरियरले नदीको सतहमा तैरिने प्लास्टिक, पोलिथिन, बोतल, काठका टुक्रा लगायत फोहोर वस्तुहरूलाई रोक्ने र एक निश्चित स्थानमा जम्मा गराउने काम गर्दछ ।

काठमाडौँ उपत्यकाका बागमती, विष्णुमती, मनोहरा र धोबीखोलाजस्ता नदीहरूमा शहरीकरण, अव्यवस्थित फोहोर व्यवस्थापनका कारण ठूलो मात्रामा तैरिने फोहोर बग्ने गरेको पाइएकाले यस्ता नदीहरूमा ट्रास बेरियर जडान गर्दा नदीको बहाबलाई अवरुद्ध नगरी फोहोर मात्र निकाल्न सकिन्छ । जसले गर्दा नदी प्रदूषण न्यूनीकरण गर्न सहयोग पुग्दछ ।

ट्रास बेरियरबाट संकलित फोहोरलाई नियमित रूपमा निकालेर वर्गीकरण, पुन:प्रयोग तथा सुरक्षित रूपमा व्यवस्थापन गर्न समेत सकिन्छ । यसले नदी प्रदूषण न्यूनीकरण गर्नुका साथै नदीको सौन्दर्य, जलजीवको संरक्षण र सार्वजनिक स्वास्थ्यमा सकारात्मक योगदान पुग्ने देखिन्छ ।

नदीको सतहमा तैरिने प्लास्टिक, पोलिथिन, बोतल, काठका टुक्रा लगायतका फोहोर वस्तुलाई नदीको बहाबलाई अवरुद्ध नगरी रोक्ने र पानीको सतह घटबढसँगै ट्रास बेरियरको सतह आफै तलमाथि हुने ढंगले रबरको कन्भेयर बेल्ट र तैरिने भाग सहितको संरचना जडान हुनेछन् ।

काठमाडौँ ।  जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सो समूहका संयोजक मिराज ढुङ्गानाले देशव्यापी शान्तिपूर्ण आन्दोलनको घोषणा गरेका हुन् ।

उनले भोलि ११ बजे माइतीघर मण्डलामा उपस्थित हुन समेत सबैलाई आह्वान गरेका छन् । सो समूहले सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलन घोषणा गरेको हो ।

पत्रकार सम्मेलनमा ढुङ्गानाले जेनजी आन्दोलनप्रति धोका दिएको भन्दै सर्वपक्षीय सरकार गठनको माग गरे । उनले सुशीला कार्की नेतृत्वको सरकार असफल भइसकेको दाबी समेत गरे ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।