२०८३ बैशाख ५ गते शनिबार
२०८३ बैशाख ५ गते शनिबार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवार छनौटको प्रक्रिया शुरु गरेको छ ।

रास्वपाले पार्टीको आन्तरिक उम्मेदवार छनोट प्रक्रियामा सहभागी हुन उम्मेदवारी दिने अन्तिम समय पौष २६ गते राति १२ बजे सम्म तोकेको छ भने उम्मेदवारी राष्ट्रिय स्वतन्त्र पार्टीको मोबाइल एप मार्फत दिन सकिने जनाएको छ ।

उम्मेदवारको आवेदन शुल्क २५ हजार तोकिएको छ । साथै आर्थिक अभावका कारण आवेदन शुल्क तिर्न नसक्ने अवस्था भएमा सम्बन्धित सरकारी निकायले जारी गरेको विपन्नताको परिचयपत्र, पार्टी पालिका समितिबाट जारी सिफारिस पत्रका आधारमा सचिवालयले अन्तिम निर्णय गर्ने जनाएको छ ।

काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। निर्वाचन आयोगले तय गरेको कार्यतालिका अनुसार, रिक्त हुन लागेको १८ सदस्य पदका लागि आज (बुधबार) देशभर उम्मेदवारहरूको मनोनयन दर्ता हुने भएको हो।

आयोगका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सम्वन्धित निर्वाचन अधिकृतको कार्यालयमा पुगी उम्मेदवारहरूले मनोनयन पत्र दर्ता गराउन सक्नेछन्। फागुन २० गतेदेखि राष्ट्रियसभामा रिक्त हुन लागेका पद पूर्तिका लागि यो निर्वाचन हुन लागेको हो।

यस्तो छ निर्वाचन कार्यतालिका
आयोगले मंगलबार नै अन्तिम मतदाता नामावली सार्वजनिक गरी निर्वाचनको वातावरण तयार गरिसकेको छ। आज मनोनयन दर्ता भएपछि भोलि (पुस २४ गते) उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको छ।

यस्तै, मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी पुस २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। सोही दिन उम्मेदवारले चाहेमा नाम फिर्ता लिन सक्नेछन् भने पुस २८ गते उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ।

अन्तिममा, माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ। यसपालिको निर्वाचनमा राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार नयाँ मतभार कायम गरिएको छ। निर्वाचनमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्षले मतदान गर्नेछन्।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।