२०८२ फाल्गुन २८ गते बिहीबार
२०८२ फाल्गुन २८ गते बिहीबार

कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा शुक्रबार बेलुकी ६ बजे जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

सेरी पान्तडी सडकको सल्लेरीमा उकालो चढ्ने क्रममा भे१ज २८९८ नम्बरको जीप ब्याक भएर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु भएको हो ।

मृत्यु हुनेमा दुई जना स्काभेटरका अपरेटर र एक जना सहचालक रहेको कालीकोटका प्रहरी प्रमुख हिमबहादुर खत्रीले बताए । उनका अनुसार मृत्यु हुनेमा दैलेख आठबिस नगरपालिका घर भएका २८ वर्षीय शङ्कर कठायत, अछामका टेकेन्द्र शाही र सहचालक कालीकोटको शुभकालिका–२ का नवराज शाही रहेका छन् ।

मृतक तीनै जना सेरी पान्तडी सडक खन्ने काममा संलग्न थिए । भीरबाट तीन वटै शव निकालेर सडकका ल्याएको र परीक्षणका लागि आफन्त बोलाएर सदरमुकाम लैजाने तयारी भएको प्रहरी प्रमुख खत्रीले बताए।

उनका अनुसार गाडी सडकबाट ५०० मिटर तल तिला नदीको किनारामा टुक्राटुक्रा भएको अवस्थामा छ । जिप चालक प्रहरीको सम्पर्कमा आएको तर सोधपुछ गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको खबर आएपछि सदरमुकाम मान्मबाट प्रमुख जिल्ला अधिकारी गोर्कणराज सुयल, प्रहरी प्रमुख खत्रीसहित जनपद प्रहरी, सशस्त्र प्रहरीसहितको टोली घटनास्थल पुगेको थियो ।

काठमाडौं । निर्वाचन आयोगबाट नेपाली कांग्रेसको वैधानिकतासम्बन्धी विवाद निरूपण भएसँगै नेता तथा निवर्तमान सांसद डा. सुनील शर्माले यसलाई समग्र पार्टीको विजयका रूपमा लिएका छन् । महामन्त्री गगन थापा पक्षले आधिकारिकता पाएको सन्दर्भमा प्रतिक्रिया दिँदै उनले यो घटनाक्रम कुनै व्यक्ति वा समूहको जित-हार नभई कांग्रेसको लोकतान्त्रिक जीवनको जित भएको बताएका हुन् ।

सञ्चारकर्मीहरूसँगको कुराकानीमा डा. शर्माले अब पार्टी सञ्चालनको स्वरूप परिवर्तन हुनुपर्नेमा जोड दिए । ‘अब शीर्ष तहका पाका नेताहरूले सल्लाहकार र अभिभावकको भूमिका निर्वाह गर्नुपर्छ,’ उनले भने, ‘पार्टी हाँक्ने जिम्मा भने अब युवा पुस्ताले नै लिनुपर्छ ।’

आफू सधैँ बीपी कोइरालाको विचार र ‘रूख’ चिह्नप्रति प्रतिबद्ध रहेको स्पष्ट पार्दै उनले आफूलाई कुनै गुट विशेषको घेरामा नराख्ने बताए । ‘हिजो पनि म पार्टी विभाजनको विपक्षमा थिएँ, आज पनि एकताकै पक्षमा छु,’ शर्माले भने, ‘म देउवा वा गगन-विश्व समूहभन्दा माथि उठेर बीपीले स्थापना गरेको मूल कांग्रेसमा समाहित छु । जहाँ बीपीको सिद्धान्त हुन्छ, म त्यहीँ रहन्छु ।’

काठमाडौँको भृकुटीमण्डपमा आयोजित विशेष भेलामा समेत उनले परम्परागत शैलीभन्दा माथि उठेर नवीन र सुधारिएको कांग्रेस बनाउनुपर्ने धारणा राखेका थिए । निर्वाचनको सम्मुखमा पार्टीभित्रको एकता अपरिहार्य रहेको भन्दै उनले सबैलाई एकताबद्ध भएर अघि बढ्न आह्वान समेत गरे । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मोरङ क्षेत्र नं. ३ बाट नेपाली कांग्रेसले डा. शर्माको नाम एकल रूपमा सिफारिस गरेको छ ।

काठमाडौं– निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै हिमाली तथा उच्च हिमाली क्षेत्रमा निर्वाचन सामग्री समयमै पुर्‍याउन ढुवानी व्यवस्थापन प्रक्रिया अघि बढाएको छ ।

फागुन २१ गते हुने निर्वाचनका लागि आयोगले मतपत्रसहित अत्यावश्यक सामग्री ढुवानी गर्न १३ वटा व्यवसायिक संस्थालाई सूचीकरण गरेको हो। दुर्गम क्षेत्रलाई प्राथमिकतामा राख्दै आयोगले कुरियर, ट्रक तथा कन्टेनर सेवातर्फ निजी क्षेत्रका सेवा प्रदायकहरू छनोट गरेको जनाएको छ।

आयोगका अनुसार कुरियर सेवातर्फ साझा कुरियर एण्ड कार्गो र ट्रान्स एयर इन्टरनेशनल लजिस्टिक प्रालि छनोट भएका छन्। हेलिकोप्टर सेवा सूचीकृत गर्न आह्वान गरिए पनि कुनै पनि फर्मले निवेदन नदिएको आयोगले जनाएको छ, जसका कारण उच्च हिमाली क्षेत्रमा हवाई ढुवानी चुनौतीपूर्ण हुन सक्ने संकेत गरिएको छ।

यस्तै, स्थलमार्गबाट सामग्री ढुवानीका लागि ११ वटा ट्रक तथा कन्टेनर सेवा प्रदायक सूचीकरणमा परेका छन्। आयोगले सार्वजनिक सूचनामार्फत आएका निवेदनलाई शर्त र वार्षिक औसत कारोबारका आधारमा मूल्याङ्कन गरी सेवा प्रदायक चयन गरेको जनाएको छ।

सूचीकरण भएका संस्थालाई आवश्यकता अनुसार निर्वाचन सामग्री आपूर्तिका लागि परिचालन गरिने आयोगले जनाएको छ।

काठमाडौं । महान्यायाधिवक्ता सविता भण्डारी बरालले गोर्खा मिडिया प्रालिसँग जोडिएको सहकारी ठगी मुद्दामा सबै आरोपितहरूविरुद्धका संगठित अपराध तथा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभियोग संशोधन (फिर्ता) गर्न स्वीकृति दिएकी छन् ।

गत बुधबार रास्वपा सभापति रवि लामिछानेको हकमा मात्र यो निर्णय भएकोमा शुक्रबार दायरा बढाइएको हो । महान्यायाधिवक्ता कार्यालयका स्रोतका अनुसार रवि बाहेक जीबी राई, छविराज जोशी लगायत अन्य आरोपितहरूको हकमा पनि शुक्रबार यो निर्णय भएको छ ।

अब उनीहरूले सहकारी ठगीको मुद्दा मात्र सामना गर्नुपर्ने भएको छ । पीडित बचतकर्ताहरूको रकम फिर्ता गरेमा मिलापत्र गर्ने बाटो पनि खुला भएको छ । यसले मुद्दालाई सहज बनाउने अपेक्षा गरिएको छ ।

गोर्खा मिडिया नेटवर्क प्रालिमा विभिन्न सहकारी (सूर्यदर्शन, सुप्रिम, स्वर्णलक्ष्मी, सहारा चितवन लगायत) बाट करोडौं रुपैयाँ अनियमित रूपमा ल्याइएको आरोप लागेको थियो । यसमा रवि लामिछाने (तत्कालीन प्रबन्ध निर्देशक), जीबी राई (अध्यक्ष), छविराज जोशी (सञ्चालक) लगायत संलग्न थिए ।

प्रहरी अनुसन्धान र संसदीय छानबिन समितिको प्रतिवेदनमा सहकारीको रकम गोर्खा मिडियामा लगानी गरी अपचलन गरेको, संयुक्त खाता सञ्चालन गरी खर्च गरेको उल्लेख छ । यसै आधारमा विभिन्न जिल्ला अदालतमा ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग दर्ता भएको थियो ।

महान्यायाधिवक्ता कार्यालयले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम अभियोग संशोधनको स्वीकृति दिएको हो । यसअनुसार सहकारी ठगीको अभियोग कायम राखेर अन्य गम्भीर कसुरहरू हटाइएको छ ।

महान्यायाधिवक्ता कार्यालयले विभिन्न जिल्ला (कास्की, रुपन्देही, काठमाडौं, चितवन, पर्सा) मा दायर मुद्दाहरूमा यो संशोधन लागू हुने गरी निर्देशन दिएको छ । अब सरकारी वकिलहरूले अदालतमा अभियोग संशोधनको निवेदन दिनेछन् ।

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विशेष महाधिवेशन कुनै पनि विवादको विषय नभएको स्पष्ट पारेका छन् ।

निर्वाचन आयोगले संविधान, प्रचलित कानून र पार्टी विधानअनुसार निर्णय गरेकोप्रति आभार व्यक्त गर्दै उनले यसलाई कांग्रेसमा सार्थक परिवर्तनको साझा उपलब्धि भएको बताए ।

सभापति थापाले जारी गरेको प्रेस विज्ञप्तिमा नेपाली कांग्रेस अब कुनै एक नेताको चाहनाले होइन, आम सदस्यको चाहनाले चल्ने र बन्ने पार्टीका रूपमा स्थापित भएको उल्लेख छ । ‘नेपाली कांग्रेस आफ्नो मूल जरा, मूल्य–मान्यता र आदर्शमा फर्किएको छ,’ विज्ञप्तिमा भनिएको छ।

विशेष महाधिवेशनमा सहभागी भए–नभएका, सहमत भए–नभएका सबै नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई संयमित, जिम्मेवार र एकतावद्ध रहन आग्रह गर्दै थापाले यस प्रक्रियालाई जय–पराजयको रूपमा नलिन आग्रह गरेका छन् । उनका अनुसार कांग्रेस अब नवीन ऊर्जा र एकतासहित रूपान्तरणको दिशामा अघि बढिसकेको छ र रिफर्मको यात्रा सुरु भइसकेको छ ।

सभापति थापाले आशन्न निर्वाचनमा उच्च आत्मविश्वास र व्यापक तयारीका साथ एकढिक्का भएर लाग्नुपर्ने आवश्यकता औंल्याएका छन् । साथै, पार्टीका पूर्व सभापति शेरबहादुर देउवा लगायत विभिन्न तह र निकायमा रहेका नेताहरूबाट यो लोकतान्त्रिक प्रक्रियालाई सहज रूपमा स्वीकार गर्दै पूर्ण साथ रहने विश्वास व्यक्त गरेका छन् ।

विज्ञप्तिमा आजबाट नेपाली कांग्रेसमा कुनै गुट नरहने र गुटगत भागबण्डा नहुने स्पष्ट पारिएको छ । ‘जिम्मेवारी फरक हुन सक्छ, तर भुइँ तहका सदस्य र केन्द्रीय सभापतिको हैसियत समान हुनेछ,’ थापाले उल्लेख गरेका छन् ।

नेपाली कांग्रेस आम मानिसको सार्वजनिक पूँजी भएको उल्लेख गर्दै सभापति थापाले देशभित्र र बाहिर रहेका लाखौं शुभेच्छुकलाई परिवर्तनको यात्रामा साथ दिन आग्रह गरेका छन् । विशेष महाधिवेशनमार्फत विगतका कमजोरीमाथि आत्मआलोचना र समीक्षा गरिएको र उपलब्धिहरूलाई समयानुकूल संस्थागत गर्ने संकल्प लिइएको उनको भनाइ छ ।

सभापति थापाले अब कांग्रेस मूल्य र सिद्धान्तविपरीत कुनै सम्झौता नगर्ने र सत्ताका लागि अप्राकृतिक गठबन्धनको अन्त्य हुने स्पष्ट गरेका छन् । संविधानको रक्षा गर्दै समुन्नतिको नेतृत्व कांग्रेसले गर्ने प्रतिबद्धता पनि उनले गरे ।

सरकार र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपाल’ बीच ४ बुँदे सम्झौता भएको छ।

बिहीबार सिंहदरबारमा भदुवै पक्षले सम्झौता पत्रमा हस्ताक्षर गरेसँगै महाभियानले आफ्ना सम्पूर्ण आन्दोलनका कार्यक्रमहरू तत्कालका लागि स्थगित गरेको छ।

सरकारी वार्ता टोलीका संयोजक एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र महाभियानका अध्यक्ष दुर्गा प्रसाद प्रसाईंले हस्ताक्षर गरेको उक्त सम्झौताले लामो समयदेखि जारी सडक सङ्घर्षलाई संवादमार्फत टुंगोमा पुर्‍याएको छ।

सम्झौताअनुसार महाभियानले उठाउँदै आएको हिन्दु अधिराज्य, राजसंस्था र संघीयता खारेजी जस्ता पेचिला राजनीतिक मागहरूको सम्बोधन गर्न सरकारले ‘संविधान संशोधन सुझाव आयोग’ गठन गर्ने भएको छ। यो उच्चस्तरीय आयोगले संवैधानिक र कानुनी सुधारका लागि विस्तृत अध्ययन गरी सरकारलाई सुझाव पेस गर्नेछ।

त्यस्तै, आन्दोलनका क्रममा अध्यक्ष प्रसाईं र अन्य अभियन्ताहरूमाथि लगाइएका फौजदारी मुद्दाहरू फिर्ता लिन पनि सरकार सहमत भएको छ। विशेषगरी गत चैत १५ गतेको प्रदर्शनसँग सम्बन्धित संगठित अपराधको मुद्दा र झापा तथा इलाम कारागारमा रहेका बन्दीहरूको रिहाइका लागि मन्त्रिपरिषद्बाट आवश्यक निर्णय गरिने सहमति पत्रमा उल्लेख छ।

आर्थिक क्षेत्रका समस्या समाधानका लागि पनि सम्झौतामा सरकारले लचकता देखाएको छ। लघुवित्त र सहकारी ऋणीहरूको १ लाख रुपैयाँसम्मको ऋण मिनाहा गर्ने विषयमा अध्ययन गर्न कार्यदल बनाइनेछ भने बैंकिङ क्षेत्रमा ‘चेक बाउन्स’ सम्बन्धी कडा प्रावधानलाई सच्याइने भएको छ। अब बैंक तथा वित्तीय संस्थाहरूले भविष्यको मिति राखेर चेक लिन नपाउने र धितो पुनर्मूल्यांकन गरी कर्जा पुनर्तालिकीकरण गर्न राष्ट्र बैंकलाई अनुरोध गर्ने सहमति भएको छ।

हस्ताक्षर पछि बोल्दै मन्त्री खरेलले सरकार जननागरिकका समस्या समाधानमा गम्भीर रहेको बताए।

यस्तै, अध्यक्ष प्रसाईंले यो सम्झौतालाई ‘नागरिकको जित’को संज्ञा दिँदै अब रचनात्मक रूपमा सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता जनाए।

काठमाडौं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक मान्यता दिने निर्णय गरेको छ ।

शुक्रबार बसेको आयोगको बैठकले गगन थापाले नेतृत्व गरेको नेपाली कांग्रेसलाई आधिकारिक मान्यता दिने निर्णय गरेको हो । योसँगै अब नेपाली कांग्रेसको चुनाव चिह्न रुख र चारतारे झण्डा गगन थापा नेतृत्वको कांग्रेसको पक्षमा आएको छ ।

यो निर्णयसँगै नेपाली कांग्रेसको चुनाव चिह्न रुख र चारतारे झण्डासहित आधिकारिक कांग्रेसको सभापति थापा बनेका छन् ।

आयोगले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले महाधिवेशन माग गर्न पाउने र त्यो मागअनुसार महाधिवेशन आयोजना गर्नुपर्ने बाध्यात्मक व्यवस्था, विधानत महाधिवेशन प्रतिनिधि नै सर्वोच्च प्रतिनिधि र विशेष महाधिवेशन माग गरेको विषयमा कसैको विमति देखिएन भन्ने आधारमा थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएको जनाएको छ ।

पुस २७ गतेदेखि बिहीबार बिहानसम्म चलेको दोस्रो विशेष महाधिवेशनबाट थापा सभापति बनेका थिए । बिहीबार र शुक्रबार दुबै पक्षका नेता कार्यकर्ताहरु निर्वाचन आयोग पुगेर आ–आफ्ना दाबी पेश गरेका थिए ।

यसअघि आजै पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलनको आयोजना गर्दै देउवा नेतृत्वको कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफूहरुलाई आधिकारिकता नदिए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।