
गृहमन्त्री सुधन गुरुङले ललितपुरको सातदोबाटोमा रहेको सशस्त्र प्रहरी बलको निरीक्षण गरेका छन् । शनिबार उनले सशस्त्र प्रहरी बलसँगै ललितपुर प्रहरी कार्यालयको समेत निरीक्षण गरेका हुन् ।
मन्त्री आफैं गाडी चलाएर काठमाडौँ र ललितपुरका विभिन्न स्थानको अनुगमनमा निस्केका छन् ।
मन्त्री गुरुङ शनिबार बिहानै पहिला रामहापथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखाना पुगेका थिए । यसैगरी गृहमन्त्री सुधन गुरुङले उपत्यका ट्राफिक प्रहरी कार्यालयको समेत निरीक्षण गरेका छन् ।
गृहमन्त्री सुधन गुरुङले कानूनभन्दा माथि कोही नहुने बताएका छन् ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि स्टाटस लेख्दै उनले यो प्रतिसोध नभइ न्यायको सुरुवात भएको बताएका छन् ।
‘PROMISE IS A PROMISE : कानुनभन्दा माथि कोही छैन। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ’, उनले लेखेका छन्, ‘यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो ।’
उनले अब देशले नयाँ दिशा दिने पनि बताएका छन् ।
ओली र लेखकलाई प्रहरीले आज बिहानै पक्राउ गरेको हो ।
पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ
काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् ।
सशस्त्र प्रहरीको सहयोगमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लेखकलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट प्रहरीले पक्राउ गरेको हो ।
पूर्वगृहमन्त्री लेखकलाई पक्राउका लागि गृह मन्त्रालय जाहेरीकर्ता बनेर पत्र पाएपछि प्रहरीले जेनजी आन्दोलन दमन आरोपमा ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान सुरु गरेको छ ।
गृहको किटानी जाहेरीपछि प्रहरीले जरुरी पक्राउ पुर्जी दिएर लेखकलाई पक्राउ गरेको हो ।
पूर्व प्रधानमन्त्री केपी ओली पक्राउ
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ छन् ।
प्रहरीले ओलीलाई शनिबार भक्तपुरस्थित गुण्डुबाट पक्राउ गरेको हो । प्रहरीले उनलाई जरुरी पक्राउ पुर्जी थमाएको छ ।





