२०८३ श्रावण १२ गते मंगलवार
२०८३ श्रावण १२ गते मंगलवार

नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सञ्चालनका सन्दर्भमा सहमति भएको छ ।

प्रदेशहरूमा देखिएको राजनीतिक अस्थिरता र बजेट निर्माणमा उत्पन्न अवरोधलाई अन्त्य गर्दै सुशासन र विकासको गतिलाई तीव्रता दिन दुई दलबीच सहकार्य गर्ने सम्झौता भएको हो । शनिवार भएको सहमतिअनुसार पाँच वटा प्रदेशको नेतृत्व बाँडफाँट टुङ्ग्याइएको छ । जसअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशको सरकारको नेतृत्व नेकपा (एमाले)ले गर्नेछ । त्यसै गरी, कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेपाली कम्युनिष्ट पार्टीले सम्हाल्ने सहमति भएको छ ।

मधेस र गण्डकी प्रदेशको हकमा भने प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग समेत आवश्यक परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गरिने सहमति पत्रमा उल्लेख छ । पछिल्लो समय प्रदेशहरूमा बजेट निर्माणमा देखिएको असमझदारी र बजेट विहीनताको अवस्थालाई मध्यनजर गर्दै राजनीतिक स्थिरता कायम गर्न यो कदम चालिएको दुई दलले जनाएका छन् ।

जनताको चाहना अनुरूप प्रादेशिक विकासलाई अघि बढाउन संयुक्त सरकार गठन गर्ने र प्रदेश सभाहरूमा प्रभावकारी सहकार्य गर्ने निर्णय गरिएको छ । उक्त सहमति पत्रमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले हस्ताक्षर गरेका छन् ।

सरकारले एक रुपैयाँको नयाँ सिक्कामा नेपालको चुच्चे नक्सासहितको डिजाइन तयार पारेको छ।

अर्थ मन्त्रालयका अनुसार नयाँ सिक्काको डिजाइनमा चुच्चे नक्सासँगै आकाश भैरवको चित्रसमेत समावेश गरिएको छ। उक्त डिजाइनलाई अब बस्ने मन्त्रिपरिषद् बैठकबाट स्वीकृति लिएर कार्यान्वयनमा लैजाने तयारी गरिएको मन्त्रालयले जनाएको छ।

सरकारले राष्ट्रिय पहिचान झल्काउने प्रतीकहरू समेटेर नयाँ सिक्का जारी गर्ने तयारी गरेको हो। मन्त्रिपरिषद्बाट निर्णय भएपछि सिक्का छपाइ तथा प्रचलनमा ल्याउने प्रक्रिया अघि बढाइनेछ।

काठमाडौंको तारकेश्वर नगरपालिका–१ स्थित कालेबासे क्षेत्रमा पार्किङ गरिएको विद्युतीय कारभित्र एक महिलाको जलेको अवस्थामा शव फेला परेको छ।

प्रहरीका अनुसार मृतक तारकेश्वर–९ शुभकामना चोककी ४५ वर्षीया रश्मी रिजाल हुन्। उनी साउन ८ गतेदेखि सम्पर्कविहीन थिइन्।

शनिबार दिउँसो कारको पछाडिको सिटमा जलेको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान सुरु गरेको छ।

मृत्युको कारण र घटनाको प्रकृतिबारे यकिन गर्न प्रहरीले थप अनुसन्धान गरिरहेको छ। शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।