२०८३ आश्विन ८ गते बिहीबार
२०८३ आश्विन ८ गते बिहीबार

नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकार बरालिदै हिँडेको आरोप लगाएका छन्।

आइतवार पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले यस्तो आरोप लगाएका हुन्। उनले सरकारले विधिसम्मत प्रक्रिया र शक्ति पृथक्करणको सिद्धान्तको सीमा नाघ्न थालेको आरोप लगाए।

उनले कार्यपालिकाले न्यायपालिकाको सीमासमेत आफूभित्र पर्ने गरी व्यवहार गर्न थालेको तथा संवैधानिक निकाय र संसद्लाई समेत नमान्ने प्रवृत्ति दोहोरिएको भन्दै यस्ता कुरामा छुट दिन नहुने टिप्पणी गरे। उनले प्रधानमन्त्री बालेन्द्र साहले भनेको ‘एक्सप्रेस वे’मा सरकार बिनाब्रेक चल्नसक्ने तर लेन मिच्न नपाउने टिप्पणी गरे।

उनले गृहमन्त्री सुदन गुरुङको सम्पत्ति छानबिन प्रतिवेदन लुकाएको भन्दै आपत्ति जनाए। थापाले अहिले दिनदिनै मन्त्री र सत्तारुढ दलका सांसदहरूले हप्कीदप्की दिने गरेको कुरा बाहिर आइरहेको भन्दै यसले मुलुकलाई ठिक दिशातिर लैजान नसक्ने बताए। वर्तमान सरकार बरालिएर हिँडेको उनको आरोप छ।

थापाले भने, ‘हामीले सबैभन्दा पहिले यहाँ बोल्नुपर्ने विषय शासकीय अराजकताका बारेमा छ। सरकार विधिसम्मत प्रक्रियाभन्दा बाहिर जान सरकार पाउँदैन। शक्ति पृथक्करणको सिद्धान्तलाई तिलाञ्जलि दिन्छु भन्न पाउँदैन। संवैधानिक निकाय पनि र संसदलाई पनि मान्दैन। नेपाल अहिले शासकीय अराजकताबाट आक्रान्त भएको छ।’

सभापति थापाले सरकारले गरेका अराजक गतिविधिमाथि खबरदारी गरेर ठिक ठाउँमा ल्याउने काम काँग्रेसको भएको बताए।

नाबालिकाको डिम्ब किनबेच प्रकरणमा पक्राउ परेकी डा. नुतन शर्मा हाजिर जमानीमा छुटेकी छन् ।

सरकारी वकिलको कार्यालय ललितपुरले बिहीबार डा. शर्मालाई हाजिर जमानीमा राख्न आदेश दिएको हो ।

बिएन्डबी अस्पतालको आइभीएफ क्लिनिकबाट १७ वर्षीया किशोरीको डिम्ब निकालेको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको छ । पछिल्लो समय फिलिपिन्समा रहेकी शर्मा नेपाल फर्किएपछि निवेदन दिएर अनुसन्धानका लागि उपस्थित भएकी थिइन् ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार उनलाई बिहीबार नियन्त्रणमा लिएर सोही दिन सरकारी वकिलको कार्यालयमा बयान लिइएको थियो । प्रहरी स्रोतका अनुसार बयानका क्रममा शर्माले आफूमाथिको आरोप अस्वीकार गरेकी छन् ।

यस घटनामा प्रहरीले यसअघि एक महिलालाई नियन्त्रणमा लिएर मानव बेचबिखनसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ । प्रहरीले साउन १ गते इमाडोलमा बसेर ब्युटिसियनको काम गर्दै आएकी राधिका गोतामेलाई पक्राउ गरेको थियो ।

गोतामेले १७ वर्षीया किशोरीलाई आर्थिक प्रलोभनमा पारेर आइभीएफ क्लिनिकमा पुर्‍याई डिम्ब निकाल्न लगाएको आरोप छ । अनुसन्धानका क्रममा डिम्ब निकालेबापत किशोरीलाई ३० हजार रुपैयाँ दिइएको खुलेको प्रहरीले जनाएको छ ।

डिम्ब निकालेपछि किशोरी बिरामी परेपछि घटना बाहिर आएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद् बैठकमा सांसदहरूको उपस्थिति र हाजिरी विश्लेषण गर्ने भएको छ ।

संसद्मा पछिल्लो समय अपेक्षित उपस्थिति नदेखिएको तथा बैठक सुरु हुँदा उपस्थित भए पनि बीचमै सांसदहरू बाहिरिने क्रम बढेको भन्दै रास्वपाले हाजिरी विश्लेषण गर्न लागेको हो ।

रास्वपा संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले संसद्को गरिमा कमजोर हुन नदिन विगतका केही बैठकको हाजिरी विश्लेषण गर्न लागिएको जानकारी दिएका छन् ।

बुर्लाकोटीका अनुसार २०८३ असार ३० र ३१ तथा श्रावण १४, १८ र २२ गते बसेका संसद् बैठकको उपस्थिति हाजिरी संसद् सचिवालयबाट झिकाएर विश्लेषण गरिनेछ ।

उनले हाजिरी विश्लेषण गरी सात दिनभित्र प्रतिवेदन पेश गर्न रास्वपा संसदीय दलका सचेतक प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई जिम्मेवारी दिइएको बताएका छन् ।

‘पछिल्लो समय संसद्मा अपेक्षित उपस्थिति नभएको, बैठकमा सुरुमा उपस्थित भए पनि बीचमा संसद् छोडेर जाने क्रम पनि बाक्लिँदै गएको र यसबाट संसद्को गरिमा कमजोर हुँदै जाने देखिएकोले विगतको हाजिरी विश्लेषण गर्दै रहेको व्यहोरा जानकारी गराउँछु,’ मुख्य सचेतक बुर्लाकोटीले भनेका छन् ।

उनका अनुसार हाजिरी विश्लेषणपछि तयार हुने प्रतिवेदनका आधारमा संसद् बैठकमा सांसदहरूको उपस्थिति र जिम्मेवारी निर्वाहको अवस्थाबारे थप निष्कर्ष निकालिनेछ ।

तीन दिनदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत फेला परेका छन्।

६५ वर्षीय सिंहको शव आइतबार कपिलवस्तुको गोरुसिंगे जंगलमा फेला परेको कपिलवस्तुका प्रहरी प्रमुख एसपी मनोहर भट्टले जानकारी दिए।

सिंह शुक्रबार दिउँसो करिब २ बजे कपिलवस्तु नगरपालिका–३ स्थित आफ्नो घरबाट निस्किएका थिए। त्यसपछि उनी सम्पर्कविहीन थिए।

प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गबाट करिब आठ किलोमिटर भित्र जंगल क्षेत्रमा सिंहले प्रयोग गर्दै आएको लु प्र ०१–०१३ प ७९७० नम्बरको मोटरसाइकल रोकिराखेको अवस्थामा फेला परेको थियो।

सिंहको खोजीका लागि प्रहरीले गौतमबुद्ध विमानस्थलबाट तालिमप्राप्त कुकुरसमेत परिचालन गरेको थियो। तीन दिनको खोजीपछि उनको शव जंगलमा फेला परेको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सिंह कपिलवस्तु नगरपालिकाका पूर्वमेयरका साथै नेपाली कांग्रेसमा सक्रिय नेता थिए।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेले सरकारले आफ्नो लक्ष्य र वाचाअनुसार काम नगरे पार्टीले हस्तक्षेप गर्ने बताएका छन् ।

सरकारको कार्यशैली र स्थायित्वका विषयमा टिप्पणी गर्दै लामिछानेले सरकार आफ्नो बाटोबाट विचलित भए राजनीतिक दलका तर्फबाट नियन्त्रण गर्दै पुनः सही मार्गमा ल्याउने क्षमता आफूहरूसँग रहेको बताए ।

सरकार अहिले नै असफल भइनसकेको उल्लेख गर्दै उनले त्यस्तो अवस्था आउन नदिन आफूहरू सचेत रहेको बताए । सरकारले आफ्नो लक्ष्यअनुसार काम गर्नुपर्ने र त्यसबाट विचलित भए आवश्यक कदम चाल्ने उनको भनाइ छ ।

‘सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम गर्छ । काम गर्न सकेन वा बाटो बिरायो भने सरकारलाई सही बाटोमा ल्याउने राजनीतिक पार्टी हामीसँग छ,’ उनले भने, ‘आवश्यक परे जतिखेर पनि सरकारलाई कान समातेर सच्याउन सक्ने क्षमता पार्टीले राख्छ ।’

लामिछानेले अहिले सरकारलाई हस्तक्षेप गर्नुपर्ने अवस्था नआएको बताए । सरकारलाई असफल हुन नदिने र आफ्नो मार्गबाट विचलित भए पुनः सही दिशामा ल्याउने उनको दाबी छ ।

‘तर अहिले त्यो अवस्था आएको छैन, आउन पनि दिँदैनौँ,’ उनले भने, ‘सरकार आफ्नो लिकबाट बाहिरियो भने पुनः लिकमा ल्याएर यात्रालाई सहज बनाउने बाटोमा हामी अघि बढ्छौँ ।’

सरकार सञ्चालनको प्रक्रियालाई हवाई उडानसँग तुलना गर्दै लामिछानेले यात्राका क्रममा आउने सामान्य अवरोधबाट आत्तिन नहुने बताए । प्राविधिक समस्या वा बाह्य कारणले कहिलेकाहीँ उडानमा ‘टर्ब्युलेन्स’ आउन सक्ने भन्दै उनले त्यसलाई यात्राको स्वाभाविक प्रक्रियाका रूपमा बुझ्न आग्रह गरे ।

‘यो यात्रामा कहिलेकाहीँ टर्ब्युलेन्स आउँछन् । बादलका टुक्राबीच जहाज हिँड्दा जहाज हल्लिन सक्छ,’ उनले भने, ‘तर जहाज हल्लिँदैमा दुर्घटना हुन्छ कि भनेर डराउनुपर्दैन ।’

उनले आम नागरिकलाई ढुक्क रहन आग्रह गर्दै सरकारलाई सही ढङ्गले गन्तव्यमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।

‘त्यसैले–सिट ब्याक एन्ड रिल्याक्स । हामी असल नियत र सही दिशाका साथ यो यात्रालाई सुरक्षित रूपमा गन्तव्यमा पुर्‍याउँछौँ,’ उनले भने ।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले मुलुकको प्रमुख प्रशासनिक केन्द्र ‘सिंहदरबार’को नाम परिवर्तन गर्नुपर्ने बताएका छन् ।

ललितपुरमा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै ढकालले राजनीतिक परिवर्तनपछि देशका विभिन्न स्थान र विमानस्थलहरूको नाम परिवर्तन गरिए पनि सिंहदरबारको नाम यथावत् रहेकोमा प्रश्न उठाए ।

नेपालमा सिंह नपाइने उल्लेख गर्दै उनले ‘सिंहदरबार’ नामको सान्दर्भिकतामाथि तर्क गरे । सांसद ढकालले नाम मात्र नभई सिंहदरबारको कार्यशैली र हाउभाउमा समेत सुधारको आवश्यकता रहेको औँल्याए । प्रशासनिक केन्द्रको संरचना र भाषामा विद्यमान परम्परागत शैलीलाई चिर्नुपर्नेमा उनको जोड छ ।

ढकालले भने ‘परिवर्तनपछाडि सबै ठाउँहरूको नाम परिवर्तन भयो, मतलब अब एयरपोर्टहरूका कहाँ कहाँ कहाँ नाम परिवर्तन भए । त्यो सिंहदरबार भन्ने चाहिँ, न हामीसँग सिंह छ, हैन ? हामीसँग सिंह छैन । त्यो सिंहदरबार भन्ने चिजको नाम परिवर्तन भएन । त्यसलाई अनामनगर दरबार राख्दिएको भए हुन्थ्यो होला, त्यो परिवर्तनपछाडि दुनियाँ ठाउँको नाम परिवर्तन गर्दै गर्दा । हामीसँग सिंह नै छैन, त्यसको नाम सिंहदरबार नै छ र त्यसको केही हाउभाउ, भावभङ्गीहरू त्यो भाषा जस्तै छ । त्यो चिर्नुपर्नेछ । मैले यो मुहानका विषयमा यति कुरा राखेँ ।’

सांसद ढकालले नाम मात्र नभई सिंहदरबारको कार्यशैली र प्रवृत्तिमा समेत परिवर्तनको आवश्यकता रहेको औँल्याए । उनले प्रशासनिक केन्द्रको ‘मुहान’ मै सुधार हुनुपर्ने र पुरानो सोच तथा भाष्यलाई चिर्नुपर्नेमा जोड दिएका छन् ।

उपत्यकालगायत देशका विभिन्न भागमा केही दिनयता देखिएको खाना पकाउने एलपी ग्यासको अभाव हट्दै जान थालेको छ। इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट आयातको परिमाण वृद्धि भएसँगै र वितरण प्रक्रिया सहज पारिएपछि बजारमा ग्यासको आपूर्ति लयमा फर्कन थालेको नेपाल आयल निगमले जनाएको छ।

गत असार ३१ गतेदेखि निगमले साविककै १४.२ किलोग्रामको पूर्ण सिलिन्डर बिक्री खुला गरेपछि बजारमा एक्कासि माग बढेर अभाव देखिएको थियो। निगमका एलपी ग्यास विभाग निर्देशक विनितमणि उपाध्यायका अनुसार ७.१ किलो (आधा) बाट पुनः १४.२ किलोमा लैजाँदा सुरुआती दिनमा केही चाप परे पनि अहिले बिक्री वितरण सामान्य बन्दै गएको छ।

“अहिले पनि आईओसीको रिफाइनरीबाट दैनिक १०० भन्दा बढी बुलेट लोडिङ भइरहेका छन्,” उपाध्यायले भने, “बढीमा एक साताभित्र ग्यासको बिक्री वितरण पूर्ण रूपमा सहज हुन्छ। आमउपभोक्तालाई अनावश्यक सञ्चिति नगर्न आग्रह गर्दछौँ।”

पश्चिम एसियामा सिर्जित द्वन्द्व र सम्भावित सङ्कटलाई ध्यानमा राख्दै निगमले गत फागुन २९ गतेदेखि आधा (७.१ किलो) सिलिन्डर मात्र बिक्री गर्ने व्यवस्था मिलाएको थियो। आधा सिलिन्डर उपभोक्ताले खासै नरुचाएको र पूर्ण सिलिन्डर पाइने आशामा होल्ड गर्दा पछि एकाएक माग बढेको एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष कृष्णभक्त श्रेष्ठले बताए।

आयातमा उल्लेख्य वृद्धि

निगमको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको साउनमा ४४ हजार ३१८ मेट्रिक टन ग्यास आयात भएकोमा चालु आवको साउन महिनामा करिब ५५ हजार मेट्रिक टन आयात हुने अनुमान छ। चालु महिनाको २२ दिनमै ३९ हजार ७७४ मेट्रिक टन ग्यास भित्रिसकेको छ।

आउँदा ठूला चाडपर्वलाई लक्षित गरी तीन महिनाका लागि ग्यासको कोटा बढाउन सरकारले भारतसँग कूटनीतिक पहलसमेत गरिरहेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले जानकारी दिइन्। नेपालमा हाल ५८ वटा एलपी ग्यास उद्योग सञ्चालनमा छन्, जसको भण्डारण क्षमता १० हजार १६६ मेट्रिक टन रहेको छ।

मन्त्रीद्वारा अनुगमन, ५ सय बढी गुनासो सम्बोधन

ग्यास वितरण सहज बनाउन उद्योगमन्त्री यादवसहित निगमका उच्च अधिकारीहरूले अनुगमनलाई तीव्र बनाएका छन्। शनिबार मन्त्री यादवको टोलीले बालाजुस्थित नेपाल ग्यास उद्योग तथा टेकुस्थित विभिन्न ग्यासका बिक्री केन्द्रहरूको निरीक्षण गरेको थियो। अनुगमनका क्रममा बजारमा कृत्रिम अभाव वा कालोबजारी नभेटिएको निगमले जनाएको छ।

यसैगरी ग्यास नपाएका उपभोक्ताको समस्या तत्काल समाधान गर्न निगममा गठित ‘क्विक रेस्पोन्स टिम’ ले हालसम्म ५ सयभन्दा बढी गुनासो सम्बोधन गरिसकेको छ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आगामी कात्तिक ९ देखि मङ्सिर ५ गतेसम्म (अक्टोबर २६ देखि नोभेम्बर २१) आयोजना गर्ने घोषणा गरेको छ।

शनिबार बेलुका क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिअनुसार एनपीएल २०२६ को मिति तय गरिएको हो। यसअघिका संस्करण तिहारपछि मङ्सिरमा आयोजना हुँदै आएकोमा यसपटक क्यानले दशैँ र तिहारको बीचको समय रोजेको छ।

प्रतियोगिताको खेल तालिका भने सार्वजनिक हुन बाँकी छ। क्यान स्रोतका अनुसार तिहारको दुई दिनबाहेक अन्य दिनमा नियमित रूपमा खेल सञ्चालन गर्ने तयारी भइरहेको छ।

एनपीएलका लागि खेलाडीको लिलामी (अक्सन) प्रक्रिया सम्पन्न भइसकेको छ भने हाल सहभागी टोलीले वैदेशिक खेलाडी अनुबन्ध गर्ने कार्यलाई तीव्रता दिइरहेका छन्।

सुनको मूल्य आज ३ लाखमाथि पुगेको छ । आइतबारको कारोबारमा मूल्यवृद्धि भएसँगै सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ गत शुक्रबारको तुलनामा ४ हजार ८ सय रुपैयाँले बढी हो ।

गत शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँ कायम थियो ।

आज १० ग्राम सुनको भाउ भने २ लाख ५८ हजार ६ सय कायम भएको छ ।

यस्तै आज सुनसँगै चाँदी पनि महँगिएको छ । चाँदीको भाउ आज ६५ रुपैयाँले उकालो लाग्दै प्रतितोला ४ हजार ६४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् ।

प्रहरी प्रधान कार्यालयले आज बिहान ५ः४५ बजेसम्म अवरुद्ध रहेका सडकको विवरणअनुसार तेह्रथुमको मध्यपहाडी लोकमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, इलामको मेची राजमार्ग, रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडक, रुकुम पश्चिमको भेरी करिडोरलगायत सडकखण्डमा यातायात प्रभावित भएको छ ।

काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा बेलुका ६ः०० देखि बिहान ४ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । बिहान ४ः०० देखि बेलुका ६ः०० बजेसम्म भने सवारी सञ्चालन हुने व्यवस्था मिलाइएको छ ।

यसैगरी, मकवानपुरको कान्ति लोकपथमा वर्षायामका कारण बेलुका ५ः०० देखि बिहान ५ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा वर्षाका कारण सडक हिलाम्मे भएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ ।

उक्त क्षेत्रमा वैकल्पिक मार्ग भने रहेको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलो, वडा नं २ कोदारी र लिपिङ क्षेत्रमा पहिरो खस्नाका साथै सडक भासिएपछि अरनिको राजमार्गका विभिन्न खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

जिरोकिलोमा पहिरो र लिपिङमा सडक भासिएपछि यातायात अवरुद्ध भएको हो । यसैगरी, चौतारा साँगाचोकगढी नगरपालिका–९ डुम्रेमा अरनिको राजमार्ग पनि अवरुद्ध भएको छ । रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा कटान भएपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलास्थित भेरी करिडोरको जाजरकोट–डोल्पा सडकखण्ड पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । तेह्रथुमको लालीगुराँस नगरपालिका–९ काडेस्थित पिङवाखोला नजिक मध्यपहाडी लोकमार्ग पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ ।

प्रहरीले वर्षायाममा पहिरो, बाढी तथा सडक कटानको जोखिम कायम रहेकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको अवस्थाबारे जानकारी लिन सर्वसाधारणलाई आग्रह गरेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।