२०८३ कार्तिक १५ गते शनिबार
२०८३ कार्तिक १५ गते शनिबार

प्रधानमन्त्री बालेन्द्र शाहसँग बाढी प्रभावित क्षेत्रको अवस्थाबारे छलफल गरेर सिंहदरबारबाट बाहिरिने क्रममा नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन्।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिसँग भएको छलफलमा तामाङ सहभागी थिए। बैठक सकिएलगत्तै सिंहदरबार परिसरबाटै उनलाई प्रहरीले पक्राउ गरेको हो।

तामाङविरुद्ध अरुण अर्यालको जाहेरीका आधारमा बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता भएको थियो। उक्त मुद्दा काठमाडौंको प्रहरी वृत्त दरबारमार्गमा दर्ता रहेको काठमाडौं प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाले जानकारी दिए।

उनका अनुसार तामाङलाई पक्राउ गर्न दरबारमार्ग वृत्तले अनुमति मागेको थियो। सोही आधारमा उनलाई पक्राउ गरिएको हो।

प्रहरीले तामाङलाई पक्राउ गर्न आइतबार नै काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको थियो। अदालतको अनुमतिपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

प्रधानमन्त्री शाहले रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिसँग प्रभावित क्षेत्रको अवस्था र पुनःस्थापनाबारे छलफल गरेका थिए।

किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ पनि उक्त छलफलमा सहभागी थिए। बाढीपछि स्थानीय तहमा देखिएका समस्या, पुनःस्थापना तथा आगामी कदमबारे छलफलमा जनप्रतिनिधिहरूले प्रधानमन्त्रीसमक्ष आफ्ना धारणा राखेका थिए।

तर बैठक सकिएको केही समयमै तामाङ प्रहरी नियन्त्रणमा पुगे। ४३ वर्षीय तामाङ जनप्रतिनिधिको जिम्मेवारीसँगै व्यवसायमा समेत संलग्न थिए। उनले काठमाडौंको नयाँबजारमा ओसिन ट्रान्सपोर्ट एन्ड एडभेन्चर प्रालि सञ्चालन गर्दै आएका थिए।

उनैविरुद्ध परेको बैंकिङ कसुरको जाहेरीका आधारमा अदालतबाट पक्राउ अनुमति लिएर प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्दै सरकारले मुलुकमा विध्वंस मच्चाएको आरोप लगाएका छन् । 

सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रसाईंले आफूलाई अरूको घर वा देश जलाउने राजनीतिमा कुनै रुचि नरहेको स्पष्ट पारे । उनले भने, ‘मलाई तिमीहरूको जस्तो धन्दुकारी गर्नु पनि छैन । देश जलाउनग पनि छैन, सिंहदरबार जलाउनु पनि छैन। म अर्काको घर जलाउ भनेर त जान्नँ । तिमीहरूले यत्रो जलाएर आउँदा पनि जनतालाई खुसी बनाएको भए हुन्थ्यो नि त ।’

देशको वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै उनले नेपालमा राजसंस्था र शाह वंशको भूमिकाबिना राष्ट्रियताको जगेर्ना हुन नसक्ने दाबी गरे । आफूलाई कसैले कुनै बाह्य शक्ति वा सङ्गठनसँग जोडेर प्रचार गर्ने गरेकोभन्दै उनले त्यसको खण्डन गरे । वर्तमान सरकार र नेतृत्वको अदूरदर्शी नीतिका कारण देशको अर्थतन्त्र तहसनहस भएको र युवाहरू विदेशिन बाध्य भएको उनको भनाइ छ ।

प्रसाईंले बैंकहरूमा अरबौँ रुपैयाँ थुप्रिए पनि स्पष्ट भिजन र शान्ति–सुरक्षाको वातावरण नभएका कारण बाह्य तथा आन्तरिक लगानी आउन नसकेको बताए । देशका समसामयिक राजनीतिक मुद्दाहरूमाथि कडा टिप्पणी गर्दै उनले जनताले वर्तमान शासकहरूको विकल्प खोज्ने बेला आइसकेको उल्लेख गरे ।

आज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज अटल सौभाग्यको कामना गरी मनाइँदैछ । 

भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा विवाहित तथा अविवाहित महिलाहरूले व्रत बसेर भगवान् शिव र पार्वतीको पूजा–आराधना गर्ने परम्परा छ।

विवाहित महिलाहरुले श्रीमानको दीर्घायुको कामना गर्दै तीजको ब्रत बसी मनाउने प्रचलन छ ।

अविवाहित युवा युवतीले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय मान्यतामा तीजको ब्रत बस्ने प्रचलन रहेको छ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्वमा देवाधिदेव महादेवको पूजा आराधना गरिन्छ ।

भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।