२०८३ आश्विन १८ गते आईतवार
२०८३ आश्विन १८ गते आईतवार

दशैंमा नयाँ लुगा, मिठो परिकार र परिवारसँगको जमघट त छँदैछ । अप्रत्याशित उमंग भने म्याक्स टाइगर इनर्जी ड्रिंकको क्यान खोल्दा हुनेछ । कारण हो, म्याक्स टाइगरले ल्याएको ‘दशैं धमाका २०२६’ अभियान, जसमा ३६ जनाले यामाहा मोटरसाइकल तथा स्कुटर र एक जनाले प्रोटोन कार जित्ने अवसर पाउनेछन् ।

दशैंको यही उत्साहमा पुरस्कारको रोमाञ्च थप्दै म्याक्स टाइगरले आफ्नो नयाँ अभियान सार्वजनिक गरेको हो । ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजित कार्यक्रममा कम्पनीले ‘दशैं धमाका २०२६’ को औपचारिक घोषणा गरेको हो ।

अभियानअन्तर्गत विशेष पुरस्कारयुक्त क्यान देशभर वितरण गरिने कम्पनीले जनाएको छ । अभियानमा १८ जनाले यामाहा एफ जेड एफ आई मोटरसाइकल र १८ जनाले यामाहा रे जेडआर स्कुटर प्राप्त गर्नेछन् ।

त्यस्तै, अभियानको बम्पर पुरस्कारका रूपमा एक जना भाग्यशाली विजेताले प्रोटोन कार पाउनेछन् । कम्पनीका अनुसार विशेष पुरस्कारयुक्त क्यान प्राप्त गर्ने उपभोक्ता नै अभियानका विजेता बन्नेछन् । देशभर त्यस्ता क्यान वितरण गरी अभियानलाई उपभोक्तामाझ पु¥याउने तयारी कम्पनीले गरेको छ ।

म्याक्स टाइगरका अनुसार ‘दशैं धमाका २०२६’ मार्फत उपभोक्ताले उत्पादनसँगै आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन् । चाडपर्वको उत्साह र उपभोक्ताको ऊर्जालाई ब्रान्डसँग जोड्दै सम्बन्ध थप सुदृढ गर्ने उद्देश्य अभियानको रहेको कम्पनीले जनाएको छ ।

देशभर पुग्ने पुरस्कारयुक्त क्यानमार्फत म्याक्स टाइगरले यसपटकको दशैंलाई उपभोक्ताका लागि पुरस्कारको सम्भावनासँग जोडेको छ । अब दशैंमा म्याक्स टाइगरको क्यान खोल्दा स्वाद र ऊर्जासँगै ‘के थाहा, अर्को पुरस्कार आफ्नै नाममा पो छ कि’ भन्ने उत्सुकता पनि थपिनेछ । दशैं नेपालीका लागि किनमेल, भेटघाट र उत्सवको समय हो । यही चाडपर्वको माहोललाई अझ रोमाञ्चक बनाउँदै उपभोक्तासँग प्रत्यक्ष रूपमा जोडिने उद्देश्यले अभियान ल्याइएको कम्पनीको भनाइ छ ।

नेपाली कांग्रेसका नेता डा. सुनील शर्माले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्।

शनिबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै शर्माले कांग्रेसलाई जनतासँग प्रत्यक्ष रूपमा जोड्ने र पार्टी निर्माणमार्फत राष्ट्र निर्माण गर्ने अभियानसहित महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका हुन्।

शर्माले बदलिँदो राजनीतिक परिस्थितिमा कांग्रेसलाई मुलुकका दूरदराजमा रहेका नागरिकसँग जोड्नुपर्ने आवश्यकता रहेको बताए। दुई छाक खान संघर्ष गरिरहेका तथा सामान्य उपचारसमेत गर्न नसक्ने नागरिकका पक्षमा आफूले गर्दै आएको सामाजिक सेवाको अनुभवलाई राजनीतिक यात्रासँग जोडेर अघि बढ्ने उनको भनाइ थियो।

उनले आफ्नो राजनीतिक यात्रा गिरिजाप्रसाद कोइरालाको नेतृत्वकालदेखि सुरु भएको उल्लेख गर्दै १२ बुँदे समझदारीदेखि लोकतन्त्र पुनःस्थापनाको आन्दोलनसम्म आफूले निर्वाह गरेको भूमिकाको स्मरण गरे। गिरिजाप्रसाद कोइराला नजरबन्दमा रहेका बेला नेपाल, भारत हुँदै अमेरिकासम्म पुगेर लोकतन्त्र पुनःस्थापनाका लागि पहल गरेको उनले बताए।

महामन्त्रीमा उम्मेदवारी दिनुको मुख्य कारण कांग्रेस र दूरदराजका ‘भुइँ मानिस’ बीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्नु रहेको शर्माले बताए।

‘प्रत्यक्ष रूपमा दूरदराजमा रहेका भुइँ मानिसहरूसँग कांग्रेसको प्रत्यक्ष सम्बन्ध जोड्न, पार्टी बनाउन र देश बनाउने अभियानमा जुट्नका लागि मैले महामन्त्रीमा उम्मेदवारी दिएको हुँ,’ उनले भने।

नेता र जनताबीच बढेको दूरी घटाउनु आफ्नो मुख्य उद्देश्य रहेको उल्लेख गर्दै उनले भने, ‘जनता र नेताबीच रहेको जुन खाडल छ, त्यो खाडल पुर्न आएको हुँ।’

शर्माले आफू कुनै गुट वा समूहको उम्मेदवार नभएको दाबी गरे। सबै महाधिवेशन प्रतिनिधिको साझा उम्मेदवारका रूपमा आफू अघि बढेको उनको भनाइ थियो।

‘मेरा अग्रज, मेरा साथीहरू र मुलुकभित्र तथा बाहिरबाट विभिन्न स्थानबाट आउनुभएका नेपाली कांग्रेसका तमाम महाधिवेशन प्रतिनिधिले यो अभियानमा साथ दिनुहुनेछ भन्ने विश्वास लिएको छु,’ उनले भने, ‘पहिला कांग्रेस बनाउने र कांग्रेस बनिसकेपछि देश बनाउने हाम्रो अभियानमा तपाईंहरूले साथ दिनुहुनेछ भन्ने अपेक्षासहित आज महामन्त्रीको उम्मेदवारी घोषणा गर्दछु।’

शर्माले कांग्रेसभित्रको आन्तरिक मतभेदलाई सामान्य रूपमा लिनुपर्ने बताए। कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले सानातिना मतभेद र झैझगडा भइरहने भन्दै त्यसलाई मिलाउनु नेतृत्वको जिम्मेवारी भएको उनले बताए।

‘यसलाई मिलाउने कर्तव्य हाम्रो हो। महामन्त्री भएपछि मेरो पहिलो काम त्यसैमा हुनेछ,’ उनले भने।

उनले पाँचतारे होटलमा बसेर मात्र राजनीति गर्ने नभई हुम्लाको सर्केघाटदेखि ताप्लेजुङको ओलाङचुङगोलासम्म पुगेर हिमाल, पहाड र मधेशलाई जोड्दै कांग्रेसलाई जनतासँग जोड्ने अभियान अघि बढाउने बताए।

‘समाज परिवर्तनका लागि राजनीति मूल बाटो’

बुद्ध दर्शनका विद्यार्थीसमेत रहेको उल्लेख गर्दै शर्माले समाज परिवर्तनका लागि राजनीति आवश्यक माध्यम भएको बताए।

शून्यवादको सिद्धान्तमा कुनै पनि वस्तु वा अस्तित्व एक्लै पर्याप्त नहुने र सबै कुरा परिपूरक तथा सहायक हुने उल्लेख गर्दै उनले समाज परिवर्तनका लागि राजनीतिलाई आफ्नो बाटो बनाएको बताए।

‘समाज बदल्नका लागि ध्यान मात्रै गरेर सम्भव छैन। त्यसले आत्मशान्ति र मानसिक शान्ति सम्भव होला, तर आमूल समाज परिवर्तनका लागि राजनीति नै मूल बाटो हो,’ उनले भने, ‘बुद्धपथलाई अंगाल्दै म राजनीतिमा आएको हुँ र त्यसैका लागि महामन्त्रीमा मेरो उम्मेदवारी हो।’

‘विगतको गौरव फर्काउने र राष्ट्र निर्माण गर्ने महाधिवेशन’

उम्मेदवारी घोषणा क्रममा शर्माले जारी गरेको प्रेस विज्ञप्तिमा कांग्रेसको १५औँ महाधिवेशनलाई नियमित नेतृत्व चयनको प्रक्रियामा मात्र सीमित गर्न नहुने उल्लेख गरिएको छ।

उनले महाधिवेशनलाई कांग्रेसको गौरव, जनविश्वास र जनअपेक्षा पुनःस्थापित गर्दै राष्ट्र निर्माणको नयाँ संकल्प गर्ने अवसरका रूपमा प्रस्तुत गरेका छन्।

विज्ञप्तिमा बीपी कोइरालाले कांग्रेस स्थापना गर्दा नेपाली जनता र देशले पार्टीप्रति राखेको विश्वास, भरोसा र आशालाई पुनःस्थापित गर्नुपर्ने उल्लेख छ।

‘बीपी कोइरालाले नेपाली कांग्रेस स्थापना गर्दा नेपाली जनता र सिंगो देशले नेपाली कांग्रेसप्रति जस्तो विश्वास, भरोसा र आशा राखेका थिए, त्यस्तै आशा, भरोसा, विश्वास र गौरव गर्न लायक पार्टी यो महाधिवेशनबाट हामी बनाउँदै छौँ,’ विज्ञप्तिमा भनिएको छ।

शर्माले विगतका कमजोरीबाट पाठ सिक्दै आगामी पुस्ता र देशको भविष्यलाई केन्द्रमा राखेर पार्टीलाई अघि बढाउने प्रतिबद्धता जनाएका छन्। कांग्रेसका चार पुस्तालाई एउटै यात्रामा जोडेर राष्ट्र निर्माणको अभियानमा अघि बढाउने उनको दाबी छ।

उनले १५औँ महाधिवेशनबाट निर्वाचित हुने नेतृत्वले पार्टी निर्माणलाई राष्ट्र निर्माणसँग जोडेर अघि बढाउनुपर्ने बताएका छन्।

‘महामन्त्री भएर पार्टी बनाउनेछु र पार्टीमार्फत यो राष्ट्र बनाउनेछु। यो देश निर्माणबाहेक मेरो अर्को कुनै ध्येय छैन,’ विज्ञप्तिमा शर्माले भनेका छन्।

शर्मा २०५४ सालदेखि कांग्रेस राजनीतिमा सक्रिय छन्। १३औँ महाधिवेशनदेखि महासमिति सदस्य रहेका उनी स्वास्थ्य, शिक्षा तथा सामाजिक सेवाका क्षेत्रमा पनि सक्रिय छन्।

१५औँ महाधिवेशनका लागि उनी बेलबारी नगरपालिका–४ बाट क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका थिए। त्यसपछि मोरङ–३ बाट ७९० सदरमतमध्ये ६५० मत प्राप्त गर्दै केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए। कांग्रेसको १५औँ महाधिवेशन असोज १८ गतेदेखि काठमाडौंमा हुँदैछ।

हरेक नागरिकको आवासको अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित सरकारले भवन ऐन २०८३ को विधेयक संघीय संसद् सचिवालयमा दर्ता गरेको छ।

पूर्वाधार विकास मन्त्रालयले शुक्रबार दर्ता गरेको विधेयकमा निम्न आय भएका परिवारका लागि आवासको ग्यारेन्टी गर्ने तथा मध्यम आय भएका परिवारलाई सुरक्षित र व्यवस्थित आवास उपलब्ध गराउने व्यवस्था प्रस्ताव गरिएको छ।

विधेयकमा पहिलोपटक घर निर्माण गर्ने नेपाली नागरिकलाई सरकारले तोकेको टाइप डिजाइन तथा मापदण्डअनुसार घर बनाउन आवश्यक नदीजन्य तथा प्रकृतिजन्य निर्माण सामग्री निःशुल्क उपलब्ध गराउने प्रस्ताव गरिएको छ। गोठ निर्माणका लागि निवेदन दिने नागरिकलाई समेत आवश्यक प्रकृतिजन्य सामग्री निःशुल्क उपलब्ध गराउने व्यवस्था प्रस्ताव गरिएको छ।

गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित गर्न संघीय सरकारबाट ५० हजार र प्रदेश सरकारबाट २५ हजार रुपैयाँ गरी कुल ७५ हजार रुपैयाँसम्म अनुदान उपलब्ध गराउने प्रस्ताव विधेयकमा छ।

त्यस्तै, विपद् प्रभावित, असुरक्षित तथा जोखिमपूर्ण बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी सरकारले नयाँ घर निर्माण गरिदिने व्यवस्था पनि विधेयकमा समेटिएको छ।

मध्यम आय भएका नागरिकका लागि सुरक्षित, भूकम्प प्रतिरोधात्मक तथा आधारभूत मापदण्ड पूरा भएका स्मार्ट घर निर्माण तथा उपलब्ध गराउने व्यवस्था पनि प्रस्ताव गरिएको छ। यस्ता घरको लागत २० लाखदेखि ७५ लाख रुपैयाँसम्म हुने र प्लिन्थ क्षेत्रफल ९ सयदेखि १ हजार ३ सय वर्गफिटसम्म हुने प्रस्ताव गरिएको छ।

नागरिकले सहुलियतपूर्ण ऋणमार्फत यस्ता घर प्राप्त गर्न सक्ने व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ। प्रारम्भिक रूपमा ५ लाख रुपैयाँ अग्रिम भुक्तानी गरेर १५ वर्षसम्म मासिक ११ हजार रुपैयाँ किस्ता तिर्ने विकल्प राखिएको छ।

त्यस्तै, १० लाख रुपैयाँ अग्रिम भुक्तानी गर्दा मासिक १५ हजार, १५ लाख अग्रिममा मासिक २० हजार, २० लाख अग्रिममा मासिक ३० हजार र २५ लाख रुपैयाँ अग्रिम भुक्तानीमा मासिक ३५ हजार रुपैयाँ किस्ता तिर्ने विकल्पसमेत प्रस्ताव गरिएको छ।

विधेयक पारित भई कार्यान्वयनमा आएमा निम्न आय भएका नागरिकको आवास सुनिश्चित गर्ने तथा मध्यम आय भएका परिवारलाई सुरक्षित र व्यवस्थित घर उपलब्ध गराउने कानुनी आधार बन्ने सरकारले जनाएको छ।

नेपाली काँग्रेसका नेता डा. सुनिल शर्माले पार्टीको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

शनिवार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी उनले उम्मेदवारी घोषणा गरेका हुन् । उनले बदलिँदो राजनीतिक परिस्थितिमा पार्टीलाई जनतासँग प्रत्यक्ष जोड्ने उद्देश्यसहित महामन्त्री पदमा उम्मेदवारी दिने निर्णय गरेको बताए ।

उनले काँग्रेसलाई दूर दराजका नागरिकसँग जोड्दै सामान्य नागरिकका समस्या र आवश्यकतालाई राजनीतिको केन्द्रमा राखेर काम गर्ने आफ्नो अभियान रहेको बताए। लोकतन्त्र पुन:स्थापनाका लागि विगतमा आफूले नेपाल, भारत र अमेरिकासम्म विभिन्न तहमा राजनीतिक गतिविधि र ‘लभिङ’ गरेको स्मरण गर्दै काङ्ग्रेससँग आफ्नो लामो राजनीतिक सम्बन्ध रहेको उल्लेख गरे ।

उनले भने, ‘हामी बीपी कोइराला, गिरिजाबाबुको क्षेत्रबाट सहभागी छौँ, हामी विराटनगरवासी, मोरङबासीहरूले त्यसमा गर्व पनि गर्छौं । अहिले बदलिँदो परिस्थितिमा नेपाली काङ्ग्रेसलाई जनतासँग प्रत्यक्ष रूपमा जोड्ने, दुरदराजमा भएका नेपाली नागरिकका पक्षमा काम गर्ने र २ छाक खानाको निम्ति सङ्घर्ष गरिरहेका र एउटा सामान्य रोग उपचार गर्नबाट वञ्चित भइरहेका तमाम हजारौँको सङ्ख्यामा देशमा विभिन्न दुरदराजमा रहेका नागरिकहरूको पक्षमा अनवरत रूपमा हामी काम गर्दै आएका छौँ । १२ बुँदे सम्झौतादेखि लिएर तत्कालीन प्रधानमन्त्री हाम्रो पार्टी सभापति गिरिजाप्रसाद कोइरालालाई हाउस एरेस्ट गरिरहेको बेला यहाँदेखि भारत हुँदै अमेरिका सम्म पुगेर डेमोक्रेटी डेमोक्रेसी रिनस्टेटको निम्ति लभिङ गर्दै आएको एउटा लामो इतिहास बोकेर आएको हुँ, मैले नेपाली काङ्ग्रेसको यसपालि महामन्त्री पदमा मैले आफ्नो उम्मेदवारी दर्ता गर्ने विचार गरेको छु, निर्णय गरेको छु र मेरा अग्रजहरू, मेरा साथीहरू र मुलुक भित्रबाट विभिन्न ठाउँबाट पाल्नुभएका तमाम नेपाली काङ्ग्रेसका सबै महाधिवेशन प्रतिनिधि ज्यूहरूलाई यो अभियानमा तपाईँहरूले साथ दिनुहुनेछ । हामीसँगै हातमा हात मिलाएर नेपाली काङ्ग्रेसलाई जनतासँग जोड्ने अभियान र काङ्ग्रेस बनाउने र काङ्ग्रेस बनिसकेपछि देश बनाउने, यो हाम्रो अभियानमा तपाईँहरूले साथ दिनुहुनेछ ।’

डा/ शर्मा मोरङ–३ बाट काँग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । त्यसअघि शर्मा बेलबारी नगरपालिका–४ बाट क्षत्रिय प्रतिनिधिमा सर्वसम्मत चयन भएका थिए । शर्मा नेपाली काँग्रेसको राजनीतिमा २०५४ सालदेखि सक्रिय छन्। काँग्रेसको १५ औँ महाधिवेशन आईतवारदेखी काठमाडौँको खुलामञ्चमा हुँदैछ ।

अमेरिकाले पर्यटक तथा व्यावसायिक प्रयोजनका लागि दिइने बी–१÷बी–२ भिसाका आवेदकमध्ये ५० देशका नागरिकका लागि १० हजारदेखि २० हजार अमेरिकी डलरसम्मको भिसा बन्ड अनिवार्य गरेको छ । नयाँ व्यवस्थामा नेपाल, बंगलादेश र भुटानका नागरिकसमेत परेका छन् भने भारतीय नागरिकलाई भने यसबाट छुट दिइएको छ ।

अमेरिकी विदेश मन्त्रालयले शुक्रबार बी–१÷बी–२ भिसा प्राप्त गर्नुअघि आर्थिक बन्ड बुझाउनुपर्ने देशहरूको संशोधित सूची सार्वजनिक गरेको हो । सूचीमा परेका देशका नागरिकले भिसा अन्तर्वार्ताका क्रममा कन्सुलर अधिकारीले निर्धारण गरेअनुसार १० हजार, १५ हजार वा २० हजार अमेरिकी डलर बन्डका रूपमा जम्मा गर्नुपर्नेछ ।

विदेश मन्त्रालयका अनुसार नेपाल र बंगलादेशका नागरिकका लागि यो व्यवस्था जनवरी २१ देखि लागू भएको हो । भुटानलाई भने जनवरी १ देखि नै सूचीमा समावेश गरिएको थियो । अफ्रिका, क्यारेबियन, मध्य एसिया तथा प्रशान्त क्षेत्रका अन्य देशहरू पनि उक्त सूचीमा छन् ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार यो कार्यक्रम आप्रवासन तथा राष्ट्रियता ऐन (आईएनए) को धारा २२१(जी)(३) अन्तर्गत सञ्चालन भइरहेको छ । उक्त व्यवस्थाले कन्सुलर अधिकारीलाई भिसा जारी गर्नुअघि आवेदकसँग बन्ड माग गर्न सक्ने अधिकार दिएको छ ।

अगस्ट ३ मा जारी गरिएको अन्तिम नियमपछि यो कार्यक्रम कार्यान्वयनमा आएको हो । कुन देशका नागरिकलाई बन्डको दायरामा राख्ने भन्ने निर्धारणमा अमेरिकी होमल्यान्ड सेक्युरिटी विभागले सार्वजनिक गर्ने बी–१÷बी–२ भिसा ओभरस्टे तथ्यांकलाई आधार बनाइएको विदेश मन्त्रालयले जनाएको छ ।

बन्ड बुझाउन चाहने आवेदकले डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीको फारम १–३५२ भर्नुपर्नेछ । त्यसपछि अमेरिकी ट्रेजरी विभागको डिजिटल भुक्तानी प्रणाली ‘पे डट गभ’ मार्फत बन्ड बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

तर, कन्सुलर अधिकारीले बन्ड बुझाउन निर्देशन नदिएसम्म आवेदकले आफैंले अग्रिम रूपमा बन्ड रकम बुझाउन नहुने विदेश मन्त्रालयले स्पष्ट पारेको छ । बन्ड आवेदक आफैंले वा आफन्त, साथी तथा व्यावसायिक साझेदारजस्ता तेस्रो पक्षले समेत बुझाउन सक्नेछन् । बन्डका सबै सर्त पूरा भएको अवस्थामा रकम जम्मा गर्ने व्यक्तिलाई नै फिर्ता गरिनेछ ।

यद्यपि, बन्ड बुझाउँदैमा भिसा स्वीकृत हुने ग्यारेन्टी भने नरहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । बन्ड कार्यक्रमअन्तर्गत भिसा पाएका व्यक्तिका लागि अमेरिकामा प्रवेश तथा बाहिरिने मार्गसमेत तोकिएको छ । उनीहरूले व्यावसायिक हवाई उडान तथा अमेरिकी भन्सार तथा सीमा सुरक्षा (सीबीपी) को प्रि–क्लियरेन्स सुविधा भएका विमानस्थल प्रयोग गर्नुपर्नेछ ।

उनीहरूले सामान्य उडान, चार्टर विमान, समुद्री बन्दरगाह वा स्थलमार्गबाट अमेरिका प्रवेश गर्न पाउने छैनन् । बन्डका सर्त उल्लंघन भएको आशंका भएमा त्यससम्बन्धी विषयलाई अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (यूएससीआईएस) ले मूल्यांकन गर्ने व्यवस्था छ । अमेरिकी सरकारले अस्थायी पर्यटक तथा व्यावसायिक यात्राका क्रममा हुने भिसा ओभरस्टेलाई नियन्त्रण गर्ने उद्देश्यले यो बन्ड कार्यक्रम सञ्चालन गरेको जनाएको छ । यसको आधारमा सम्बन्धित देशका नागरिकको विगतको भिसा ओभरस्टे तथ्यांकलाई लिइएको छ । 

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क तयार गरिएको छ। हेल्थ डेस्कमार्फत महाधिवेशन प्रतिनिधिहरुका लागि स्वास्थ्य सेवा प्रदान गरिनेछ।

महाधिवेशन आयोजक समिति अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. केदारनरसिंह केसीका अनुसार महाधिवेशन स्थल रहेको खुला मन्चको पश्चिमतर्फ स्वास्थ्य सेवाका लागि हेल्थ डेस्क बनाइएको छ। पाँच स्टल रहने हेल्थ डेस्क मार्फत सामान्य स्वास्थ्य परिक्षण र आकस्मिक सेवा प्रदान गरिने छ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका डा. केसीले हेल्थ डेस्क दुई सिफ्टमा संचालन हुने जानकारी दिए। उनका अनुसार डेस्कमा ८ जना चिकित्सक, पारामेडिक्स तथा नर्सहरु रहनेछन् भने ब्लड प्रेसर, सुगर, सिटामोल, जिवनजल, घाउचोटमा प्रयोग हुने औषधि लगायत नि:शुल्क प्रदान गरिनेछ।

यसैगरी प्रतिनिधिहरुलाई तत्काल आकस्मिक उपचारका लागि अस्पताल लैजानु पर्ने अवस्था आएमा नजिकैको वीर अस्पताल, राष्ट्रिय ट्रमा स्र्न्टर र वसुन्धारामा रहेको वीपी स्मृति अस्पतालमा ब्यवस्था मिलाइएको छ। त्यसका लागि महाधिवेशन स्थलमा नै दुई एम्बुलेन्स तयारी अवस्थामा राखिनेछ।

यसैगरी रातिको समयमासमेत स्वास्थ्य सेवा आवश्यक पर्ने भएमा `अन कल´ ड्युटीको ब्यवस्थासमेत गरिएको छ भने होटलमा रहेको अवस्थामासमेत प्रतिनिधिलाई कुनै समस्या परेमा होटलमै पुगेर स्वास्थ्य जाँच गरिने प्रवन्ध गरिएको डा. केसीले जानकारी दिए।

नेपाल स्वास्थ्यकर्मी संघकी उपमहासचिव शोभा उप्रेती खरेलले हेल्थ डेस्कमा आयुर्वेद र एलोपेथिक दुवै सेवा उपलब्ध हुने जानकारी दिइन्। उनका अनुसार अत्यावश्यक औषधि हेल्थ डेस्कमा उपलब्ध हुनेछ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका-२ स्थित एस मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना घाइते भएका छन् ।

नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको प्रदेश-३-०१-००६ ख १५५३ नम्बरको बस पूर्व-पश्चिम राजमार्गबाट नालामा पल्टिएको हो । प्रारम्भिक विवरणअनुसार चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको बताइएको छ ।

बसमा चालक सहित १८ जना सवार रहेकोमा ६ जनाको मृत्यु भएको र १० जना घाइते भएका छन् भने २ जना सकुशल रहेका छन् ।

दुर्घटनामा परी मृत्यु हुनेमा जिल्ला जाजरकोट, भेरीगंगा नगरपालिका –०३ बस्ने ५० वर्षीय निर्जुङ खत्री रहेका छन् भने अन्य पाँच जना मृतकको विवरण खुल्न बाँकी रहेको छ ।

घाइतेहरुः
१.गोरखा, गोरखा–९ का ३० वर्षीय हरिशरण थापा
२.अछाम, मंगलसेन–६ का २८ वर्षीय तेजेन्द्र प्रसाद भण्डारी
३. बर्दिया, ठाकुरबाबा–१ कि २० वर्षीया आकृति
४. बाजुरा, स्वामी कार्तिक–५ का ३२ वर्षीय पवन बुढा
५. बर्दिया, राजापुर–९ का २८ वर्षीय सञ्जय थारु
६. बाजुरा स्वामीकार्तिक–१ का २५ वर्षीय प्रेम बम
७. ललितपुर, कुञ्जयोसोम–५ का २९ वर्षीय अनोज खत्री
८. बर्दिया, बाँसगढी–७ का ३६ वर्षीय लालबहादुर कार्की
९. बाँके, नेपालगञ्ज–१६ का ४८ वर्षीय अस्लाम भगवान
१०. सल्यान, वनगढ कुपिण्डे–१ का २१ वर्षीय अनिल बुढाथोकी

दुर्घटनाको खबर पाएलगत्तै प्रहरी निरीक्षक थमन सिंह रानाको नेतृत्वमा खटिएको टोलीले घाइतेको उद्धार गरेको थियो । उनीहरूको डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।