२०८३ मंसिर ६ गते शनिबार
२०८३ मंसिर ६ गते शनिबार

काठमाडौं । सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि रुपन्देही जिल्ला कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको निवेदनको सुनुवाइ संयुक्त इजलासमा हुने भएको छ ।

लामिछानेलाई रिहा गर्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको बन्दी प्रत्यक्षीकरणको निवेदनमा मंगलबार न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा प्रारम्भिक सुनुवाइ भएको थियो । न्यायाधीश मुसलमानको एकल इजलासले संयुक्त इजलासमा पठाउन आदेश दिएको हो । अब अर्को दिन दुई न्यायाधीश भएको संयुक्त इजलासमा पेशी तोकिनेछ ।

लामिछानेलाई गैरकानुनी रुपमा थुनामा राखिएको दाबी गर्दै उनकी श्रीमती निकिता पौडेलले आइतबार प्रत्यक्षीकरणको रिट दर्ता गराएका थिइन् । बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा जिल्ला अदालत रुपन्देहीले रविलाई एक करोड धरौटीमा रिहा गरेको थियो । तर उच्च अदालत तुलसीपुरको बुटवल इजलासले चैत २२ गते उक्त आदेश बदर गरेर थुनामै पठाउन आदेश गरेपछि रवि रुपन्देही कारागारमा छन्। उच्चको आदेश बदर गरी थुना बाहिर राख्न माग गरिएको निवेदनको टुंगो लाग्न समय लाग्ने देखिएपछि रविले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन पनि दिएका हुन् ।

उच्चको आदेश बदर गर्न माग गर्दै उनले सर्वोच्च अदालतमा निवेदन दिइसकेका छन् । सर्वोच्चमा प्रारम्भिक सुनुवाइपछि कागजात झिकाउने आदेश भएको छ । सुप्रिम सहकारी ठगीमा रवि, छवि र जीबी राईसहित ४२ जनालाई प्रतिवादी बनाइएको छ । उनीहरूले सहकारीको ५५ करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेको अभियोग छ । उक्त रकममध्ये रवि, छवि र जीबीले गोर्खा मिडिया प्रालि स्थापना गरी त्यस कम्पनीमार्फत गैरकानुनी रूपमा १० करोड ९९ लाख ३६ हजार रकम परिचालन गरेको अभियोगपत्रमा उल्लेख छ । जीबी राई भने फरार छन् ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बौदीकाली गाउँपालिका–१ अर्मलेमा बाबुआमाले लछारपछार गर्दा चार महिनाको शिशुको मृत्यु भएको छ ।

स्थानीय दीपेन्द्र परियार र उनकी श्रीमती कमला परियारले गए राति मादक पदार्थ सेवन गरी चार महिनाको छोरालाई लछारपछार गरी गम्भीर घाइते बनाएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए ।

मादक पदार्थ सेवन गरेका बाबुआमाले शिशुलाई घरको बरन्डामा गम्भीर घाइते बनाई छाडेको अवस्थामा स्थानीयले देखेपछि रामपुर अस्पताल पाल्पा लगिएकामा उपचारका क्रममा शिशुको मृत्यु भएको प्रनाउ नेपालले बताए ।

शिशुको हत्या अभियोगमा २१ वर्षीय बाबु दीपेन्द्र र ३५ वर्षीया आमा कमलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आमा कमला परियार दीपेन्द्र परियारसँग केही वर्षअघि दोस्रो विवाह गरी आएको स्थानीय सुकबहादुर नेपालीले बताए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

स्थानीय बजारमा आज सुनको मूल्य हाल सम्मकै उच्च बिन्दुमा पुगेको छ । आज सुन तोलामा छ हजार नौ सय रुपैयाँले बढेर एक लाख ९७ हजार ९०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

सोमबार सुनको मूल्य तोलामा १ लाख ९१ हजार रुपैयाँ कायम भएको थियो। 

यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । सोमबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको हो । 

काठमाडौंमा जारी शिक्षकहरूको आन्दोलन र शिक्षामन्त्रीको राजीनामाले उत्पन्न भएको अन्योलताबीच कक्षा १२ को परीक्षा तोकिएको मितिमा नै सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि सुरु हुने परीक्षा पूर्व निर्धारित तालिकाअनुसार नै सञ्चालन गर्ने निर्णय गरेको हो ।

मंगलबार बिहान बसेको बोर्ड बैठकले परीक्षा सार्ने कुनै योजना नभएको स्पष्ट गर्दै सबै जिल्लाका परीक्षा समन्वय समितिमार्फत परीक्षा केन्द्र तोकिएका विद्यालयहरूलाई तयारी गर्न निर्देशन दिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा स्थगित हुने भन्ने आशंका निराधार भएको उल्लेख गर्दै, सम्पूर्ण तयारीहरू अन्तिम चरणमा पुगेको जानकारी दिए । आन्दोलनको प्रभावका बाबजुद पनि विद्यार्थीको भविष्यलाई मध्यनजर गर्दै परीक्षा तोकिएको मितिमै सञ्चालन गर्ने निर्णय गरिएको उनको भनाइ छ ।

यसअघि भएका सहमतिहरू समेटेर विद्यालय शिक्षा ऐन जारी गर्न दबाब दिँदै आन्दोलनरत शिक्षकहरूले कक्षा १२ को परीक्षमा सहभागी नहुने निर्णय नै गरेका थिए । माग पूरा नभएसम्म कक्षा १२ को परीक्षामा सहभागी नहुने उनीहरुको अडान छ ।

तर बोर्ड अध्यक्ष शर्माले भने निजामती कर्मचारी खटाएर भए पनि परीक्षा सञ्चालन गरिने बताए । ‘सबै शिक्षक आन्दोलनमा हुनुहुन्न । सकेसम्म हामी शिक्षक नै केन्द्राध्यक्ष र निरीक्षक राख्छौँ,’ उनले भने, ‘जहाँ हुनुहुन्न, त्यहाँ सिडिओले विकल्प खोजेर परीक्षा सञ्चालन गर्न सक्नुहुनेछ ।

राष्ट्रिय परीक्षा बोर्डको बैठक आज (मंगलबार) बस्दै छ । बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालका अनुसार बैठक बिहान ८ बजेका लागि बोलाइएको छ ।

यही वैशाख ११ गतेदेखि कक्षा १२ को परीक्षा हुँदैछ । परीक्षाको व्यवस्थापन सञ्चालन गर्ने शिक्षकहरू सडक आन्दोलनमा भएकाले परीक्षाबारे निर्णय लिन बैठक बोलाइएको हो । अर्यालले परीक्षा ११ गतेदेखि नै सञ्चालनको लागि सबै तयारी बोर्डले गरिसकेको बताए । ‘हाम्रो तर्फबाट परीक्षा सञ्चालनको लागि कुनै समस्या छैन, सबै तयारी पूरा भएको छ,’ उनले भने ।

कक्षा १२ को परीक्षा वैशाख ११ गते सुरु भएर २४ गते सकिने तालिका बोर्डले सार्वजनिक गरेको छ । तर, विभिन्न मागसहित विगत २१ दिनदेखि देशैभरिका शिक्षकले काठमाडौँमा आन्दोलन गरिरहेका कारण परीक्षा हुने-नहुने अन्योल छ । यसले परीक्षामा सहभागी हुने तयारीमा रहेका पाँचलाख भन्दा धेरै विद्यार्थीमा चिन्ता छ।

आन्दोलनरत शिक्षकहरुले भने माग पूरा नभएसम्म कक्षा १२ को परीक्षासहित कुनै पनि शैक्षिक गतिविधिमा संलग्न नहुने बताइसकेका छन् । शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलित भएको शिक्षक महासंघले १२ को परीक्षामा सहभागी नहुने निर्णय गरेको छ। यसैबीचमा शिक्षामन्त्री विद्या भट्टराईले पनि राजीनामा दिएकी छन्।

 शिक्षामन्त्री विद्या भट्टराईको राजीनालगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले सामाजिक सञ्जालमार्फत कडा व्यंग्य प्रहार गरेकी छन् ।

श्रेष्ठको सचिवालयद्वारा फेसबुकमा लेखिएको स्टाटसमा भनिएको छ, ‘राजीनामा आयो शिक्षामन्त्रीको, आउनुपर्नेथ्यो प्रधानमन्त्रीको । तर, ‘त्यो पर्दैन’, हैन त ?’ भन्दै सरकारको नेतृत्वप्रति असन्तुष्टि जनाइएको छ ।

शिक्षामन्त्री भट्टराईले सोमबार प्रधानमन्त्री समक्ष पदबाट राजीनामा दिएकी हुन् । शिक्षक आन्दोलन उत्कर्षमा पुगेका बेला उनको राजीनामा सार्वजनिक भएको हो ।

शिक्षा क्षेत्रको सुधार, विद्यालय शिक्षा विधेयक र निजी क्षेत्रको संलग्नता सम्बन्धी विषयमा प्रधानमन्त्री र शिक्षामन्त्रीबीच लामो समयदेखि मतभेद रहँदै आएको थियो । पार्टीको बैठकमा समेत भट्टराईले प्रधानमन्त्रीले शिक्षा विधेयकका सन्दर्भमा जथाभावी बोल्दै आएको भन्दै खुलेर असन्तुष्टि व्यक्त गरेकी थिइन् ।

प्रधानमन्त्रीले निजी विद्यालयमा लगानीलाई प्रोत्साहित गर्ने र सरकारी लगानी सुरक्षित राख्नुपर्ने धारणा राखेपछि शिक्षामन्त्री त्यसप्रति असहमत देखिएकी थिइन्।  ती मतभेदहरू अन्ततः राजीनामासम्म पुगेको अनुमान गरिएको छ ।

मेषः मुद्धामामिलामा सफलता मिल्ने योग छ । राम्रो कर्मफल प्राप्त हुनाले उत्साह जाग्नेछ । विशिष्ट व्यक्तिको सहयोग जुट्नाले महत्त्वाकांक्षी काम बन्नेछ । मनमा अहंकार बढ्नाले दुराचारको भावना पनि जाग्रित हुन सक्नेछ ।

बृषः वैदेशिक यात्राको सम्भावना छ । सरकारी पक्षमुद्धामामिलामा अवरोध आउला । नयाँ काम थाल्ने र पछिका लागि सम्भावना खोजी गर्ने समय छ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ ।

मिथुनः यात्रा तथा प्रवासमा कष्ट हुने योग छ । वायुविकार तथा पेटजन्य समस्या आउने छ । केही अप्ठ्यारो परिस्थितिसँग जुध्नुपर्ला । उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला ।

कर्कटः शैया सुख मिल्नेछ । अध्ययन अध्यापन फलदायी रहनेछ । भ्रमण र तीर्थाटनको योग रहेको छ । परिवारजनको साथले नयाँ कामतर्फ आकर्षित भईनेछ ।

सिंहः आज लाभदायीक यात्रा हुनेछ । उत्तम वस्त्र प्राप्त हुनेछ । व्यावसायी तथा विद्यार्थीहरुका लागि आजको दिन फलदायी रहनेछ । मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ ।

कन्याः पतिपत्नि बिचको आपसी सांठगाँठमा अवरोध निम्ताउला । पेटमा वायु विकारले सताउनेछ । तत्काल धेरै गर्न नसकिए पनि पछिका लागि जग बसाउने समय छ । मनमा चञ्चलता रहने देखिन्छ ।

तुलाः पारिवारिक झमेलाले सताउला । जलको भय देखिन्छ । ढाड तथा कम्मरको समस्या देखिएला । ईष्र्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले आना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन् ।

बृश्चिकः नयाँ काम तथा रोजगारीको अवसर मिल्नेछ । प्रतिस्पर्धामा सम्मानजनक स्थान हात पर्नेछ । लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । बेलैमा योजना बनाएर कार्य प्रारम्भ गर्दा दिगो फाइदा हुनेछ ।

धनुः आजको दिन मध्यम छ । आफ्ना कमजोरी बाहिर आउनाले समस्या पर्न सक्नेछ । मेहनतले परिस्थितिलाई आनो अनुरूप ढाल्न सक्नुहुनेछ । बोलिचालिमा विशेष ध्यान पुर्याउनु राम्रो कुरा हुनेछ ।

मकरः कार्य सम्पादनमा सहजता मिल्नेछ । पारिवारिक सम्बन्ध कसिलो हुनेछ । बौद्धिक प्रगतिको दिन रहेको छ । रचनात्मक काम प्रारम्भ गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् ।

कुम्भः बहुमुल्य सामान हराउन सक्नेछ । परिवारमा वेमेलको स्थिति आउने छ । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ । तर, अनावश्यक धन र परिश्रम भने खर्च हुने समय छ ।

मीनः इच्छा र आकांक्षा पूरा हुनेछ । शैक्षिक एवं प्रविधिको क्षेत्रमा उन्नति हुने देखिन्छ । व्यापार व्यावसायमा राम्रै फड्को मार्ने समय छ । छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ ।

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाई सञ्चालक रहेका दुवै अस्पतालको रोक्का बैंक खाता फुकुवा गर्न अन्तरिम आदेश जारी गरेको छ । तीनकुने घटनापछि फरार प्रसाईको व्यक्तिगत खातासहित अस्पतालको खाता पनि रोक्का गरिएको थियो ।

न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले वीएण्डसी मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि र पूर्वाञ्चल क्यान्सर हस्पिटल प्रालिको खाता फुकुवा गर्न अन्तरिम आदेश दिएको हो ।

अपरेशन डाइरेक्टर डा. अञ्जली कार्कीले छुट्टाछुट्टै रिटमा नेपाल प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाटसहित १८ र १४ जनालाई विपक्षी बनाउँदै दायर गरेको रिटमा सर्वोच्च अदालतले बैंक खाता फुकुवासँगै कारण देखाउ आदेश पनि जारी गरेको बताइएको छ ।

यसअघि दुर्गा प्रसाईंको नेतृत्वमा चैत १५ गते काठमाडौँको तीनकुनेमा हिंसात्मक प्रदर्शन भएको थियो । उक्त प्रदर्शनमा निजी तथा सरकारी सम्पत्तिमा व्यापक आगजनी र तोडफोड भएको थियो । दुई जनाको ज्यानै गएको थियो ।

काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् ।

उनले आज (सोमबार) प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् । शिक्षक आन्दोलन चलिरहेका बेला विभागीय मन्त्रीले राजीनामा दिएकी हुन् ।

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले चैत २० देखि काठमाडौं केन्द्रित प्रदर्शन जारी राखेका छन् ।शिक्षामन्त्री, सभामुख, प्रधानमन्त्रीसँग समेत छलफल गरे पनि निष्कर्ष ननिस्किएको अवस्थामा शिक्षामन्त्रीको राजीनामा आएको हो ।

विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन जारी रहने शिक्षकहरुको अडान छ । आन्दोलनमा सहभागी एक शिक्षकले कक्षा १२ को परीक्षा वैशाख ११ गतेदेखि शुरु हुने र यसमा पनि शिक्षकहरु समावेश नहुने जानकारी दिएका छन् ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरुलाई वार्तामा आउन आह्वान गरेका छन् । सम्भव मागहरु सबै पूरा गर्ने बताउँदै उनले वार्तामा बस्न, आन्दोलन टुंग्याउन र विद्यालय फर्किन आह्वान गरेका हुन् । आज काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘तुरुन्तै वार्तामा आएर विषय टुंग्याउनुस्, सहमति गर्नुस् र फर्किनुस् । मेरो आग्रह छ ।’ प्रधानमन्त्री ओलीले शिक्षकहरुले राखेका मागमा सरकार ‘नेगेटिभ’ नभएको बताएका छन् । ‘सरकार उहाँहरुका मागप्रति नेगेटिभ हुने कुरै छैन । सम्भव मागहरु सबै पूरा गर्छ,’ प्रधानमन्त्री ओलीले भने ।

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका माग राखेर सरकारी विद्यालयका शिक्षक तथा कर्मचारीहरुले शिक्षक महासंघको अगुवाइमा चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन् । उनीहरुले चैत २५ गतेदेखि आम शैक्षिक हड्ताल आह्वान गरेका छन् । उनीहरुको आन्दोलनका कारण वैशाखदेखि सुरु भएको भर्ना अभियान, एसईईको उत्तरपुस्तिका परीक्षण लगायतका काम प्रभावित भएका छन् ।

‘उहाँहरुलाई कुनै लाभ छैन, विद्यार्थीलाई घाटा छ, अभिभावकलाई पीडा छ,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यस कारण मेरो आग्रह छ उहाँहरुलाई, वार्तामा आउनुस्, कुरा गर्नुुस्, सम्भव कुरा सरकारले गर्दिन्छ । फर्किएर आ–आफ्ना काममा जानुस् ।’ यसअघि शिक्षक महासंघका नेताहरुले प्रधानमन्त्री ओली, सभामुख देवराज घिमिरे, शिक्षामन्त्री विद्या भट्टराई लगायतसँग आफ्ना मागबारे छलफल समेत गर्दै आएका छन् । तर सहमति नजुट्दा आज २० औं दिनसम्म पनि शिक्षकहरुले आन्दोलन जारी राखे । तर शिक्षकहरुले औपचारिक वार्ता गर्दैनौं भन्ने सुनेको बताउँदै प्रधानमन्त्रीले प्रश्न गरे, ‘अनौठै सुन्या छु मैले । आन्दोलन गर्ने वार्ता नगर्ने, के भन्या हो त्यो ?’

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।