२०८३ मंसिर ६ गते शनिबार
२०८३ मंसिर ६ गते शनिबार

‘निष्पक्ष निर्वाचनका लागि सरकारले प्रतिपक्षसँग संवाद गर्नुपर्छ’ : गगन थापा

नेपाली काँग्रेसका सभापति गगन थापाले स्थानीय तह र प्रदेशसभा निर्वाचनको निष्पक्षता सुनिश्चित गर्ने मुख्य जिम्मेवारी सरकारको भएको बताएका छन्।

निर्वाचनको वातावरण बनाउन सरकारले प्रतिपक्षसहित राजनीतिक दलहरूसँग समयमै संवाद गर्नुपर्ने उनको भनाइ छ।

शुक्रबार निर्वाचन आयोगले दलका नेताहरूसँग गरेको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले निर्वाचन व्यवस्थापनमा आयोगको भूमिका रहे पनि शान्तिपूर्ण र निष्पक्ष निर्वाचनका लागि सरकारले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए। उनले यसबारे समयमै सरकारको ध्यानाकर्षण गराउन आयोगलाई आग्रह गरेको जानकारी दिए।

थापाले भदौ २३ र २४ का घटनापछि उत्पन्न राजनीतिक रिक्तताबीच भएको निर्वाचनको उदाहरण दिँदै तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारले दलहरूसँग पटक-पटक संवाद गरेर निर्वाचनको वातावरण बनाउन भूमिका खेलेको उल्लेख गरे।

‘निर्वाचन आयोगले मात्रै सबै जिम्मा नउठाओस्। सबै जिम्मा आयोगको मात्रै हुँदैन,’ थापाले भने।

निर्वाचनको समय र प्रक्रियाबारे संविधानमा व्यवस्था रहेको उल्लेख गर्दै थापाले त्यसको कार्यान्वयनमा उठ्ने व्यावहारिक विषय सरकारले दलहरूसँग छलफल गरेर टुङ्ग्याउनुपर्ने बताए।

ट्रेन्डिङ

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।