२०८३ जेष्ठ ११ गते सोमबार
२०८३ जेष्ठ ११ गते सोमबार

सरकार र यातायात व्यवसायीबीचको १४ घण्टाको वार्ता निष्कर्षविहीन

सरकार र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघबीचको आज (सोमबार) को दोस्रो वार्ता पनि बिना निष्कर्ष टुंगिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्थको नेतृत्वमा गठन भएको वार्ता टोली र व्यवसायीबीचको १४ घण्टा लामो वार्ता निष्कर्षविहीन भएको हो ।

मुख्य गरी गण्डकी प्रदेश सरकारले ल्याएको राइड शेयरिङ सञ्चालन सम्बन्धी नियमावली संघको ऐन नआउँदासम्मका लागि स्थगित गर्नुपर्ने व्यवसायीको मागमा सरकार तयार नहुँदा वार्ता टुंगोमा पुग्न नसकेको हो । यातायात महासंघका महासचिव भरतराज नेपालले गण्डकी प्रदेशले ल्याएको नियमावली स्थगित गर्ने कुरामा सरकारी पक्ष तयार नहुँदा वार्तामा सहमति जुट्न नसकेको जानकारी दिएका छन् ।

‘हामीले मुख्य गरी गण्डकी प्रदेश सरकारले ल्याएको नियमावली संघीय ऐन नआउँदासम्मका लागि स्थगित गर्नुपर्ने माग राखेका हौं’, उनले भने, ‘उहाँले यो काम हामीबाट हुन सक्दैन। माथिल्लो निकायबाट पहल गर्नुपर्छ भनेपछि वार्ता स्थगित भयो।’ पुनः भोलि बिहान १० बजेका लागि वार्ताका लागि बोलाइएको महासविच नेपालले जानकारी दिएका छन्।

उनले भने, ‘हाम्रो मागप्रति सरकार तयार भए राति पनि वार्ता हुन सक्छ।’

गण्डकी प्रदेश सरकारले ल्याएको राइड शेयरिङ सञ्चालनसम्बन्धि नियमावलीको खारेजीको माग राख्दै यातायात व्यवसायीले शुक्रबारदेखि सार्वजनिक यातायात ठप्प पारेका छन्। उनीहरुले आजदेखि देशैभर सार्वजनिक यातायात बन्द गरेका छन्। यातायात व्यवसायीले सार्वजनिक गाडी नचलाउँदा सर्वसाधरणले सास्ती खेप्नु परेको छ।

 

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।