२०८३ जेष्ठ १२ गते मंगलवार
२०८३ जेष्ठ १२ गते मंगलवार

निजामती विधेयक पारित, कर्मचारीलाई ‘कुलिङ पिरियड’ यथावत

काठमाडौं । संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’ यथावत राखेर पास गरिएको छ । राजनीतिक शक्तिसँग नजिकिएर जागिरे जीवनको अन्तिममा सरकारी नियुक्ति लिने प्रवृत्तिलाई निरुत्साहित गर्न राखिएको दुई वर्षे कुलिङ पिरियड यथावत् राखेर प्रतिनिधि सभाबाट निजामती विधेयक पास भएको हो ।

कुलिङ पिरियड हटाउन मूख्यसिचव एक नारायण अर्यालको नेतृत्वमा लबिङ गरिएको थियो । तर राज्यव्यवस्था समितिले हटाउन नमानेपछि कर्मचारीहरूले काम नगर्ने धम्की समेत दिएका थिए । त्यसका बाबजुद पनि संसद्ले संघीय निजामती विधेयकमा कुलिङ पिरियड राखेर पास गरेको छ । विधेयक पारित हुनु अगाडि सभामा उठेका प्रश्नहरूमाथि जवाफ दिने क्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले नेपालको संविधान २०७२ अनुसार विधेयक आएको बताएका थिए । यो विधेयक ऐनमा रूपान्तरित भएसँगै प्रशासनिक संघीयता कार्यान्वयन गर्न सहज हुने मन्त्री गुप्ताको विश्वास रहेको छ ।

विधेयक ०८० फागुन २१ गते सदनमा पेस भएको थियो । सैद्धान्तिक छलफलपछि राज्य व्यवस्था तथा सुशासन समितिमा पठाइएको थियो । गत असार १ गते समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस भएको थियो । सो प्रतिवेदनमा छलफलपछि आइतबार विधेयक पारित भएको हो । विधेयकमा ट्रेड युनियन लगायतका व्यवस्थालाई यथावत् राखिएको छ । राज्य व्यवस्था समितिबाट पास भएर अगाडि विधेयक जस्ताको त्यस्तै पास भएपछि संघीय निजामती सेवाबाट अवकाश भएकाहरूले संवैधानिक नियुक्ति लिन दुई वर्ष पर्खनुपर्ने हुन्छ । यसलाई कुलिङ पिरियड भन्ने गरिन्छ । कुलिङ पिरियड भनेको अवकाश पाएपछि कति समयसम्म अर्को सरकारी नियुक्ति नलिने भन्ने व्यवस्था हो ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।