२०८३ बैशाख १८ गते शुक्रबार
२०८३ बैशाख १८ गते शुक्रबार

बेइजिङस्थित नेपाली दूतावासले भन्यो– ओलीले लिपुलेककाे मुद्दा दृढतापूर्वक उठाए

काठमाडौं । बेइजिङस्थित नेपाली राजदूतावासले प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटमा लिपुलेकको मुद्दा दृढतापूर्वक उठाएको जनाएको छ ।

सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुन आज (शनिबार) चीन पुगेका प्रधानमन्त्री ओलीले थियानजिनमा भएको द्विपक्षीय भेटवार्तामा उक्त विषयलाई प्राथमिकतामा राखेको राजदूतावासले जनाएको छ ।

भेटपछि राजदूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘लिपुलेक पास हुँदै हुने सीमा व्यापारबारे हालै भएको चीन–भारत समझदारीप्रति प्रधानमन्त्री ज्यूले उक्त भू–भाग नेपालको भएको र नेपाल सरकारले यसमा कडा आपत्ति जनाएको कुरा दृढतापूर्वक राख्नु भयो ।’

विज्ञप्तिमा उल्लेख भएअनुसार, भेटका क्रममा प्रधानमन्त्री ओलीले नेपालको विकास प्रयासमा चीनको निरन्तर सहयोगका लागि धन्यवाद दिँदै एससीओमा नेपालको सदस्यता प्राप्तिको आकांक्षामा चीनको सहयोगको अपेक्षा गरेका थिए ।

त्यसको जवाफमा राष्ट्रपति सीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को आकांक्षा पूरा गर्न चीनले नेपाललाई सहयोग गर्ने इच्छा व्यक्त गरेको राजदूतावासले जनाएको छ । उनले ‘एक चीन नीति’ प्रतिको नेपालको दृढ प्रतिबद्धताका लागि धन्यवाद दिँदै उच्च गुणस्तरका बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) का परियोजना कार्यान्वयनमार्फत नेपालको विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धतासमेत दोहोर्‍याएका थिए ।

प्रधानमन्त्री ओलीले बीआरआई अन्तर्गतका परियोजनाहरूको कार्यान्वयनलाई तीव्रता दिन आग्रह गर्दै मल, पेट्रोलियम अन्वेषण, मानव संसाधन विकास जस्ता क्षेत्रमा सहयोगका लागि अनुरोध गरेको विज्ञप्तिमा उल्लेख छ ।

 
 
 
 
 
 

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।