२०८३ जेष्ठ १७ गते आईतवार
२०८३ जेष्ठ १७ गते आईतवार

कांग्रेस नेता रन्जित कर्णको अगुवाइमा बन्ने भयो राजबिराजमा सिटी हल

काठमाडौं । नेपाली कांग्रेसका नेता रञ्जित कर्णको अगुवाइमा राजबिराजमा सिटी हल निर्माण हुने भएको छ ।

कर्णको अगुवाइमा निवर्तमान मेयर हेमराज यादव, विद्यालयका प्रधानाध्यापक, स्थानीय समाजसेवी, बुद्धिजीवी तथा राजनीतिक दलका प्रतिनिधिहरूबीच सर्वपक्षिय छलफल भएको छ ।

छलफलले विद्यालय अगाडिको क्षेत्रमा करिब १५० वटा सटर भवन निर्माण गर्ने निर्णय गरेको छ, जसबाट विद्यालयलाई दीर्घकालीन आयस्रोत प्राप्त हुने अपेक्षा गरिएको छ।

साथै, सामुदायिक हल निर्माण गरी स्थानीय र विद्यालयले दुवै प्रयोग गर्न सक्ने व्यवस्था मिलाउने, सार्वजनिक शौचालय निर्माण गर्ने र इलाइबेरी तथा अडियो–भिडियोका लागि आधुनिक हाइटेक सुविधा बनाउने निर्णय पनि गरिएको छ।

रञ्जित कर्णले भनेका छन्, “सिटी हलले स्थानीय समुदायलाई भेटघाट, कार्यक्रम र सामाजिक विकासका लागि प्रयोग हुने मात्र नभई विद्यालयका विद्यार्थीलाई पनि लाभ पुग्नेछ।”

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।