२०८३ जेष्ठ १८ गते सोमबार
२०८३ जेष्ठ १८ गते सोमबार

भ्रष्टाचारविरुद्ध काठमाडौँमा जेन-जीको गर्जन

काठमाडौं । देशमा बढेको भ्रस्टाचार र सरकारले सामाजिक सञ्जाल बन्द गराएको विरोधमा जेनजी युवाहरूले काठमाडौंको माइतीघर मण्डलामा गरेको प्रदर्शनमा भिड बढ्दै गएको छ । उनीहरूले भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयको विरोधमा प्रदर्शन गरेका हुन् ।

माइतीघर मण्डलबाट बिहान ९ बजे सुरु भएको प्रदर्शनमा युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो, जसमध्ये धेरै कलेज पोसाक र परिचयपत्रसहित उपस्थित थिए । युवाहरूको यो प्रदर्शन वर्तमान राजनीतिक अवस्थाप्रतिको गहिरो असन्तुष्टिको परिणाम हो । उनीहरूले देशमा रोजगारीको अवसर सिर्जना गर्नुपर्ने, पूर्ण सुशासन कायम हुनुपर्ने र नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने सामाजिक सञ्जाल प्रतिबन्धको निर्णय फिर्ता लिनुपर्ने मुख्य माग राखेका छन् ।

प्रदर्शनकारीहरूले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका थिए । ‘असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ’, ‘जेनजी चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ’, ‘कता हिँडेको ट्याक्स लुटेर ?’, ‘स्वतन्त्र आवाज हाम्रो अधिकार’, ‘स्टप करप्सन’, ‘सामाजिक सञ्जाल बन्द, भ्रष्टाचार खुला’ र ‘हामीलाई बोल्न दे सरकार’ जस्ता नाराले उनीहरूको आक्रोश र माग स्पष्ट पारेको थियो ।

प्रदर्शनमा सहभागी युवाहरूले ‘गाउँ-गाउँबाट उठ, बस्ती बस्तीबाट उठ, यो देशको मुहार फेर्नलाई उठ’ लगायतका गीत गाउँदै आफ्नो आवाज बुलन्द पारेका थिए । जेनजीहरूले आफ्नो प्रदर्शन पूर्णतः शान्तिपूर्ण हुने र यसमा कुनै पनि राजनीतिक दलका नेताहरूलाई सहभागी नहुन आग्रह गरेका छन् । प्रदर्शनपश्चात् कुनै कोणसभा वा भाषणको कार्यक्रम नरहेको उनीहरूले स्पष्ट पारेका छन् ।

यो प्रदर्शनले नेपालका युवा पुस्ता अब देशको भविष्यप्रति मौन नरहने र आफ्नो हक अधिकारका लागि सडकमा उत्रिन पछि नपर्ने सन्देश दिएको छ । उनीहरूको यो शान्तिपूर्ण तर सशक्त आवाजले सरकारलाई भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धन र नागरिक स्वतन्त्रताको सम्मान गर्न थप दबाब सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।