२०८२ आश्विन २८ गते मंगलवार
२०८२ आश्विन २८ गते मंगलवार

आज बिहीबार, कस्तो छ तपाईंको राशिफल?

मेष : आज वैवाहिक जीवनमा सामञ्जस्यता देखिनेछ । प्रेमसम्बन्धमा विश्वास बढ्नेछ । व्यापारमा साझेदारबाट सहयोग प्राप्त हुनेछ । सामाजिक प्रतिष्ठा बढ्ने समय हो । वार्तालाप र सहकार्यबाट लाभ मिल्नेछ ।

वृष : शत्रुहरूमाथि नियन्त्रण रहनेछ । रोग वा स्वास्थ्यसम्बन्धी चिन्तामा सुधार आउनेछ । प्रतिस्पर्धी वातावरणमा आत्मबलका साथ अघि बढ्न सकिनेछ । कामकाजी जीवनमा अनुशासन र स्पष्टता आवश्यक देखिन्छ ।

मिथुन : प्रेम सम्बन्धमा खुलापन र स्वतन्त्रताको भावना बलियो हुनेछ । सन्तानको व्यवहारमा केही चञ्चलता देखिए पनि समयक्रममा सुधार सम्भव छ । अध्ययन र सिर्जनात्मक कार्यमा प्रेरणा मिल्नेछ ।

कर्कट : मातातर्फ चिन्ता, घरपरिवारमा असमझदारी वा अस्थिरता आउने सम्भावना देखिन्छ । मुद्दा–मामिलामा सावधानी आवश्यक छ । वाहन वा अचल सम्पत्ति सम्बन्धी कार्यमा विलम्ब हुन सक्छ । धैर्य र सहिष्णुता अपनाउनु उपयुक्त हुनेछ ।

सिंह : सञ्चार, यात्राको योग र साहसी निर्णयमा सफलता मिल्नेछ । दाजुभाइ वा समकक्षीहरूसँग सम्बन्ध प्रगाढ हुनेछ । लेखन, बोलचाल र वार्ताको माध्यमबाट आफ्नो प्रभाव विस्तार गर्न सकिने दिन हो ।

कन्या : वाणीमा स्पष्टता, तर साथमा मृदुता आवश्यक छ । आर्थिक पक्ष मध्यम रहनेछ– केही अनावश्यक खर्च पनि सम्भव छ । पारिवारिक विषयमा थोरै तनाव देखिन सक्छ । धैर्यपूर्वक व्यवहार गर्दा परिस्थिति सहज बन्नेछ ।

तुला : आजको दिनमा आत्मबल, आकर्षण र स्वप्रस्तुतिमा वृद्धि हुने देखिन्छ । सार्वजनिक रूपमा प्रभावशाली उपस्थिति रहनेछ । मन चञ्चल भए पनि आत्मनिर्णयमा दृढता ल्याउँदा लाभ हुनेछ ।

वृश्चिक : अहिलेसम्म स्थिरजस्तो देखिएको खर्चमा आकस्मिक वृद्धि हुन सक्छ । यात्रामा असहजता वा स्वास्थ्यमा थकान अनुभव हुन सक्छ । गोप्य विषयमा सावधानी अपनाउनुहोस, आत्मचिन्तन र विश्राम आवश्यक देखिन्छ ।

धनु : आज इच्छाहरू पुरा हुने सम्भावना बलियो छ । आर्थिक लाभ, मित्रताको विस्तार र सामाजिक सहभागिताबाट प्रशंसा प्राप्त हुनेछ । नयाँ स्रोतको आम्दानीका संकेत छन् । योजनाबद्ध प्रयासबाट सफलता मिल्नेछ ।

मकर : पेसा, जागिर वा व्यवसायमा सम्मान प्राप्त हुनेछ । वरिष्ठ वा उच्चपदस्थ व्यक्तिहरूबाट सहयोग मिल्नेछ । कर्मप्रधान दिन हो, जिम्मेवारीलाई इमानदार रूपमा पुरा गर्नु लाभदायी हुनेछ । मान–प्रतिष्ठा वृद्धिको योग छ ।

कुम्भ : धार्मिक आस्था बढ्नेछ, तर मानसिक विचलन पनि हुन सक्छ । गुरु वा पितासँग विचारविमर्श लाभदायी हुनेछ । यात्रामा केही बाधा आउन सक्नेछ, तर ज्ञान, शिक्षा र दर्शनतर्फ झुकाव बढ्ने दिन हो ।

मीन : मानसिक अशान्ति र शारीरिक पीडा दिन सक्छ । अप्रत्याशित परिवर्तन वा समाचारले प्रभावित गर्न सक्छ । जोखिमयुक्त काम वा तर्क–विवादबाट टाढा रहनु हितकर हुनेछ । शान्त र गम्भीर व्यवहार आवश्यक छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।