२०८२ आश्विन २८ गते मंगलवार
२०८२ आश्विन २८ गते मंगलवार

हमासले सार्वजनिक गरेका बन्धकको सूचीमा छैन विपिनको नाम

काठमाडौं । इजरायलसँग युद्धविराम गरेको हमासले सार्वजनिक गरेको बन्धकहरूको सूचीमा नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अज्ञात देखाइएको छ ।

हमासले जीवित २०, मृत २६ र अज्ञात २ गरी ४८ जना बन्धकको नाम सार्वजनिक गरेको हो । जसमा विपिन जोशीसहित दुई जनाको अवस्था स्पष्ट खुलाइएको छैन ।

इजरायल र हमासबिच सहमति भएको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत गाजामा रहेका सबै बन्धकहरू सोमबारसम्ममा रिहा हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।

हमास र उसका सहयोगीहरूले इजरायलबाट २५१ जनालाई अपहरण गरी गाजा लगेको दुई वर्षभन्दा बढी समयपछि पनि ४८ जना बन्धक गाजामै छन् । ति मध्ये २६ जनाको मृत्यु भइसकेको जनाइएको छ ।
तामिर निम्रोदी र बिपिन जोशीको अवस्था अझै अनिश्चित छ।

जीवित रहेको विश्वास गरिएका बन्धकहरू सबै पुरुष हुन् र एक जनाबाहेक सबै २० देखि ३० वर्षका छन्। अघिल्ला युद्धविराम सम्झौताहरू अन्तर्गत महिला, बालबालिका र ५० वर्षभन्दा माथिका पुरुषहरूलाई रिहा गरिएको थियो। घोषित २६ मृतकहरूमध्ये इनबार हेम्यान नामक एक महिला पनि छिन्।

अझै जीवित रहेको वा अवस्था अज्ञात रहेकाहरूमध्ये ११ जनालाई नोभा म्युजिक फेस्टिभलबाट लगिएको थियो। आठ जनालाई दक्षिणी इजरायलका विभिन्न किबुत्जिम (साना समुदाय) बाट अपहरण गरिएको थियो।

बाँकी तीन जना इजरायली सैनिक छन्। दुई जनालाई सैन्य आधार शिविरबाट र एक जनालाई ट्याङ्कीबाट अपहरण गरिएको थियो।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।