जेनजी घटना सम्बन्धी जाँचबुझ आयोगले व्यक्तिगत र राजनीतिक दलको क्षति भएको सम्पत्ति विवरण माग गरेको छ।
आयोगले आइतबार विज्ञप्ति जारी गर्दै जेनजी प्रदर्शनको क्रममा काठमाडौं लगायत मुलुकका विभिन्न भागमा राजनीतिक दल, संघसंस्था र व्यक्तिगत सम्पत्तिमा भएको क्षतिको यथार्थ विवरण आयोगले तोकेको ढाँचामा पठाउन अनुरोध गरेको हो ।
आयोगले विवरणसहित घटनालाई पुस्ट्याइँ गर्ने प्रमाणहरू फोटो/भिडिओ र कागजातहरू भए सो समेत sept8and9incident.ic@gmail.com पठाउन अनुरोध गरेको छ।
आयोगले तोकिदिएको ढाँचा बमोजिम इमेल गर्नुपर्ने बताएको छ।यद्यपि, हुलाकमार्फत पनि क्षतिको विवरण पठाउन सकिनेछ।
