२०८३ आश्विन ५ गते सोमबार
२०८३ आश्विन ५ गते सोमबार

राष्ट्रिय सभा निर्वाचन : कांग्रेस, एमाले र जसपा नेपालबीच तालमेल, यी हुन् उम्मेदवार

राष्ट्रिय सभाको १८ सिटको निर्वाचनका लागि नेपाली काँग्रेस, नेकपा एमाले र जसपा नेपालबीच तालमेल भएको छ । यसअघि नेपाली कम्युनिष्ट पार्टीले पनि तालमेल गर्ने भनिए पनि कुरा नमिलेपछि अलग भएको बताइएको छ ।

कांग्रेस एमाले र जसपा नेपालले राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवार पनि छानिसकेका छन्  । तालमेल अनुसार काँग्रेसले ९, एमालेले ८ र जसपा नेपालले एक सिटमा उम्मेदवार उठाउने सहमति भएको छ । जसपा नेपालले राष्ट्रिय सभामा महन्थ ठाकुरलाई उम्मेदवार बनाउने भएको छ ।

काँग्रेसका उम्मेदवार: 

काँग्रेसले कोशी प्रदेशबाट सुनिलबहादुर थापा, मधेश प्रदेशबाट धर्मेन्द्र पासवान र रन्जित कर्ण, बागमती प्रदेशबाट गीता देवकोटा, गण्डकी प्रदेशबाट जगत तिमिल्सिना, लुम्बिनी प्रदेशबाट बासुदेव घिमिरे (जंगली) र चन्द्रबहादुर केसी, कर्णाली प्रदेशबाट ललितजंग शाही र सुदूरपश्चिमबाट खम्मबहादुर खातीलाई उम्मेदवार बनाएको छ ।

एमालेका उम्मेदवार:

एमालेको तर्फबाट राष्ट्रिय सभाको सदस्यको निर्वाचनका लागि कोशीमा रोशनी मेचे र सोम पोर्तेल, बागमतीमा डा. प्रेम दंगाल, मधेशमा रेखा झा, गण्डकीमा सम्झना देवकोटा, लुम्बिनीमा रामकुमारी झाक्री, कर्णालीमा मीना रखाल र सुदूरपश्चिममा लीला भण्डारीलाई उम्मेदवार बनाउन भएको हो ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।