२०८३ असार १३ गते शनिबार
२०८३ असार १३ गते शनिबार

काठमाडौंको मेयरबाट राजीनामा दिँदै बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आज पदबाट राजीनामा दिने तयारी गरेका छन् । उनले दिउँसो २ बजेअघि नै राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा सहभागी हुने तयारी गरेका हुन् ।

आफ्नो राजीनामापत्र उपमेयर सुनिता डंगोललाई बुझाएर उनी औपचारिक रूपमा पार्टी राजनीतिमा सक्रिय हुनेछन् । आगामी प्रतिनिधिसभा निर्वाचनमा झापा–५ बाट उम्मेदवार बन्ने उनको तयारी छ ।

रास्वपा बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्ने गरी बोलाइएको छ । बैठकमा आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचन लगायतका विषयमा छलफल गरिनेछ । बैठकले प्रतिनिधिसभा निर्वाचनका एक सय ६५ वटै क्षेत्रमा उम्मेदवार टुंगो लगाउने तयारी गरेको छ ।

बैठकमा सबै पदाधिकारी र केन्द्रीय सदस्यहरूको अनिवार्य उपस्थिति रहन निर्देशन दिइएको छ । बैठकमा बालेन र सभापति रवि लामिछानेले छोटो सम्बोधन गर्ने तालिका छ । त्यस्तै, उनीहरू दुबै जना आजै जनकपुर प्रस्थान गर्ने बालेनको सचिवालयले जनाएको छ । जनकपुरमा सोमबार रास्वपाले विशेषसभाको आयोजना गरेको छ ।

बालेन शाह २०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र रूपमा प्रतिस्पर्धा गरेर ठूलो मतान्तरसहित मेयरमा निर्वाचित भएका थिए । रास्वपामा प्रवेश गरेर उनी वरिष्ठ नेता बनेका छन् । पुस १३ गते रास्वपामा प्रवेश गरेका बालनेअघि ललितपुरको ज्वागल क्षेत्रबाट पार्टी गतिविधिमा सक्रिय थिए ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।