२०८३ बैशाख १६ गते बुधबार
२०८३ बैशाख १६ गते बुधबार

हर्क साम्पाङको ‘फायर मोड’, बालेन सरकारमाथि चौतर्फी हमला

हिजोसम्म उपसभामुख पदका लागि रास्वपासँग घाँटी जोडेका हर्क साम्पाङ, आफ्नी सांसद रुवी कुमारी ठाकुरलाई उपसभामुखको कुर्सी सुम्पिएलगत्तै एकाएक प्रतिपक्षी अवतारमा प्रकट भएका छन्। अहिले सामाजिक सञ्जालमा उनको वाल कुनै रणमैदान भन्दा कम छैन।

संसद अधिवेशनलाई कू गर्दै सरकारले अध्यादेशको बाटो रोजेपछि धरानका रैथाने नेता साम्पाङ अहिले काठमाडौँको सत्तासीन कुर्सीहल्लिने गरी गर्जिरहेका छन्।
आह्वान गरिसकेको संसद अधिवेशनसमेत हतार हतार स्थगित गर्दै सरकार अध्यादेश नै अध्यादेशको चाङ बनाएर अघि बढ्न थालेपछि साम्पाङ प्रधानमन्त्री बालेन शाहको कडा आलोचनामा उत्रिएका छन्।

फेसबुकमा छिनछिनमै आउने उनका फायररुपी स्ट्याटसहरूले सिंहदरबारको जग हल्लाइदिएको छ। उनले स्पष्ट शब्दमा भनिरहेका छन्— जनताको प्रतिनिधि संस्थालाई अपमान गरेर अध्यादेशबाट देश चलाउने बालेन जी, मार्गप्रशस्त गर्नुस् ।

रोचक कुरा त के छ भने, साम्पाङले अबको विकल्प रवि लामिछानेलाई देखेका छन्। उनले लामिछानेलाई सरकारको नेतृत्व सम्हाल्न खुला आह्वान गर्दै राजनीतिक वृत्तमा नयाँ तरंग पैदा गरिदिएका छन्।

बालेन सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाएपछि हर्क साम्पाङको सडक बिद्रोह सुरु भएको छ। आफूलाई गरिब र सुकुम्बासीको मसिहाका रूपमा प्रस्तुत गर्दै उनले स्थानीय तहहरूलाई एउटा कडा फर्मान जारी गरेका छन्,

सेनाले मागेको सुकुम्बासीको लगत कुनै पनि पालिकाले नदिनु होला । सुकुमबासीको लगत माग्ने निकाय सेना प्रहरी होईन उनले भनेका छन् । यो सरासर गलत छ । आतंक सृजना गर्न खोजिएको हो । साम्पाङले फेसबुकबाटै आह्वान गरेका हुन् ।

हिजोसम्म जसको काँध चढेर उपसभामुखको पद पड्काए, आज तिनैलाई डोजर देखाएर तर्साउन खोज्दैछन् साम्पाङले भनेका छन्। राजनीतिमा यसलाई नुन खाएर गुन बिर्सिएको भनौं कि चेतना खुलेको ? जे होस्, हर्कको यो फायर अवतारले बालेन सरकारको कामको बिरोध गर्न हर्क भए पुग्छ भन्ने सन्देश दिएको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।