२०८३ असार ११ गते बिहीबार
२०८३ असार ११ गते बिहीबार

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि ४ बजेदेखि निर्वाचन हुँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम अधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि आजै निर्वाचन हुने भएको छ।

पार्टीका प्रवक्ता मनिष झाले केन्द्रीय सदस्यहरूको निर्वाचन परिणाम सार्वजनिक भएपछि अपराह्‍न ४ बजेदेखि पदाधिकारी पदका लागि मतदान प्रक्रिया सुरु हुने जानकारी दिए ।

पार्टी विधानअनुसार पदाधिकारी पदमा उम्मेदवारी दिन केन्द्रीय सदस्यमा निर्वाचित भएको हुनुपर्ने व्यवस्था छ। त्यसैले केन्द्रीय सदस्यको नतिजापछि मात्रै पदाधिकारीको निर्वाचन प्रक्रिया अघि बढ्नेछ।

रास्वपाको विधानमा कुल १९ पदाधिकारी रहने व्यवस्था छ। तीमध्ये केही पदाधिकारी निर्वाचनमार्फत चयन हुनेछन् भने बाँकी पदाधिकारी सभापतिले मनोनयन गर्ने व्यवस्था रहेको छ।

महाधिवेशनमा छ पदका लागि निर्वाचन हुने जनाइएको छ। जसअनुसार एक महिला उपसभापति, एक खुला उपसभापति, एक खुला महामन्त्री, दुई खुला सहमहामन्त्री र एक महिला सहमहामन्त्री पदका लागि मतदान हुनेछ।

पार्टी नेतृत्व चयनको महत्वपूर्ण चरण मानिएको पदाधिकारी निर्वाचनका लागि उम्मेदवारहरू आन्तरिक तयारीमा जुटेका छन्।

केन्द्रीय सदस्यको अन्तिम परिणाम आएपछि पदाधिकारी पदका आकांक्षीहरूले उम्मेदवारी दर्ता गर्ने र त्यसपछि मतदान प्रक्रिया अघि बढ्ने निर्वाचन समितिले जनाएको छ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।