२०८३ असार १४ गते आईतवार
२०८३ असार १४ गते आईतवार

हामी मरेका छैनौँ, धुलो टक्टक्याएर उठ्छौँ र प्रतिक्रियावादीलाई परास्त गर्छौं : ओली

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशविरुद्ध प्रतिक्रियावादी शक्तिहरू सल्बलाएको भन्दै त्यसलाई परास्त गर्ने दाबी गरेका छन् । मदन भण्डारी फाउन्डेसनद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेलाई कमजोर नठान्न चेतावनी दिए ।

‘हामी मरेका छैनौँ, फेरि उठ्छौँ र प्रतिक्रियावादीहरूलाई परास्त गर्छौँ,’ अध्यक्ष ओलीले भने, ‘धुलो टक्टक्याउँदै फेरि उठ्छौँ र अग्रगामी परिवर्तनतर्फ अघि बढ्छौँ ।’ उनले वर्तमान सरकार र त्यसका गतिविधिहरूप्रति कडा आपत्ति जनाए । असंवैधानिक ढंगले संसद् विघटन गरी चुनावमा गएको प्रसंग उठाउँदै उनले त्यस समयमा वामपन्थी शक्तिहरूबीच एकता हुन नसकेको स्मरण गरे ।

‘हामीले चुनाव रोकौँ भन्दा सबैले एमालेका लागि भिर हो, हाम्रा लागि हाइवे हो भन्ने ठाने,’ उनले भने, ‘त्यो चुनाव वामपन्थी र लोकतान्त्रिक शक्तिहरूका लागि थिएन, किनकि परिणाम पहिले नै तय भइसकेको थियो । अहिले पनि प्रतिगमनको सिलसिला जारी छ ।’

ओलीले भदौ २३–२४ मा भएको आन्दोलन प्रतिगामी षड्यन्त्र भएको दाबी गरे । ‘त्यस षड्यन्त्रले वैधानिक सरकारलाई अवैध ढंगले विस्थापन गर्‍यो। त्यो लोकतान्त्रिक आन्दोलन हुनै सक्दैन,’ ओलीले भने, ‘असंवैधानिक ढंगले संसद् भंग गरेर, वैधानिक सरकार भंग गरेर असंवैधानिक सरकार गठन गर्न पाइँदैन। तर नेपालमा त्यो भयो।’

ट्रेन्डिङ

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।