मंसिर ८ डडेलधुरा । नेपाल बिद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले पहिलो चरणको निर्बाचन स्वच्छ र भयरहित बनाउन नेपाल बिद्यार्थी संघले वान बुथ ५० युथको अबधारणा पूर्णरुपले कार्यान्वयन हुने र पार्टीको केन्द्रीय निर्बाचन परिचालन समितिमा सम्पूर्ण नामावली आजसम्म रहेका बुथबाट आइसक्ने भएकाले कसैको डर, धाक, धम्किबाट नडराएर कांग्रेसको हिमायती लोकतन्त्रका पक्षमा मतदान गर्न आग्रह गर्नुभएको छ ।
डडेल्धुराको अमरगढी नगर समितिले आयोजना गरेको कोण सभालाई सम्बोधन गर्दै महरले कांग्रेसको पक्षमा जनताको उभार आइसकेकोले निर्बाचनमा कम्युनिस्ट गठबन्धन अत्तालिएर बिगतको जस्तै बुथ कब्जा गर्ने र जनतालाई आतंकित गर्ने कार्यमा उत्रिन सक्ने सम्भावना भएकाले निर्बाचन शान्तिपूर्ण तवरले सम्पन्न गर्न ने।बि।संघका लाखौँ कार्यकर्ता हरेक बुथमा सतर्कताका साथ स्वयंसेवी रुपमा खटिएका छन्, महरले भन्नुभयो ।
राप्रपा र बाम गठबन्धनबाट कांग्रेस प्रवेश गरेका तिन सय भन्दा बढी कार्यकर्तालाई स्वागत गर्ने कार्यक्रममा डडेल्धुरा कांग्रेसका सभापति एबं डडेल्धुरा प्रदेश सभा “ख” का उम्मेदवार कर्ण बहादुर मल्लले बिकास र निकासको जिम्मा कांग्रेसको भएकाले रुख चिन्हमा मतदान गर्न अनुरोध गर्नुभयो । समानुपातिक उम्मेदवार गोविन्दराज बोहरा लगायतले आगामी सरकार कांग्रेसको नेतृत्वमा बन्ने भएकाले कांग्रेसलाई साथ दिनु पर्ने बताए ।