२०८३ श्रावण १७ गते आईतवार
२०८३ श्रावण १७ गते आईतवार

अब अमेरिका जान चाहने नेपालीले करिब ३० लाख रुपैयाँ धरौटी राख्नुपर्ने

अमेरिका जान चाहने नेपाली नागरिकका लागि अब भिसा आवेदन प्रक्रिया थप कडा र खर्चिलो बनेको छ । अमेरिकी विदेश मन्त्रालयले नेपालसहित ५० भन्दा बढी देशका नागरिकका लागि पर्यटक तथा व्यावसायिक भिसामा आवेदन दिँदा ठूलो रकम धरौटी (भिसा बन्ड) राख्नुपर्ने नियमलाई स्थायी रूपमा लागू गरेको हो ।

यस नयाँ व्यवस्था अनुसार बि-१ (व्यापार) र बि-२ (पर्यटक) भिसामा अमेरिका जान चाहने नेपालीहरूले न्यूनतम १० हजार अमेरिकी डलरदेखि अधिकतम २० हजार अमेरिकी डलर (हालको विनिमय दर अनुसार करिब ३० लाख रुपैयाँभन्दा बढी) सम्म धरौटी रकम बुझाउनुपर्नेछ ।

नयाँ प्रावधान अनुसार भिसा अन्तर्वार्तामा सहभागी हुनुअघि नै तोकिएको धरौटी रकम भुक्तान गरिसक्नुपर्नेछ ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार यदि आवेदकको भिसा अस्वीकृत भएमा वा अमेरिका पुगेर भिसाको सम्पूर्ण सर्त पालना गर्दै तोकिएको समयभित्रै स्वदेश फर्किएमा उक्त धरौटी रकम पूरै फिर्ता गरिनेछ। तर, भिसाको अवधि नाघेर गैरकानुनी रूपमा अमेरिकामा बसेमा (ओभरस्टे गरेमा) भने धरौटीबापत राखिएको उक्त रकम जफत हुनेछ।

भिसाको म्याद सकिएपछि पनि गैरकानुनी रूपमा अमेरिकामा बस्ने विदेशी नागरिकहरूको सङ्ख्या उल्लेख्य रूपमा बढेपछि अमेरिकी सरकारले यो कडा कदम चालेको हो । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा परीक्षणका रूपमा सुरु गरिएको ‘भिसा बन्ड’ कार्यक्रम प्रभावकारी देखिएपछि यसलाई स्थायी नीतिका रूपमा कार्यान्वयनमा ल्याइएको हो ।

दक्षिण एसियाली क्षेत्रबाट नेपालका साथै बाङ्लादेश र भुटानका नागरिकसमेत यो नयाँ नियमबाट प्रभावित भएका छन्। अमेरिकी विदेश मन्त्रालयले आवश्यकता अनुसार भविष्यमा यो सूचीमा अन्य देशहरूलाई पनि थप्दै लैजाने स्पष्ट पारेको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।